काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । डंगोलले ८ खम्बा विकास रणनीतिक मोडेल सहित घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
डंगोलले केही समय अगाडि घोषणापत्र बनाउनको लागि महानगरवासीसँग सुझावको लागि आव्हान गरेकी थिइन् ।
८ खम्बे विकासको मोडल तथा घोषणापत्रमा फोहरमैला व्यवस्थापन, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सूचना प्रविधिको अधिकतम प्रयोग, डिजिटल काठमाडौं, कला संस्कृति सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, सोसियल इन्जिनियरिङको व्यवस्थापन, युवा तथा रोजगारी लक्षित अल्पकालीन र दीर्घकालीन योजनाहरू लगाएका अन्य क्षेत्रसमेत समावेश छन् ।
घोषणापत्रमा महानगरपालिकाको सार्वजानिक स्थानमा शैचालयको निर्माण, ७५ वर्ष माथि उमेरका जेष्ठ नागरिकलाई वार्षिक ३० हजार रुपैयाँ दिने व्यवस्था, ठूलाठूला इभेन्टहरु गर्ने मेट्रो सिटी हलहरुको निर्माण, जैविक फोहरबाट वायो ग्याँस र उर्जा उत्पादन गर्ने, वैकल्पिक उर्जा व्यवस्थापन, महानगरवासीको अनिवार्य स्वास्थ्य बीमा लगायतका विषयहरु उल्लेख छ ।
रणतितिक मोडेलमा आफ्नो दृष्टिकोण स्पष्ट ढङ्गले समावेश भएकाे उनले बताइन् ।
[pdf id=323501]