कोहलपुरमा आशा लघुवित्तले गर्यो अर्धवार्षिक गोष्ठी

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी कोहलपुरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् । वित्तीय संस्थाले प्रदेश ५, ६ र ७ मा सञ्चालित १८ वटा शाखा कार्यालय शाखा प्रबन्धकको सक्रिय सहभागितामा दुईदिने गोष्ठी आयोजना गरेको हो । गोष्ठीको उद्देश्यबारे प्रमुख कार्यकारी अधिकृतले संस्थाको [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी कोहलपुरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् । वित्तीय संस्थाले प्रदेश ५, ६ र ७ मा सञ्चालित १८ वटा शाखा कार्यालय शाखा प्रबन्धकको सक्रिय सहभागितामा दुईदिने गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीको उद्देश्यबारे प्रमुख कार्यकारी अधिकृतले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणत्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकाले यसतर्फ ध्यान पुर्याउन शाखा प्रवन्धकले निर्देशन दिएका थिए । सो कार्यक्रममा शाखा प्रबन्धकहरुले आ—आफ्नो शाखाबाट चालु आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धीहरुको समीक्षा गरेका थिए ।

हालसम्म उक्त वित्तिय संस्थाको २८ वटा जिल्लाहरुका कार्यालयका ४५ शाखा कार्यालय स्थापन करीब ३९ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको । संस्थाको हाल नाफा करीब रु १ अर्ब ५० करोड लगानीमा रहेको साथै ३४ करोड भन्दाबढी निक्षेप रकम संकलन गरिएको छ ।

Share News