बाणिज्य बैंकहरू ९ अर्ब कर तिर्दै, २० अर्ब नाफा बाँड्दै
वाणिज्य बैंकहरूले एक आर्थिक वर्षको कारोबारबाट सरकारलाई करिव ९ अर्ब राजश्व तिरेका छन् भने सेयरधनीलाई करिव २० अर्ब रुपैयाँ लाभांश दिदैछन् । क्षेत्रगत रुपमा सरकारले सम्भवत बैकिङ क्षेत्रबाट सबैभन्दा बढी राजश्व संकलन गरेको छ भने १० लाख भन्दा बढी सेयरधनीले यस क्षेत्रबाट लगानीको प्रतिफल पाउ“दैछन् । नेपालको सेयर बजारमा करिव १४ लाख लगानीकर्ता रहेको अनुमान गरिएको छ जसमध्ये ७५ प्रतिशतभन्दा बढीले वाणिज्य बैंकको सेयरमा लगानी गरेका छन् । आथिर्क बर्ष २०७०÷७१ मा वाणिज्य बैंकले राज्यलाई ८ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी कर तिरेका छन् । बैंकहरूले गत आर्थिक वर्षमा कमाएको नाफावाट सो परिमाणको कर तिरेका हुन् । बैंकिङ्ग क्षेत्रलाई सेवा मुलक व्यवसाय भन्ने गरिए पनि ३० प्रतिशत कर्पोरेट कर तिर्नुपर्छ । बैकिङ क्षेत्रमा काम गर्ने कर्मचारीमध्ये धेरैले २५ देखि ३५ प्रतिशत आयकर पनि तिरेका हुन्छन् । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३० वाणिज्य बैंकहरूले मात्रै ८ अर्ब ९६ करोड ३३ लाख ७५ हजार रुपैयाँ कर तिरेको पाइएको हो । बैंकिङ्ग क्षेत्र पूर्ण पारदर्शी भएको कारण नाफा प्रष्ट हुने र कर बढी तिर्ने गरेको बताइने गरिएको छ । गत आर्थिक वर्षमा ९ बाणिज्य बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढी भएको छ । नाफा बढी गरेका बैंकले नै बढी कर तिरेका छन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी कर नबिल बैंकले तिरेको छ । नविलले गत वर्ष ९९ करोड ४० लाख रुपैयाँ कर तिरेको हो । नविलले गत वर्ष कर तिरेपछिको खुद नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ८३ करोड ३५ लाख रुपैयाँ कर तिरेको छ । इन्भेष्टमेन्टले कर तिरेपछिको खुद नाफा १ अर्ब ९५ करोड रुपैयाँ गरेको छ । एभरेष्टले ६६ करोड ६३ लाख रुपैया“ कर तिरेको छ । एभरेष्टको कर पछिको नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्डले ५८ करोड ३४ लाख रुपैयाँ कर तिरेको छ । सो बैंकले गत वर्ष करपछिको नाफा १ अर्ब ३७ करोड रुपैयाँ गरेको थियो । हिमालयन बैंकले ५५ करोड २२ लाख रुपैयाँ कर तिरेको छ । हिमालयनले गत आर्थिक वर्षमा कर पछिको नाफा १ अर्ब १० करोड रुपैया“ गरेको थियो । कृषि विकास बैंकले ४८ करोड ९४ लाख कर तिरेको छ । कृषि विकासले गत वर्ष कर पछिको नाफा १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ । यस्तै नेपाल बैंकले ५० करोड ४२ लाख रुपैया“ कर तिरेको छ । नेपाल बैंकको गत वर्षको करपछिको नाफा १ अर्ब ३५ करोड रुपैया“ छ । एसबीआई बैंकले ३८ करोड ८९ लाख रुपैयाँ कर तिरेको छ । एसविआइले गत बर्ष कर पछिको नाफा ९२ करोड २९ लाख रुपैयाँ गरेको छ । यस्तै गत वर्ष ग्लोबल आईएमईले ३८ करोड ३७ लाख, सिद्धार्थ बैंकले ३४ करोड ५ लाख, प्राइम कमर्सियल बैंकले २७ करोड १० लाख, बैंक अफ काठमाण्डूले २३ करोड ५० लाख रुपैयाँ कर सरकारलाई बुझाएका छन् । आथिर्क बर्ष २०७०÷७१ म वाणिज्य बैंकहरूले २२ अर्ब, ४७ करोड, ५५ लाख नाफा आर्जन गरेका छन् ।
नेपालमा कर्पोरेट कल्चरको विकास भएन
प्रतिकूल अवस्था भनिरहदा पनि व्यवसायीहरुले लगानी विस्तार गरिरहेकै देखिन्छ । केडिया समूहले नयाँ के गरिराखेको छ ? उद्यामशीलता भनेको सिर्जनात्मकता कार्य हो, जसरी पेन्टरले नयाँ नयाँ पेन्टीङ गरिरहेको हुन्छ, गायकले नयाँ गीत गाईरहेको हुन्छ, कविले नयाँ कविता रचिरहेको हुन्छ । भैराखेको उद्योग व्यापारलाई चलाउनै पर्छ, त्यसको प्रवद्र्धन गरिरहनुपर्छ । साथै, नयाँ अवसरहरुको खोजी गर्ने, नयाँ क्षेत्रमा लगानी गर्ने काम गर्नैपर्छ । त्यो भईराखेको छ । केडिया समूहले गएको एक दशकमा कति लगानी विस्तार ग¥यो ? गएको दश वर्षमा नयाँ उद्योग व्यवसायमा हात हालेका छौं र सफलता पनि मिलेको छ । पछिल्लो समयमा सिद्धार्थ बैंक, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ म्यूचल फण्ड जस्ता सेवा मुलक क्षेत्रमा लगानी विस्तार गरेका छौं । डिएभी स्कूल, कलेजमा लगानी भएको छ । यति कार्पेट, वृज सिमेन्ट उद्योग चलाईरहेका छौं । जलविद्युत् योजनामा पार्टनरसिप गरेका छौं । भारतीय ट्राभल्स कम्पनीसँग मिलेर ओलम ट्राभल्स् स्थापना गरेका छौं । अटोमोवाईल टे«डिङमा नयाँ सुरुवात भएको छ । गएको दशक साह्रै उपलब्धि मुलक भएछ, होइन ? अप्ठ्यारा पनि भोग्नु प¥यो । चलिरहेका उद्योगहरु बन्द गर्नु प¥यो । कर्कटपाता उद्योग बन्द भयो । धान मिलहरु बन्द भए । भाडा वर्तन बनाउने, पश्मिना, हस्तकलाका सामान बनाउने साना तथा मझ्यौला उद्योगहरु थिए, ती बन्द भए । विदेशबाट विभिन्न सामानहरु आयात गथ्र्यौ, बिक्री वितरण गथ्र्यौ । यस्तो व्यापारमा धेरै कमी आएका छन् । बनस्पति ध्यू, तेल उद्योग अप्ठरोमा चलिरहेको छ । तर पछिल्लो समयमा कोर भ्यालुसहित नयाँ क्षेत्रमा आएका छौं । पुस्तौली पेशाको रुपमा व्यवसायिक क्षेत्रमा निरन्तर लाग्ने हामी पाँचौ पुस्ता हौं । यो पुस्ताले समय सापेक्ष निर्णय लिएको छ । हामी अगाडि बढिरहेका छौं । पारिवारिक व्यवसायिक घराना केडिया अर्गनाईजेशन भित्र कति परिवार छ, त्यसमा को को छन् ? हाम्रो परिवार ठूलै छ । सँगै बस्छौं । तर काम बाँढेर गर्छौ । फरक फरक कम्पनीको जिम्मेवारी लिएका छौं । नेपालका ठूला व्यवसायिक घरानाहरु मध्ये केडिया अर्गनाईजेशनको पोजिशन कति औं नम्बरमा पर्छ ? यो मैले भन्न सक्दिन, तपाईहरुले भन्ने हो । तर म आफूलाई यो परिवामा जन्मन पाएकोमा भाग्यशाली ठान्छु । बाबुबाजेले गर्दै आएको काममा ईटा थप्ने काम गरिरहेको छु । – See more at: http://www.bikasnews.com.np/index.php/2011-10-24-13-46-03/708-2013-09-22-07-29-09#sthash.NF2HkqXc.dpuf