दोस्रो बजारमा वाणिज्य बैंकको सेयर मूल्य सस्तियाे, हेराैँ कसकाे कति पुग्याे ?

काठमाडौं । सेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आकर्षक मानिएका वाणिज्य बैंकको सेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको सेयर २०० रुपैयाँ भन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको सेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको १७४ रुपैयाँ, एनसीसी बैंकको १९९ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको १८९ रुपैयाँ, मेघा बैंकको १८६ रुपैयाँमा कारोवार भएको छ । सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु २४०, प्रभु बैंक रु २४०, सनराइज बैंकको प्रतिकित्ता रु २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक रु ३०५, एनएमबी बैंंक रु ३५६, एनआइसी एशिया रु ३५७, नेपाल एसबिआइ बैंक रु ३९४, प्राइम कर्मसियल बैंक रु ३१५ मा खरीद बिक्री भएको छ । माछापुच्छ्रे बैंककाे रु २०४ र कुमारी बैंककाे सेयर प्रतिकित्ता २४० मा कारोवार भएको छ । कृषि विकास बैंक रु ३२७, बैंक अफ काठमाडौँ रु ३०५ मा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक रु ३१४, हिमालयन बैंक रु ४४७ र सिद्धार्थ बैंकको सेयर मूल्य रु ३०५ रूपैयाँ रहेकाे छ । यस्तै, केही बैंकका सेयर मात्रै रु ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डार्ड चार्टड बैंक, एभरेष्ट बैंकको सेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक रु ८५०, नेपाल इन्भेष्टमेन्ट बैंक रु ६१९, एभरेष्ट बैंक रु ५२४, स्ट्याण्डाड बैंकको सेयर प्रतिकित्ता ५६५ रुपैयाँमा खरीद बिक्री भएका छन् । विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामा समेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् । रासस

कालिका लघुवित्तले १६ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १६.४२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । हालै सम्पन्न संस्थाको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ९ करोड ९९ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ नाघ्ने छ । बोनस घोषणा गरेको दिन बिहीबार संस्थाको सेयर किन्ने भन्दा बेच्नेको चाप देखिएको थियाे । सो दिन दिउँसाे २ बजेसम्म ७९४ कित्ता सेयर बिक्रीमा रहेको थियाे तर किन्ने कोही पनि देखिएका थिएनन् । यसको मतलब संस्थाले घोषणा गरेको लाभांशमा सेयरधनी उत्साहित छैनन् भन्ने बुझिन्छ । अन्तत: बिहीबारको बजार बन्द हुँदा संस्थाको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट आएको छ ।

बोनसपछि एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३७१.८२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१८.४१ रुपैयाँ रहेको थियो ।

बोनससहित ३४ प्रतिशत लाभांश घोषणापछि नबिल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । मंगलबार बैंककाे उक्त निर्णय सार्वजनिक भए लगत्तै सेयर मूल्यमा गिरावट आएको छ । बैंकले अघिल्लो वर्षकोे भन्दा कम बोनस सेयर दिने प्रस्ताव गरेपछि लगानीकर्ताहरू निराश भएका छन् । बैंकले गत वर्षकाे भन्दा १८ प्रतिशत कम बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले अघिल्लो वर्ष ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश घोषणा गरेकै दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँसम्म घटेको छ । जबकी साेही दिन समग्रमा सेयर बजार उकालाे लागेकाे थियाे । सोमबार प्रतिकित्ता ८६३ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य मंगलबार घटेर प्रतिकित्ता ८४१ रुपैयाँसम्म पुगेको थियो । अन्ततः बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ रहेको छ । बुधबार ८४१ रूपैयाँसम्ममा काराेबार भएकाे छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । बैंकको प्रस्तावित लाभांशलाई नेपाल नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

१८ प्रतिशत बोनसपछि मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा १८.२५ प्रतिशत बोनस पश्चात बैंकको सेयर मूल्य समायोजन भएकाे हाे । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५.०३ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ४९८.५२ रुपैयाँ रहेको थियो ।

बोनस पाउने भएपछि ग्लोबल आईएमई बैंकका लगानीकर्ता लाभान्वित, सेयर मूल्य बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर पाउने भएपछि सो बैंकका लगानीकर्ता निकै लाभान्वित भएको देखिन्छ । मंगलबार बैंकले नेप्सेमा एक सूचना जारी गरी सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त घोषणा बैंकको हालै बसेको संचालक समितिको ३०७औँ बैठकले गरेको हो । बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य ३.२६ प्रतिशतले बढेको छ । बोनस सेयर पाउने भएपछि लगानीकर्तामा खुसी छाएको बढेको सेयर मूल्यले संकेत गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

१२ प्रतिशत बोनस घोषणासँगै तिनाउ विकास बैंकको सेयर मूल्य बढ्यो, बुक क्लोज कहिले ?

काठमाडौं । तिनाउ विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ६ लाख ८ हजार ३२१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको अगामी साधारणसभा पुस ७ गते बुटवलको कालिकानगरमा बस्दै छ । सो प्रयोजनको लागि कम्पनीले मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ५६ करोड ७७ लाख रुपैयाँ नाघ्ने छ । बोनस सेयर घोषणा गरेसँगै संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार प्रतिकित्ता १६६ रुपैयाँ रहेको बैंकको सेयर मूल्य आइतबार बढेर १७१ रुपैयाँसम्म पुगेको छ । बजार बन्द हुँदा संस्थाको सेयर मूल्य २.३७ प्रतिशतले बढेर प्रतिकित्ता १७० रुपैयाँ पुगेको छ ।

आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो ?

काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो । यी तीन कम्पनीको बोनस सेयर पछि सेयरको मूल्य समायोजन भएको हो । नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४१३.४७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३८६.७४ रुपैयाँ रहेको थियो । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको २० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको मूल्य प्रतिकित्ता १४२.६४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८८.३२ रुपैयाँ थियो । २२.०६ प्रतिशत बोनस पछि नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९१.४९ रुपैयाँ रहेको छ । कम्पनीको आधार मूल्य प्रतिकित्ता २५५४.७४ रुपैयाँ थियो ।

७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि एनसीसी बैंककाे सेयर मूल्यमा उच्च गिरावट

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे ७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि सेयर मूल्य घटेकाे छ । बिहीबार यस बैंककाे सेयर मूल्य प्रतिकित्ता २०३ रूपैयाँसम्म झरेकाे छ । बुधबार २०९ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर बिहीबार २०४ रूपैयाँमा झरेर बन्द भयाे । यस बैंकले केही महिनाअघि जारी गरेकाे हकप्रद सेयर मध्ये ७९ लाख कित्ता सेयर बिक्री भएकाे छैन । बैंकले उक्त सेयर सार्वजनिक रूपमा बढाबढ मूल्यमा बेच्ने पर्नेछ । ७९ लाख कित्ता मध्ये प्रवर्द्धक सेयर मात्र ६५ लाख कित्ता छ । एनबी समूहले ३५ लाख कित्ता सेयर किन्न नसकेपछि र निर्मल प्रधानले १० लाख कित्ता सेयर नकिनेपछि ठूलाे मात्रामा प्रवर्द्धक सेयर बिक्री नभएकाे बैंकले जनाएकाे छ । त्यस्तै, एपेक्स डेभलपमेन्ट बैंकबाट एसीसीमा मर्ज भएका प्रवर्द्धक सेयरधनी मध्ये धेरैले हकप्रद सेयरमा पैसा नहालेकाे बतार्इकाे छ । साधारण सेयरतर्फ पनि १४ लाख भन्दा बढी कित्ता बिक्री भएकाे छैन । सेयर बजारमा मन्दी अाएकाे बेलामा ७९ लाख कित्ता लिलामीमा अाउँदा सेयर मूल्य अझै घट्ने विश्लेषण गरिएकाे छ । गत असारमा बैंककाे सेयर मूल्य १७१ रूपैयाँसम्म झरेकाे थियाे । सेयर बजारमा गिरावट अाएकाे अवस्थामा प्रिमियम अाम्दानी कम हुने विश्लेषणका अाधारमा बैंकले नबिकेकाे सेयर लिलामीमा राख्न ढिलार्इ गरेकाे छ । तर उक्त सेयर बिक्री गरेपछि मात्र प्रस्तावित बाेनस जाेडेर पुँजी ८ अर्ब पुग्ने भएकाेले छिटाेभन्दा छिटाे सेयर लिलामीमा राख्नु पर्ने बैंककाे वाध्यता छ । नबिकेकाे सेयर लिलामी नगरी बैंकले हकप्रद सेयर भर्नेकाे सेयर नेप्सेमा सूचिकरण गरिसकेकाे छ । सूचिकरणपछि बैंककाे चुक्ता पुँजी ६ अर्ब २२ कराेड रूपैयाँ भएकाे छ । नेप्सेले भने बैंककाे चुक्ता पुँजी ७ अर्ब १ कराेड भएकाे भनि गलत विवरण वेवसाइटमा राखेकाे छ । गत वर्षकाे नाफाबाट करिव ५० कराेड र मर्जसँगै जम्मा भएकाे ९९ कराेड प्रिमियम वितरण गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याउने बैंककाे याेजना छ । बैंकले गत दुर्इ अार्थिक वर्षकाे साधारणसभा गर्न सकेकाे छैन ।

समता माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२२.५८ रुपैयाँ रहेको थियो ।

२० प्रतिशत बोनसपछि निर्धान उत्थान लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा बोनस पछिको सेयरको मूल्य समायोज भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ७९१.७४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०३७.३७ रुपैयाँ रहेको थियो ।

आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२३.३३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४८६.६७ रुपैयाँ थियो । त्यस्तै, नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२६.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१३.१० रुपैयाँ थियो ।

मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद जारी गर्ने, सेयर मूल्य बढ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । १८.२५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यसपछि उक्ता पुँजीमा २० प्रतिशत हकप्रद जारी पछि कम्पनीको नयाँ चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको १२औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । कम्पनीले बोनस घोषणासँगै लगानीकर्तामा खुसी छाएको सेयर मूल्यले संकेत गरेको छ । आइतबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४०९ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आइतबार ५ रुपैयाँ अर्थात १.२२ प्रतिशतले बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ ।

बोनस नपाउने भएपछि सानिमा बैंकका लगानीकर्ता निरास, सेयर मूल्य घट्यो

काठमाडौं । चालु आर्थिक वर्षमा सानिमा बैंकले सेयरधनीलाई बोनस सेयर वितरण नगर्ने भएको छ । बोनस सेयर नपाउने भएपछि सो बैंकका लगानीकर्तामा निरासा देखिएको छ । बुधबार बैंकले एक सूचना जारी गरी सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई १४ प्रतिशत अर्थात एक अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंकको हालै बसेको संचालक समितिको बैठकले गरेको हो । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । मंगलबार प्रतिकित्ता ३२५ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर बुधबार झरेर ३२४ रूपैयाँ पुगेकाे छ । अघिल्लाे दिनकाे तुलनामा बैंककाे मूल्य ०.३१ प्रतिशतले घटेकाे छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ । बैंकको आगामी वार्षिक साधारणसभा मंसिर २८ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १४ गते कम्पनीको बुक क्लोज छ ।

एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन फिर्ता, मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो । सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो । उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०५० रुपैंयामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा बिक्री भइरहेको छ । यस अवधिसम्म कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

एनएमबि माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने, सेयर मूल्य बढ्यो

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साथै, संस्थाले कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत अर्थात ११ लाख १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८ लाख रुपैयाँ पुग्ने छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नाघ्ने छ । उक्त लाभांश दिने प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । बोनस घोषणा गरेपछि संस्थाको सेयर मूल्य बढेको छ । आइतबार प्रतिकित्ता १२५६ रुपैयाँमा कारोबार शुरु भएको संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता १२८१ रुपैयाँसम्म बिक्री भइरहेको छ ।

तीन कम्पनीकाे सेयर मूल्य ३० देखि ४५ प्रतिशत घट्याे, नेप्सेकाे डाटामा गम्भिर त्रुटी

काठमाडौं । बुधबारको कारोबारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्जकाे वेवसाइट अनुसार कम्पनीका लगानीकर्ताले एकैदिन ४५.३३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३४.७३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य २९.७२ प्रतिशतले घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतभन्दा बढीले बढ्न अथवा घट्न सक्दैन । तर बुधबार तीन कम्पनीकाे सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटेकाे नेप्सेकाे टप लुजरमा देखिएकाे छ । यस्ताे कसरी भयाे ? विकासन्युजकाे प्रश्नले नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदकाे ध्यानाकर्षण भयाे । उनले भने यस्ताे त नहुनु पर्ने, म अार्इटी  डिपार्टमेन्टमा कुरा गर्छु । नेप्सेकाे वेवसाइटमा एभरेष्ट इन्स्याेरेन्सकाे सेयर मूल्य मंगलबार १०५० हाे । बुधबार १०५० बाटै काराेबार शुरू भएकाे थियाे । अधिकतम मूल्य १०५० छ भने न्यूनतम मूल्य ५७४ रूपैयाँ छ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे प्रमाेटर सेयरकाे मूल्य पनि यसरी नै घटेकाे देखिएकाे छ । मंगलबार ७५७ रूपैयाँमा काराेबार भर्इ बन्द भएकाे यस कम्पनीकाे सेयर बुधबार ५३२ रूपैयाँ सम्म झरेकाे नेप्सेले जनाएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा अनलाइन कारोबार प्रणाली शुरु भएदेखि नै समस्यै समस्या देखिएको छ । उक्त प्रणाली शुरु भएको एक साता बित्दा पनि नेप्सेको साइटमा सुधार आउन सकेको छैन । सेयर बजारमा हुने काराेबारकाे लाइभ र अाधिकारिक जानकारी  दिने नेप्सेकाे वेबसाइटमा यस्ताे वल्न्डर पटक पटक हुने गरेकाे छ । तर  जिम्मेवार निकायले यसलार्इ गम्भिता पूर्वक नलिदाँ लगानीकर्ताले ठूलाे नाेक्सान बेहाेर्ने जाेखिम हुनेछ ।

बुधबार तीन कम्पनीको सेयर मूल्य समायोजन, हेरौं क-कसको ?

काठमाडौं । बुधबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद र कन्काई विकास बैंकको बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९५८.१२ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले माहुली सामुदायिक लघुवित्तको पनि ५० प्रतिशत हकप्रद सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार ५५५ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार १४५ रुपैयाँ रहेको थियो । त्यसैगरी, कन्काई विकास बैंकको ३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४.२७ रुपैयाँ रहेको छ ।

प्रर्वद्धकले सेयर बेच्न थालेपछि अपि पावरकाे सेयर मूल्यमा भारी गिरावट, वित्तीय अवस्था शंकास्पद

काठमाडौं । प्रवद्र्धकहरुले सेयर बेच्न थालेपछि अपि हाइड्रोपावरको सेयर मूल्यमा भारी गिरावट आएको छ । पुराना लगानीकर्ताले कारोबार भएको ३ दिनमै गुमाए २७ प्रतिशत गुमाएमा छन् । तिहारअघि मंगलबार बजार बन्द हुँदा उक्त कम्पनीको सेयर प्रतिकित्ता १८१ रुपैंयाँमा कारोबार भएको थियो । तिहारपछि बजार खुलेको आइतबार यसको सेयर मूल्य १० प्रतिशत घटेर १६३ रुपैंयामा झरेको थियो । सोमबार खुलेको बजारमा पनि सोही प्रवृत्ति दोहोरिँदा शेयर मूल्य १४७ रुपैंया कायम भयो । मंगलबार मध्यान्नमा अपिको शेयर प्रतिकित्ता १३३ रुपैंयाँसम्ममा कारोबार भएको छ । बजार बन्द हुँदा प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार यस कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । प्रमोटरको सेयर पब्लिक सेयरमा परिवर्तन भएको र प्रवद्र्धकहरुले सेयर बेच्न थालेका कारण मूल्य घटेको कम्पनीका एक सञ्चालकले बताए । जलविद्युत कम्पनीको प्रमोटर सेयर तीन वर्षपछि स्वतः साधारण सेयरमा परिणत हुने र किनबेच पनि साधारण सेयर सरह हुने कानुनी व्यवस्था छ । पछिल्ला दिनमा मात्र होइन, यस कम्पनीको सेयर मूल्य विगत एक वर्षदेखि निरञ्तर घटिरहेको छ । यस कम्पनीका लगानीकर्ताले एक वर्षमा ७५ प्रतिशत सम्पत्ति गुमाएका छन् । एक वर्षअघि प्रतिकित्ता ५१३ रुपैयाँमा कारोबार भएको यस कम्पनीको सेयर अहिले १३३ रुपैयाँमा झरेको छ । गत चैतयता यस कम्पनीले वित्तीय विवरण पनि सार्वजनिक गरेको छैन । वित्तीय विवरण पनि सार्वजनिक नहुनु र सेयर मूल्यमा उच्च गिरावट आउनुले कम्पनीको वित्तीय अवस्था विग्रेको आशंका गरिएको छ । यस कम्पनी माथि संस्थागत सुशासन कमजोर रहेको गुनासो लगानीकर्ताको छ ।

लाभांश घोषणा सँगै उन्नति माइक्रो फाइनान्सको सेयर मूल्य बढ्यो, बेच्नेको भन्दा किन्नेको चाप

काठमाडौं । मंगलबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाले ४२.६३ प्रतिशत लाभांश दिने भएपछि माइक्रोफाइनान्सकाे सेयर मूल्य एक्कासी उकालो लागेको हो । संस्थाले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बोनस घोषणा सँगै बजारमा संस्थाको सेयर बेच्नेको भन्दा किन्नेको चाप देखिएको छ । यस अवधिसम्म संस्थाको ४६२९ कित्ता सेयर किन्ने लगानीकर्ताको घुईचो देखिएको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको १२२औँ बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । ४०.५० प्रतिशत बोनस पश्चात ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ । सोमबार प्रतिकित्ता १५७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार करिब साढे एक घण्टामै प्रतिकित्ता ३१ रुपैयाँले बढेर प्रतिकित्ता १६०६ रुपैयाँ पुगेको छ ।