काठमाडौं । त्रिपुरेश्वरको सडकमा गुडिरहेको अवस्थामा मोटरसाइकलमा आगलागी भएको छ । सुनधाराबाट त्रिपुरेश्वरतर्फ गइरहेको बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालक ३८ वर्षीय अमृत रेग्मीले चलाएको मोटरसाइकलमा गुडिरहेको अवस्थामा आगलागी भएको हो ।
मानवीय क्षति नभएको तर मोटरसाइकल भने पूर्ण रूपमा क्षति भएको जनाइएकाे छ ।