काठमाडौं । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने भएको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने बताएका हुन् ।
यस्तै पुस्तक दिवाखाजा र पोशाकको सहज वितरण सहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन गरिने नीति लिएको छ ।
सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजीक्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर केन्द्रित बनाउन स्वस्थ नियमन गरिने जनाइएको छ ।