नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल, सदस्यमा १८ जना सर्वसम्मत चयन
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चुनिएका छन् । अध्यक्षमा दुलालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । अर्का अध्यक्षमा चुनाव लड्ने भनेका प्रकाश कपुरीले उम्मेद्वारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठनकाे वरिष्ठ उपाध्यक्ष रहेका दुलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । अध्यक्षको चयन आज भए पनि यसको औपचारिक घोषणा भने पुस ४ गते हुने नाडाको साधारणसभाबाट घोषणा हुनेछ । साथै, नाडाका सर्वसम्मत सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, अभीक ज्योति, मिलन बाबु मल्ल, दीपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् । जिल्ला सदस्यहरु ध्रुव बहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषि कुमार ढकाल सर्वसम्मत सदस्यहरु चयन भएका छन् ।
बैंकिङ क्षेत्रका कर्मचारीहरूको चेतावनीः ‘सामाजिक सुरक्षा कोषमा जान जबरजस्ती गरे आन्दोलन गर्छाैं’
काठमाडौं । बैंकिङ क्षेत्रका कर्मचारीहरू नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन दिएको निर्देशनका विरुद्ध आन्दोलनमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले केही दिनअघि आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाहरूलाई कोषमा सूचिकृत हुन निर्देशन दिएपछि नेपाल वित्तीय संस्था संघका कर्मचारीहरूले गभर्नर कार्यालयलाई पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन् । राष्ट्र बैंकले वित्तीय क्षेत्रका संघ संस्थालाई कोषमा सूचिकृत हुन यस्तो निर्देशन जारी गरेपछि वित्तीय क्षेत्रका कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका गभर्नरलाई पत्र लेख्दै निर्देशन तत्काल फिर्ता लिन भनेको छ । संघले सामाजिक सुरक्षाको व्यवस्थाले वित्तीय क्षेत्रमा समस्या सृजना हुने भन्दै विषय वस्तुको गार्भियतालाई बुझेर निर्देशन फिर्ता लिन उनीहरूले राष्ट्र बैंकलाई आग्रह गरेका छन् । यो व्यवस्थामा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी सूचिकृत हुँदा कर्मचारीहरूले हाल उपभोग गर्दै आएको सेवा सुविधाहरु कटौती हुन जाने उनीहरूले जनाएका छन् । यस कर्मचारीहरुको मनोबल कमजोर हुन गई वित्तीय संस्थाहरूको प्रगतिमा समेत गम्भीर असर पर्ने संघले जनाएको छ । कोषमा सूचिकृत हुँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरूले पाइरहेको सेवा सुविधाहरूको सुरक्षा ग्यारेन्टी गरेरमात्र सामाजिक सुरक्षामा सहभागी हुने व्यवस्था गर्न उसले राष्ट्र बैंकलाई अनुरोध समेत गरेको छ । सामाजिक सुरक्षाको लागि ल्याइएको निवृत्तीभरण कोष २०७५ र निजी क्षेत्रका कर्मचारीहरूको योगदानमा आधारित सामाजिक सुरक्षाका लागि ल्याइएको कार्यविधिमा रहेको विभेद हटाउनुपर्ने संघको माग रहेको छ । विभेद हुँदा हुँदै पनि कर्मचारीहरुको मागलाई बेवास्ता गरी एक पक्षीय रुपमा अघि बढेमा यसबाट पर्नजाने असरको जिम्मेवार सम्बन्धित निकाय हुने व्यहोरा समेत राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुको नोकरी अवधि ३० वा उमेर ५८ वर्षमा अवकाश हुने हुँदा सामाजिक सुरक्षा कोषको व्यवस्थानुसार ६० वर्ष पुगेपछि मात्र निवृत्तीभरण बापतको रकम भुक्तानी हुने व्यवस्था छ । उमेरको अन्तरले पर्न जाने समस्यालाई सम्बोधन गर्न संघले माग गरेको छ । कोषमा रकम जम्मा गर्दा र अवकाशपछि भुक्तानी लिँदा तिनुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गर्न पनि माग गरिएको छ । सेवाबाट अवकाश लिँदा पाउने उपदान बापतको रकम पूर्ववत रुपमा ५ वर्ष पुगेपछि सहजै पाउने व्यवस्था हुनु पर्ने माग पत्रमा राखिएको छ । पेन्सन सुविधा एकमुष्ठ पाउने व्यवस्था यथावत कायम हुनुपर्ने र प्रभावकारी र आर्कषक सामाजिक सुरक्षा भएका संस्थाहरुलाई क्रमिक रुपमा सहभागी हुन प्रेरित गर्नुपर्ने माग संघको छ ।
तयार भएर बस्नुस्, सरकारले भिजिट २०२० लाई लक्षित गरी ५ हजार व्यक्तिलाई दिँदैछ तालिम
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । सहरदेखि गाउँसम्म रहेका पर्यटन सम्बन्धि गतिविधि गर्ने संस्थालाई सरकारले यस्तो तालिम उपलब्ध गराउन लागेको हो । बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकदेखि गाउँगाउँमा घरबास सञ्चालन तालिम, ट्रेकिङ गाईड र माउण्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार तालिम दिन लागेको हो । नेपाली हस्तकलासम्बन्धी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्न लागेको हो । यसका साथै विभागले अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालिम प्रदान गर्न लागेको हो । बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय गतिविधि गर्ने संघ संस्थालाई समावेश गरेर पाँचहजार व्यक्तिलाई तालिम प्रदान गर्न लागेको बताए । बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन गर्न तालिमका लागि दुई करोड रुपैयाँ रकम विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा विभिन्न कार्यक्रम गर्न ६१ करोड ७४ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । सरकारले भ्रमण वर्षको लागि सचिवालयनै स्थापना गरेर बढो उत्साहका साथ गर्न लागेको यो कार्यक्रमका गर्न हालसम्म नेपाल सरकार र पर्यटन बोर्डबाट गरी जम्मा २५ करोड रुपैयाँ विनियोजन भएको छ । सचिवालयले वाँकी अपुग ३६ करोड ७४ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरि पठाएको छ । बोर्डका लागि भ्रमण वर्ष २०२० को सचिवालयले स्वदेश तथा विदेशमा भ्रमण वर्ष सम्बन्धि कार्र्यधक्रम र प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनसम्बन्धि गतिविधि गर्न २६ करोड २५ लाख छुट्याएको छ । नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा सचिवालयले विभिन्न देशमा पर्यटकीय गतिविधि सम्बन्धि कार्यक्रम गर्ने तयारी गरेको छ ।