इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा

काठमाडौं । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । 

गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी बुधबार (आज) रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् ।

नेपाली अधिकारीको टोली उनलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन् । 


 

Share News