महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत भट्ट पक्राउ

काठमाडौं । सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग प्रदर्शन गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोलस्थित सार्वजनिक स्थानमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन् ।

पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत छन् ।  पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

भट्ट बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बसोबास गर्दै आएका छन् ।  

Share News