सनराइज फोकस्ड इक्विटी फन्डका लगानीकर्ताले ४.५ प्रतिशत नगद लाभांश पाउने

काठमाडौं । एलएस क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको सनराइज फोकस्ड इक्विटी फन्ड का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको १५८औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

सूचनाअनुसार लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एलएस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई उक्त नगद लाभांश वितरण गरिनेछ ।

लाभांश वितरणसम्बन्धी थप प्रक्रिया तथा बुक क्लोज मिति लगायतका विवरण सम्बन्धित निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

Share News