काठमाडौं । ३० हजार रियालसहित एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
काठमाडौंबाट दुबई जान लागेको अवस्थामा साउदी रियालसहित १९ वर्षीय समीरबहादुर मगरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालका प्रमुख वसन्त रजौरेले जानकारी दिए ।
शनिबार ७ बजेर ५५ मिनेटमा हिमालय एयरलाइन्सको उडान नम्बर एचनाइन ०७६५ द्वारा उनी दुबई जान लागेका थिए ।
विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्दा विदेशी मुद्रासहित पक्राउ मगर परेका हुन् ।
नेपाली १२ लाख १४ हजार रुपैयाँ बराबरको साउदी रियाल उनले दुबई लैजान लागेका थिए ।
उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।