बोनसपछि आरएमडीसी लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । सोमबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८६१ रुपैयाँ रहेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९० रुपैयाँ रहेको थियो । यससँगै सोमबारको बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६१ रुपैयाँदेखि शुरु हुने छ ।

बोनस पछि फर्ष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५७६ रुपैयाँमा झरेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१ रुपैयाँ रहेको थियो । यससँगै आगामी आइतबार (मंसिर ७ गते) को बजारमा संस्थाको सेयर प्रतिकित्ता ५७६ रुपैयाँदेखि कारोबार शुरु हुन्छ ।

अपि पावरको सेयर मूल्य समायोजन

काठमाडौं । अपि पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो । समायोजन पश्चात संस्थाको पहिलो कारोबार भोलि अर्थात मंसिर ३ गतेदेखि प्रतिकित्ता २६३ रुपैयाँबाट शुरु हुने छ ।

बोनसपछि बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । शुक्रबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ रहेको थियो ।

बोनसपछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५.४२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१२ रुपैयाँ रहेको थियो ।

बोनसपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । बिहीबार गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७६.७२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा कम्पनीको सेयर मूल्य १३ रुपैयाँले बढेर प्रतिकित्ता ५९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट, दुई दिनमै ६५ रुपैयाँले बढ्यो भाउ

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारदेखि दोश्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा दोश्रो दिन पनि सर्किट लागेको हो । बिहीबारको बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर सर्किट लागेको छ । प्रतिकित्ता ३४२ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढी हो । अघिल्लो दिन अर्थात कार्तिक १९ गते भएको कम्पनीको पहिलो कारोबारमा पनि सेयर मूल्यमा सर्किट लागेको थियो । सो दिनको बजारमा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँदेखि शुरु भएको थियो । आजसम्म अर्थात कारोबार शुरु भएको दुई दिनको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ३७६ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको ८ लाख ४१ हजार ९ सय २२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने बेच्ने कोही पनि छैनन् ।

बोनसपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको १५ मिनेटमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३६ रुपैयाँ पुगेको छ ।

हिमाल दोलखा हाइड्रोपावर १७ कराेड नाेक्सानमा, सेयर मूल्य र काराेबारमा भने उछाल

काठमाडौं । वित्तीय विवरण गुपचुप राखेकाे हिमाल दोलखा हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य र काराेबारमा उछाल आएकाे छ । कम्पनीकाे वेवसाइट वित्तीय विवरण राखिएकाे छैन ।  नेपाल स्टक एक्स्चेन्ज वा नेपाल धिताेपत्र बाेर्ड लगायत पुँजीबजारका सञ्चालक र नियामक कसैलाई पनि कम्पनीकाे वित्तीय विवरण जानकारी छैन । तर पछिल्ला दिनमा यस कम्पनीकाे सेयर मूल्य र काराेबार दुबैमा उछाल आएकाे छ । बुधबार नेप्से परिसूचक ३.१९ अंकले घट्याे तर हिमाल दाेलखाकाे मूल्य ९.२४ प्रतिशतले बढेर उच्च मूल्य वृद्धि हुनेकाे सूचिमा टप टेनमा चड्याे । विगत ११ महिनामा प्रतिकित्ता ८२ देखि ९२ रूपैयाँसम्मका किनबेच हुँदै आएकाे यस कम्पनीकाे सेयर बुधबार १३० रूपैयाँमा किनबेच भइ काराेबार बन्द भएकाे छ । पछिल्लो समय दोश्रो बजारमा यस कम्पनीको कराेडाैं मूल्य बराबरको सेयर कारोबार भइरहेको छ । बुधबार ८ कराेड २९ लाख ७५ हजारकाे काराेबार भएकाे छ । मंगलबार १० कराेड ६२ रूपैयाँकाे काराेबार भएकाे थियाे भने आइतबार १४ कराेड २७ लाखकाे सेयर किनबेच भएकाे थियाे । बेच्नेकाे चाप उच्च मुल्य वृद्धिसँगै यस कम्पनीकाे सेयर बेच्नेकाे चाप बढेकाे छ । बुधबार मध्यान्नमा कम्पनीको ८५ हजार ८ सय ६० कित्ता सेयर बिक्रीमा रहेको थियाे भने १५ हजार ५० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए ।  बुधबार सेयर बजार खुलेकाे करिब ३० मिनेटकाे अवधिमा कम्पनीको एक करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकाे थियाे भने सबैभन्दा बढी सेयर कारोबार हुनेको अग्रस्थानमा देखिएकाे थियाे । कम्पनीले इलाम स्थित माइखोलामा ४.५ मेगावाटको माई खोला स्मल हाइड्रोपावर प्रोजेक्ट र ८ मेगावाटको माई खोला स्मल क्यासकेड हाइड्रोपावर प्रोजेक्ट गरी दुईओटा विद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले २०७६ साल असारमा सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गरेको थियो । आईपीओ निष्काशन गर्दा कम्पनीले २०७६/७७ को अन्त्यमा प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ र नेटवर्थ १०५.३ रूपैयाँ प्रक्षेपण गरेको थियो । र, नाफा ८ करोड ८३ लाख रुपैयाँ  पुग्ने कम्पनीको प्रक्षेपण रहेको थियो । तर कम्पनीका वित्त प्रमुख अनन्त कार्कीका अनुसार २०७६/७७ काे अन्त्यमा कम्पनी करिब १७ कराेड रूपैयाँ संचित नाेक्सानमा छ । ‘गत वर्ष करिब २० कराेड भन्दा बढी नाेक्सानमा थियाे । यसपाली संचित नाेक्सान ३ कराेड रूपैयाँले घटाउन सफल भएका छाैं’ उनले विकासन्युजसँग भने । कम्पनीकाे सेयर पुँजी १ अर्ब ६० करोड रहेकाे कम्पनीले वार्षिक ३ कराेड नाफा गर्नु भनेकाे सेयरधनीलाई १.८७ प्रतिशत लाभांश दिन पुग्छ । तर संचित नाेक्सान पूर्ति नभएसम्म सेयरधनीले केही पनि पाउँदैनन् । गत साताकाे अनुपातमा कम्पनीले नाफा गर्ने हाे भने संचित नाेक्सान पूर्ति गर्न अबकाे ६ वर्ष लाग्छ । बैंककाे ऋण १ अर्ब १५ करोड रुपैयाँ रहेकाे छ । वित्तीय रूपमा यति धेरै कमजाेर कम्पनीकाे सेयर मूल्य र काराेबारमा किन उछाल आएकाे छ ? नेपाल धिताेपत्र बाेर्डले यसबारे जानकारी मागेकाे प्रबक्ता निरज गिरीले जानकारी दिए । यस विषयमा सम्पर्क गर्न खाेज्दा कम्पनीकाे अध्यक्ष कल्याण न्याैपानेसँग सम्पर्क हुन सकेन । कम्पनीका एक कर्मचारीले दिएकाे उनकाे माेवाइल नम्बर ९८१०२६६०८१ मा पटक पटक फाेन गर्दा उनले उठाएनन् । कम्पनीले विगत २ वर्षदेखि साधारणसभा पनि गरेकाे छैन । सर्वसाधारणमा सेयर बेचेर कराेडाैं रूपैयाँ संकलन गर्ने, वित्तीय विवरण पनि सार्वजनिक नगर्ने, लेखापरिक्षण पनि नगराउने, साधारणसभा पनि नगराउने, भित्र भित्र मनपरी खर्च गरेर सञ्चालक र प्रमाेटरले मालामाल कमाउने विकृति जलविद्युत क्षेत्रमा माैलाउँदै जादा साधारण लगानीकर्ता भने उच्च जाेखिममा परेका छन् । यसाे भन्छन् नेप्से र धिताेपत्र बाेर्ड सूचीकृत कम्पनीको वित्तीय विवरण प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्छ । यदी सो अवधिसम्म नगरेमा उक्त त्रैमास सकिएको ३५ दिनभित्रमा सार्वजनिक गरिसक्नु पर्ने नियम छ । त्यसपछि पनि वित्तीय विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘कम्पनीले किन नगरेको भन्ने हामीलाई थाहाँ भएन । त्यो कम्पनीको समस्या भयो । धितोपत्र बोर्डले पनि सार्वजनिक गरेकोलाई गरेको भन्ने नगरेकोलाई नगरेको भन्ने बाहेक अहिलेसम्म कुनै कानुन छैन । हामीले सोध्नसम्म सक्छौं किन नगरेको भनेर त्यहाँ भन्दा बढी गर्ने केही नै छैन । सोध्ने हो भने पनि धितोपत्र बोर्डले सोध्नु पर्यो त्यो धितोपत्र बोर्डको नियम हो ।’, प्रवक्ता पराजुलीले बताए । यस विषयमा विद्युत नियमन विभाग, प्रधानमन्त्री कार्यालय, धितोपत्र बोर्ड, नेप्से लगायत सबैतिर यो कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेन भनेर निवेदनहरु परिसकेको छ । तर, विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको प्रवक्ता पराजुलीले विकासन्युजसँग भने । उता नेपाल धितोपत्र बोर्डले भने केही दिन अघि मात्रै वित्तीय विवरण सार्वजनिक नगरेको कारण सोध्दै हिमाल दोलखालाई पत्र पठाएको बताएको छ । ‘यस विषयमा हामीले हिजो मात्र कम्पनीमा पत्र पठाएका छौं । के भएको हो, किन वित्तीय विवरण सार्वजनिक नगरेको भन्ने विषय उल्लेख गर्दै तीन दिन भित्र जवाफ पठाउन निर्देश गरेका छौं । सो समयमा पत्र आएन भने कारवाहीको प्रक्रिया अघि बढाउँछौं ’, बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘सूचीकृत कम्पनीले तोकिएको समयमा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेनन् भने सचेत गराउने र त्यसपछि जरिवाना गराउने नियम छ । निर्देशनहरुको पालना नगरेकोलाई एक लाख ५० हजार रुपैयाँसम्म जरिवना रहेको छ भन्ने लाग्छ तर ठ्याक्कै याद भएन, हेर्नै पर्छ’, प्रवक्ता गिरीले विकासन्युजसँग भने । ( असाेज १५ गते ८ः१५ अपडेट गरिएकाेः सम्पादक)

बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । आज(असोज ४ गते) सेयर बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ११ बजेर ९ मिनेट जाँदा बजारमा लिवर्टी ईनर्जी कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो । जसमध्ये लिवर्टी ईनर्जी कम्पनीकाे पहिलाे पटक दाेश्राे बजारमा सेयर काराेबार भएकाे हाे । हालै आईपीओ बाँडफाँड गरी गत शुक्रबार(असाेज २ गते) नेप्सेमा सूचीकृत भएकाे कम्पनीकाे सेयर आजबाट दाेश्राे बजारमा किनबेच भएकाे छ । जसकाे पहिलाे काराेबार प्रतिकित्ता ३०० रूपैयाँ भएकाे छ । आइतबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । त्यस्तै, सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा जाने हल्लाले सिभिल बैंककाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । कम्पनीकाे सेयर मूल्य १५ रूपैयाँले बढेर प्रतिकित्ता १६५ रूपैयाँ पुगेकाे छ ।  याे अवधिमा नेप्से परिसूचक ३१.१४ अंकले बढेर १६०३ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.०४ अंकले बढेर ३१८ अंकमा पुगेकाे छ । ११ बजेर ९ मिनेट जाँदासम्म १३० कम्पनीकाे १५ कराेड ५३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । ५ हजार एक सय ६७ पटक भएकाे काराेबारमा ५ लाख ४३ हजार एक सय ५५  कित्ता सेयर  किनबेच भएकाे छ । याे पनि पढ्नुहाेस्ः लिवर्टी ईनर्जीको पहिलो कारोबार कतिमा भयो ?

समृद्धि फाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले समायोजन पश्चात कम्पनीको सेयर मूल्य १०८.३३ रुपैयाँ तोकेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय २५ रुपैयाँ थियो ।

पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थागत रुपमा लाखौं लगानीकर्तालाई झुक्याएको छ । साथै, व्यवसाय विस्तार, नीति नियमको परिपालना, संस्थागत पारदर्शिताको काम काम छोडेर संस्थागत रुपमा सेयर मूल्यमा चलखेल गर्ने र अस्वभाविक लाभ लिने खेलमा कम्पनी लागेकाे जानकारहरुले बताएका छन् । आवश्यकता र औचित्य विना नै आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आर्जन गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय सार्वजनिक गरेसँगै कम्पनी व्यवस्थापन र सञ्चालक समितिको नियत माथि धेरै प्रश्न उठेका छन् । कम्पनीले विगत दुई आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गर्न सकेको छैन । लेखापरिक्षण भएको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छैन । गत आर्थिक वर्ष २०७६/७७ को त्रैमासिक रिपोर्टहरु नियमित सार्वजनिक गर्न सकेको छैन । गैर कानुनी रुपमा तीन जना मात्रको सञ्चालक समितिले कम्पनी चलाईरहेको छ । कम्पनी ऐनले पब्लिक कम्पनीमा ५ जना संचालक हुनुपर्ने व्यवस्था गरेको छ भने बीमा ऐनले बीमा कम्पनीमा ७ जनाको सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ । तर पुर्नबीमा कम्पनीमा त्यसको पालना भएको छैन । सरकारले नियुक्त गरेका २ जना र बीमा कम्पनीको तर्फबाट एक जना मात्र सञ्चालक समितिमा छन् । कामु अध्यक्षको जिम्मेवारी पाएका सञ्चालक पुरुषोत्तम सुवेदीले कम्पनीको वेवसाइटमा कामु हटाएर अध्यक्ष लेखाएका छन् । सञ्चालक समितिमा बस्ने अधिकार नभएको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी बोर्ड घुसेका छन् । यसले बनेको अनाधिकृत बोर्डले सेयर मूल्यमा चलखेल गर्ने प्रकृतिको निर्णय गरेपछि लगानीकर्ता त्रसित भएका छन् । साउन ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णय भन्दै यस कम्पनीले नेपाल स्टक एक्चेञ्ज र नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ । त्यसमा आव २०७५/०७६ को वित्तीय विवरणमा सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश केही पनि नदिने निर्णय गरेको छ । यस कम्पनीले पाँच महिनाअघि मात्र सर्वसाधारणमा सेयर निष्काशन गरेर १ अर्ब ६० करोड रुपैयाँ उठाएको थियो । साधारण सेयर निष्काशन गर्दा सर्व साधारणको लागि निष्काशन गरेको आह्वान पत्रमा बीमा समितिको निर्देशन अनुसार कम्पनीले विगत ५ वर्षदेखि आर्जन गरेको नाफा वितरण नगरिएको र लाभांश आगामी आ.व.मा वितरण गरिने उल्लेख गरेको छ । ‘कम्पनीले झुक्यायो । यो सरासर बदमासी हो । वित्तीय अपराध हो’ गोर्खा जिल्ला घर भई हाल काठमाडौंमा व्यवसाय गर्दै आएका प्रियराज खनालले भने- ‘सरकारी लगानी भएको कम्पनीले यसरी झुक्याउला भनेर परिकल्पना नै गरेको थिईन ।’ यस कम्पनीमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ सरकारको लगानी छ भने बीमा कम्पनीहरुको ३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ लगानी छ । पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने भएकाले कम्पनीले उक्त निर्णय गरेको कामु अध्यक्ष पुरुषोत्तम सुवेदीले बताए । यो लगानीकर्तालाई किन नभनेको त ? भन्ने प्रश्नमा सुवेदीले विवरण पत्रमा उल्लेख गरेको दावी गरे । विपरणपत्र पुरै पढ्दा उनले झुटो बोलेको प्रमाणित भयो । पुर्नबीमा कम्पनीले दुई वर्षदेखि किन साधारणसभा गरेको छैन ? भन्ने प्रश्नमा उनले कोभिड-१९ लाई दोष दिए । त्रैमासिक रिपार्ट किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा उनले बिर्सेको बताए । ‘पत्रिकामा त छापेका थियौं । कम्पनीको वेवसाइटमा राख्न बिर्सिएछ । भोलि सीईओलाई भन्छु म’ उनले जवाफ दिए । सेयरधनीलाई लाभांश दिने अन्तिम निर्णय गर्ने अधिकार साधारण सभालाई हुन्छ । तर कम्पनीले २ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन । कम्पनीले साधारण सेयर बाँडफाँड रेकर्ड अनुसार ३ लाख ९० हजार ६ सय ३८ जनाको लगानी रहेको छ । उनीहरु सबैलाई मूर्ख बनाउने काम कम्पनीले गरेको प्रष्ट देखिएको छ । बीमा समितिको सुशासनको निर्देशिका पालाना गर्नु पर्ने भएकोले सेयरधनीलाई लाभांश रोक्नु परेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए । लगानीकर्तालाई जानकारी दिन प्रकाशित गरिएको विवरणमा उल्लेख गर्नु पर्छ कि पर्दैन भन्ने विकासन्युजको प्रश्नमा सीईओ रायमाझीले भने ‘बोर्डलाई बुझाएको विवरणमा उल्लेख गरे नगरेको मलाई जानकारी छैन । तर बीमा समितिको स्ट्याण्डबाई अडर ५ वर्षसम्म बोनस तथा नगद लाभांश दिन नपाउने भन्ने छ, उक्त निर्देशन कार्यान्वयन हुन्छ’ उनले ठाडो जवाफ दिए । कम्पनीले २०७१ साल ९ महिना ७ गतेदेखि कारोबार शुरु गरेको हो । कम्पनीले आव २०७२/७३ मा ३३ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, आव २०७३/७४ मा ६२ करोड १० लाख २० हजार, आव २०७४/७५ मा एक अर्ब ७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, कम्पनीको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आव २०७५/७६ मा एक अर्ब ६१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । आव २०७६/७७ मा एक अर्ब ८८ करोड र २०७७/७८ मा एक अर्ब ४३ करोड रुपैयाँ नाफा कमाइने कम्पनीको प्रक्षेपण रहेको छ । सञ्चालक समितिले लाभांश नदिने निर्णय गर्नुको पछाडि कम्पनीको बढ्दो सेयर मूल्य घटाएर किन्ने स्वार्थ समूहको प्रभाव पनि हुन सक्ने अनुमान पनि लगानीकर्ताको छ । गत बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ५४५ रुपैयाँमा किनबेच भएको छ ।

बजार खुलेकाे आधा घण्टामै १३ कम्पनीको सेयर मूल्यमा उछाल, अधिकांश वाणिज्य बैंक

काठमाडौं । आइतबार कारोबार खुलेको आधा घण्टा नबित्दै १३ कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । जसमध्ये अधिकांश वाणिज्य बैंक रहेका छन् । सो अवधिमा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर र एनआईसी एशिया बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९८ अंकले बढेको छ । ज्योति विकास बैंकको ९.९४, एनएमबि बैंकको ९.९३, नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको ९.९० र सेञ्चुरी कमर्शियल बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । नेपाल बैंकको ९.७३, लुम्बिनी विकास बैंकको ९.५८ र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.४० अंकले बढेको छ । याे अवधिमा सेयर बजार दुई पटक सकारात्मक सर्किट लागिसकेकाे छ । र, काराेबार ४० मिनेटकाे लागि स्थगित भएकाे छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको सकारात्मक असर सेयर बजारमा परेसँगै आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । सम्बन्धित समाचारः सेयर बजारमा पुनः सर्किट, ६९ अंकले बढ्यो नेप्से

एनआईसी एशिया लघुवित्तको सेयर किन्नकाे ओइरो, ९.९७ प्रतिशतले बढ्याे सेयर मूल्य

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलाे काराेबार शुरू भएकाे २० मिनेटमै सेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ । साे अवधिमा संस्थाकाे सेयर मूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ६४ रुपैयाँ पुगेको छ । संस्थाकाे सेयर किन्नेकाे चाप देखिएकाे छ भने बेच्ने काेहि पनि देखिएनन् । साे अवधिसम्म ४ लाख ४० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक देखिएका थिए । संस्थाको ‘एनआईसीएलबीएसएल’ को सिम्बोलबाट आज(असार २५ गते) देखि दोश्रो बजारमा पहिलो पटक कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको सेयर नेप्सेले तोकेको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३ सय ३१ रुपैयाँबाट कारोबार शुरु भएको छ । हिजोमात्र नेप्सेमा सूचीकृत भएको संस्थाको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्युनतम एक सय १० देखि अतिकतम ३ सय ३१ रुपैयाँ तोकेको थियो ।

मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढ्यो, कसले कमाए सबैभन्दा बढी ?

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च अंक अर्थात ६ प्रतिशतले बढेसँगै सो दिन सेयर कारोबार दुई घण्टामै स्थगित भएको हो । जम्मा दुई घण्टा कारोबार भएको बजारमा १३४ कम्पनीको सेयर किनबेच भएको थियो । जसमध्ये १२१ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । दुई घण्टा अघि नै कारोबार बन्द भएको बजारमा ६ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका हुन् । त्यस्तै, १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा कमले बढेको छ । साल्ट ट्रेडिङ् कम्पनी, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी, साना किसान विकास बैंक, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डूको सेयर मूल्य ९.०४ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म बढेको छ । उच्च अंकले बढेर तीन पटकसम्म सर्किट ब्रेक लागेको बजारमा पनि १३ कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ । सेयर बजारमा कारोबार भएको दोश्रो दिन कम्पनीको सेयर मूल्य ३८ रुपैयाँले घटेर प्रतिकित्ता ३ सय ४४ रुपैयाँमा झरेको छ । त्यस्तै, ओरियन्टल होटल को सेयर मूल्य ९.७३ प्रतिशतले घटेको छ । बाँकी कम्पनीको सेयर मूल्य सामान्य प्रतिशतले घटेको छ । सम्बन्धित समाचारः  अस्वभाविक रुपमा बढेपछि नेप्सेमा फेरि सर्किट, आजको कारोबार स्थगित  

२ अर्ब रुपैयाँ फिर्तासँगै इन्भेष्टमेन्ट बैंकको नाफा र सेयर मूल्यमा कस्तो असर पर्ला ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको करिब २ अर्ब रुपैयाँ प्राप्त गरेको छ । तनहुँ हाइड्रोपावरको निर्माण ठेक्का पाएको इटालियन कम्पनीले इटालीको अदालतमा मुद्दा हालेपछि र सो मुद्दामा बैंकले एक पटक हार खाएपछि बैंकको २ अर्ब रुपैयाँ डुब्ने आशंका बढेको थियो । आंशकाकै बीच बैंकको सेयरमा लगानी गर्नेहरु डराएका थिए । डरको प्रतिबिम्ब सेयर बजारमा परेको थियो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँमा झरेको थियो । नविल बैंककाे सेयर मूल्य  ६६०, एभरेष्ट बैंककाे ५७७, स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ५५६, एनआईसी एशियाकाे ४६८, हिमालयन बैंककाे ४११, एसविआई बैंककाे ४०४, एनएमबी बैंकको ३५६ रुपैयाँ छ । यी बैंकहरुको सेयर मूल्य भन्दा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य तल झर्नुको मुख्य कारण बैंक ग्यारेन्टीमा भोग्नुपरेको विवाद नै थियो । नविल बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ छ । एभरेष्ट बैंकको ३७ रुपैयाँ छ । एनआईसी एशिया बैंकको ३७ रुपैयाँ छ । हिमालयन बैंकको पौने २५ रुपैयाँ छ । यी बैंकको प्रति सेयर आम्दानी इन्भेष्टमेन्टको भन्दा बढी हुनु र उनीहरुको सेयर मूल्य पनि माथि नै हुनुलाई तार्किक मान्न सकिन्छ । तर स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे २२ रुपैयाँ, नेपाल एसविआई बैंकको साढे २१ रुपैयाँ र एनएमबी बैंकको पौने १५ रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी साढे २३ रूपैयाँ छ । प्रतिसेयर आम्दानी कम भएका अन्य बैंकहरुको भन्दा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य कम हुनु भनेको उक्त विवादमा बैंक जोखिममा देखेर नै लगानीकर्ता हच्किएको हुन सक्छन् । तर खुशीको कुरा इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको गत जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट भएको थियो । त्यस आदेशको एक सातामै इन्भेष्टमेन्ट बैंकको खातामा पैसा जम्मा भएको छ । नाफा र सेयर मूल्यमा पर्ने असर केही मानिसहरुले के अनुमान गरेका छन् भने इटालीयन ठेकदारका लागि दिएको बैंक ग्यारेन्टीमा फसेको २ अर्ब रुपैयाँ प्रोभिजन गरिएको थियो । त्यो प्रोभिजनल रकम फिर्ता हुँदा असारमा बैंकको नाफा निकै बढ्न सक्छ । तर वास्तवमा त्यस्तो भने होइन । बैंकका प्रमुख सञ्चालन अधिकृत विजेन्द्र सुवालको अनुसार अदालतमा मुद्दा परेकोले उक्त बैंक ग्यारेन्टी रकममा बैंकले जोखिम प्रोभिजन गरेको थिएन । ‘असारसम्म हामीलाई समय थियो । आगामी असारसम्ममा पनि उक्त पैसा नआएको भए प्रोभिजनमा जानु पर्ने अवस्था आउँथ्यो । अब प्रोभिजन गर्नुपरेन’ उनले भने- ‘हामीले ठेकदारलाई दिने भुक्तानी दिईसकेको छौं । उताबाट आउनुपर्ने पैसा पनि आयो । अब हिसाब बराबर भयो । इटालीबाट प्राप्त २ अर्ब रुपैयाँ नाफामा जादैन ।’ तर बैंक एउटा जोखिमबाट बाहिर निस्केको छ । साथै नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि एउटा सकारात्मक नजिर बसेको छ । जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, त्यसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो । लाभांश गत वर्षकै हाराहारीमा ? चैत मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा २ अर्ब ५८ करोड रुपैयाँ छ । १४ अर्ब २४ करोड चुक्ता पुँजी र कुल पुँजी २७ अर्ब ३३ करोड रुपैयाँ भएको बैंकले ९ महिनामा साढे २ अर्ब नाफा गर्नु उल्लेखनीय होइन । यहि अनुपातमा असारसम्म उसको नाफा रह्यो भने बैंकले सेयरधनीलाई बढीमा गत वर्षको हाराहारीमा लाभांश दिने सामर्थ्य राख्नेछ । गत वर्ष बैंकले १९ प्रतिशत लाभांश दिएको थियो । बैंकको व्यवसायिक ग्रोथ पनि राम्रो छ । चैत मसान्तसम्ममा १३८ अर्ब कर्जा सापटी दिएको छ भने सवा १९ अर्ब रुपैयाँ सेयरमा लगानी गरेको छ । एक वर्षमा बैंकले कर्जा सापटीमा १६ अर्ब वृद्धि गरेको छ । निक्षेपमा सामान्य वृद्धि भई १५६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । तसर्थ बजार खुलेपछि इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य स्क्रीनमा हरियो अक्षरमा देख्न सकिने लगानीकर्ताहरुको अनुमान छ ।

बौरिन थालेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य अब के होला ? (समग्र विश्लेषण)

काठमाडौं । सेयर बजार १६३२ मा पुगेर ओरालो लाग्दै गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यपनि ३ महिनाको अन्तरालमा ८७ प्रतिशतले बढ्यो । सो उच्च तहबाट हाल करीब २७ प्रतिशतले घटेको छ । गत मंगलवार कम्पनीको सेयर मूल्यले घट्ने क्रममा १० प्रतिशत गुमाएर सर्किट ब्रेक नै लाग्यो । कम्पनीमा पछिल्लो समय सुधार देखिन थालेपनि समग्र बजार नै उच्च दरमा घटिरहेकोले कम्पनीको मूल्यमा समेत उच्च कमी आइरहेको छ । निकै लामो समय दुई ठूला लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालाबीचको द्वन्द्वले समस्यामा पर्दै आएको कम्पनीमा हाल देखिने समस्या छैन । टिवडेवाला समूहले द्वन्द्व अन्त्यकै लागि कम्पनीबाट ठूलो परिणाममा सेयर बिक्री गरेको थियो । यही सेयर किनबेचको क्रममा मूल्य अस्वभाविक रुपमा बढेर २ हजार ५ सय हाराहारी समेत पुगेको थियो । अहिले बजार मूल्य ४ सयभन्दा तल छ । अधिकांश सूचकमा कम्पनी क्षेत्रगत औसतभन्दा तल नै रहेको कम्पनीमा अहिले लगानी गर्न कत्तिको उचित छ ? कम्पनीको समग्र अवस्था कस्तो छ ? यसैमा यो विश्लेषण आधारित हुनेछ । परिचय करीब २६ वर्षअघि एभेरेष्ट इन्स्योरेन्स कम्पनी स्थापना भएको हो । विगतमा नेपालको एक मात्र संस्थापक सेयरधनीरहित कम्पनीको रुपमा रहेको यस कम्पनीले हाल भने हकप्रद जारीसँगै संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गरेको हो । कम्पनीमा कार्यरत कर्मचारी १ सय ७१ र १ सय ११ जना अभिकर्ता छन । लामो समय बीमा समितिले अग्नि बीमामा रोक लगाएको कारण व्यवसायमा खस्कदो अवस्थामा रहेको कम्पनीले हाल भने योसहित इलेक्ट्रोनिक सामग्री, दुर्घटना, स्वास्थ्य खर्च सम्बन्धि बीमालगायतका बिभिन्न योजना सञ्चालन गरिरहेको छ । उपाधी कम्पनीले सन् २००९ मा चार्टर्ड एकाउन्टेन्ट् संघबाट सो वर्षको लागि नेशनल बेस्ट प्रिजेन्टेड अकाउन्ट अवार्ड प्राप्त गरेको छ । सेयर लगानीकर्ता कम्पनीको २०७४/७५ को बार्षिक वित्तीय विवरणअनुसार खेतान, सिकरीया समूहको पकड छ । यी सूमहको कम्पनीमा ४४ प्रतिशत भन्दाबढी सेयर लगानी छ । समूह भित्रपनि खेतान र सिकरिया समूहको लगानी धेरै छ । कम्पनीको अध्यक्षमा लक्ष्मी क्यापिटलका प्रमूख कार्यकारी अधिकृत समेत रहेका राजिव सापकोटा छन् भने प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम छन् । अन्य लगानी कम्पनीले ५८ करोड रुपैयाँ बराबर दीर्घकालिन र अल्पकालिन लगानी छ । कम्पनीले ११ कम्पनीको सेयर तथा इकाइमा लगानी गरेको छ । केहीमा भने बजार मूल्य अंकित मूल्यभन्दा कम आएकोले कम्पनीले प्रावधान समेत राख्नु परेको २०७४÷७५ को वित्तीय विवरणमा उल्लेख छ । लाभांश दर कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । कम्पनीले सो वर्ष कुनै लाभांश घोषणा गरेको छैन । कम्पनीले ५ वर्षमा दुई वर्ष मात्र लाभांश दिएको छ र यो अवधिको औसत लाभांश १५ प्रतिशत छ । कानुनी तथा नीतिगत प्रक्रिया कम्पनीले आयकरमा आयमा समावेश गरिएको भनिएको ३ करोड ९५ रुपैयाँ (कर्मचारी बोनस, अग्रिम आयकरको फरक, कर्मचारी व्याज आय) मा आन्तरिक राजस्व बिभागमा प्रशासकीय पुनरावलोकनको लागि पहल गरिरहेको छ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा एभरेष्ट इन्स्योरेन्स ११ औं स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी १४ औं स्थानमा छ । कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा १ सय २६ प्रतिशतले वृद्धि भएर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको एकिकृत आय व्ययबाट ४ करोड २६ लाख रुपैयाँ नाफा नोक्सान हिसाबामा सारिएको छ । यो सँगै बीमा कोष २२ प्रतिशतले वृद्धि भएर २५ करोड रुपैयाँ पुगेको छ र जगेडा कोषमा १६ करोड रुपैयाँ छ । कम्पनीको महाविपत्ती कोषमा रकम छुट्याइएको छैन । नाफाको १० प्रतिशत रका महाविपत्ती कोषमा राख्नु पर्ने व्यवस्था छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ । वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अझै ७ कम्पनीले बीमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधारमा कम्पनी दास्रो स्थानमा छ । जारी भएका बीमा लेखहरुबाट कम्पनीले ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ हजार ३ सय १४ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ९ करोड २५ लाख रुपैयाँ ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबी मध्ये भुक्तानी हुन बाँकी १ अर्ब १४ करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकन पछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ । कम्पनीले ५१ हजार ५ सय ५८ बीमा लेख कायम छ । बीमा लेख संख्यामा करीब २५ प्रतिशतले वृद्धि भएको हो । बीमा लेख आधारमा कम्पनी ११ औं स्थानमा छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.३९ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ३० गुणासम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ३० रुपैयाँ सम्म तिरेको देखाउँछ । यो जोखिम भने हो । दायित्व हस्तान्तरण कम्पनीले बीमांक रकममध्ये ९२ प्रतिशतको दायित्व पुनरबीमा कम्पनीमा सार्ने गरेको र बाँकी मात्र आफूले लिने गरेको देखिएको छ । २०७४/७५ को वित्तीय विवरण अनुसार कम्पनीले ६ खर्ब ५५ अर्ब बीमांक रकममा ६ खर्ब ५ अर्ब पुनरबीमा कम्पनीमा सारेको हो । कम्पनीको योजनाहरुमा अग्नि बीमाको हिस्सा ६.२५ प्रतिशत, इन्जिनियरिङको ७ प्रतिशत, विविध शीर्षकमा ८० प्रतिशत छ । मोटर बीमा २.४४ प्रतिशत, हवाई र लघुविमाको १ प्रतिशतभन्दा कम दरमा छ । उच्च उतारचढाव कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा कम उतार चढाव रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २२ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी २८.९५ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी १२.३४ छ । यही समूहको सूचकको परिवर्तित अंकको आधारमा समेत कम्पनीको मूल्यमा निकै कम उतार चढाव रहेको देखिन्छ । निर्जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ४९ दशमलव ८३ छ । वियरिश प्रवृत्ति शुरु कम्पनीको सेयर मूल्य एक वर्षयताकै न्युन मूल्य (२०७ रुपैयाँ) नजिक छ । यद्यपि मूल्य वियरिश प्रवृत्तिमा आइसकेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ । कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा नै छ । हाल यो स्केलको ३० मा आएको छ । कम्पनीमा बिक्री चाप बढ्दै छ । यो ३० भन्दा मुनिगए बिक्री चाप उच्च रहेको र ७० माथि लागे खरिद चाप उच्च भएको संकेत गर्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा तल आएको छ । यसले मूल्य वियशि प्रवृत्तिमा रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ । मूल्य अन्तिम दिन घटेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य ३ सय १८ मा पहिलो टेवा पाउने र बढ्न थालेमा ४ सय ५० मा लक्ष्य परिक्षण गर्नेछ । कम्पनीको सेयर मूल्यले अन्तिम दिन कालो मैनवत्ति आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्य थप घट्न सक्ने संकेत गर्छ । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास र यसले अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भएकोले लगानीकर्ताहरु पनि डराएका छन् । अन्य कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमले तत्काललाई ती मुलुकका लगानीकर्ताहरुलाई त्यहाको बजारको विषयमा नसोच्न नै लगानीकर्ताहरुलाई आग्रह गरिरहेका छन् । नेपालमा यसले विकराल समस्या पारिसकेको अवस्था नभएपनि केही समयलाई बजारको चिन्ता लिनुभन्दा अहिलेको ह्रासलाई बिर्सनु नै सही हुने देखिन्छ ।

सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक सेयर मूल्यमा भने किन १४ बैंकपछि ? (समग्र विश्लेषण)

काठमाडौं । १२ बर्षअघि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंक सरकारको बिग मर्जरको नीतिलाई पुरा गर्ने पहिलो बैंक हो । हालै जनता बैंकलाई मर्ज गरेको ग्लोबल बैंकले ५ वटा संस्था (कमर्ज एण्ड ट्रस्ट बैंकसहित २ वाणिज्य बैंक) मर्जर र ३ वटा संस्था एक्वायर गरिसकेको छ । मर्जर र एक्विजिशन भएका संस्थाहरुमा पहिले पनि अन्य संस्थाको मर्जर र एक्विजिशन भएकोले करीब १८ संस्थाको संयोजन हो, ग्लोबल आइएमइ बैंक । पूँजी आधारमा देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमइ बैंक सन्तुलित वृद्धिसहित अगाडी बढेको छ । ‘सबैको लागि बैंक’को नारासहित सञ्चालनमा आएको बैंकको २ सय ९५ शाखा र २ सय ५७ वटा एटिएमबाट ग्राहकले सेवा पाइरहेका छन् । २ सय ४९ शाखारहित सेवा समेत सञ्चालन गरिरहेको छ । ९.६४ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ४ देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ । उपाधी बैंकले सन् २०१४ मा लण्डनको फाइनान्सियल टाइम्सबाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । बैंकले लण्डनको इन्टरनेशनल फाइनान्स म्यागेजिनबाट २०१६ मा बेस्ट इन्टरनेट बैंकको उपाधी पाएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस भारतबाट सन् २०१८ मा बेस्ट इम्पोयर अवार्ड समेत पाएको छ । सेयर लगानीकर्ता ४८.८० प्रतिशत सर्वसाधारणमा सेयर रहेको बैंकमा जनता मर्ज गनुअघिसम्म वल्र्डवाइड इन्भेष्टमेन्ट प्रालिको सबैभन्दा धेरै (६.६२) सेयर रहेको थियो । जनता बैंकको सेयर पूँजी ८५ प्रतिशत (७ अर्ब २० करोड रुपैयाँ) हुने गरी मर्ज भएको बैंकमा सो बैंकका केशवबहादुर रायमाझी र विनित कुमार अग्रवालले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् । व्यवसायी चन्द्र ढकालको लगानी रहेको ग्लोबल आईएमई बैंकमा उनी आफै अध्यक्ष रहदै आएका छन् । लगानी बैंकको ४२ करोड ७१ लाख रुपैयाँ बराबरका सूचीकृत र सूचीकृत हुन बाँकी सेयर/इकाइमा लगानी गरेको छ । १ अर्ब ५३ करोड अन्य सेयरमा लगानी रहेको छ । बैंकले सरकारी ऋणपत्र लगायतमा भने ११ अर्ब लगानी गरेको छ । ग्लोबल आईएमई क्यापिटलमा बैंकको ७५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तमा बैंकमा ७० प्रतिशत सेयर स्वामित्व छ । लाभांश बैंक विगत ५ वर्षमा बार्षिक औषत २०.१ प्रतिशतको दरले लाभांश दिन सफल हुँदै आएको छ । बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५.५ प्रतिशत दिएको छ । हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब २० करोड रुपैयाँ वितरण गर्न सक्ने अबस्थामा बैंक छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा ६ प्रतिशत हो । जनतासँग मर्जरपछि बैंकको सेयर प्रिमियममा ५ अर्ब ३९ करोड रुपैयाँ छ । सेयर प्रिमियम रकम समेत जोड्दा लाभांश दर ३४.७९ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा मात्रै ३२ प्रतिशतले नाफा बढाएर १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । जनता बैंकको मर्जरअघिको नाफासमेत जोड्दा नाफा रकम २ अर्ब १३ करोड पुगेको छ । नाफा रकम आधारमा भने बैंक तेस्रो स्थानमा छ । बैंकको व्याज आम्दानी ३४ प्रतिशत र खुद व्याज आम्दानी ४९ प्रतिशतले बढेको छ । ८ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा ३ अर्ब ५४ करोड पुगेको छ । खुद व्याज आम्दानीको आधारमा बैंक तेस्रो स्थानमा छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ८ अर्ब ५७ करोड रुपैयाँ छ । कोष लागत ७.५७ प्रतिशतबाट घटेर ६.७९ मा सिमित भएको छ । समग्र बैंकिङ क्षेत्रमा यो बैंक निक्षेप र कर्जा लगानीको आधारमा पहिलो स्थानमा छ । खराब कर्जा अनुपात १ प्रतिशत मुनि पुगेको छ । कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ४१ करोड ३९ लाख रुपैयाँ प्रावधान राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७८.९८ प्रतिशत छ । बैंकले कर्जा लगानीको लागि आवश्यक स्पेस बनाउन केही समय अघि मात्रै ऋणपत्र जारी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २२.५३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४५ प्रतिशत छ । प्रतिसेयर आम्दानीको आधारमा बैंक १४ औं स्थानमा छ । कम्पनीको सेयर मूल्य पछिल्लो समय घट्ने क्रममा ३ सय रुपैयाँभन्दा मुनिसम्म आएको थियो । रेटिङ बैंकलाई इक्रा नेपालले माइनस ए रेटिङ दिएको छ । रेटिङले उल्लेख गरेका महत्वपूर्ण विशेषताहरु निम्न अनुसार छन् । –बजारको ठूलो खेलाडी, बजार हिस्सा ७ प्रतिशत –मर्जपछि पूँजी पर्याप्तता आधारमा सुधार (१२.२८ प्रतिशत) –भाका नाघेको कर्जा १० प्रतिशत र खराब कर्जा १.०२ (मर्जरको कारण वृद्धि तर स्वस्थ सम्पत्ती गुणस्तर) –भाका नाघेको कर्जामा ८० प्रतिशत एक महिना भित्रमा भएकोले अवस्था सहज –बजारको भन्दा उच्च कोष लागत (समग्र बजारको ६.६३ रहेकोमा बैंकको ७.०९ प्रतिशत) –कम लागतको निक्षेप घट्दो –कर्जामा ३३ प्रतिशतको वृद्धि (समग्र क्षेत्रको वृद्धिदर २२ प्रतिशत) –प्रमुख २० ऋणीको हिस्सा कम (१३ प्रतिशत, यो राम्रो सूचक हो ।) –खुद व्याज मार्जिन ४ प्रतिशत प्रवृत्ति बुलिश बैंकप्रति दोस्रो बजारका सेयर लगानीकर्ताको विश्वास खासै बढ्न सकेको देखिदैन । बैंकको मूल्य आम्दानी अनुपात १३.१० प्रतिशत हुनुले यस्तो देखाउँछ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । यसको अर्थ बैंकले कमाएको १ रुपैयाँको लागि लगानीकर्ताहरुले १३.१० तिरिरहेका छन् भन्ने हो । बजारमा रहेका समकालिन अन्य बाणिज्य बैंकहरुमा यो दर कम नै हो । बैंकको सेयर मूल्य केही समयदेखि नै बुलिश प्रवृत्तिमा छ । १४ दिने आरएसआई सुचक केही समयदेखि नै सन्तुलित क्षेत्रमा छ । आरएसआई हाल ५७.८९ मा छ । २१ दिने र ७ दिने सिम्पल मुभिङ एभरेज केही समयअघि मात्रै क्रस ओभर भएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी दुईबीच अझै दुरी कायमै छ । एक महिना अवधिको पीभट विश्लेषणले भने अब बजार घट्ने क्रममा रहेकोले आगामी एक महिनामा २ सय ७२ मा पहिलो टेवा र ३ सय ८ मा पहिलो प्रतिरोध पाउने देखाउँछ । एक महिनामा बैंकको मूल्य ३६ रुपैयाँको फरकमा तल माथि गरिरहेकोले रेन्ज नै कम छ । बैंकको मूल्यमा निकै कम उतारचढाव छ । ३० कारोबार दिनको आधारमा हेरिएको स्ट्याण्डर्ड डेभिएसन अनुसार बैंकको यो सूचक ५.६३, समग्र बैंकिङ समूहको २७.५४ र नेप्से परिसूचकको २३.५८ छ । नेप्सेमाभन्दा पनि बैंकिङ समूहमा बढि उतार चढाव छ भने यस बैंकको सेयरमा खासै उतार चढाव छैन । छोटो छोटो अवधिमा कमाउन चहानेलाई हालसम्म बैंकको मूल्यबाट खासै फाइदा देखिदैन । बैंकको सेयर मूल्यले अन्तिम दुवैतर्फ धागो भएको कालो मैनवत्ति आकृति बनाएको छ । यसले लगानीकर्ताहरुमा तीव्र मोलमोलाई भइरहेको संकेत गर्छ । बैंकको सेयर मूल्यको लागि ३ सयको विन्दु मनोवैज्ञानिक विन्दुको रुपमा रहदै आएको छ । मूल्यले २ सय ७६ मा टेवा परीक्षण गर्ने बलियो समभावना छ । बैंकको सेयर मूल्यमा सुधार हुने संकेत देखिए पनि ठूलो उछालको सम्भावना कम देखिएको छ । तर, पनि बैंकले ब्रेक प्वाइन्ट भने खोजिरहेको छ ।

सिभिल बैंकको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि, यस्तो छ कारण

काठमाडौं । बुधबारको बजारमा सिभिल बैंकको सबैभन्दा बढी करोबार भएको छ । बैंकको एकैदिन १३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमसँगै बढी कमाउनेको अग्रस्थानमा पनि बैंक दोश्रो स्थानमा रहेको छ । दिनभरको बजारमा बैंकको सेयर मूल्य ८.७८ प्रतिशतले बढेर प्रतिकित्ता १६१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँ बढी हाे । बुधबारको बजारमा बैंकको सेयर प्रतिकित्ता न्यूनतम १४८ रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँमा किनबेच भएको छ । दोश्रो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकले अधिकांश सूचकमा सुधार गरेको छ । त्यसको सकारात्मक प्रभाव बुधबारकाे सेयर बजारमा परेकाे काराेबार रकम र सेयर मूल्य बढ्नुले संकेत गरेकाे छ । ‘६ महिनामा वाणिज्य बैंकहरुले गरेको ग्रोथ रेटको आधारमा सिभिल बैंक आठौं स्थानमा पर्न सफल भएको छ । जसको प्रभाव आजको बजारमा परेको हो ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले विकासन्युजसँग भने- ‘साथै, हामीले आगामी असारसम्ममा एनपीएल घटाएर २ प्रतिशतसम्ममा झार्ने लक्ष्य राखेका छाैं ।’ बैंकका सीईओ गुरुङका अनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको पुस मसान्तमा बैंकको निष्कृय कर्जा (एनपीएल) घटेको छ । पुस मसान्तसम्ममा बैंकको एनपीएल घटेर २.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको एनपीएल २.९३ प्रतिशत थियो । गतअसार मसान्तसम्ममा ४६ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तसम्ममा ५२ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ४४ अर्बबाट बढेर ५० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकले ३१ करोड ६७ लाख रुपैयाँ नाफा गरेकाे छ । समग्रमा बुधबारको बजार सामान्य ५.३१ अंकले बढेर १३४२.३६ अंकमा पुगेको छ । दिनभरको बजारमा १७७ कम्पनीको कूल एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समूह अन्तर्गत सबैभन्दा बढी जीवन बीमा ३८.२६ अंकले बढेको छ । उत्पादन मूलक समूह सबैभन्दा बढी अर्थात ११ अंकले ओरालो लागेको छ । बजारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशत कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ६.२५ प्रतिशत गुमाएका छन् ।

सेयर मूल्य बढाउन प्रधानमन्त्री वा मन्त्रीकाे मुख ताक्नु हुदैनः अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र वोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले सेयर मूल्य बढाउनको लागि प्रधानमन्त्री वा अर्थमन्त्रीको मुख ताक्न नहुने वताएका छन् । माग र आपूर्तिले सेयर बजारलाई निर्धारण गर्ने भएकोले प्रधानमन्त्री वा मन्त्रीले भन्दैमा बजार प्रभावित नहुने उनको भनाइ छ । नवनियुक्त अध्यक्ष ढुंगानालाई भेट्न गएको नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को प्रतिनितिमण्डसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन् । बजारलाई बजारकै गतिमा काम गर्न दिनु नै उपयुक्त हुने उनको भनाइ छ । ‘प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा सेयर बजार बढ्ने होइन, बजारको आफ्नै गति र प्रक्रिया हुन्छ, सोही गति र प्रक्रिया अनुसार बजारले स्वभाविक गतिविधि गर्ने हो,’ अध्यक्ष ढुंगानाले भने । प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा बजार बढ्ने वा घट्ने अवस्था नआउने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ढुंगाना उदार अर्थतन्त्रका पक्षपाति हुन् । उनको कार्यकालमा नेपालमा विदेशी लगानी प्रबद्र्धनका लागि नीतिगत सुधारका कामहरु भएका थिए । ढुंगाना करिब १ वर्षदेखि वोर्डको विज्ञ संचालकका रुपमा कार्यरत थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगानाले बोर्डको नेतृत्व संहालेदेखि नै सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरुको बुझाइ छ ।