थापा र शेर्पाले पाए २७ लाख बीमित रकम
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा(युएइ) गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकरकुमार खपाङगीको नेपालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोको थियो । ती दुबै बीमितको आइबार कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकरकुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशं रु १३ लाख र रु १४ लाख रुपैयाँ दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले एक समारोहबी च हस्तानतरण गरेका छन् ।
५ करोडसम्मको घर किन्ने/बनाउने योजनामा हुनुहुन्छ ? असार १ गते भृकुटीमण्डप आउनुस्
काठमाडौं । तपाई घरजग्गा किन्न वा बेच्न चाहानु हुन्छ ? तपाईले अझैसम्म उपयुत्त घरजग्गा बेच्न र किन्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईको समस्या समधान गर्न राजधानीको भृकुटीमण्डपमा सातौ घरजग्गा मेलाको आयोजना हुने भएको छ । मेलामा ५ लाखदेखि ५ करोड रुर्पैयाँ सम्मको घरजग्गा किन्न, बेच्न र बनाउन चाहनेलाई लक्षित गर्दै घर जग्गा मेला शुरु हुन लागेको हो। मेलाले आधुनिक घर निर्माण परामर्श दिने छ । मेलामा घर निर्माण कसरी गर्ने ? कुन सामाग्री प्रयोग गर्ने सस्तो घर कसरी निर्माण गर्ने महंगो घर कसरी निर्माण गर्ने लगायत विषयमा परामर्श हुनेछ । घर किन्ने, बेच्ने र बनाउन चाहने सबैलाई मेला महत्वपुर्ण हुने नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले बताए । उनले सरकारले सरकारले जग्गा कित्ताकाटमा रोक लगाएकाप्रति असन्तुस्टी व्यक्त गर्दै उनले प्रश्न गरे अग्ला भवन पनि बनाउन नदिने जग्गा कित्ताकाटमा पनि रोक लगाउने यसरी जनताको आवास सपना कसरी पुरा हुन्छ ? श्रेष्ठले मेलामा हाउजिङदेखि जग्गाका सबै प्रकारका कारोबारमा बैंकको सेवा सुविधाबारे पनि परामर्श हने जानकारी दिए । कार्यक्रममा नेपाल इन्जिनियर एशोसियसनका अध्यक्ष हरिराम श्रेष्ठले नेपाली इन्जिनियरले पनि ठुला बहुतले भवन निर्माण गर्न सक्ने बताए । मेला असार १ देखि ५ सम्म हने आयोजकले जनाएको छ । मेलामा करिब १ लाख जनाले अबलोकन गर्ने अनुमान गरिएको छ ।
थप ५ नयाँ स्थानमा माछापुच्छ्रेले शुरु गर्यो बैंकिङ सेवा
काठमाडौं । मंगलबारदेखि १० नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले आइतबारदेखि सुनसरीको धरान उप–महानगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । त्यस्तै बैंकले कञ्चनपुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व रुपैयाँ निक्षेप परिचालन गरी रु. ६२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिएको छ । उक्त शाखाहरु समेत गरी बैंकले मुलुकभर ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा सञ्चालन गरेको छ । १०० स्थानबाट ग्राहक बैंकिङ सुबिधा प्रदान गरीरहेको बैंकले देशभर ८८ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएकाे छ ।
धनगढीमा गण्डकी विकास बैंकको शाखा उद्घाटन
काठमाडौं । गण्डकी विकास बैकको कैलाली स्थित धनगढी शाखाको औपचारिक उद्घाटन प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबीच गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए । बैंकले सञ्चानल गरेको उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुनिक बैंकिङ सेवा प्रदान गरिदै आएको छ । गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप रु. २० अर्ब ४३ करोड पुर्याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पुर्याएको बैककाे भनाइ छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेकाे छ ।
५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारको घोषणा
काठमाडौ । सरकारले आगामी १० वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गरिन् । आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने र दिगो विकासको लक्ष्य पूरा गरिने उल्लेख गर्दै उनले कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकका रुपमा अगाडि बढाइने बताइन । सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारका रुपमा विकास गरिने, प्रमुख शहरलाई हरित शहरमा विकास गरिने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिइने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने र स्वच्छ पानीे उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराइने र प्रसारणलाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ । यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गरिने तथा मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने छ । रसुवागढी– काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइने सरकारको लक्ष्य छ । यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गरिने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने कार्यक्रमसमेत प्रमुख प्राथमिकतामा राखिएको छ । रासस
अब मन्त्रिपरिषदले अनुगमनको पनि अनुगमन गर्ने
काठमाडौं । सरकारले अनुगमनको पनि अनुगमन गर्ने नीति अघि सारेको छ । सोमबार आगामी अर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुगमनलाई चुस्त दुरुस्त बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमनको पनि अनुगमन गर्ने बताइन् । त्यस्तै उनले गुणस्तर अनुगमन नियमन गर्ने निकायलाई पुनःसंरचना गर्ने बताइन् । उनको अनसार सबै किसिमको अनुगमनमा सूचना प्रविधि अपनाइनेछ । अनुगमनको क्रममा भेटिने कसैलाई छोडिने छैन ।
ठेकेदारका नेतालाई गृहमन्त्रीका प्रश्नः काम गर्ने कि जेल जाने ?
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारहरुलाई मन्त्रालयमै बाेलाएर थर्काएका छन् । मन्त्रीसामु ज्ञापनपत्र बुझाउन गएका व्यवसायीहरुलाई समयमै सच्चिएर कारबाहीबाट जोगिन सुझाव दिएका हुन् । उनले काम नगर्ने ठेकेदारलाइ जेलसमेत हाल्ने चेतावनी दिए । थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पारेका हुन् । उनले भने-‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस्, यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन । ’ निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री थापाले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए । उनल थपे-‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुस, उनिहरुलाई तत्कालै जेल हाल्छौं । ’’ यो पनि हेर्नुहोस् काठमाडौंमा काम अलपत्र पार्ने २४ ठेकदार कुर्दै सरकार, बेलुकी ५ बजेसम्म नआए पक्राउ गर्ने
रेल र पानी जहाज ओली सरकारको उच्च प्राथमिकतामा
काठमाडौं । सरकारले रेलमार्गको निर्माण र पानी जहाज सञ्चालनको योजनालाई उच्च प्राथमिकतामा राखेको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा मेची-महाकाली रेलमार्गको निर्माण, केरुङ-काठमाडौं- पोखरा-लुम्बिनी रेलमार्ग र काठमाडौं-बिरगञ्ज रेलमार्गलाई उच्च प्राथमकितामा राखेको हो । त्यस्तै, कोशी, गण्डकी र कर्णाली नदिमा पानी जहाज सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था पनि आगामी आर्थिक बर्षभित्रै गरिसक्ने योजना सरकारले अघि सारेको हो । अहिले केरुङ काठमाडौं रेलमार्गको अध्ययनका लागि चिनियाँ प्राबिधि टोली नेपाल भ्रमणमा आएको छ । प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणमा सो रेलमार्ग निर्माण सम्बन्धी सम्झौता गर्ने सोँच सरकारले बनाएको छ । त्यस्तै, मेची महाकाली रेलमार्गको निर्माणलई थप तिब्रता दिने सरकारले बताएको छ । काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि भारत सरकारसँग सम्झौताको तयारी भैरहेको छ । विस्तृत सम्भाव्यता अध्ययन गरेर रेलमार्ग निर्माण गर्ने नेपाल भारत सरकारको योजना छ । त्यस बाहेक प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा गरेको सम्झौता अनुसार नेपालका ठुला नदिहरुमा पानी जहाज सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने सरकारी योजना छ । रेल र पानी जहाजका चर्का भाषण गर्दा अघिल्लो प्रधानमन्त्री कार्यकालमा ओलीको व्यापक आलोचना भएको थियो । तर यसपाली भने ओलीले निती तथा कार्यक्रममै रेल र पानी जहाजलाई उच्च प्राथमिकतामा राखेका हुन् ।