काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिने तयारी गरेका छन् । गृहमन्त्रालय स्रोतका अनुसार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश सांसदले पार्टी नेतृत्वमार्फत राजीनामाका लागि दबाब बढाएपछि गुरुङले पद त्याग्ने निर्णयतर्फ अग्रसर भएको स्रोतको दाबी छ ।
‘राजीनामा पत्र तयार भइसकेको छ। आजै प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेर अन्तिम निर्णय हुनेछ,’ स्रोतले भन्यो ।
यसैबीच, गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । लामिछानेको सुझाव र निर्देशनअनुसार नै उनले आगामी कदम चाल्ने बुझिएको छ ।
उनी विवादित व्यवसायी दीपक भट्ट र शंकर ग्रुपसँग व्यावसायिक साझेदारी रहेको आरोपका कारण आलोचनामा परिरहेका छन् ।