जीवन बीमाको नाफा साढे ४ अर्ब, १० कम्पनीको बढ्दा पनि ५.५५ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा जीवन बीमा कम्पनीहरूको नाफा करिब ५.५५ प्रतिशतले घटेको छ । सार्वजनिक भएका १४ वटा जीवन बीमा कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कुल खुद नाफा ५.५५ प्रतिशतले घटेर ४ अर्ब ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा १० कम्पनीको नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको देखिएको छ । नाफा वृद्धिका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल अगाडि रहेको छ । कम्पनीको नाफा ३५.७७ प्रतिशतले बढेर ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको २३ करोड ६० लाख २२ हजार रुपैयाँभन्दा बढी हो ।

त्यस्तै सूर्यज्योति लाइफको नाफा ११.६९ प्रतिशतले बढेर ३३ करोड ३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । एशियन लाइफले ३.७८ प्रतिशतले वृद्धि गर्दै ३४ करोड ७३ लाख ८६ हजार रुपैयाँ, सन नेपाल लाइफले ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार रुपैयाँ, नेशनल लाइफले १.९८ प्रतिशतले बढेर ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.६१ प्रतिशत बढेर २५ करोड ७० लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसैगरी रिलायबल नेपाल लाइफको नाफा ०.९९ प्रतिशतले बढेर ४७ करोड ४ लाख १७ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.९४ प्रतिशतले बढेर ३४ करोड ८ लाख ५८ हजार रुपैयाँ, सिटिजन लाइफको ०.६६ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ र आईएमई लाइफको ०.४३ प्रतिशतले बढेर ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

तर केही कम्पनीको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ७३.९४ प्रतिशतले घटेर ४० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै हिमालयन लाइफको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ, नेपाल लाइफको २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँ र अमेरिकन मेट लाइफको १२.३३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । 

null

Share News