नेपाल र मलेसियाबीच श्रम साझेदारी कार्यान्वयन गर्ने विषयमा छलफल

काठमाडौं । नेपाल र मलेसिया श्रम साझेदारी कार्यान्वयनमा लैजाने विषय छलफल भएको छ । अन्तर्राष्टिय श्रम सम्मेलनमा सहभागि हुने क्रममा स्विटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँग सो विषय छलफल भएको बताएका छन् । मंगलबार साँझ भएको भेटका क्रममा दुइ देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो । नेपालको प्रतिनिधी मण्डलमा रहेका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित भएका हुन् । त्यसका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितीको बैठक बस्ने र छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी गराएका दिएका छन् ।

आइएमई लाइफले ठूलो संख्यामा माग्यो कर्मचारी, कुन कुन जिल्लामा(सूचिसहित)

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार व्यवस्थापन विभागमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्तीमा दश जोड २ उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा काम गरेकाहरुले असार २० गतेभित्र आवदेन दिन सक्ने कम्पनीले जनाएको छ । झापा, इलामा, मोरङ, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु, सप्तरी, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, चितवन, मकवानपुर, बाग्लुङ, मनाङ, तनहुँ, गोखरा, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र कास्की जिल्लाको लागि कर्मचारी माग भएको हो । त्यसैगरी दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, बाँके, सुर्खेत, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, धनुषा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, लमजुङ, प्युठान, बर्दिया, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, बाजुरा, दार्चुला, बैतडी र खोटाङ जिल्लाका लागि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टमा १६ जनालाई जागिर खुल्यो, हेड सेल्स एण्ड मार्केटिङदेखि एकाउन्ट अफिसरसम्मलाई अवसर

काठमाडौँ । शिवम् सिमन्टमा १६ जनालाई जागिर खुलेको छ । कम्पनीले हेड अफ सेल्स एण्ड मार्केटिङ १ जना, बिजनेश डेभलपमेन्ट म्यानेजर १ जना, हेड अफ च्यानल सेल्स १ जना, विलो द लाइन म्यानेजर १ जना, हेड अफ प्रोजेक्ट सेल्स १ जना, एरिया सेल्स म्यानेजर ३ जना, सेल्स अफिसर ६ जना र एकाउण्ट अफिसर २ जनाको लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले असार १३ गतेसम्म आवेदन दिनु पर्ने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।