टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी टाटालाई

भारत, ९ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत चार वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा कुनै प्रतिक्रिया नदिएको तर कम्पनीको बोर्डको बैठकले सोमबार टाटालाई जिम्मेवारी तोकेको बताएको छ । कम्पनीले यसका विभागीय कार्यकारी प्रमुखको जिम्मेवारी भने यथावत राखेको छ । रासस/पीटीआई

बर्मुडा ट्राएङ्गलको रहस्य खुलको बैज्ञानिकको दावी, एलियन र सुनामिका कारण दुर्घटना

वासिङ्गटन: वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् । बर्मुडा ट्राएङ्गल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्राएङ्गल जस्तै रहेको छ । पछिल्ला एक सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको  हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ । समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ । यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ । बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्राएङ्गल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ । के हो बर्मुडा ट्राएङ्गल  बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर रहेको बताइन्छ ।

उच्च शिक्षाकाे लागि ४२ प्रतिशत चिनियाँ विद्यार्थी विदेशिए, अधिकांश अमेरिकामा

वेइजिङ, ७ कात्तिक । चीनमा हालका युवा पुस्ताहरु अध्ययनका लागि विदेशीने गरेका छन् । चीनको ‘नेशनल एजुकेशन पोर्टल साईट’ हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । सार्वजनिक भएको सो प्रतिवेदनकाअनुसार गत वर्ष चिनियाँ स्नातक स्तर का ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन् । विदेश गएर उच्चशिक्षा हासिल गर्ने चिनियाँ विद्यार्थीहरुको संख्या अत्याधिक रुपमा बढ्दै गईरहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१५मा झण्डै ५ लाख २० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश गएका छन् भने, सन् २०१६मा त्यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरु मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ । सो प्रतिवेदनका अनुसार सन् २०१६ मा हालसम्म अमेरिकामा अध्ययनका लागि तीन लाख २३ हजार भन्दा बढी विद्यार्थी गईसकेका छन् । रासस/सिन्ह्वा