निम्न आए भएका लागि एफएनसीसीआईले संचालनमा ल्यायाे आइशोलेसन सेन्टर

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले  कोभिड संक्रमितहरूका लागि बिहिबारबाट  आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ । भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोगमा महासंघले कमलपाेखरीस्थित जैन ज्ञान निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको हाे । आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने महासंघले जनाएकाे छ । महासंघकाे अनुसार कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो । निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य आफुहरुकाे रहेकाे महासंघका अध्यक्ष शेखर गाेल्छाले बताए । आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलब्ध गराएको हाे भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । महासंघकाे अनुसार आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको र केन्द्रमा अक्सिजनबाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलब्ध गराइने छ । आइशोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ ।  

एफएनसीसीआईले काठमाडौंका ४ ठाउँमा २ सय बेडका आइसोलेसन कक्ष बनाउँदै, आजै घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा आइसोलेसन बेड निर्माण गरिरहेको छ । महासंघले काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा २ सय बेडको आइसोलेसन कक्ष निर्माण गरिरहेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौंको कमलादी, क्षेत्रपाटी, ललितपुरको पाटन र भक्तपुरमा ५०/५० वटा बेडको आइसोलेसन कक्ष निर्माण भइरहेकाे बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएकोले संक्रमितहरुलाई राख्नको लागि आइसोलेसन कक्ष निर्माण भइरहेको उनले बताए । उनका अनुसार ती आइसोलेसन कक्षहरु सम्भवतः आज घोषणा हुनेछन् । ‘यस्तो महामारीको समयमा कोरोना भाइरसको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ, हामी पनि सहयोग गरिनै रहेका छौं, महासंघबाट पनि विभिन्न पहलहरु भइरहेका छन्, सबैले सतर्कता अपनाउन आग्रह गर्छु,’ उनले भने । उनका अनुसार यी बेडहरुमा उद्योगी व्यवसायीहरुसँगै अरुले पनि सेवा पाउनेछन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि महासंघले कोरोनाको जोखिम कम गर्नको लागि विभिन्न कामहरु गरिरहेको बताए । उनका अनुसार निर्माण भइरहेको आइसोलेसन बेडले पनि कोरोना संक्रमितहरुलाई सुरक्षित र सहज रुपमा बस्नको लागि सहयोग पुग्ने बताए । ‘हामीले हटलाइनको सेवा पनि सुरु गरिसकेका छौं, कोरोनाको जोखिम कम गर्न विभिन्न कार्यक्रमहरु ल्याउने तयारी पनि गरिरहेका छौं, अक्सिजन आपुर्तिका लागि पनि विभिन्न उद्योगहरुलाई आग्रह र समन्वय गर्दै आइरका छौं, बन्द भएका उद्योग पनि सञ्चालनमा ल्याउन पहल गरिरहेका छौं, यतिबेला खटिएर लाग्नु पर्ने हाम्रो पनि दायित्व हुन्छ,’ उनले विकासन्युजसँग भने । हालै मात्र महासंघले हेलो डक्टर सेवा पनि प्रारम्भ गरेको छ । यसबाट पनि धेरैले सहज सेवा पाउन सक्नेछन् ।

काेराेना बिरामीकाे लागि एफएनसीसीआईकाे ‘हेल्लो डाक्टर’ सेवा सुरु

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको सुरु गरेको छ । महासंघले यस अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको सुरु गरेकाे हाे । यस अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा रहेकाे महासंघले जनाएकाे छ । यस अभियान अन्तर्गत डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् । हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य भोली वैशाख २६ गते आइतवारबाट शुरु हुने छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएकाे छ । महासंघकाे अनुसार यस सेवाकाे लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । बिरामीले याे सेवा लिनकाे लागि नाम दर्ता गर्न २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।  

स्टार्टअपको आइडिया छ ? अब पुँजी जुटाउने र उद्यम सिकाउने काम एफएनसीसीआईको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले स्टार्टअप सम्बन्धि सोच भएका नव उद्यमीहरुलाई पुँजी जुटाउने र उद्यम सिकाउने भएको छ । महासंघको नयाँ गठित स्टार्टअप तथा इनोभेसन समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नव उद्यमीहरुलाई उद्यम गर्न सिकाउने र पुँजीको अभावमा रहेकाहरुलाई पुँजी जुटाउने उद्धेश्य सहित स्टार्टअपको योजना ल्याएको बताएको छ । महासंघले देशमा औद्याैगिक तथा व्यवसायिक वातावरणको सिर्जना गर्नको लागि चालिएको यो प्रभावकारी कदम भएको बताएको छ । स्टार्टअप र इनोभेसन समिति गठन गरेर नव उद्यमीमार्फत मुलुकभित्र उद्यमशिलताको विकास, रोजगारी सिर्जनामा कार्य गर्न यो समितिले उल्लेख्य काम गर्ने महासंघको ठहर छ । समितिको सभापतिमा रञ्जितराज आचार्य रहेका छन् । समितिले नव उद्यमीहरुलाई अर्थतन्त्रको मुल प्रवाहमा जोड्ने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडि सारेको पतिवर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पुरा हुने विश्वास लिएको सभापति आचार्यले बताए । स्टार्टअप उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोचसहित उद्यमशिलता प्रवद्र्धन गर्न उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रवद्र्धन महाशाखाको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयाँ सोचसहित केही गर्न अघि सरेका नव उद्यमीहरुको पहिचान गरी उनीहरुलाई अगाडि बढ्न आवश्यक पुँजी लगानी जुटाई सहयोग गर्ने योजना समितिको रहेको आचार्यले बताए । टार्गेटमा ५० जना समितले अहिले पहिलो चरणमा ५० जना नव उद्यमीहरुलाई छनोट गरेर उनीहरुलाई तालिम प्रदान गर्नेछ । त्यसका साथ साथै लगानीको वातावरण पनि सिर्जना गर्नेछ । नविनतम् आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायको व्यवसायिक सफलताका लागि समितिले काम गर्नेछ । यसका लागि चैत महिनाको अन्तिम साताबाट आवेदन खुला गरी यसको प्रक्रिया अगाडि बढाइने आचार्यले बताए । यो प्रक्रियामा आवेदन दिनको लागि स्टार्टअप व्यवसाय गरेको कम्तिमा २ वर्ष पुरा भएको हुनु पर्ने मापदण्ड महासंघले राखेको छ । आचार्यका अनुसार नयाँ सोच भएका तर लगानी नभएकाहरुलाई यो योजानाले प्रभावकारी काम गर्नेछ । कसरी हुने सहभागी ? समतिले अप्रिल फष्ट अर्थात चैतको तेस्रो साताबाट अनलाइन आवेदन खुलाउने छ । स्टार्टअप व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुले त्यसमा दिइएका विषयहरु भेरेर अनलाइनमै फाराम सबमिट गर्नु पर्ने हुन्छ । फारम भरेकाहरुमध्येबाट सेकेण्ड मेमा नतिजा निकालिने छ । त्यसबाट छनोट भएकाहरुको अन्तर्वार्ता मे अन्तिम सातामा गरिने छ । अन्तर्वार्तामा पनि छनोट भएकाहरुको नामावली जुन महिनाको दोस्रो सातामा आउट गरिने छ । अन्तर्वार्ताबाट छनोट भएकाहरुलाई समितिले तोकेका निश्चित व्यक्तिहरुबाट ३ महिनाको तालिम प्रदान गरिनेछ । लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका सफल व्यवसायी र विज्ञहरुबाट उनीहरुलाई तीन महिनाको मेन्टरसीप तालिम दिइनेछ । अन्तिममा उनीहरुलाई उनीहरुको आइडीया अनुसार लगानी जुटाइने छ र व्यवसायमा फर्काइने छ । महासंघले स्टार्टअप विजनेस गर्ने व्यक्तिहरुका लागि आवश्यक पर्ने लगानीकर्ता अगाडि नै छनोट गरिसकेको हुनेछ । के छ मापदण्ड ? स्टार्टअप व्यवसाय तथा उद्यममा सहभागी हुन चाहनेले व्यवसाय शुरु गरेको १ वर्ष पुरा भएको हुनु पर्नेछ । त्यो व्यवसाय अरु व्यवसाय भन्दा फरक र प्रभावकारी अवधारणाको हुनु पर्नेछ । व्यवसायको सम्पूर्ण वित्तीय विवरण अडिट गरिसकेको हुनु पर्नेछ । स्टार्टअप व्यवसाय गर्ने व्यवासायीले त्यसबाट हुन सक्ने प्रभावकारिता, दिन सक्ने रोजगारी र त्यसको सम्भावनाका बारेमा खुलाएको हुनु पर्ने हुन्छ । आवश्यक पुँजी कुन कामका लागि चाहिएको हो ? व्यवसायलाई अझै कति सम्म पुर्याउन सकिन्छ ? लगायतका विषयमा स्टार्टअप गर्न चाहनेले प्रष्ट रुपमा राख्नु पर्ने हुन्छ । यी विविध विषयहरु अधययन गरेर मात्रै सो समति वा समितिले स्टार्टअप व्यवसायका लागि छुट्याएका व्यक्तिले छनोट गर्न सक्नेछन् । महासंघको पहिलो स्टेप नेपाल उद्योग वाणिज्य महासंघले आफुले नै लागेर गर्न लागेको यो पहिलो कार्यक्तम र पहिलो स्टेप भएको महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । मुलुकभित्र औद्योगिक विकास, व्यवसायिक सोचको विस्तार नभएसम्म सम्वृद्धि नआउने बताउँदै उनले यो कार्यक्रम तथा योजनाले देशमा औद्योगिक तथा व्यवसायकि जग बसाल्ने बताए । उनका अनुसार उद्यमशिलताको प्रवद्र्धनका लागि नविनतम सोच भएका युवाहरुलाई सहयोग गर्नेतर्फ महासंघको ध्यान केन्द्रित भएको छ । नेपालका स्टार्टअप र इनोभेसनको कमि भएको बताउँदै उनले यो योजनाले एक किसिमको नयाँ दिशा सिर्जना गर्ने दावी गरे । उनका अनुसार स्टार्टअप व्यवसाय अवधारणा अनुसारको पुँजी जुटाउनको लागि लगानीकर्ता तयारी अवस्थामा छन् । सम्बन्धित सामग्री रञ्जितराज आचार्यको संयोजकत्वमा स्टार्टअप समिति गठन, नयाँ उद्यमकाे साेच भएकालाई पुँजीको अभाव नहुने

एफएनसीसीआईको भिजनः २०३० सम्म १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ । समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा दिएर महासंघले भिजन पेपर तयार पारेको हो । महासंघले निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधारको खाकासहित भिजन पेपर २०३० तयार पारेकाे बताएकाे छ । मंगलबार महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमिति महासंघमा निर्वाचित भएर आएको १०० दिन पुगेकाे अवरमा आयाेजित पत्रकार सम्मेलनमा महासंघले याे अवधिमा गरेका काम कारवाही र रणनीतिहरु प्रस्तुत गर्दै भिजन पेपर पनि प्रस्तुत गरेको हो । अध्यक्ष गोल्छाले संक्षेपमा महासंघको भिजन पेपर प्रस्तुत गर्दै देशको आर्थिक विकासका लागि अबको एक दशकभित्र देशको आर्थिक वृद्धिदर एक सय खर्ब रुपैयाँ हुने बताए । हाल देशको आर्थिक वृद्धिदर करिब ३९ खर्ब रुपैयाँको छ । भिजन पेपरमा भएका प्रमुख विषयहरु प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले अबको १० दिनभित्र सो भिजन पेपर प्रस्तुत गर्ने बताए । उनका अनुसार २०३० सम्म २२ लाख मानिसलाई रोजागारी प्रदान गर्ने किसिमले काम हुने पनि बताए । भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ । ‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने । उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए । अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ । अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ । यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ । यस्तै महासंघले महासंघको सचिवालयको सुधार, विभिन्न कार्य समितिहरूको गठन र जिम्मेवारी बाँडफाँड लगायतका काममा उल्लेखनीय काम गरेको गोल्छाको भनाई छ । महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ । कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । उनले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । सम्बन्धित सामग्री एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय

एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमितिले निर्वाचितपछिको १०० दिनको कार्यप्रगति प्रस्तुत गरेको छ । मंगबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघको नयाँ कार्यसमितिले १ सय दिनमा गरेको काम कारवाही र कार्यक्रमहरु प्रस्तुत गरेको हो । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट मंसिर १४ गते निर्वाचित नयाँ कार्यसमितिले १ सय दिनको समयावधिमा गरेको काम कारवाहीबारे पस्तुती दिएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले १ सय दिनको अवधिमा आफुहरुले गरेका काम कारवाही र कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन् । उनले कार्यक्रममा १ सय दिनको अवधिमा मुख्य कार्यक्रमहरु तय देखि ती कार्यक्रमहरु कार्यानवयनका लागि गर्नु पर्ने आवश्य कार्यदल तथा समितिहरु पनि निर्माण गरिसकेको बताए । उनले सम्मानित निजी क्षेत्र र सम्मुनत नेपाल नारा लिएर देशमा वयवसायिक वातावरण सिर्जना गर्नको लागि महासंघ प्रतिवद्ध भएको बताए । महासंघले सय दिनभित्र नेपाल आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर), परिषद् समिति फोरमलाई क्रियाशिल बनाइने, सबैको भावना र मर्म समेटिने गरी विधान संशोधनको कार्यलाई अगाडि बढाइने, महासंघ पूर्वाधार एवं सचिवालय सुदृढिकरण र महासंघले प्रदेश संरचनाको प्रभावकारी संचालन गर्ने गरी वर्तमान नेतृत्वका ६ वटा प्राथमिकताका क्षेत्र तोकेको बताए । उनले २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेरेर आर्थिक विकासको आधार तयार गर्ने, कृषि क्षेत्र , उद्योग , उत्पादन सेवा क्षेत्रलाई आवश्यक र महत्त्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना बनाइएको पनि उल्लेख गरे । यस्तै, महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान, महासंघको तेस्रो कार्यकारिणी समिति बैठक पारित लगायतका कामहरु गरेको उल्लेख गरे । ‘हामीले सय दिनको अवधिमा सबै परिषद् समिति र फोरमको सञ्चालन कार्यविधि तयार गरेका छौं, पहिलो बैठकमा अध्यक्षबाट मार्गनिर्देशन, हरेक ६ महिनामा कार्यसम्पादन मूल्यांकन गरिने र मार्गचित्रको कार्यान्वयन सयन्त्र बनाएका छौं,’ अध्यक्ष गोल्छाले भने । उनका अनुसार उद्योग वाणिज्य महासंघले तयार पारेको भिजन पेपर अब १० दिनभित्र सार्वजनिक हुनेछ । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको उनको भनाई छ । विधान संशोधन पहिलो प्राथमिकतामा अध्यक्ष गोल्छाले आफ्नो नेतृत्वको कार्यसमितिले विधान संशोधनलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । ‘विधान एउटा गतिशील डकुमेन्ट हो, समयानुसार यसको परिवर्तन र परिमार्जन हुँदै जानुपछ, हामी अब महासंघको विधान संशोधन गर्दैछौं,’ उनले भने । उनका अनुसार विधान संशोधन कार्यदल महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीको नेतृवमा बनेको छ । ‘विधा संशोधनको काम अब छिट्टै अघि बढ्छ, विधान संशोधनपछि महासंघका अप्ठेराहरु, कठिनाईहरु निराकरण हुँदै सहज रुपमा गतिविधिहरु अघि बढ्छन्, हाम्रो मुख्य फोकस नै अब कामा हुनेछ,’ उनले भने । यस्तै, सचिवालयको भौतिक पूर्वाधार सुधार र प्रादेशि संरचना निर्माणका लागि वर्तमान कार्यसमितिले महत्वपूर्ण काम गर्ने उनले उनको भनाई छ । चैत २८ र २९ गते वार्षिक साधारणसभा अध्यक्ष गोल्छाले आगामी चैत २८ र २९ गते महासंघको ५५ औं वार्षिक साधारणसभा हुने बताएका छन् । उनले महासंघको आगामी कार्ययोजनामा ५५ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने मुख्य प्राथमिकतामा रहेको बताएका छन् । ‘महासंघ, सीएनआई र नेपाल चेम्बरबीच कार्यगत एकताका लागि प्रयास गरिनेछ, अन्तर्राष्ट्रिय व्यापार आयोजना पनि हामी छिट्टै गर्दैछौं,’ उनले भने । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमैत्री कार्यक्रमहरु ल्याई वित्तीय साक्षरता र नयाँ उद्यमीलाई अवसर दिलाउनको लागि महासंघ प्रतिवद्ध भएर लाग्ने बताएका छन् । उनले महासंले आगामी दिनमा ५० जना नयाँ उद्यमीलाई पुँजी उपलब्ध गरी उद्यम गर्न सघाउने पनि उल्लेख गरे । महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ । कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । ढकालले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । अब महासंघले डेटा बैंक र भिजनमा केन्द्रित रहेर काम गर्ने बताएको छ ।

बैंकिङ समाधान केन्द्र बनाउँदै एफएनसीसीआई, १० दिनभित्र भिजन पेपर सार्वजनिक गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी, व्यवसायीहरुलाई बैंक सम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले ति समस्याहरुलाई समाधान गर्नका निम्ति उद्योग वाणिज्य महासंघले नेपाल बैंक एशोसिएसन सँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको बताएका हुन् । उनले उद्योगीहरुको श्रम सम्बन्धी समस्या समाधानका लागि पनि विज्ञ समुह बनाएर कानुनी परामर्श तथा सहयोग उपलब्ध गराउने पनि बताए । ‘छुट्टै बैंकिङ समस्याको लागि एउटा संरचना तयार गरेका छौं । यसमा हामीले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर उनीहरुको पनि सहभागिता हुनेगरी एमओयूमा हस्ताक्षर गर्दैछौं । अब बैंकिङ सम्बन्धी कुनै समस्या भयो भने राष्ट्र बैंकमा जानुभन्दा पहिला हामीले त्यो समस्या समाधान गर्नका लागि एउटा बैंकिङ समाधान केन्द्र सुरुवात गरेका छौं । कुनैपनि हाम्रा सदस्य साथीहरुलाई श्रम सम्बन्धी समस्या भयो भने हामी विज्ञ समुहमा राख्छौं र त्यो विज्ञ समुहमा कानुनी सल्लाहकारहरु पनि हुन्छन् र उनीहरुले कानुनी परामर्श दिनेछन् र समितिले सहयोग गर्नेछ ।’, उनले भने । अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगी व्यवसायीहरुले बैंकबाट ऋण लिनको लागि महासंघले सहजीकरण गर्ने पनि बताए । यसको निम्ति बैंक एशोसिएसन सँग सम्झौता भएको पनि उनको भनाई छ । त्यस्तै व्यवसायीहरुबीच लेनदेन लगायतका कुनै समस्या निम्तिए समस्या समाधान गर्ने प्रयास स्वरुप मेलमिलाप केन्द्रको सुरुवात गरिएको पनि उनले जानकारी दिए । यस्तै अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको बताए । त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकासलगायतका विषय पनि भिजन पेपरमा समेटिने बताइएको छ ।

एफएनसीसीआई र एनबीएबीच एसएमईजलाई सहज कर्जा उपलब्ध गराउने समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवनकुमार दाहालले महासंघको सचिवालयमा हस्ताक्षर गरे । दुवै संस्थाबीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई कम गर्ने अपेक्षा गरिएको छ । संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना हुने दुबै संस्थाको विश्वास छ । उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने समझदारीपत्रमा उल्लेख छ । सो कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको लागि आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने कार्यक्रम छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चिय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव सम्बोधन गर्नेछ, एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ,’ अध्यक्ष गोल्छाले भने । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं, हामीबीचको सहकार्य निरन्तर अगाडी बढ्नेछ, हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौं,’ अध्यक्ष दाहालले भने । अहिले मुलुकभित्र ७ सय ४९ वटा स्थानीय तहसम्म बैकिङ पहु“च विस्तार भैसकेको भन्दै उनले महासंघको यो सहकार्यपछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने अपेक्षा गरे । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) का वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभाव नै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरी भएको यो समझदारीले अव त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास प्रकट गरे । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने शर्माको विश्वास छ ।

एफएनसीसीआईको शहरी विकास समितिमा थपिए सरकारका पूर्व सचिव कडरिया र निर्माण व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित शहरी विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह चुनिएका छन् । समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ्ग एशोसिएसन (एनईए) का पूर्व अध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्व अध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ्ग लिमिटेडका संचालक विनय उपाध्याय, बरिष्ठ स्ट्रक्चर ई. डा.पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका बरिष्ठ कानूनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटी छन् । समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्व महानिर्देशक एवं सिमाविद वुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत छन् । त्यसैगरी समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स कम्पनी नेपालका संचालक कृष्ण बोहोरा, गंगा प्रालि (रियल ईस्टेट) चितवनका अध्यक्ष सिए दिनेश चुके, आइएनजीए रियल इस्टेट प्रालि, बुटवलका संचालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम हाउजिङ्ग प्रालि, विर्तामोडका प्रवन्ध सञ्चालक, सुदिप प्रसाई, उत्तरगंगा इन्भेष्टमेण्ट गु्रप प्रालि, सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रालि, विरगञ्जका सञ्चालक, ई. हेमन्त बैद्य रहेका छन् । समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताउनु भयो । महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघईको उपस्थितिको रहेको सो कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले शहरी विकासका लागि ठोस मास्टर प्लान नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाव दिए । यस क्षेत्रमा व्यवसायिक स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकता दिनुपर्ने धारणा उनको थियो । समितिका सभापति श्रेष्ठको अध्यक्षतामा भएको बैठकले वर्तमान कार्यकालमा कम्तिमा एउटा प्रदेशमा नमुना शहर बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाल रत्न तथा आभुषण संघकाे समस्याहरु समाधान गर्ने एफएनसीसीआईकाे प्रतिबद्धता

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको छ । आइतबार काठमाडौंमा आयोजित सो स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने बताए । ‘निजी क्षेत्रले एकमात्र नेतृत्व महासंघलाई मानेको हुँदा हामी सबैजनाले एक लक्ष्य र आवाजमा कामगर्ने छौं, अध्यक्ष गोल्छाले भने । उनले हालै महासंघ भित्र समिति र फोरम गठन गरिसकेको भन्दै ती समिति र फोरमहरुलाई सक्रिय बनाएर निजी क्षेत्रको विभिन्न समस्याहरु समाधान गर्न पहल गर्ने बताए । हाल देशभित्र सुनचाँदीको गरगहना तयार गर्न दक्ष कामदारको अभाव देखिएको विषयमा जानकार रहेको भन्दै सो विषयलाई सम्बोधन गर्दै आगामी दिनमा नेपालभित्रै कामदार तयार पार्ने प्रयास गर्ने बताए । उनले नेपाली गरगहनाको निर्यातमा पनि चुनौती रहेको तर उच्च मूल्य प्राप्त गर्न सकिने सुनचाँदी गरगहनाको निर्यातका लागि समेत रत्न तथा आभुषण संघसँग सहकार्य गर्ने बताए । लगानीको वातावरणलाई सुधार्ने र कसरी दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने योजनासहित काम भईरहेको भन्दै त्यसको लागि वृहत छलफल समेत गरिने अध्यक्ष गोल्छाले बताए । त्यसैगरि वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले रत्न तथा आभूषण संघसँग नजिकबाट सहकार्य गर्न तयार भएको भन्दै १० हजार भन्दा बढि सुन व्यवसायी रहेकोमा सरकारले कोटा लगाउनु दुखद रहेको बताए । सुनको अभावले व्यवसायी र कालिगढ पलायन हुनसक्ने जोखिम भएको भन्दै उनले सो समस्या समाधान गर्न प्रयास गर्ने बताए । कार्यक्रममा नेपाल रत्न तथा आभूषण संघका पूर्व अध्यक्ष सुरेश श्रेष्ठले नेपाली रत्न तथा आभुषणको व्यवसायमा दक्ष कामदारको समस्या रहेको र त्यसलाई समाधान गर्न कठिन भएको बताए । उनले नेपाली स्टोनहरुलाई उत्खनन गरेर विदेशमा महंगो मूल्यमा निर्यात गर्न सकिने संभावना रहेको भन्दै त्यसको लागि सबैले पहल गर्नुपर्ने बताए । संघबाट अध्यक्ष ज्योत्सना श्रेष्ठका साथै अन्य ३ जना समेत कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाली गरगहना गुणस्तरीय भएपनि सो अनुसार सरकारले निर्यात प्रोत्साहन गर्न नसकेको बताईन् । उनले दक्ष कामदारको अभाव, सुन आयातमा कोटा, स्पष्ट नीति नियमको अभाव हुँदा रत्न तथा आभुषण व्यवसायीहरुले पटक पटक समस्या बेहोर्नुपरिरहेको बताईन् ।

ग्रील तथा स्टील व्यवसायीसँगकाे भेटमा एफएनसीसीआईका गाेल्छाले भने- महासंघको सदस्यता छिट्टै लिनुहाेस्

काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले नेपाल उद्याेग वाणिज्य महासंघ(एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित पदाधिकारी र बस्तुगत सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै अध्यक्ष शेखर गोल्छाले ग्रील तथा स्टील व्यवसायीहरुले उठान गरेका जायज मागहरु सम्बोधन गराउन र पछिल्लो समय ग्रील जन्य फलामको अनियन्त्रित अत्यधिक मुल्य वृद्धिबारे सरोकोकारवाला उद्याेगीसँग छलफल गरि निकास निकाल्ने प्रतिवद्दता व्यक्त गरे । उनले आफ्नो नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेकोमा ग्रील महासंघलाई धन्यबाद दिँदै चाडै नै महासंघको सदस्यता लिन आग्रह गरेका छन् । नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारिहरुलाई सम्मान गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन काटुवालले बधाई दिँदै सबै एकजुट भएर निजी क्षेत्रलाई थप मजबुत बनाउन र सानादेखि ठुला उद्याेगीको प्रवर्द्धन सम्वर्द्धन गर्दै अगाडि बढ्न शुभकामना दिए । साथै उनले ग्रील तथा स्टील फेबृकेटिङको काम स्वदेशी उद्याेगबाट गराउने संस्कारको विकास गर्न र यो क्षेत्रमा देखिएका समस्याहरु समाधान गराउन महासंघकाे तर्फबाट पहल गरेका छन् । बधाई कार्यक्रममा सम्बोधन गर्दै महासघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पुर्वाधारको पनि पुर्वाधार तयार गर्दै आइरहेकाे ग्रील तथा स्टील व्यवसायीलाई नयाँ प्रविधिसहित अगाडि बढ्न आग्रह गरेका छन् । महासंघले ग्रील लगायत साना उद्याेगी व्यवसायिका समस्या समाधान गर्न महासंघ लागिपर्ने बताउँदै उनले ग्रील महासंघले सम्मान गरेर थप जिम्मेवारी बोध गराएकोमा धन्यवाद दिँदै ग्रील तथा स्टील व्यवसायीसँग सहकार्य गरेर अगाडि बढने बताए । उक्त बधाई कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका उपत्यका भित्र रहेका काठमाडौं ,भक्तपुर र ललितपुर जिल्लाका अध्यक्ष र क्षेत्रीय अध्यक्ष र इकाइका अध्यक्षहरुले समेत खादा लगाइदिएर नवनिर्वाचित अध्यक्ष पदाधिकारी सदस्यहरुलाई सम्मान गरेका थिए । नेपालमा ११ हजार ग्रील तथा स्टील उद्याेग सञ्चालन छन् भने एक लाख ६० हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै झण्डै ग्रील जन्य सामानको आयातलाई प्रतिस्थापन गर्न महासंघ सफल भएको छ ।

एफएनसीसीआईको विधान संशोधनको प्रक्रिया अघि बढ्यो, संयोजकमा जोशी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को नयाँ विधान संशोधनको प्रक्रिया अगाडि बढेको छ । नव निर्वाचित कार्यसमितिले विधान संशोधनको प्रक्रिया अगाडि बढाएको बताएको छ । महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष कुशकुमार जोशीलाई कार्यदलको संयोजकका रुमपमा छनोट गरेको बताइएको छ । महासंघमा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाको विरोध हुने गरेको छ । सोही व्यवस्थालाई समेत परिमार्जन गर्ने गरी विधान संशोधनको तयारी महासंघले गरेको हो ।

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीसँगकाे भेटमा प्रचण्डले भनेः महासंघलाई उच्च प्राथमिकता दिएको छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले हिजो सांझ उहांको निवास खुमलटारमा औपचारिक भेटवार्ता गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले अध्यक्ष दाहालसंगको भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए । अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सवैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरीरहेको बताए । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताए । सो अवसरमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीति मार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभुति स्थानीयतहका उद्यमी व्यवसायीहरूले गर्न पाउनु पर्नेमा जोड दिए । सो अवसरमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधै उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधारकोरूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयाँ नेतृत्व पनि यसमानै केन्द्रीत रहेको पाउँदा आफूलाई खुशी लागेको बताए ।

एफएनसीसीआईले वैदेशिक रोजगार फोरम स्थापना गर्ने

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघ भित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । महासंघ भित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताए । देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफुले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफु विगतदेखि नै लागि परेको बताए । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सँधै पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताए । अबपनि महासंघमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताए । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफुहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवसायीहरुले बताए ।

अब कति सम्भव छ एफएनसीसीआईमा चण्डीराज ढकालको ‘रि-इन्ट्री’ ?

काठमाडौं । पूर्व अध्यक्ष चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान हुन लागेकी अध्यक्ष भवानी राणा र अध्यक्षको जिम्मेवारी लिदै गरेका शेखर गोल्छालाई मैले नै महासंघको नेतृत्वमा पुर्याएको हो भन्ने दाबी गरिरहेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएपछि पूर्वअध्यक्ष चण्डीराज ढकालको दाबी–दराजमा अर्काे दाबी पनि थपियो । अहिले थपिएको उनको दाबी हो– महासंको नेतृत्वमा चन्द्र ढकाललाई पनि मेरै बल बुतामा पुर्याएको हूँ भन्ने । पूर्वअध्यक्ष ढकालले गर्ने दाबी कति सत्य हो, कति हल्ला हो वा कति मात्रामा सही हो भन्ने कुरा भुक्तभोगीले नै अनुभूत गरेका होलान् । महासंघको यो निर्वाचनमा चण्डीराज ढकालले समर्थन गरेका उम्मेदवार चन्द्र ढकालले निर्वाचन जितेका छन् । आफ्नो मार्केटिङ गर्न खप्पिस र राम्रो वाकपटुता भएका चण्डीराज ढकालले चन्द्र ढकाललाई मैले नै जिताएको हूँ भन्दै हिड्नेछन् भन्नेमा भने दुविधा छैन । यो निर्वाचनमा बनेको समीकरणको कारक चण्डीराज ढकाल नै हुन् भनेर मान्नेहरु धेरै छन् । पूर्व अध्यक्ष ढकालले निवर्तमान अध्यक्ष भवानी राणा र नेतृत्व लिदै गरेका अध्यक्ष शेखर गोल्छाप्रति गरेको व्यवहारकै कारण अहिलेको अवस्था आएको भन्ने विश्लेषण व्यवसायीहरुले गरिरहेका छन् । पूर्व अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्नुको कारण उनमा लुकेको स्वार्थ थियो । महासंघको विशिष्ट सदस्यमा फेरि पनि आफू मनोनित हुन पाउँछु भन्ने आशामा पूर्व अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन गरेका थिए । पूर्व अध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पछि नलागेका भए यसपालीको निर्वाचन सर्वसम्मत रुपमा हुने थियो भन्ने विश्लेषण गर्नेहरु पनि भेटिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुन पाउने व्यवस्था संशोधन गरेर गोल्छालाई रोक्न खोजेको, त्यसो गर्न नसकेपछि अध्यक्षको जिम्मेवारी संहालेको ६ महिनाभित्र गोल्छालाई अविश्वासको प्रस्ताव राखेर हटाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको आरोप पूर्व अध्यक्ष ढकालमाथि लाग्ने गरेको छ । पूर्व अध्यक्ष ढकालको यही गतिविधिको कारण गोल्छा र उनका शुभेच्छुकहरु पूर्व अध्यक्ष ढकालप्रति चिढिएका थिए । गोल्छा र उनको टीमले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानलाई खुलेरै समर्थन र सहयोग गरेको थियो । रमाईलाे के छ भने यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा गोल्छा र प्रधान नै भिडेका थिए । तर, यसपाली भने गोल्छाले प्रधानलाई सकेसम्म सहयोग गरे । यदि पूर्व अध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पछि नलागेका भए गोल्छा, अध्यक्ष राणा, पूर्व अध्यक्ष पशुपति मुरारका लगायतको टीम चन्द्र ढकालकै पक्षमा लाग्ने थियो भन्नेहरु पनि छन् । त्यस्तो अवस्थामा चन्द्र ढकाल सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना रहन्थ्यो । यद्यपि, यो विषयको अब कुनै औचित्य छैन । पूर्व अध्यक्ष ढकालको समर्थन पाएका कारण वरिष्ठ उपाध्यक्षको निर्वाचनमा चन्द्र ढकाललाई केही नोक्सानी भएको विश्लेषण पनि हुन थालेको छ । वस्तुगत र एसोसिएटबाट चन्द्र ढकालले राम्रै मत पाएका थिए । जिल्ला/नगरतर्फ भने उनको भन्दा प्रधानको एक मत बढी आएको छ । पूर्व अध्यक्ष ढकालबाट आफूलाई जिल्ला/नगरमा बढी सहयोग हुने अपेक्षा राखेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सोही समूहमा मात्रै पछि पर्नु परेको छ । यो नतिजाले पनि पूर्व अध्यक्ष ढकालसँगको उनको सामिप्यता त्यति फलदायी नभएको विश्लेषण गरिएको छ । चण्डी ढकाल विशिष्ट सदस्य बन्ने सम्भावना छ ? पूर्व अध्यक्ष ढकालको अहिलेको जोडबल भनेको महासंघमा फेरि पनि विशिष्ट सदस्य बनेर महासंघ राजनीतिको केन्द्रमै रहने भन्ने हो । तर, यो सम्भावना करिब समाप्त भएको महासंघको राजनीति बुझ्नेहरु बताउँछन् । कार्यकारिणी सदस्यमा अध्यक्ष गोल्छाको पक्षमा बहुमत जुटेको तथा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि चण्डीराजको लागि अनावश्यक सम्झौता नगर्ने अवस्थामा रहेकोले पूर्व अध्यक्ष ढकालको महासंघको विशिष्ट सदस्य बन्ने सम्भावना करिब समाप्त भएको एक व्यवसायीले बताए । ‘शेखरजीको पक्षमा बहुमत पुग्यो, महासंघमा अध्यक्ष सहमत नभएसम्म कुनै पनि प्रस्ताव पारित हुन निकै गाह्रो हुन्छ, चन्द्रजी आफै अब चण्डीजीलाई बोकेर हिड्नु हुन्न होला, त्यसमा पनि शेखरजीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने भन्ने चण्डीजीको योजनामा चन्द्रजीको कुनै पनि हालतमा समर्थन र सहयोग हुदैन होला, त्यसैले फेरि विशिष्ट सदस्य बन्ने चण्डीजीको सपना अधुरै रहने सम्भावना अधिक देख्छु,’ महासंघका एक पूर्व पदाधिकारीले भने । महासंघको विशिष्ट सदस्य पदमा महासंघ कार्यसमितिले मनोनित गर्नुपर्ने व्यवस्था छ ।

एफएनसीसीआई निर्वाचनः आउन थाल्यो परिणाम, सुदूरपश्चिमबाट कार्यकारिणी सदस्यमा कुँवर विजयी

काठमाडाैं । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्। कुँवरले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन्।

एफएनसीसीआई निर्वाचन अपडेटः मतगणना सुरु, कसले मार्ला बाजी ?

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को निर्वाचन सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । अहिले काठमाडौंका कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइहरेको छ । महासंघको एसोसियट, वस्तुगत र जिल्ला नगरको मतदान भएको तीन केन्द्रहरुबाट मतपेटिकाहरु संकलन गरेर प्रतिष्ठानमा ल्याएसँगै अहिले मतदान सुरु भएको हो । महासंघको निर्वाचन बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि सवा ९ बजे मतदान सुरु भएको थियो भने साँझ ४ बजे सबै केन्द्रहरुको मतदान सम्पन्न भएको थियो । महासंघको निर्वाचनमा एसोसियटतर्फ ९ सय ३ जना मतदाताले मतदान गरेका छन् भने वस्तुगततर्फ कूल १ सय १ र जिल्ला तथा नगरतर्फ १ सय ५ जना मतदाताले मतदान गरेका छन् । महासंघको निर्वाचनमा शतप्रतिशत मत खसेको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै मतदान तीन ठाउँबाट गरिएको थियो । एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको थियो । जिल्ला नगर समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको थियो । यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्लारनगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित हुनेछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्षमा कसले बाजी मार्ला भन्ने प्रतिक्षाको विषय बनेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि त्यसको नतिजा भने आजै आउने लगभग निश्चित नै छ ।

एफएनसीसीआई निर्वाचन अपडेटः शतप्रतिशत खस्यो मत, मतदान सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार महासंघका जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फ शतप्रतिशत मत खसेको हो । महासंघमा जिल्ला/नगरतर्फ १०५ मतदाता छन् भने वस्तुगततर्फ १०१ मतदाता छन् भने एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको थियो । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्ला/नगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा भएको थियो । यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित गर्नेछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् । मतदान सम्पन्न भएकोले अब मतगणनाको प्रक्रिया सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

एफएनसीसीआई निर्वाचन: जिल्ला/नगर र वस्तुगतमा शतप्रतिशत मत खस्यो, एसोसिएटको सय बाँकी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा जिल्ला/नगर र वस्तुगततर्फको शतप्रतिशत मत खसेको छ । आज भइरहेको निर्वाचनमा जिल्ला/नगरतर्फको सबै मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । एसोसिएटतर्फभने अझै करिब सय मत खस्न बाँकी रहेको छ । निर्वाचनको समय अहिले ५ बजेसम्मको लागि तोकिएको छ । महासंघमा जिल्ला/नगरतर्फ १०५ मतदाता छन् भने वस्तुगततर्फ १०१ मतदाता छन् भने एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको छ । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्ला÷नगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन भइरहेको छ । यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्ला÷नगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित गर्नेछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् ।

एफएनसीसीआई निर्वाचनः सर्वोच्च द्वारा कारण देखाउ आदेश जारी, निर्वाचन नराेकिने

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिटको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशमाले कारण महासंघलाई कारण देखाउ आदेश जारी गरेको हो । २ नम्बर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले प्रदेशको निर्वाचन नगर्दै महासंघले केन्द्रको निर्वाचन गर्न लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको भन्दै शाहले सर्वोच्चमा उजुरी गरेका थिए । सर्वाेच्चले कारण देखाउन आदेश गरेसँगै अब महासंघकाे निर्वाचन भने नराेकिने भएकाे हाे ।