सपोर्ट माइक्रोफाइनान्सको सञ्चालकमा दुई जना निर्वाचित
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको हो । नव नर्वाचित सञ्चालक भट्टराई र दाहालको शैच्छिक योग्यता स्नातकोत्तरसम्मको रहेको संस्थाले जनाएको छ ।
चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् । मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उनले बताए । श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् । रासस
डा. भिष्म भुषाललाई वैरो विभागको कमाण्ड, अवैध बाटोबाट विदेश जान रोक्ने प्रतिवद्धता
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भिष्म कुमार भुषाल नियुक्त भएका छन् । श्रम मन्त्रालयले डा. भुषाललाई विभागमा यथेष्ठ सुधारको म्याण्डेटसहित नेतृत्व सुम्पेको हो । पुननिर्माण प्राधिकरणको प्रवक्ता हुँदै बिरगञ्ज महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका भुषालले एक महिना श्रम मन्त्रालयमा खटिएपछि विभागको नेतृत्व पाएका हुन् । नेपालीहरुलाई अवैध बाटोबाट विदेश पठाउने गिरोह विरुद्ध कठोर कदम चाल्ने घोषणा गरेका छन् । विकासन्युजसँग कुरा गर्दै उनले भने ‘अवैध बाटोबाट विदेश पठाउने गिरोहको अड्डामा धावा बोल्नु पर्नेछ, त्यस बाहेक विदेशमा रहेका ४३ लाख नेपालीको हितको पक्षपोषण गर्नेछु’, भुषालले भने । यसो भन्छन् भुषाल विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ । वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुःख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुःखमा मलहम पट्टी लगाउन म र मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन् । यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन् तथापि हाम्रो सम्पूर्ण मन वचन र कर्म यहाँहरुको सेवामा लाग्नेछ । वैदेशिक रोजगार व्यवसायी मित्रहरु ! यहाँहरुको पेशागत मर्यादा र संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला । वैदेशिक रोजगारलाई मर्यादित पेशा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न हाते मालौ गरौं ।