दुई कन्सल्टेन्सी सञ्चालकलाई १२ दिनको कैद सजाय

सांकतिक तस्विर

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक दुई जनालाई १२ दिनको कैद सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतले दुई जनालाई सजाय तोकेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार गुल्मी, तम्घास घर भएका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई १२/१२ दिनको कैद सजाय भएको हो ।

‘उहाँहरू हिरासतमा १२ दिन बस्नु भएको थियो । त्यहीँ समयलाई लिएर आदेश भएर छुट्नु भएको छ,’ उनले भने।

केही कन्सल्टेन्सीका सञ्चालक साधारण तारेख र धरौटीमा रिहा भएका उनले जानकारी दिए । केही समयअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा चलाएको थियो ।

कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको थियो । गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।

कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन् ।

उपत्यकाका तीनवटा जिल्लामा करिब २ महिना लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिएका थिए । 

विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे ।

तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो।

३१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै

कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?

शैक्षिक परामर्श क्षेत्रमा ठगीको जालो

धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान

विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार

विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा

१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै

विकासन्युजको समाचारका नेक्साको खण्डन

Share News