म्युचअल फण्डको मूल्यमा गिरावट, जलविद्युत कम्पनीको सेयर मूल्य १०० तल पुग्यो

काठमाडौ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । म्युचुअल फण्डको प्रतिएकाइको मूल्य १० रूपैयाँ रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृतमध्ये छ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको छ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि त्यस्ता फण्डको कारोबार हुने गरेको छ । सेयर बजारमा आएको निरन्तर गिरावटको प्रभाव म्युचुअल फण्डको कारोबारमा समेत देखिएको छ । स्टकमा सूचीकृत भएका मध्ये सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिइकाई मूल्य २० रुपैयाँ छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्मिक हो । दोस्रोमा नबिल ब्यालेन्स फण्ड रहेको छ । त्यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा छ । तेस्रोमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड छ । सो फण्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा छ । चौथोमा सिद्धार्थ इक्विटी स्किम छ । त्यसको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा छ । पाँचौँमा लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा रहेको छ । छैटौमा रहेको एनआइबिएल समृद्धि फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ १० पैसा छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य आधार मूल्यभन्दा पनि तल पुगेको छ । कूल सामूहिक कोषमध्ये आधाभन्दा बढी सामूहिक लगानी कोष प्रतिएकाइ मूल्य ओरालो लाग्दा सेयर बजारमा समेत त्यसले प्रभाव पारेको जानकारको भनाइ छ । स्टकमा सूचीकृत भएको ग्लोबल आइएमई स्किम एकको प्रतिएकाइ मूल्य ९ रुपैयाँ ९० पैसा रहेको छ भने लक्ष्मी इक्विटी फण्डको ९ रुपैयाँ ६० पैसा प्रतिएकाइ मूल्य छ । यस्तै, नबिल इक्विटी फण्डको ९ रुपैयाँ ४० पैसा, एनआइबिएल प्रगति फण्ड ९ , एनएमबी हाइब्रीड फण्डको ९ रुपैयाँ २२ पैसा, सानिमा इक्विटी फण्डको ९ रुपैयाँ ८० पैसा र सिद्धार्थ इक्विटी फण्डको ९ रुपैयाँ ६८ पैसामा प्रतिएकाइ बिक्री भइरहेको छ । धितोपत्र बोर्डमा अझै २ सामूहिक लगानी कोष बिक्रीका लागि आवेदन दिइएको छ । बोर्डका अनुसार ग्लोबल आइएमई ब्यालेन्स फण्ड र एनआइबिएल सहभागिता कोषले आवेदन दिएको हो । ग्लोबल आइएमई ब्यालेन्स फण्डको १ अर्ब २० करोड बराबरको १२ करोड एकाइ र एनआइबीएल सहभागिता कोषको १ अर्ब ७० करोड बराबरको १७ करोड एकाइ सामूहिक लगानी कोष बिक्रीको तयारी गरिएको छ । जलविद्युत् कम्पनीको सेयर मूल्य १०० तल सामूहिक लगानी कोषको मात्रै नभई जलविद्युत् कम्पनीको सेयर पनि आधारभूत मूल्यभन्दा तल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता १०० को सेयर घटेर ९८ मा आएको छ । यस्तै स्टकका सूचीकृत कूल १७ जलविद्युत् कम्पनीमध्ये १० वटा कम्पनीको शेयर प्रतिकित्ता २०० भन्दा तल रहेको छ । चिलिमे, सानिमा माई, अपि पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको मात्रै दोस्रो बजारमा शेयरको मूल्य २०० भन्दा माथि छ । अपि पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३३७ छ । अरुण काबेली पावर लिमिटेडको २५२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १७४, बरुण हाइड्रो पावरको १७१, बुटवल पावर कम्पनीको ४८५, छ्याङदी हाइड्रो पावरको १५८ र चिलिमे हाइड्रो पावरको ७६६ रुपैयाँमा सेयर कारोबार भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोको १२१, हिमालयन पावर पार्टनरको ३१६, खानीखोला हाइड्रो पावरको १३६, नेसनल हाइड्रो पावरको ९८, नेपाल हाइड्रो डेभलपर्सको १९४, ङादी हाइड्रोको २०६, रिडी हाइड्रो पावरको १३०, सानिमा माई हाइड्रो पावरको ३३६, सिनर्जी हाइड्रोको १४० र युनाइटेड मोदीको १८५ रुपैयाँमा कारोबार भइरहेको छ । ‘क’ वर्गका बैंकको पनि उस्तै हालत सेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकको हालत पनि उस्तै रहेको छ । जनता बैंक, सेञ्चुरी कर्मसिएल बैंक र सिभिल बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । जनता बैंकको प्रतिकित्ता सेयर १६२, सेञ्चुरी कर्मसिएल बैंकको सेययर प्रतिकित्ता १७७ र सिभिल बैंकको १५० रुपैयाँमा कारोबार भइरहेको छ । रासस

नेप्से १८ अंकले उकालो लाग्दा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ । बजारमा कुल १५८ कम्पनीको ४२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड २२ लाख, सानिमा बैंकको १ करोड ८६ र स्ट्याण्डार्ड चार्टर्ड बैंकको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो मध्ये सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, हिमालयन डिष्टीलरी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९४ र ९.७४ प्रतिशत कमाएका छन् । त्यसैगरी राधी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अघिल्लो दिनको तुलनामा ८.६६ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, उत्पादनमूलक बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६१ अंकले बढेको छ । उत्पादनमूलक समूह सामान्य २.३९ अंकले अाेरालाे लागेकाे छ ।

२१ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी

काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा २१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । जुन अघिल्लो दिनको तुलनामा १९ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । अघिल्लो दिन अर्थात आइतबारको बजारमा जम्मा २ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार भएको थियो भने अन्य बाँकीकाे मूल्यमा गिरावट अाएकाे थियाे । सोमबार भएको कूल कारोबार मध्ये बाँकी १३२ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । सो दिनको बजारमा कूल १५३ कम्पनीको कारोबार भएको थियो । सोमबार कमाउने १० उत्कृष्ट कम्पनी बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आइतबार ३.९३ प्रतिशत कमाएका थिए भने सोमबार(आज) ९.९६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १९२ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा १०८ रुपैयाँ बढी हो । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ४.८० प्रतिशतले बढेको छ । त्यसैगरी, पूर्णिमा विकास बैंकको ३.०३, एक्सेल डेभलपमेन्ट बैंकको २.९२ र गरिमा विकास बैंको सेयर मूल्य २.२५ प्रतिशतले बढेको छ । सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको सेयरको मूल्य ९.७५ प्रतिशतले घटेर प्रतिकित्ता ९२६ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटी हो । त्यसैगरी, मञ्जुश्री फाइनान्स, अपी पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले हिजोको भन्दा ७ प्रतिशत गुमाएका छन् ।

धेरै कम्पनीको सेयर मूल्य १०० नजिक, म्यूचल फण्डको मूल्य १० भन्दा कम

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आईतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको छ । आज भोली नै यस कम्पनीको सेयर मूल्य ९९ भन्दा तल आउने छ । १०० रुपैयाँ मूल्य अंकित यो सेयर ९९ सयमा करोबार हुँदा यस पटकको सेयर बजारको मन्दीमा नयाँ रेकर्ड बन्ने छ । हुन त यसअघि नै केही म्यूचल फण्ड अंकित मूल्यभन्दा कममा कारोबार भईराखेका छन् । १० रुपैयाँ अंकित एनआईबीएल प्रगति फण्ड ९ रुपैयाँ ४० पैसामा कारोबार भईरहेको छ । त्यस्तै, १० रुपैयाँ अंकित मूल्य रहेको सिद्धार्थ इक्विटि फण्ड ९ रुपैयाँ ४७ रुपैयाँमा, नविल इक्वीटी फण्डको मूल्य पनि ९ रुपैयाँ ७० पैसामा झरेको छ । १० रुपैयाँ अंकित एनआईबी आईव्रिड फण्ड पनि ९ रुपैयाँ ८० पैसामा कारोबार भईरहेको छ । बजारमा ख्याति कमाईसकेको पुराना म्यूचल फण्डहरु अंकित मूल्यभन्दा कममा कारोबार हुन थालेपछि पछिल्लो समय एनआईसी क्यापिटल र सिविआइएल क्यापिटले निष्काशन गरेको म्यूचल फण्डमा प्रयाप्त आवेदन परेन । प्राथमिक निष्काशनमा समेत प्रयाप्त आवेदन नपर्नुले सेयर बजारमा जारी मन्दी अझै गरिरिने संकेतको रुपमा हेरिएको छ । केही फाइनान्स कम्पनीहरुको सेयर मूल्य पनि १०० को नजिक पुगिसकेको छ । बेष्ट फाइनान्सको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । गोर्खा फाइनान्स र रिलाईन्स फाइनान्सको सेयर १३० रुपैयाँमा कारोबार हुन थालेको छ भने सेन्ट्रल फाइनान्सको सेयर १३१ रुपैयाँमा झरेको छ । वाणिज्य बैंकहरुको सेयर मूल्य पनि २०० बाट तल झर्न थालेको छ । सिभिल बैंकको सेयर १६१ रुपैयाँमा झरेको छ । जनता बैंकको सेयर १७० रुपैयाँमा झरेको छ भने सेन्चुरी बैंकको सेयर १९० रुपैयाँमा कारोकार हुन थालेको छ । विहीबार लक्ष्मी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भयो । जलविद्युत कम्पनीहरु, लघुवित्त कम्पनीहरु, फाइनान्स कम्पनीहरु मध्ये धेरैको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल पुगिसकेको छ ।

मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि नेप्सेले यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकेको छ ।

२५ प्रतिशत बोनस पछि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको थियो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख रुपैयाँ रहेको छ ।

कालिका माइक्रोक्रेडिटको सेयर मूल्य समायोजन, प्रतिकित्ता १३५३ रुपैयाँ

काठमाडौं । आइतबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २१.२१२१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०९६ रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । आइतबार २ बजेसम्मको बजारमा यस कम्पनीको सेयर मूल्य १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।  

नेप्से ९ अंकले उकालो लाग्दा सूर्योदय लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । साताको शुरुदेखि नै निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम कारोबार अर्थात बिहीबार भने एकल अंकले उकालो लागेको छ । आइतबार १४१० अंकमा रहेको परिसूचक त्यसपछिको कारोबारमा लगातार ओरालो लागेर बुधबार १३८२ अंकमा झरेको थियो । १३८२ अंकदेखि कारोबार शुरु भएको बिहीबारको परिसूचक लगातार उकालो दिनभर निरन्तर उकालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक ९.०१ अंकले उकालो लागेर १३९१.०३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार भएको देखिएको छैन । बिहीबारको बजारमा कुल १५२ कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम बुधबारको तुलनामा ३० करोड रुपैयाँ मात्र बढी हो । बिहीबार सबैभन्दा बढी नेपाल बैंकको २ करोड ४१ लाख रुपैयाँबाट सेयर किनबेच भएको छ । करिब दोहोरो अंकले उकालो लागेको सेयर बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा यस संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । बिहीबार यस संस्थाको सेयर मूल्य १३४ रुपैयाँले बढेर प्रतिकित्ता १४७९ रुपैयाँ पुगेको छ । बिहीबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ९.९८ प्रतिशत गुमाएका छन् । बजारमा दुई समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७२ अंकले उकालो लागेको छ । फाइनान्स र ट्रेडिङ समूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेका छन् ।

बीपीसीको १ अर्ब २० करोडको मात्र एफपीओ बिक्री, लाभांशले पनि लोभ्याएन लगानीकर्तालाई, सेयर मूल्यमा निरन्तर गिरावट

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बिक्री खुलेको १० दिनमा आधा भन्दा केही बढी रकमका लागि मात्र आवेदन परेको छ । माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकोमा बुधबारसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँको मात्र आवेदन परेको छ । हालसम्म एफपीओका लागि ८२ हजार ११ वटा आवेदन परेका छन् । अझै ८४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । २३ लाख ९८ हजार ४०३ कित्ता एफपीओ खरिदका लागि आवेदन परेको छ । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । यस्तै १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले पनि एफपीओमा कम दरको आवेदन मात्र परेको देखिएको छ । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५४९ रुपैयाँमा झरेको छ । बिहीबार मात्रै बीपीपीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।  

विश्वास गुमाउँदै बुटवल पावर, सेयर मूल्यमा निरन्तर गिरावट, एफपीओ आधा मात्र बिक्री

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) काे सेयर मूल्य निरन्तर ओरालो लागेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि  सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेर आइतबार प्रतिकित्ता ५८० मा झरेको छ ।   एफपीओ निष्कासनपछि बीपीसीले लगानीकर्ताको विश्वास गुमाउँदै गएको छ । निरन्तर घटेपछि सेयर मूल्य एफपीओकाे मूल्यभन्दा ७९ रुपैयाँ मात्र बढी भएको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । २ महिनाका बीचमा बीपीसीका लगानीकर्ताले १६६ रुपैयाँ गुमाएका छन् । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गते(गत शुक्रबार)सम्म तोकिएको थियाे । साे अवधिसम्म कम्पनीकाे एफपीओका लागि जम्मा ९२ करोड रुपैयाँ बराबरको  आवेदन परेको थियाे । साे एफपीओमा अावेदन दिने मिति छिटोमा आइतबार सकिदै छ । यसकाे अन्तिम मिति फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०८४ रुपैयाँ

काठमाडौं । शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ रहेको थियो ।

जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का, एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० कि २१० रुपैयाँ ?

काठमाडौं । एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ (एनबी समूह)लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम तोकेरे सोही बैंकको संस्थापक सेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीले लिलामीको सूचना प्रकाशित गरेपछि श्रेष्ठ दाजुभाईलाई २८ करोड घाटाको जोखिम देखिएको छ । एनबी समूहले एनसीसी बैंकको संस्थापक सेयर प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य राखेर ७० लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । एनबी समूहका लक्ष्मी, जेन र जीतबहादुर श्रेष्ठ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ मूल्य पाउने सम्भावनालाई कमजोर बनाएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटललिनले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो ।  एउटै कम्पनीकाे संस्थापक सेयर मूल्य देखिएकाे यति ठूलाे अन्तर संयाेग मात्र हाे वा कपाेर्रेट वार हाे ? भविष्यमा खुल्दै जाने छ ।

कृषि विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको थियो ।

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार मात्रै नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएकाे छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ रहेको छ ।

सानिमामाई हाइड्रोपावरको सेयर मूल्यमा निरन्तर गिरावट, यस्तो छ कारण

  काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ । गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो । त्यसपछि सेयर मूल्य लगातार घट्दै आएको छ । मूल्य समायोजन भएपछि १ हजार १०५ बाट घटेर ६१५ मा झरेको थियो । मूल्य समायोजनपछि लगानीकर्ताले झण्डै २ सय रुपैयाँ गुमाएका छन् ।   गत पुस १८ गते प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको सानिमाको सेयर मूल्य लगातार घट्दै गएर मंगलबार प्रतिकित्ता ४२३ रुपैयाँमा झरेको छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जलविद्युत आयोजनामा लगानी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । कम्पनीले गत आवमा २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट लगानीकर्ताले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि कम्पनीले १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । सबैभन्दा बढी कारोबार भएपनि यस हाइड्रोको सेयर मूल्य भने निरन्तर ओरालो लागेको छ ।  

५० प्रतिशत हकप्रद पछि फष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ५० प्रतिशत हकप्रद सेयर पछि यस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।

५० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार मात्रै एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९२ रुपैयाँ रहेको थियो ।

नविल बैंकले सीईओ पाउन अझै ६ महिना कुर्नुपर्ने, सेयर मूल्यमा निरन्तर गिरावट

काठमाडौं । सशिन जोशीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा गरेपछि पछिल्लो समयमा नविल बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । अनुभवी बैंकर जोशीले बैंक छाडेपछि नविलको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो १५ दिनको सेयर कारोबार हेर्दा नविलको सेयर मूल्य घट्दै गएको छ ।   गत साउनमा नविलको सेयर मूल्य १ हजार ७८० रुपैयाँ थियो । लाभांश घोषणापछि मूल्य समायोजन हुदा बैंकको सेयर प्रतिकित्ता १ हजार १८५ रुपैयाँ थियो । पछिल्लो समयमा लगातार घटेर घटेर अहिले १ हजार ३९ रुपैयाँमा झरेको छ । २८ वाणिज्य बैंकहरु मध्ये नविललाई अब्बल बैंकको रुपमा लिइन्छ । सेयर घटेको प्रति लगानीकर्ताको गुनासो आउन थालेको नविलका अध्यक्ष शम्भुप्रसाद पौडेल बताउँछन् । विना कारण पछिल्लो एक सातादेखि सेयरको मूल्यमा निरन्तर गिरावट आएको उनले जानकारी दिए । लगानीकर्ताले सेयर मूल्य घटेको भनेर फोन गरेर गुनासो गर्न थालेको उनले जानकारी दिए । “बैंकको सबै अवस्था राम्रो छ, अहिले घट्नु पर्ने कुनै कारण देखिदैन निरन्तर ओरालो लागि रहेकाले घट्नुको कारण बुझ्न सकिएन” उनले भने । पहिला थोरै किनेर घटाएकोमा अहिले बल्कमा सेयर बेचेर मूल्य घटाउन केही ठुला लगानीकर्ता लागिपरेको उनको विश्लेषण छ । बैंकको कारण नभई केही ठुला लगानीकर्ता नविलको सेयर घटाउन लागि परेको उनको जिकिर छ । मेगा बैंक छाडेका अनिलकेशरी शाह अझै ६ महिना नविल बैंकमा जान नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट छाडेर अर्को बैंकमा ६ महिनासम्म जान नपाउने (कूलिङ पिरियड) लागु भएकाले शाह तत्काल नविलमा जान नपाउने अवस्था आएको हो । सेन्चुरी कमर्शियल बैंकमा तलब सुविधा कम भएको भन्दै एकतर्फी सम्झौता तोडेर शाहले नविल बैंकमा सीईओ हुने सम्झौता गरेका थिए । सम्झौता गरेको एक दिन अघि कुलिङ पिरियड लागु भएपछि उनले नविलको सीईओ हुन ६ महिना कुर्नुपर्ने अवस्था आएको हो । शाहलाई पनि कुलिङ पिरियड लागु भएको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डित बताउँछन् । विकास न्युजसंग कुरा गर्दै पण्डितले ६ महिनापछि मात्र उनी नविलको सीईओ हुन पाउने बताए ।

कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १६५ रुपैयाँ

काठमाडौं । बुधबार कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ रहेको छ । जसको आधारित मूल्य प्रतिकित्ता २०८ रुपैयाँ रहेको थियो ।

बोनस सेयरपछि कनकाई विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । कनकाई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६.१५७११३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १५२ रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।