काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि ३७ अर्ब ३५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।
उनले चक्रपथ बाहिरका क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तारका लागि १ अर्ब रुपैयाँ, संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेका खानेपानी आयोजना सम्पन्न गर्न ७ अर्ब ३१ करोड र काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडी बढाईने बताए ।