ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५८ जना उपचाररत, ३ जना आईसीयूमा
काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएरट्रमा सेन्टरमा पुगेका ८ जनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका अनुसार अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ५८ जनको उपचार भइरहेको छ । त्यसमध्ये तीन जना आईसीयूमा रहेको बताइएको छ । ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीको टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो ।
ट्रमा सेन्टरका मेसु भन्छन्- प्रहरीले बढी जसो टाउको र पेटमा गोली हानेको देखियो
काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले टाउको र छातीमा गोली हानेको भेटिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीकाे टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो । ‘आन्दोलनकर्मीहरूको झडप भयो भनेर हामीलाई साढे ११ बजेतिर फोन आयो र तयारी अवस्थामा रहनु निर्देशन दिनुभयो । झडपबाट दुखद अवस्था छ । ट्रमा सेन्टरमा मात्रै ५० जना घाइते हुनु भएको छ, ६ जनाको मृत्यु भइसकेको छ । यहाँ आएपछि सीपीआर गर्दा पनि बचाउन नसकेर ६ जनाको मृत्यु भएको हो,’ उनले भने, ‘थप ३ जनालाई हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौं । २ जनाको मेजर अप्रेसन भइरहेको छ ।’ उनका अनुसार घाइतेहरूको पेट, छाती, टाउको, हातखुट्टामा चोट लागेको छ । ‘बुलेट चलेको भन्ने सुनिएको छ । यो बुलेट नै हो भन्ने हामीले भन्न सक्ने अवस्था छैन । यदि बुलेट भित्रै छ भने अप्रेशन पछि मात्रै थाहा होला । चोट चाहीँ सिरियस किसिमको छ,’ उनले भने । मेसु रिजालका अनुसार कसैको खुट्टामा रड राख्ने, प्लास्टर गर्ने काम भइरहेको छ । साधारण चोट लागेका केही घाइतेहरूलाई डिस्चार्ज पनि गरेको उनले बताए । साथै मन्त्रीले फोन गरेर निःशुल्क उपचार गर्न निर्देशन दिएको उनले बताए । ‘मन्त्री, सचिवज्यू सबैले फोन गर्नु भएको छ । सकेसम्म निशुल्क उपचार गर्नु भनेर निर्देशन दिनु भएको छ । हामी इमरजेन्सी स्किम अनुसार उपचार गरिरहेका छौं,’ उनले भने, ‘ट्रमा सेन्टरमा आएका घाइते र मृत्यु भएका व्यक्तिहरु १५/१६ वर्षदेखि ३०/३५ वर्ष उमेर समूहका देखिएका छन् । एक जना ५२ वर्षको पनि हुनुहुन्छ ।’ @bikashnews उपचाररत व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल ♬ original sound - BikashNews
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, देशव्यापी आलोचना
काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको चाैतर्फी आलोचना भइरहेको छ । अहिले सामाजिक सञ्जालमा सर्वसाधारणले उनीहरू दुवै जनाको राजीनामा माग गरिरहेका छन् । सर्वसाधारणसँगै उनीहरू आवद्ध पार्टीबाट पनि दुवै जनाको राजीनामा माग भइरहेको बुझिएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रा.डा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका धारणा राखे । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो, यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो ।' उनीसँगै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले पनि दुवै जनाको राजीनामा माग गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् । उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’
एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा उपचारमा छुट सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
काठमाडौंका सीडीओ विवादमा : 'आफ्ना दुई छोरी विदेशमा, जनाताका छोराछोरीलाई गोली'
काठमाडौं । जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल विवादमा तानिएका छन् । सोमबार भएको जेनजी प्रदर्शनमा गोली हान्ने आदेश दिने रिजाल विवादमा तानिएका हुन् । उनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई गोली हान्न आदेश दिएका थिए । सीडीओ रिजालको छोरी विदेशमा रहेको चर्चा सामाजिक सञ्जालमा छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले ‘न्याय माग्ने जनतालाई गोली हान्ने आदेश दिनेले आफ्ना सन्तानलाई विदेश पठाउने अधिकार कसरी राख्छ ?’ भन्दै आक्रोश पोखिरहेका छन् । रिजाललाई गत भदौ ४ गते गृह मन्त्रालयले काठमाडौंको सीडीओमा खटाएको थियो । यसअघि उनी गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए । केही प्रयोगकर्ताले रिजालको फेसबुक प्रोफाइलमा समेत गई उनीविरुद्ध निकै आक्रोश पोखिरहेका छन् । जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा हालसम्म १५ जनाको ज्यान गएको खुलेको छ । सयौं घाइते छन् । विदेशमा छोरी पठाएर सुरक्षित राखी जनताका छोराछोरीलाई गोली खान लगाएको भन्दै उनको व्यापक आलोचनामा भइरहेको छ । सरकारी वेबसाइटबाट रिजालको फोटो पनि हटाइएको छ ।
जेनजीको आन्दोलनमा भएको घटना दुखद, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाइयोस्ः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । ‘जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारी पूर्वक ठोस कदम चालोस्,’ उनले भने । साथै, काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन-जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भीमसेन थापा गाउँपालिका-३, टारिफाटमा बसेको छ। बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ। त्यसैगरी, जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारी पूर्वक ठोस कदम चाल्न सरकार समक्ष माग गरेको छ।
सिंहदरबारमा सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा
काठमाडौं । सिंहदरबार परिसरमा रहेका सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा रहेको छ । सिंहदरबारको वाइफाइ नेटवर्क प्रयोग गर्दा फेसबुक, ह्वाट्सएप, मेसेंजरलगायतका प्लेटफर्म सहजै खुल्ने गरेका छन् । संसद् सचिवालयका कर्मचारी र सांसदहरूले यसो विगतदेखि नै हुँदै आएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेका बेला संसद् भवन नयाँ बानेश्वर बाहिर सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन चर्किएको थियो । त्यही क्रममा गृहमन्त्री रमेश लेखक बैठकस्थलबाट बाहिरिएपछि समिति बैठक स्थगित भएको थियो । बैठकपछि एक सांसदले भने, 'सिंहदरबारमा चल्ने, बाहिर नचल्ने भएपछि नागरिकमा आक्रोश बढ्नु स्वाभाविक हो ।'
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो, दर्जनौं गम्भीर, सयौं घाइते
काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचनाअनुसार प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना जनाको मृत्यु भएको हो । दर्जनौंको अवस्था गम्भीर रहेको छ भने सयौं बढी घाइते भएका छन् ।