खाद्य संस्थानमा ४५ जनालाई जागिरको अवसर, फर्म भर्ने म्याद माघ २४ सम्म

काठमाडौं । तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ। संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सबैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। फर्म भर्ने म्याद माघ २४ गतेसम्म रहेको छ । परीक्षा लोकसेवा आयोगले लिने जनाइएको छ ।

७५३ स्थानीय तहमा खुल्यो अधिकृत र सुब्बाको जागिर 

काठमाडौं । सबै स्थानीय तहहरुमा जागिर खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहरुमा रोजगार संयोजक मागेको हो । मन्त्रालयले शाखा अधिकृत र नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो । मन्त्रालयले ७०५ जना अधिकृत र ४८ जना नायब सुब्बाका लागि आवेदन मागेको हो । उनीहरुको कार्यकाल एक बर्षको हुनेछ । २१ बर्ष पुरा भएर ४५ बर्ष नकटेकाहरुले आवेदन दिन सक्नेछन् । नेपाली र अंग्रेजी टाईप, इमेल इन्टरनेट सञ्चालन र सूचना प्रणाली व्यवस्थापन(एमआईएस)को ज्ञान हुनुपर्नेछ । सरकारले एक सय दिन रोजगारी दिने योजना अनुसार अघि सारेको कार्यक्रम कार्यान्वयनका लागि सबे स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो ।

कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर ढुङ्गाना

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुङ्गाना नियुक्त भएका छन् । मन्त्रीपरिषद्को गत पुस २९ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव ढुङ्गानालाई कोषको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । कर्मचारी सञ्चय कोष ऐन २०१९ (आठौं संशोधन २०५३) ले कोषको अध्यक्षमा सरकारबाट नियुक्त कुनैपनि व्यक्ति कोषको अध्यक्ष रहने प्रावधान छ । सोही बमोजिम कोषमा ढुङ्गानालाई अध्यक्ष नियुक्त गरिएको हो । ढुङ्गाना यसअघि पनि काेषकाे अध्यक्ष थिए । अर्थ मन्त्रालयबाट सरुवा भए पनि उनलार्इ अध्यक्षकाे जिम्मेवारीमा निरन्तरता दिइएकाे छ ।