शिखर इन्स्योरेन्सले खुलायो १२५ जनालाई रोजगारी, १५ दिनभित्र विवरण पेश गर्नुपर्ने

काठमाडौं । तपाई योग्य हुनुहुन्छ ? योग्यताअनुसार जागिर नपाएर भौतारिरहनु भएको छ ? जागिर नपाएर निराश हुनु भएको छ ? अब निराशलाई आशामा परिणत शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्ने भएको छ । शिखरले सहायक तहदेखि प्रवन्धक सम्मका लागि १२५ जनाका लागि जागिर खुलाएको छ । सहायक प्रवन्धकमा २ जना, बजार प्रवन्धक २०, ब्राण्ड अधिकृत १, एज्युकेटिभ सेक्रेटरी १ र अन्डरराइटिङ, दावी, बजार र लेखाका लागि १०० जना मागेको छ । १५ दिनभित्र आफनो योग्यताको प्रमाणपत्र पेश गर्न शिखरले भनेको छ । कम्पल्यान्स अफिसर, खरिद तथा प्रशासन अधिकृत, बजार प्रव्न्धक, मानव संशाधन, ब्राण्ड र एज्युकेटिभ सेक्रेटरी कर्पोरेट कार्यलय र सहायक, अण्डरराइटर, लेखा, बजार र दावीका लागि उपत्यका बाहिर खटाइने कम्पनीले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, अध्यक्ष मल्लद्धारा पदभार ग्रहण

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई उक्त पदमा बढुवा गरिएकाे हो । बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगालेका नवनियुक्त सीईओ पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो सीईओका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त सीईओ पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा शुरु गरी करिब १९ वर्ष उक्त बैंकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । त्यसपछि उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । यस विकास बैंकले नवनियुक्त सीईओको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुश)लाई बैंकका संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले प्रदान गरेका थिए ।

हाम्रो विकास बैंकको अध्यक्षमा हरि प्रसाद, सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । हाम्रो विकास बैंक लिमिटेडको अध्यक्ष पदमा हरि प्रसाद नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले प्रसादलाई कम्पनीको उक्त पदमा सर्वसम्मत चयन गरेको हो । साथै, कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । वैशाख ३१ गते सम्पन्न कम्पनीको ९औँ वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण गरी ५ जनालाई सञ्चालकमा निर्वाचित गरेको हो । कम्पनीको संस्थापक सेयरधनीकोतर्फबाट हरिप्रसाद, गंगालाल श्रेष्ठ र रामहरि शर्मा रिजाल तथा सर्वसाधारणको तर्फबाट सुदिप थापा र राजिवकुमार कर्ण निर्वाचित भएका छन् । नवनियुक्त सञ्चालकहरुले आगामी ४ वर्षसम्म आ–आफ्नो कार्यभार सम्हाल्नेछन् ।