सानिमा ग्रोथ फण्डले ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ ।

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको योजना हो । यसको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्म योजनाको खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५४ पैसा रहेको छ ।

लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते एक दिन योजना व्यवस्थापकको दर्ता किताब बन्द हुने भएको छ। त्यसअघि कायम इकाईधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

Share News