राजीनामा दिने तयारीमा गृहमन्त्री, पार्टी बैठकमा भने- पदमा बस्दिनँ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका हुन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएका हुन् । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सम्भवतः उनले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिन सक्नेछन् ।
सवारी आवागमन अस्तव्यस्त, हवाई उडान नियमित सञ्चालन
काठमाडौं । जेनजी प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियस्तरतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौं बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । ‘जेनजी’को प्रदर्शनले काठमाडौंका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाह पथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ ।
बानेश्वर क्षेत्रमा फेरि चल्यो गोली, ३ जना घाइते
काठमाडौं । बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। प्रहरीले गोली प्राहर गर्दा ३ जना घाइते भएका छन् । केहीबेर अघि बानेश्वर क्षेत्र सेनाले नियन्त्रणमा लिएपनि फेरि जेनजी प्रदर्शनकारी भेला भएपछि तनाव बढेको हो । घाइते ३ जना अस्पतालमा लगिएको छ ।
प्रहरीको क्रुरता : हालसम्म १८ जनाको मृत्यु, सिभिल अस्पतालको इमर्जेन्सीमै अश्रुग्यास प्रहार
काठमाडौं । प्रहरीको क्रुरताले सीमा नाघेको छ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले अत्यन्त दमन गरेको हो । प्रदर्शनका क्रममा घाइतेहरूको उपचार भइरहेको अस्पतालको इमर्जेन्सी रुममै प्रहरीले अश्रुग्यास प्रहार गरेको एक चिकित्सकले जानकारी दिए । सिभिल अस्पतालमा प्रहरीको चरम दमनपछि घाइते सम्हाल्न मुस्किल भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास हानेको हो । सिभिल अस्पतालको अवस्था अस्तव्यस्त रहेको छ । अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ । हालसम्म प्रहरीको गोली लागि १८ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालहरूमा सयौं घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ। जेनजी पुस्ताले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध आज देशभर प्रदर्शन गरेको हो । आन्दोलनकारीले नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गरेपछि प्रहरीले गोली चलाएको थियो । हाल सरकारी दमनको चौतर्फी विरोध भएको छ । धेरैले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसमेत गरेका छन् ।
आन्दोलनबीच नयाँ बानेश्वरका विद्यालयमा विद्यार्थी रोकिए, प्रहरीको समन्वयमा घर पठाउने तयारी
काठमाडौं । जेनजीको आन्दोलनका कारण लगाइएको निषेधाले नयाँ बानेश्वर क्षेत्रका विद्यालयहरूले विद्यार्थीहरूलाई होल्ड गरेका छन् । सोमबार अपरान्ह तीन बजे नै बिदा भएर घर जानुपर्ने विद्यार्थीहरू समाचार तयार पार्दासम्म विद्यालयमै रहेका छन् । प्रहरीले अभिभावक बोलाएर मात्र बच्चाहरू जिम्मा लगाउनु भनेपछि विद्यालयहरूले अभिभावक बोलाई जिम्मा लगाएर पठाउन थालेको उक्त क्षेत्रको एक विध्यालयका निर्देशक विमल घिमिरेले जानकारी दिए । उनले भने, ‘निषेधाज्ञाका कारण गाडीहरू नचलेकाले अभिभावक आउन पनि ढिला भएको छ । त्यसैले कक्षाकोठामै राखेर होमवर्क गराइरहेका छौं ।’ बानेश्वर क्षेत्रका काठमाडौं मोडेल स्कुल, अवेयरनेस इन्टरनेसनल स्कुल, रोजवड स्कुल, रत्नराज्य स्कुल लगायतका विद्यालयहरू रहेका छन् । अवेयरनेस स्कुलका निर्देशक घिमिरेका अनुसार बच्चाहरूलाई सुरक्षित तरिकाले घर पठाउन विद्यालय सञ्चालकहरू लागिरहेका छन् । उनले भने, ‘अहिले प्रहरीसँग समन्वय गरी गाडीमार्फत बच्चाहरूलाई घर पठाउने तयारी भइरहेको छ ।’ आन्दोलनको इपिसेन्टर मानिएको यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको प्रहरीको भनाइ छ । अहिले पनि आन्दोलन चलिरहेकोले विद्यालयहरूसँग समन्वय गरेर बच्चाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दशैं-तिहार लक्षित गर्दै ‘टाटा जेन्युइन पार्ट्सको मेला’, बम्पर उपहारमा बजाज पल्सर
काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ । टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स हो । यस अफरअन्तर्गत ग्राहकले खरिद रकमअनुसार विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । एक लाख रुपैयाँभन्दा माथि खरिद गर्ने ग्राहकले बम्पर उपहारस्वरूप १५० सिसिको बजाज पल्सर मोटरसाइकल जित्न सक्नेछन् । त्यस्तै, ७५ हजार रुपैयाँभन्दा माथि खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजारभन्दा माथि खरिदमा स्मार्ट टिभी र ५ हजार रुपैयाँभन्दा माथि खरिदमा स्मार्टफोन प्राप्त गर्ने अवसर रहनेछ । साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मका क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध गराइनेछ । सक्कली पार्ट्स प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो अफरमार्फत टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लचलगायतका अङ्गलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने, मर्मत खर्च घटाउने र समग्र प्रदर्शनमा सुधार ल्याउने कम्पनीले जनाएको छ ।
प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ । साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन् । यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर पुर्याउन वा विद्यालयमा नै राख्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले घर जान समस्या भएका विद्यार्थीलाई विद्यालयमा नै सुरक्षित राख्न तथा उनीहरुको राम्रो खानपानको व्यवस्था गर्न निर्देशन जारी गरेको राससलाई जानकारी दिए । उनका अनुसार प्रदर्शनमा गएका क्याम्पसका विद्यार्थी समस्यामा परेका कारणले उनीहरुलाई पनि कलेजमा राख्न निर्देशन दिइएको छ । 'विद्यार्थीलाई विद्यालयमा नै राख्न भनेका छौँ । उनीहरुलाई शान्तिपूर्वक खानपानको व्यवस्था गरेर राख्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ', अध्यक्ष अधिकारीले भने । यस्तै, अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले सुरक्षित स्थानका विद्यार्थीलाई समयमै घरघर पुर्याइएको र कफ्र्यू लागू भएका तथा प्रदर्शन भएका स्थानका विद्यार्थीलाई हाल विद्यालयमा नै राखिएको जानकारी दिइन् । जेनजीको प्रदर्शनका कारणले जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेको छ ।