हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक
काठमाडौं । ५ माघ २०४९ सालबाट हिमालयन बैंक सञ्चालनमा आएको हो । हालसम्म भएका विभिन्न पुँजी वृद्धि निर्देशनलाई बैंकले बिना मर्जर र प्राप्ति पूरा गर्दै आएको छ । शुरुवातमा ६ करोड रुपैयाँको सेयर पुँजीबाट सञ्चालनमा आएको यो बैंकमा सोही अवधिदेखि वैदेशिक साझेदारको रुपमा हबिब बैंक पाकिस्तान छ । हालै लाहान नगरपालिकामा शाखा विस्तार गरेसँगै बैंकको शाखा संख्या ५६ पुगेको छ । बैंकले थप १२ शाखा बिस्तार गर्ने लक्ष्य राखेको छ । एशिया र प्यासिफिक क्षेत्रमा व्यापारमा सघाउ पुर्याएकोमा बैंकले सन् २०१९ मा समेत टीएफपी अवार्ड पाएको थियो । एशियाली विकास बैंक (एडीबी) ले प्रदान गर्ने यो अवार्ड बैंकले योसहित तेस्रो पटक पाएको हो । हबिब वर्हिगमनको चर्चा केही समय अघिदेखि नै बैंकको विदेशी साझेदारको रुपमा रहेको हबिब बैंक बाहिरिने चर्चा चलेको छ । यद्यपि हालसम्म यसमा थप प्रगति देखिएको छैन । हालसम्म बैंकमा हबिब बैंकको २० प्रतिशत, नेपालकै संस्थाको ६५ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर लगानी छ । अहिलेको संस्थापक सेयरको बजार मूल्य (४२५ रुपैयाँ) मा बिक्री गरेर बाहिरिए २० प्रतिशत सेयर रहेको हबिबले ७ अर्ब २४ करोड रुपैयाँ लैजानेछ । बेलायती वित्तीय संस्था कमन वेल्थ डेभलपमेन्ट कर्पोरेशनले हबिबको स्वामित्वमा रहेको सेयर किन्ने खबरहरु आएपनि त्यस्तो हुन सकेको छैन । एफपीओको मूल्य २ सय मात्र हालै बैंकलाई राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको छ । यसो भएमा बैंकले या त १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्नुपर्छ । या त थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपीओ) मार्फत पु¥याउनु पर्छ । बैंकले एफपीओ जारी गर्ने भएमा २ अर्ब १ करोड रुपैयाँ बराबरको जारी गर्नुपर्ने हुन्छ । बैंकमा अहिले सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । हाल बैंकले घोषणा गरेको १० प्रतिशत बोनस पछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड पुग्ने छ । सर्वसाधारणको हिस्सा ३० प्रतिशत पु¥याउन बैंकले थप २ अर्ब १ करोडको पुँजी आवश्यक पर्छ । बैंकले एफपीओ जारी गरेमा पुँजी ११ अर्ब ३८ करोड पुग्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ अनुसार विदेशी लगानी वा संयुक्त लगानीका बैंकको पुँजी राष्ट्र बैंकले समय समयमा तोक्न सक्छ । एकिकृत निर्देशन २०७६ अनुसार बैंकहरुले कुनै कारणले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन छुट पाएको भए विदेशी लगानी बाहिरीएर नेपाली लगानीकर्ता वा संस्थाले त्यस्तो सेयर खरिद गरेमा सो स्वामित्व अनुपात पुर्याउन पर्ने उल्लेख छ । त्यस्तै, प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने भएमा बैंकले लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेख भएको प्रतिसेयर नेटवर्थभन्दा बढि नहुने गरी थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा भने अलग्गै विधि अपनाउन सकिने व्यवस्था छ । एफपीओ जारी गर्ने भएमा बैंकले करिब १ सय ७४ देखि १ सय ८८ रुपैयाँसम्म मूल्य कायम गर्नुपर्ने देखिन्छ । २०७४/७५ को बार्षिक वित्तीय विवरण अनुसार नेटवर्थ १ सय ७४ र गत आवको चौथो त्रैमाशको वित्तीय विवरण अनुसार १ सय ८८ रुपैयाँ नेटवर्थ छ । गत आवको लेखापरीक्षण सहितको वित्तीय विवरणले भने मूल्यमा समान्य परिवर्तन हुन सक्छ । नाफा बढ्यो, खुद व्याज आम्दानी वृद्धि सुस्त बैंकले चालु आवको पहिलो त्रैमाशमा मात्रै ६९ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १९ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा २.३३ प्रतिशत हो । आव अन्त्यमा यो दर बढ्न सक्छ । विगत पाँच बर्षमा बैंकले बार्षिक औसत २७.५५ प्रतिशत लाभांश बाडेको छ । गत आवमा नाफापछि बैंकले अघिल्लो वर्षभन्दा लाभांशमा वृद्धि गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको नाफा रकममा वृद्धि भएपनि मुख्य आम्दानी घटिरहेको छ । बैंकको खुद व्याज आम्दानी ०.५ प्रतिशतले मात्र वृद्धि भएको छ । ३ अर्ब १४ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानी १ अर्ब ३१ करोड मात्र छ । बैंकको कुल सञ्चालन आम्दानीसमेत २ प्रतिशतले घटेर १ अर्ब ७० करोड रुपैयाँ छ । बैंकको सञ्चित कोषमा ८ अर्ब १६ करोड रुपैयाँ रकम छ । बैंकलाई पुँजी केही महंगो पर्न थालेको कोष लागतमा भएको सामान्य वृद्धिले देखाउछ । कोष लागत ६.१४ प्रतिशतबाट बढेर ६.४२ पुगेको छ । खराब कर्जाको दरमा सीमान्त दरमा कटौतति भएपनि कर्जा नोक्सानी सम्भावनाको आधारमा राखेको प्रावधान रकम बढेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७४.९८ पुगेको छ । थप लगानी गर्न सक्ने अवस्थामा बैंक छ । हिमालयनले केही समय अघि मात्रै ३ अर्ब रुपैयाँको वण्ड जारी गरेको थियो । गत सोमबार मात्रै वण्ड नेप्सेमा सूचीकृत भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३२.५९ प्रतिशत, मूल्य आम्दानी अनुपात १५.४० प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ९५ प्रतिशत छ । ए रेटिङ ६ महिनाअघि ऋणपत्र जारी गर्नुअघि बैंकले केयर रेटिङबाट रेटिङसमेत गरेको छ । केयर रेटिङका अनुसार बैंकका सकारात्मक पक्ष र नकारात्मक पक्षहरु यी हुन्ः –पर्याप्त पुँजी अनुपात –मनन योग्य वृद्धि –ऋण विविधिकरण, उत्पादकमुलक क्षेत्रमा ३७ प्रतिशत, होलसेल क्षेत्रमा १७ प्रतिशतसहित गैरखाद्य उत्पादन क्षेत्रमा कुल २३ प्रतिशत लगानी –सुविधाजनक अवस्थामा कम लागत पुँजी ४४.७५ प्रतिशत –सम्रग ब्रैकिङ क्षेत्रकोभन्दा सम्पत्तिको गुणस्तर दर उच्च भएपनि यो सूचक मध्यम –कर्पोरेट लगानी उच्च ७५.६८ प्रतिशत, एसएमईसहित रिटेलमा लगानी घटेर १९.९७ प्रतिशतमा सिमित –यो क्षेत्रमा उच्च प्रतिस्पर्धा र बढ्दो नियामकीय जोखिम प्राविधिक विश्लेषण बैंकको सेयर मूल्य केही साताअघि मात्रै सन्तुलिन क्षेत्रमा आएको १४ दिने आरएसआई सुचकले देखाइरहेको छ । आरएसआईको स्केल ५६.१६ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । केही समयअघिदेखि मूल्य बुलिश प्रवृत्तिमा रहेको छ । सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ, यसमा ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे ५ सय २२ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ४ सय ८५ मा टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन सुटिङ स्टार र दोस्रो दिन सेतो मैनवत्ति आकृति बनेको छ । मूल्य बढ्न सक्ने संकेत यसले गरिरहेको छ । तर, अन्तिम दिनको बन्द मूल्यले त्यसअघिको दिनको उच्च विन्दु पार गर्न नसकेकोले यसलाई बलियो संकेत मान्न सकिने अवस्था छैन । कारोबारको लागि आगामी दिनको मूल्य परिवर्तन हेर्नु सही हुन्छ ।
डुबायाे हाइड्राेकाे सेयरले, ५६ प्रतिशत जलविद्युत कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम
काठमाडौं । पछिल्लो समय अधिकांश हाइड्रोपावरहरुको सेयर मूल्य अंकित मूल्यभन्दा कम रहेको छ । लामो समयसम्म राम्रो प्रतिफल दिन नसक्ने भएकाले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत ५६ प्रतिशतभन्दा बढी जलविद्युत कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा पनि तल झरेको हो । हाल नेप्सेमा कूल ३२ वटा जलविद्युत कम्पनी सूचिकृत रहेका छन् । जसमध्ये १८ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य १०० रुपैयाँभन्दा तल रहेको छ भने बाँकी १४ वटा कम्पनीको सेयर मूल्य १०० वा त्यसभन्दा माथी छ । १०० रुपैयाँभन्दा तल सेयर मूल्य रहेका जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा न्युनतम मूल्य नेशनल हाइड्रोपावर कम्पनीको रहेको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ रहेको छ । त्यस्तै, करिब एक वर्ष अघि प्रतिकित्ता ३०० रुपैयाँ रहेको घलेम्दी हाइड्रोको सेयर मूल्य ६३ रुपैयाँमा झरेको छ । अंकित मूल्य वा सो भन्दा बढी सेयर मूल्य रहेका १४ कम्पनीमध्ये चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ रहेको छ । गत एक वर्षको तुलनामा कम्पनीको सेयर मूल्य हाल ५४.९५ प्रतिशतले ओरालो लागेको हो । एक वर्षअधि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको थियो । जुन हाइड्रो कम्पनीमध्ये सबैभन्दा बढी हो । सूचिकृत कम्पनीको सेयर मूल्य ओरालो लाग्दा अपर तामाकोशीको सेयर मूल्य उकालो लागेको छ । एक वर्ष अघिको बजार मूल्यको तुलनामा हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर प्रतिकित्ता २३१ रुपैयाँ पुगेको छ । करिब एक वर्षअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको थियो । निर्माण भएका धेरै आयोजनाहरुमा विद्युत् उत्पादन समस्याका कारण रुग्ण बन्दै गएका छन् । जसले गर्दा उनीहरुले राम्रो प्रतिफल दिन नसकेका हुन् । त्यसैले बजारमा ती कम्पनीको सेयर मूल्य ओरालो लाग्दै आएका छन् ।
हिमालयन बैंककाे लाभांश गत वर्षभन्दा ३९ प्रतिशतले बढी, सेयर मूल्य ४५० रूपैयाँ
काठमाडौं। हिमालयन बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । विहीबार विहान बसेकाे सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । यस वर्ष बैंकले गत वर्षकाे तुलनामा विन्दुगत आधारमा ६.२२ र प्रतिशतका आधारमा ३९.४१ प्रतिशतले बढी लाभांश दिन लागेकाे हाे । गत वर्ष बैंकले १५.७८ प्रतिशत लाभांश दिएको थियो। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। हाल बैंककाे सेयर प्रतिकित्ता ४५० रूपैयाँमा काराेबार भइरहेकाे छ । हाल बैंकको शेयर पुँजी आठ अर्ब पाँच करोड रुपैयाँ रहेको छ। गत वर्ष बैंकले दुई अर्व ८४ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्रति शेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ १८८.७६ रुपैयाँ छ।
१६ प्रतिशत बोनस सेयर दिने प्रभु बैंकको घोषणा, बजारमा सेयर मूल्य बढ्यो
काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट १ अर्ब ४२ करोड २८ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५४ लाख रुपैयाँ हुनेछ । बोनस सेयरसँगै बैंकले लाभांशमा लाग्ने कर स्वरुप ७ करोड ४८ लाख रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट अनुमोदन भएपनि लगानीकर्ताको खातामा बोनस सेयर पठाइने बैंकले जनाएको छ । लाभांश घोषणासँगै बैंकको सेयर मूल्य बढ्न थालेको छ । दशैपछि खुलेको सेयर बजारमा अरु कम्पनीको सेयर मूल्य घट्दै गर्दा प्रभु बैंकको सेयर मूल्य ५ रुपैयाँले वृद्धि भई २७० रुपैयाँ कायम भएको छ ।
जीवन बीमा कम्पनी मध्ये एलआइसीको सेयर मूल्य सबैभन्दा बढी, कस्को कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत बीमा कम्पनी मध्ये लाइफ इन्स्योरेन्स कम्पनी(एलआइसी)को प्रतिकित्ता सेयर मूल्य सबै भन्दा बढी छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम रहेको छ । त्यसैगरी दोश्रो स्थानमा नेपाल लाईफ इसन्स्योरेन्स र तेस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स रहेको छ । नेपाल लाईफको सेयर मूल्य प्रतिकित्ता ८ सय २९ रुपैयाँ कायम हुँदा नेशनल लाइफको भने प्रति कित्ता ५ सय ४९ रुपैयाँ रहेको पाइन्छ । कुन कम्पनीको सेयर मूल्य कति ? नेप्सेका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १ लाख ७ हजार कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । बिहिबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रति कित्ता ३ सय २६ रुपैयाँ पुगेको कायम छ । यस्तै, गुराँश लाइफ इन्स्योरेन्स कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४ सय २० रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल(एलआईसी)को नेप्सेमा १ करोड ४९ लाख ४८ हजार ३ सय ८८ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम छ । साथै, नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७४ हजार ४ सय ४ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख ४० हजार ४ सय रुपैयाँ रहेको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ४९ रुपैयाँ रहेको छ । यसैगरी , नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४९ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्त पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ८ सय २९ रुपैयाँ कायम छ । प्राईम लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको नेप्सेमा १ करोड ७८ लाख ४८ हजार ३ सय ५० कित्ता सेयर सूचीकृत छ । कम्पनीको चुक्त पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ताको ४ सय १० रुपैयाँ कायम छ । सूर्या लाइफ इन्स्योरन्स कम्पनीको नेप्सेमा १ करोड २६ लाख ७७ हजार २ सय ८० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रहेको छ । बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय ८४ रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ भएपनि नेप्सेमा भने ७ कम्पनी मात्र सूचीकृत छन् ।
२५ प्रतिशतले बढ्यो एनएमबीको नाफा, प्रतिसेयर मूल्य २.२३ रुपैयाँले बढ्यो
काठमाडौंः एनएमबी बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गएको आवमा कमाएको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८६ ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दनी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम ०.८२ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७६.८८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने रिर्जभ फन्ड ३ अर्ब ५३ पुगेको छ । एनएमबीको बेसरेट ९.८६ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ । एनएमबीको प्रतिसेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ छ । बैंकको सेयर मूल्य ३८२ रुपैयाँ रहेको छ ।
मौद्रिक नीतिपछि सेयर बजारमा लगातार गिरावट, आइतबार १३६ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । १६१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १३६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । थोरै कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । यूनियन हाइड्रोपवर, युनाईटेड इन्स्योरेन्स, पाँचथर पावर, ग्लोवल आईएमई लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लगायत जलविद्युत, फाइक्रो फाइनान्स र बीमा कम्पनीहरुको सेयर मूल्य बढी घटेको छ । बजारमा गिरावट उच्च भए पनि केही केही कम्पनीको सेयरधनीले राम्रो लाभ लिएका छन् । सिर्जना फाइनान्स, यूनिभर्वल पावर, नविल इक्वीटि फण्ड, एनएमबी इक्वाटी फण्डको सेयर मूल्य बढेको छ । एनएमबी इक्वाटी फण्डले आइतबार नै लाभांश घाेषणा गरेकाे छ । मौद्रिक नीति सार्वजनिक भएपछि दोस्रो दिन पनि बजारमा मन्दी देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति गत साता बुधबार जारी गरेको थियो । विहीबार पनि १४ अंकले नेप्से घटेको छ । नयाँ मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष नकारात्मक असर पर्ने व्यवस्था गरेको छैन । तर बैंकहरुको आम्दानी नियन्त्रण गर्ने, बैंकास्योरेन्सलाई कडाई गर्ने, बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने व्यवस्था गरेकोले त्यसको नकारात्मक असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले साढे ७ प्रतिशत बोनस दिने, सेयर मूल्य निरन्तर घट्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि ४० लाख २२ हजार नगद लाभांश दिने भएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ । कम्पनीले बोनस सेयर घोषणा गरेको दिन सेयर मूल्य भने घटेको छ । गत विहीबार प्रतिकित्ता ३५५ रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर आईतबार ३५३ रुपैयाँमा बन्द भएको छ । दुई वर्षअघि यो कम्पनीको सेयर प्रतिकित्ता १५०० भन्दा माथि गएको थियो । पछिल्लो समय समग्र बीमा बजारको सेयर मूल्य घट्दै गएको छ ।
परिसूचक र कारोबार दुबै घट्दा अपरको १५ करोडको सेयर किनबेच, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि
काठमाडौं । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । परिसूचक ५.०८ अंकले घटेर १३१४.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशत घटी हो । त्यस्तै, कूल १७० कम्पनीको ९३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । हाइड्रोको एकैदिन १५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टीलरीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र मल्टि प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९५ र ९.६३ प्रतिशत कमाएका छन् । उता दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । बिहीबार हिमालय उर्जा विकास कम्पनी र हिमालयन पावर पार्टनरको लगानीकर्ताले क्रमशः ९.७२ र ९.७० प्रतिशत गुमाएका हुन् । बजारमा सबैभन्दा बढी होटल समूह ३५.८३ अंकले बढेको छ भने हाइड्रोपावर समूह ६४.७८ अंकले घटेको छ ।
१६ प्रतिशत बोनस पछि प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १६ प्रतिशत बोनस पछि सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१८.९७ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६७.४१ रुपैयाँ रहेको छ । मूल्य समायोजन पछि बिहीबारको कारोबारमा बैंकको सेयर मूल्य सामान्य ०.९७ अंकले घटिरहेकाे छ । याे समाचार तयार पर्दासम्म कम्पनीकाे सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले कम हाे ।
अपर तामाकोशी र मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताको आकर्षण, सेयर मूल्य एक घण्टामै करिब १० प्रतिशतले बढ्यो
काठमाडौं । बुधबार अपर तामाकोशी हाइड्रोपावर र मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो दिन बजार खुलेको सावा एक घण्टामा यी दुईको सेयर मूल्य करिब १० प्रतिशतले बढिसकेको छ । १२ बजेर १७ मिनेटसम्मको डाटा अनुसार अपर तामाकोशीको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रतिकित्ता ३०५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २७ रुपैयाँ बढी हो । मंगलबार संस्थाको सेयर प्रतिकित्ता २७८ रुपैयाँ रहेको थियो । यो समाचार तयार पार्दासम्म मल्टिप्रपोजको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । सो अवधिसम्म संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १९ रुपैयाँ बढी हो । मंगलबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको थियो । यी दुबै कम्पनीको सेयर किन्नेको चाप देखिएको छ भने बेच्ने कोही छैनन् । अपर तामाकोशीको २ लाख ६० हजार ३२० कित्ता र मल्टिप्रपोजको ७ हजार ९३१ कित्ता किन्न लगानीकर्ताको घुइँचो लागेको छ । त्यस्तै, अपरको सबैभन्दा बढी कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको ४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनेबेच भइसकेको छ । त्यस्तै, बुधबारको बजारले सकारात्मक संकेत दिइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९.९३ अंकले बढेर १३२२ अंकमा पुगेको छ ।
शिवम् सिमेन्टका लगानीकर्ताले एक महिनामै कमाए ८७ प्रतिशत बढी, सेयर मूल्य हालसम्मकै उच्च
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका लगानीकर्ताले एक महिनाको अवधि मै ८७.५४ प्रतिशत बढी कमाएका छन् । जसले गत वैशाख देखि बिहीबार(आज) सम्म प्रतिकित्ता २६७ रूपैयाँ कमाएर पछिल्लाे समय मालामाल भएका छन् । गत वैशाख ४ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेको थियो । जुन अहिले सम्मकै न्युनतम मूल्य थियो । त्यसपछिको दैनिक कारोबारमा सामान्य उकालो लागेको कम्पनीको सेयर मूल्य पछिल्लो समय निरन्तर जसो पोजेटिभ सर्किट लागेको थियो । गत सोमबार प्रतिकित्ता ४९७ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेर प्रतिकित्ता ५४६ रुपैयाँमा पुगेको थियो । तर बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ५२० रुपैयाँमा झरेको छ । तर बिहीबारको कारोबारमा कम्पनीको सेयर मूल्य वृद्धिले निरन्तरता पाई पोजेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ रहेको छ । जुन हालसम्मकै अधिकतम मूल्य हो । कम्पनीको सेयर मूल्यसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । पछिल्ला दिनमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, बिहीबार कूल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये शिवमकै सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो दिन कम्पनीको कूल १३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । चालु आवको ९ महिनाको वित्तीय विवरणले लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ । साथै, उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका कम्पनीको सेयर कारोबार र सेयर मूल्य वृद्धिले संकेत गरेको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २.२९ अंकले घटेर १३१८.७१ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशत घटी हो । बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सो दिन जम्मा ९४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३९ करोड रुपैयाँ घटी हो । बुधबार एक अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
शिवम् सिमेन्टको ९ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, करोडौंको कारोबार हुँदा १० प्रतिशतले बढ्याे सेयर मूल्य
काठमाडौं । पछिल्लो समय शिवम् सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेकाे छ । चालु आवकाे ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको दिन(साेमबार) कम्पनीको ११ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ । सोमबार कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । अघिल्लो दिन प्रतिकित्ता ४५२ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य सोमबार बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा बन्द भएको हो । जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढी हो । समग्रमा सोमबारको नेप्से परिसूचक ६.३० अंकले बढेर १३०१.३४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशत बढी हो । सो दिन कुल १६९ कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी
नेप्से सामान्य अंकले घट्दा ५० करोडको कारोबार, एचडीएलको सेयर मूल्यले नाघ्यो १८००
काठमाडौं । बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३.६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट देखिएको छ । बजारमा कूल १७५ कम्पनीको ५० करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेर २७८ अंकमा झरेको छ । कूल कारोबार मध्ये सबैभन्दा बढी सिभिल बैंकको बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँ रहेको छ । त्यस्तै, मेगा बैंक र शिवम् सिमेन्टको क्रमशः ४ करोड ९६ लाख र ४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ र शिवमको प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ । सो दिन कारोबारमा आएका विभिन्न समूह मध्ये ३ समूहको सूचक हरिया देखिएका छन भने बाँकी समूह राताम्मे छन् । सबैभन्दा बढी होटल समूह ३२ अंकले घटेको छ । उत्पादनमूलक, अन्य र ट्रेडिङ समूह भने क्रमशः ६९, ३ र २ अंकले उकालो लागेका हुन् । सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेड (एचडीएल)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य १६५ रुपैयाँले बढेर प्रतिकित्ता १८१५ रुपैयाँ पुगेको छ । कमाउने मध्ये बाँकी कम्पनीहरुले भने ५ प्रतिशतभन्दा कम कमाएका छन् । उता मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.५५ प्रतिशत गुमाएका छन् ।
बोनस पछि सिभिल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । मंगलबार सिभिल बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १५५.१० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८३.५५ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । मंगलबार १२ बजेसम्म कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १५७ रुपैयाँ पुगेको छ ।
एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको र नाडेप लघुवित्त वित्तीय संस्थाको क्रमशः हकप्रद र बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२.५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८३७.६६ रुपैयाँ तोकिएको छ । त्यस्तै, नाडेप लघुवित्तको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५३२.१७ रुपैयाँ रहेको छ । संस्थाको आधार मूल्य प्रतिकित्ता ४७२.६४ रुपैयाँ तोकिएको छ ।
मंगलबार अधिकांश वाणिज्य बैंकको बढी कारोबार, १५२ कम्पनीको सेयर मूल्य वृद्धि
मंगलबार कारोबार बढी भएका १० कम्पनीहरु काठमाडौं । मंगलबारको बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । सो दिन उल्लेख्य कारोबार गर्ने १० कम्पनीहरु मध्ये ८ वटा वाणिज्य बैंक देखिएका छन् । सो दिन एनएमबि, एनआईसी एशिया, प्रभु, सिभिल, नेपाल, कुमारी, नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) र प्राइम कमर्सियल बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको छ । एनआईसी एशियाको ४ करोड ९८ लाख, प्रभुको ४ करोड ५८ लाख, सिभिलको ३ करोड ३२ लाख र नेपाल बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य क्रमशः ४९५, २६३, १६८ र २९९ रुपैयाँ रहेको छ । त्यस्तै, कुमारी बैंकको २ करोड ७५ लाख, एनसीसीको २ करोड ३० लाख र प्राइम कमर्सियल बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कुमारी बैंकको प्रतिकित्ता २६०, एनसीसीको २२९ र प्राइमको प्रतिकित्ता ३३९ रुपैयाँ रहेको छ । बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंकको ब्याजदर घटिरहेकोले सेयर वाणिज्य बैंकको बढी कारोबार भएको हो । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको रिपोर्ट अनुसार कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि बढ्दै गएकाले त्यसको असर सेयर बजारमा देखिएको हो । सो दिन बजारमा कुल १७० कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १८ कम्पनीको मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.६७ प्रतिशतले बढेको छ । यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य अंकित मूल्य भन्दा तल घटेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ रहेको छ ।
सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी बैंकको २ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १६६.६७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २१४.८३ रुपैयाँ तोकिएको छ । त्यस्तै, ग्रामीण लघुवित्तको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३०.६७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता २१५.५५ रुपैयाँ तोकिएको छ ।
१० प्रतिशत बोनसपछि मिथिला लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १०.४५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५१.५८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२४.७९ रुपैयाँ तोकिएको छ ।
शिवम् सिमेन्ट र यूनिभर्सल पावर दुबैको सेयर मूल्यमा भारी गिरावट, प्रतिकित्ता कति ?
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनी दुबैको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । पहिलो कारोबारमै यूनिभर्सल पावर र शिवम् सिमेन्टको सेयर मूल्य क्रमशः १० र ९.९१ प्रतिशतले घटेको छ । आइतबार शिवम् सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ । कम्पनीको सो दिन प्रतिकित्ता ४६४ रुपैयाँमा कारोबार शुरु भएको थियो । त्यस्तै, यूनिभर्सल पावरको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले घटेर प्रतिकित्ता २७० रुपैयाँमा झरेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३०० रुपैयाँदेखि शुरु भएको थियो । नेप्सेमा कारोबारको लागि यी दुबै कम्पनीको बिहीबार नै ओपन रेञ्ज तोकिएको थियो । ओपन रेञ्ज तोकिए पनि प्राविधिक कारणले गर्दा सो दिन कम्पनीको कारोबार हुन सकेको थिएन । शिवम्को १६२ रुपैयाँदेखि ४८३ रुपैयाँसम्म र यूनिभर्सलको १०१ देखि ३०३ रुपैयाँसम्म ओपन रेञ्ज तोकिएको थियो ।