३१ कन्सल्टेन्सीलाई पुनः म्याद थप

काठमाडौं । काठमाडौं उपत्यकाका ३१ वटा कन्सल्टेन्सीका सञ्चालकविरुद्ध म्याद थप भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी र ठगी कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको हो ।

काठमाडौंमा सञ्चालित कन्सल्टेन्सी सञ्चाकलकविरुद्ध ५ दिन र भक्तपुरमा रहेकालाई ३ दिनको म्याद थप गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले विकासन्युजलाई जानकारी दिए ।

केही दिनअघि मात्र कार्यालयले गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुमतिबिना चलाएका धेरै कन्सल्टेन्सी पाइएकाले कार्यालयले कन्सल्टेन्सी सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित सामग्री : 

कन्सल्टेन्सीमाथि प्रहरी निगरानी बढेपछि व्यवसायी बचाऊ अभियान

शैक्षिक परामर्श क्षेत्रमा ठगीको जालो

धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान

कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?

विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार

विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा 

कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै

विकासन्युजको समाचारका नेक्साको खण्डन

Share News