काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भने, ‘ नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ ।’
आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्ने तय छ ।
संसद् सचिवालयका अनुसार सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल)मा बैठक बस्न लागेको हो ।