नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण
काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए । चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।
प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुन: नियुक्त गरेको हो । सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्नेछन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने बैंकका कम्पनी सचिव अमित भण्डारीले बताएका छन् । प्रभु विकास बैंककाे सीईओ हुँदै प्रभु बैंककाे सीईओ भएका शेरचनकाे पहिलाे कार्यकालमा बैंकका सबै परिसूचक राम्राे भएकाे छ । उनी प्रभु बैंककाे सीईओ भन्दा बैंककाे खराव कर्जा अधिक थियाे । उनकाे कार्यकालमा खराव कर्जाकाे असुलीमा उल्लेख्य प्रगति भएकाे छ । बैंककाे निक्षेप, कर्जा लगायत व्यवसाय विस्तार राम्राे छ । बैंकले नाफा पनि राम्राे गरिरहेकाे छ ।
सुदुरपश्चिम प्रदेश पुग्यो श्रम कार्यालय
काठमाडौं । अब सुदुरपश्चिम प्रदेशबाटै श्रम स्वीकृति प्राप्त हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खोलेको हो । श्रम कार्यालय खुलेसँगै त्यहिँबाट श्रम स्वीकृति लिन सकिनेछ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले श्रम कार्यालयको उद्घाटन गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खुलेसँगै अब सातै प्रदेशबाट श्रम स्वीकृति पाइने भएको छ ।