कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बोनस सेयरपछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १७१.४३ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य १९३ रुपैयाँ रहेको थियो । समायोजन पछि खुलेको पहिलो कारोबारमा विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १७४ रुपैयाँ पुगेको छ ।

१६२ कम्पनीको सेयर मूल्यमा वृद्धि, क-कसले कमाए ९ प्रतिशत बढी ?

काठमाडौं । बुधबारको बजारमा कुल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी ११ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले ओरालो लागेको छ । सेयर मूल्य वृद्धि भएका मध्ये ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी नागरिक लगानी कोषका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १९२५ रुपैयाँ रहेको छ । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८७ रुपैयाँ रहेको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ९.९३, मल्टिप्रपोज फाइनान्स कम्पनीको ९.६६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९.४५ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ९.१९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.३२ प्रतिशत कमाएका छन् भने अन्य बाँकी कम्पनीका लगानीकर्ताले ७ प्रतिशतभन्दा कम कमाएका छन् । उता सबैभन्दा बढी गण्डकी विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशत गुमाएका छन् । गुमाउने मध्ये अन्य बाँकी १० कम्पनीका लगानीकर्ताले ३ प्रतिशतभन्दा कम गुमाएका छन् ।

बजार सिंगल अंकले घट्दा सबै समूह रातै, एनएमबिको सेयर मूल्य ९ प्रतिशतले घट्यो

काठमाडौं । मंगलबारको सेयर बजार सिंगल अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लाग्न शुरु गरेको मंगलबारको बजार ओरालो लागेरै बन्द भएको छ । समग्रमा सो दिनको नेप्से परिसूचक ५.७१ अंकले घटेर ११८६.०३ अंकमा अडिएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । सोमबार ७९ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३७ करोड रुपैयाँले घटी हो । बजारमा १६५ वटा कम्पनीको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी एनएमबि बैंकको प्रमोटर सेयर मूल्यमा गिरावट आएको छ । बैंकका संस्थापक लगानीकर्ताले एकैदिन ९.३३३३ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको साधारण सेयरको मूल्य पनि प्रतिकित्ता ४ रुपैयाँले घटेर ३३६ रुपैयाँमा झरेको छ । कारोबारमा आएका कुल १० वटा समूह सबैको सूचक राताम्मे भएका छन् । जीवन बीमा २९, निर्जीवन बीमा २४, माइक्रोफाइनान्स १३ र जलविद्युत समूह ११ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहहरु एकल अंकले घटेका छन् । उता मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.८५ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तीन कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन, क-कसको कतिमा खुल्यो कारोबार ?

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको मूल्य समायोजन भएको हो । यी तीनवटै कम्पनीले बोनस पछिको सेयरको मूल्य समायोजन गरेका हुन् । मिर्मिरे लघुवित्तको २४ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । जसको सेयर कारोबार प्रतिकित्ता ९६९.३५ रुपैयाँमा खुलेको छ । सामायोजन पछिको पहिलो कारोबारमा संस्थाको मूल्य घटेर प्रतिकित्ता ९६० रुपैयाँमा झरेको छ । त्यस्तै, स्वावलम्बन लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । मंगलबार संस्थाको सेयर कारोबार प्रतिकित्ता ८८६ रुपैयाँमा खुलेको छ । समायोजन पछि कारोबार भएको पहिलो दिन संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । त्यसैगरी, एनएमबि बैंकको पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३५१ रुपैयाँदेखि शुरु भएको छ । मंगलबार करिब दुई बजेसम्मको कारोबारमा यस बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँसम्ममा झरेको छ ।

साेमबारकाे बजारमा उतारचढाव, नेप्से ६ अंकले घट्दा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुलेलगत्तै बढेर १२०७ अंकमा पुगेको नेप्से करिब एक घण्टामा घटेर ११९२ अंकमा झरेको थियो । त्यसपछि पुनः बढेर १२०० अंकमा पुगेको परिसूचक एक बजे घटेर ११९२ अंकमा नै झरेको थियो । पछि पुनः सुस्त गतिले बढेर ११९९ अंकमा पुगेको परिसूचक अन्तत बजार बन्द हुँदा ११९१ अंकमा झरेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटेर ११९१.७४ अंकमा अडिएको छ । तीब्र उतारचढाव देखिएको सोमबारको बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिन ८७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ७९ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन आइतबारको तुलनामा ८ करोड रुपैयाँ घटी हो । बजारमा कुल १६८ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये एनएमबी बैंक लिमिटेडको ९ करोड ९५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको पनि ८ करोड २६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । उतारचढाव देखिएको बजारमा पनि विभिन्न ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । सो मध्ये हाथवे फाइनान्स कम्पनी र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था र जलविद्युत लगानी तथा विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९५ प्रतिशत र ९.८७ प्रतिशत कमाएका छन् । सो दिन सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.६७ प्रतिशतले घटेको छ । त्यस्तै, मल्टीप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ७.०४ प्रतिशतले घटेको छ । बजारमा कारोबारमा आएका ११ समूह मध्ये अधिकांश समूहको सूचक राताम्मे भएका छन् । विभिन्न ७ समूहको सूचक राताम्मे भएका छन् भने बाँकी ४ समूहको सूचक हरिया देखिएका छन् । जीवन बीमा, फाइनान्स, उत्पादनमूलक र अन्य समूह उकालो लागेका छन् । सो दिन होटल समूह ३२, निर्जीवन बीमा २० र बैंकिङ् समूह १० अंकले घटेका छन् । बाँकी समूह भने एकल अंकले घटेका छन् ।

किन बढ्यो लुम्बिनी विकास बैंकको सेयर मूल्य ? यस्तो छ कारण

काठमाडौं । आइतबारको बजार बढेसँगै लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य उकालो लागेको छ । दिउँसाे २ बजेसम्म यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । विकास बैंकले आइतबार बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरप्रति आकर्षित भएका हुन् । संस्थाले सेयरधनीलाई १८.७७६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै बैंकको सेयर किन्नेकोमा बढी चाप देखिनु र सेयर मूल्यमा दोहोरो अंककाे वृद्धि हुनुले लगानीकर्ताहरु उत्साहित भएको संकेत गर्छ । आइतबार प्रतिकित्ता १६३ रुपैयाँबाट कारोबार शुरु भएको यस बैंकको सेयर मूल्य बढेर दिउँसो २ बजेसम्म प्रतिकित्ता १७८ रुपैयाँ पुगको छ । सो अवधिसम्म बैंकको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँसम्म कारोबार भएको थियो । विकास बैंकले चुक्ता पुँजीको सो मात्रा अर्थात ३७ करोड ७१ लाख ९७ हजार २०० रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको हो । विकास बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि बैंकले गत आर्थिक वर्षको नाफा तथा संचित जगेडाबाट सेयरधनीलाई उक्त लाभांश दिने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन, बिहीबार बढेर प्रतिकित्ता ४७५ रुपैयाँ पुग्यो

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७१२.११ रुपैयाँ रहेको छ । समायोजन गर्दा मूल्य घटेको संस्थाको सेयर मूल्य बिहीबार बढेको छ । बुधबार प्रतिकित्ता ४६५.२२ रुपैयाँमा रहेको लघुवित्तको सेयर मूल्य बिहीबार बढेर ५३५ रुपैयाँसम्म पुगेको छ । मूल्य समायोजन पछि कम्पनीको बिहीबार पहिलो पटक कारोबार भएको छ ।

१० कम्पनीको सेयर मूल्य ९९ भन्दा तल हुँदा इक्वीटी फण्ड ८ रूपैयाँमा, मेगा बैंकको सेयर १०८ मा किनबेच

काठमाडौं । सेयर बजारमा गिरावट जारी रहँदा १० वटा कम्पनीको सेयर मूल्य १०० भन्दा कममा झरेको छ । दुई दर्जन कम्पनीहरुको सेयर मूल्य १०० नजिक रहेको छ । १० रुपैयाँ अंकित मूल्य रहेका इक्वीटी फण्डहरुको हालत झन् खराब छ । १०० रुपैयाँ अंकित सेयर अंकित मूल्यभन्दा कम हुनेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १०० रुपैयाँ नजिक मूल्य हुने कम्पनीमा जिल्ला स्तरीय विकास बैंक र फाइनान्स कम्पनी बढी रहेका छन् । नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य सबैभन्दा कम भएको छ । यसको सेयर प्रतिकित्ता ७० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, छ्याङदी हाइड्रोको ९८ रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ९८ रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको ९७ रुपैयाँ, गोर्खा फाइनान्सको ९८ रुपैयाँ, जेविल्स् फाइनान्सको ९७ रुपैयाँ, खानीखोला हाइड्रोपावरको ९६ रुपैयाँ, रिडी हाइड्रोपावरको ९८ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९७ रुपैयाँमा झरेको छ । दुई दर्जन कम्पनीको सेयर मूल्य १२५ रुपैयाँ भन्दा कम भएको छ । त्यसमा जलविद्युत कम्पनी, विकास बैंक र फाइनान्स कम्पनी रहेका छन् । यूटाइटेड मोदी हाइड्रोपावर पनि १२४ रुपैयाँमा झरेको छ । पञ्चकन्या माई हाइड्रोपावरको ११६ रुपैयाँमा, बरुण हाइड्रोपावरको मूल्य ११२ रुपैयाँमा, सप्तकोशी हाइड्रोपावरको मूल्य ११३ रुपैयाँमा, अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य १०७ रुपैयाँमा, रैराङ हाइड्रो पावरको मूल्य १०६ रुपैयाँमा, कालिका पावर १०१ रुपैयाँमा कारोबार भएको छ । देवः विकास बैंकको मूल्य १२५ रुपैयाँमा झरेको छ । भार्गव विकास बैंकको १२४ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । सिन्धु विकास बैंकको सेयर १२० रुपैयाँमा, कन्काई विकास बैंकको ११८ रुपैयाँमा, ग्रीन डेभलपमेन्ट बैंकको ११० रुपैयाँमा  सेयर कारोबार भइरहेको छ । गुडविल फाइनान्स १२३ रुपैयाँमा झरेको छ । रिलाईन्स फाइनान्सको ११६ रुपैयाँमा, हाथवे फाइनान्सको ११८ रुपैयाँमा, सेन्ट्रल फाइनान्सको ११० रुपैयाँमा, सिटी एक्स्प्रेस फाइनान्सको सेयर १०७ रुपैयाँमा सेयर किनबेच भईरहेको छ । इक्वीटी फण्डको हालत झन् खराव १० रुपैयाँ अंकित मूल्यका इक्वीटी फण्डहरुको मूल्य पनि सीमाभन्दा तल झरेका छन् । एनआईबीएल समृद्धि फण्ड ९ रुपैयाँमा, एनआईसी एशिया ग्रोथ फण्ड ८ रुपैयाँ ८५ पैसामा, एनएमबी हाईब्रिड फण्ड ८ रुपैयाँ ८० पैसामा, सिटिजन्स म्यूचल फण्ड ८ रुपैयाँ ७४ पैसामा, सिद्धार्थ इक्वीटी फण्ड ८ रुपैयाँ ६९ पैसामा, सानिमा इक्वीटी फण्ड ८ रुपैयाँ ६८ पैसामा, नबिल इक्वीटी फण्ड ७ रुपैयाँ ९२ पैसामा, लक्ष्मी इक्वीटीको मूल्य ७ रुपैयाँ ७० पैसा कारोबार भएका छन् । धेरै वाणिज्य बैंकहरुको सेयर मूल्य २०० भन्दा तल आएका छन् । प्रमोटर सेयर १०८ रुपैयाँसम्ममा कारोबार भएको छ । गत साता मेघा बैंकको प्रमोटर सेयर १०८ रुपैयाँमा किनबेच भएको थियो ।

लाभांश पाउने भएपछि सांग्रिलाका लगानीकर्ता खुसी, सेयर मूल्य ५ प्रतिशतले बढ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ । बोनस घोषणा लगत्तै कम्पनीको सेयर मूल्य बढ्नुले लगानीकर्ताहरु खुसी भएको भन्ने बुझिन्छ । त्यस्तै, बुधबारको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १४५ रुपैयाँसम्म पुगेको छ । मंगलबार प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य बुधबार २ बजेसम्म ५ प्रतिशतले बढेर प्रतिकित्ताँ १४४ रुपैयाँसम्म पुगेको छ । बजारमा उक्त डेभलपमेन्ट बैंकको सेयर बच्नेको भन्दा किन्नेको बढी चाप देखिएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सेयरधनीलाई ४ प्रतिशत बोनस र ५.३० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । डेभलपमेन्ट बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ ।

बाेनससहित १५ प्रतिशत लाभांश घोषणासँगै हिमालयन बैंकको सेयर मूल्य घट्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । बैंकले लाभांश घोषणा गरेपछि कम्पनीका लगानीकर्ताहरु निराश देखिएका छन् । बजारमा बैंकको सेयर मूल्य घट्नुले सेयरधनीहरु निराश भएको बुझ्न सकिन्छ । बुधबार प्रतिकित्ता ५२६ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ४८५ रुपैयाँसम्म पुगेको थियो । दिउँसो करिब साँढे १ बजे कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०४ रुपैयाँ रहेको छ ।

२३ प्रतिशत बोनस घोषणापछि समीट माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार समीट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य ७९ रुपैयाँले बढेर प्रतिकित्ता ८६९ रुपैयाँ पुगेको छ । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको २३.५३ प्रतिशत बोनस सेयर दिने भएपछि लगानीकर्ता यस संस्थाको सेयरमा लाभान्वित भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १७ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पछि संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्ने छ । साथै, संस्थाले बोनस सेयरको कर प्रयोजनको लागि २१ लाख ५ हजार २६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको छ । उक्त प्रस्तावलाई पारित गर्न संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान साँढे ८ बजे झापाको बिर्तामोडमा बस्दै छ । सो प्रयोजनको लागि पुस १७ गतेदेखि २७ गतेसम्म संस्थाको बुक क्लोज रहने जानकारी गराएको छ ।

१४१ कम्पनीको सेयर मूल्यमा वृद्धि, मिर्मिरे लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा बढी

काठमाडौं । आइतबारको सेयर बजारमा कुल १५९ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १४१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी १८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट भएको छ । आइतबार मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । उक्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९ रुपैयाँले बढेर १०८९ रुपैयाँ पुगेको छ । त्यस्तै, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता ९.९७ र ९.९५ प्रतिशतले बढेको छ । तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य ८.९४ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ८.२३ प्रतिशतले बढेको छ । आइतबार गुमाउने १० कम्पनी

१० प्रतिशत बोनसपछि विजया लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस सेयर पछि आज(आइतबार) मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१.८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६९२.९१ रुपैयाँ रहेको थियो । आइतबार प्रतिकित्ता ६३१ रुपैयाँबाट कारोबार शुरु गरेको संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन बैंकको सेयर प्रतिकित्ता ६९५ रुपैयाँसम्म कारोबार भएको छ ।

लाभांश घोषणापछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य घट्यो, किन्नेको भन्दा बेच्नेको चाप

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.२९ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । डेभलपमेन्ट बैंकले लाभांश घोषणा पछि संस्थाको सेयर मूल्य घटेको छ । बुधबार प्रतिकित्ता १७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार घटेर प्रतिकित्ता १७३ रुपैयाँ सम्म पुगेको छ । संस्थाको प्रस्तावित लाभांशप्रति लगानीकर्ताहरु निराश देखिएको सेयर मूल्य घट्नुको संकेत हो । बिहीबारको कारोबारमा संस्थाको सेयर किन्नेको भन्दा बेच्नेको चाप देखिएको छ । सो दिन करिब २ बजेसम्मको अवधिमा संस्थाको १४१६ कित्ता बिक्रीमा देखिएको छ तर किन्ने भने कोही छैनन् । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । डेभलपमेन्ट बैंकको नवौँ वार्षिक साधारणसभा आगामी पुस २१ गते बस्दै छ । सो प्रयोजनको लागि बैंकले पुस १२ गते संस्थाको बुक क्लोज गर्दै छ । हाल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ५० करोड ५९ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५३ करोड रुपैयाँ नाघ्ने छ ।

लाभांश घोषणाले सेयर मूल्यमा उथलपुथल, सिटिजन्स बैंकले गुमाउँदा सोल्टी र चिलिमेले कमाए

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुको लाभांश घोषणासँगै सेयर मूल्यमा पनि उच्च उतार चढाव देखिएको छ । बुधबार केही कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ भने केहीमा उच्च गिरावट देखिएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि सेयरको मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेको छ । मंगलबार प्रतिकित्ता ६०८ रुपैयाँमा कारोबार भएको सेयर बुधबार प्रतिकित्ता ६५२ रुपैयाँसम्म कारोबार भएको छ । बन्द हुँदा ६४९ रुपैयाँमा कारोबार भयो । बुधबार सोल्टी होटलको सेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँले बढ्यो । मंगलबार १३० रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर बुधबार २०६ रुपैयाँमा कारोबार बन्द भयो । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य २२४ बाट २१५ रुपैयाँमा झरेको छ । बैंकले ३.६२ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश घोषणा गरेपछि सेयर मूल्यमा गिरावट आएको हो । बुधबार दिनभर रातो देखिएको नेप्से बन्द हुने बेलामा हरियो भयो तर शुन्य दशमलव शुन्य ८ अंकले मात्र बढेको छ । सो दिन कुल १५६ कम्पनीको २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री भएको छ । कम्पनीको एकैदिन ४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका १० समूह मध्ये ५ समूह हरिया भएका छन् भने ५ वटा समूह राता भएका छन् । हाइड्रोपावर ३५, जीवन बीमा २३, फाइनान्स ३, उत्पादनमूलक १.५२ र अन्य समूह ०.६२ अंकले बढेका छन् । बाँकी होटल ३७.२७, निर्जीवन बीमा १०.६२, माइक्रोफाइनान्स ८.४६, डेभलपमेन्ट बैंक २.५७ र बैंकिङ् समूह १.३३ अंकले घटेका छन् ।

बोनसपछि सोल्टी होटलको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता २१२.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २५५.८६ रुपैयाँ रहेको थियो ।

चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर घोषणासँगै कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । मंगलबार ६०८ रुपैयाँमा कारोबार भएको सेयर मूल्य बुधबार ६५२ रुपैयाँसम्म कारोबार भएको छ ।  

२० प्रतिशत लाभांश दिने भएपछि नेरुडे लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर सहित ५.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । लाभांश घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्य बढेको छ । सोमबार प्रतिकित्ता ४९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार बढेर प्रतिकित्ता ४९४ रुपैयाँ पुगेको छ । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्दै छ । सो प्रयोजनको लागि पुस ५ गतेदेखि २० गतेसम्म संस्थाको बुक क्लोज हुने छ । हाल संस्थाको चुक्ता पुँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

४२.७५ प्रतिशत बोनसपछि सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाले ४२.७५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १००१.०५ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ८७९.३२ रुपैयाँ रहेको थियो ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने, सेयर मूल्य घट्यो

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३७ करोड ५० लाख रुपैयाँ पुग्ने छ । बोनस सहित सो मात्राको लाभांश घोषणा गरेपछि आइतबार संस्थाको सेयर मूल्य घटेको छ । प्रतिकित्ता १७०० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता १६४० रुपैयाँमा झरेको छ ।