काठमाडौं । विश्वकप २०२६ को फाइनल अब नजिकिँदै गएको छ ।
अन्त्यहीन जस्तो लागेको समूह चरण समाप्त भएपछि प्रतियोगिता अब पूर्ण रूपमा रोमाञ्चक नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
यस क्रममा केही शक्तिशाली टोलीहरू अप्रत्याशित रूपमा बाहिरिएका छन् । जर्मनी र नेदरल्यान्ड्स अपेक्षाकृत चाँडै प्रतियोगिताबाट बाहिरिए भने उदाउँदो शक्ति मोरक्कोले आफ्नो क्षमता प्रमाणित गरेको छ ।
पाँच पटकको विश्वविजेता ब्राजिलले आफ्नो यात्रा अघि बढाएको छ भने बलियो फ्रान्स उपाधिको सबैभन्दा दाबेदार टोलीका रूपमा उभिएको छ ।
मेक्सिको र संयुक्त राज्य अमेरिका अन्तिम १६ मा पुग्न सफल भए । तर सह–आयोजक क्यानडाले भने मोरक्कोसँग ३–० ले पराजित हुँदै त्यही चरणबाट प्रतियोगितालाई बिदाइ गर्यो ।
इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई र बेल्जियमले सेनेगललाई कठिन संघर्षपछि पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियालाई झिनो अन्तरले हरायो ।
साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा काबो भेर्डेमाथि कठिन जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो ।
तर विश्वकपको नकआउट चरणमा केवल तत्कालको प्रतिद्वन्द्वीलाई मात्र हेरेर पुग्दैन । फाइनलसम्म पुग्ने सम्भावित यात्राको अनुमान गर्नु पनि प्रतियोगिताको रोमाञ्चक पक्ष हो । त्यसका लागि अप्टा विश्वकप २०२६ ब्राकेट उपयोगी बन्न सक्छ ।
तल प्रस्तुत गरिएको विश्वकप २०२६ ब्राकेटले नकआउट चरणको सम्पूर्ण संरचना देखाउनुका साथै फाइनलअघि र फाइनलसम्म कुन–कुन टोलीबीच भेट हुन सक्छ भन्ने सम्भावित मार्ग पनि देखाउँछ । यो सबै अप्टा सुपरकम्प्युटरको विश्लेषणमा आधारित छ, जसले बाँकी रहेका सबै टोलीका खेलहरू २५ हजार पटक सिमुलेसन गरेर प्रत्येक चरणमा सफलता हासिल गर्ने सम्भाव्यता (प्रतिशत) गणना गरेको छ ।
नकआउट चरणका प्रत्येक गोल र खेलको अन्तिम नतिजापछि ब्राकेट तथा अप्टा सुपरकम्प्युटरको सम्भाव्यता प्रतिशत अद्यावधिक हुँदै जानेछ ।
त्यसैले यसलाई बुकमार्क गरेर विश्वकपको नकआउट चरण अघि बढ्दै जाँदा नियमित रूपमा हेर्न सकिन्छ ।

सान्दर्भिक सामग्रीहरू :
विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन
डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती
यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]
विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान
मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे