मेची-महाकाली जोड्ने चौथो विकल्पः चुरेमा १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्ग
काठमाडौं । पुर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग निर्माण गर्ने भएको छ । सडक विभागले तयार पारेको डिजाइन अनुसार सरकारले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुरे पहाडमा मदन भण्डारी राजमार्ग निर्माण गर्न लागेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चुरेमा १२ सय किलोमिटर लामो राजमार्ग निर्माण गर्ने र त्यसको नाम मदन भण्डारी राजमार्ग राख्ने निर्णय गरेको हो । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पुर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गको निर्माण भैरहेको छ । त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ । सरकारले मेची–महाकली जोड्ने चौथो विकल्पका रुपमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय गरेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरेमा १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्ग निर्माण हुनेछं’, सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने । धरान–चतरा–गाइघाट–सिन्धुली–हेटौँडा सडकलाई नै विस्तार गरेर मेची देखि महाकाली पुर्याउन लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । ‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ’, सडक विभागका प्रवक्ता गौतमले भने । उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।
बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठक
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।
आज ४ बजे राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौँ । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । त्यसैगरी, मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पनि मन्त्रिपरिषद्ले पारित गरेको छ । झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौँडा–गैँडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर,जोगबुढा र रुपालसम्म पुग्नेगरी १,२०० किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने गरी सो राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । त्यसैगरी, मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयका कर्मचारीसम्बन्धि परिमार्जित संगठन संरचना प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन अफ अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउने भनी सो प्रदेशको मन्त्रिपरिषद्बाट आएको प्रस्तावमा प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले तेत्तीस किलो सुन तस्करी छानबिनसम्बन्धी समितिको म्याद यही जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गर्ने निर्णय गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ । रासस
वैदेशिक लगानी प्रतिवद्धता २९७ प्रतिशतले बढ्यो, १० महिना मै ५१ अर्ब
काठमाडौं । चालु अार्थिक वर्षको १० महिनामा ४९ अर्ब ९६ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गएको वर्षको सोही अवधिको तुलनामा उक्त प्रतिबद्धता २९७ प्रतिशत बढी हो । गएको आर्थिक वर्ष २०७३/७४ को साउनदेखि वैशाखसम्ममा १२ अर्ब ५७ करोड रुपैयाँको मात्रै वैदेशीक लगानी प्रतिवद्धता आएको थियो । मुलुकमा स्थिर सरकार गठन, लोडसेडिङको अन्त्य लगायतको कारणले गर्दा विदेशी आकर्षित भएसँगै लगानी प्रतिवद्धता बढेको हो । विभागकाअनुसार ४९ अर्ब ९६ करोड वैदेशीक लगनीको प्रतिवद्धता आइरहँदा, केही स्वदेशीसहितको लगानीलार्इ जोड्दा कुल वैदशीक लगनी प्रतिवद्धता ५४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गएको दश महिनामा उर्जा क्षेत्रमा मात्रै ३६ अर्ब २४ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । त्यस्तै उत्पादानमुलकमा ६ अर्ब, खनिजमा २ अर्ब, पर्यटनमा १ अर्ब ९५ करोड, कृषि तथा वन पैदावारमा १ अर्ब ८९ करोड, सेवामा १ अर्ब ५२ करोड र सूचना तथा प्रविधि क्षेत्रमा २९ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । उक्त ७ क्षेत्रमा भित्रीएको लगानी प्रतिवद्धतामार्फत मुलकमा विभिन्न २६२ उद्योग तथा परियोजनाहरु सञ्चालन हुनेछ । त्यतिका उद्योगहरु सञ्चालनमा आउदन मुलकमा करिब १० हजारको संख्याले रोजगारी पाउनेछन् । विभागको प्रवक्ता दुर्गा भुसालले स्थिर सरकार आएसँगै लगानीमा आकर्षण बढेको बताए । उनले गएको वर्षहरुको तुलनामा विदेशी लगानीकर्ताहरुले लगानी गर्न उत्साहित भएको जानकारी दिए । ‘विभिन्न मुलुकले गएको लगानी सम्मलेलनहरुमा गरेका प्रतिवद्धताको कारणले पनि पछिल्लो समय लगानी ह्वात्तै बढेको हो,’ उनले भने ‘अहिले विदेशी लगानीकर्ताले मुलुकको उर्जा, उत्पादनमुलक, कृषि, खनिज लगायत क्षेत्रमा लागनी गर्न इच्छुक देखिन्छन् ।’
११ बजाज डोमिनार चालक सगरमाथातर्फ प्रस्थान
काठमाडौं । अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हाे । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ । एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरिएको छ । उक्त डोमिनार यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने यो राम्रो अवसर हो । उक्त यात्रा आइतबारबाट शुुरु भएर ३० मे २०१८ सम्म चल्ने कम्पनीको भनाइ छ । चालकहरुको लागि राइड रुट काठमाडौंबाट शुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने रहेको उनले बताए । । चालकको रुपमा प्रसान्त मानन्धर, कोशिष पराजुली, सुमन मर्हजन, देबकुमार श्रेष्ठ, जम्पा दोर्जे शेर्पा लगायत रहेका छन् ।
यसरी उत्रिए नायक नायिकासँगै र्याम्पमा डेढ दर्जन मोडल
काठमाडौं । मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणासहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै र्याम्पमा उत्रिएका थिए । आरआर ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा अभिनेता अभिनेत्री ‘शोज’ टपरका रुपमा मञ्चमा उत्रिएका हुन् । कार्यक्रममा चलचित्र रणबीरको गितमा कलाकारले प्रस्तुत गरेको आयोजकले जनाएको छ । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनकातर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिएका थिए । धिमे वाजासहित शुरु भएको फेशन शोको शुरुमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिइन् । गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशनसहित सो कार्यक्रममा १८ जना मोडलहरु र्याम्पमा उत्रिएका जानकारी गराइएकाे छ । गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भएका थिए । फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताइन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । फेशन शोमा मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियँका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी, सिमा लगायतका मोडल र्याम्पमा उत्रिएको अयोजकको भनाइ छ ।
सन्दिप लामिछाने चम्किदा दिल्लीले जित्यो
काठमाडौं । नेपालका खेलाडी सन्दिप लामिछाने चम्किएपछि दिल्ली डेयरडेभिल्सले मुम्बईलाई पराजित गरेको छ । सन्दिपले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराए । आजको खेलमा जित हासिल गरेपनिदिल्ली डेयरडेभिल्सले आईपीएलबाट बाहिरिएको छ । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनायो। दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।
अन्तरिम आदेश, सीमा विवादले अवरुद्ध चाबहिल–जोरपाटी–साँखु सडक, विस्तार कहिले सुरू होला ?
काठमाडौ । घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ । यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको हो । सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक बिस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो । अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ । आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउछन् । जोरपाटी ओरालोसम्म यो विवाद कायमै छ । बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल चुहावट भएर सडकमा फोहर पानी जम्ने गरेको छ । वर्षाद्का समयमा बाढीले बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीय पार्वती तामाङ गुनासो गर्छन । वाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक विस्तार तीन वर्षमा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ । बज्रगुरु÷च्याङ्मिला÷खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले सुनाए। मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ । यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन । मूलपानीमा वनको रुखका कारणसमेत काममा ढिलाइ भएको छ । थलीबाट खुलालटारसम्म तीन किमीको खण्डमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ । प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउछन् । थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन । आयोजनाका प्रमुख दीपक केसी प्राधिकरणले सडक अधिकार क्षेत्रको रेखांकन, क्षतिपूर्ति दिएर घरटहरा हटाउने काम नसकेकाले कालोपत्र गर्न नपाएको बताए। यसका कारण चाबहिलबाट साँखुसम्म घाम लागेका बेला धुलाम्य र पानी परेका समयमा हिलाम्य हुने गरेको छ । डाँछी तथा ब्रह्मखेल क्षेत्रमा सडकको सीमा विवाद छ । यहाँ पनि विद्युत् र टेलिफोनका तार हटेको छैन । खुलालटारबाट सलम्बुटारसम्मको २.४६ किमी क्षेत्रमा ५१ घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिटी÷सुनकोशी÷वल्र्डवाइड जेभीले निर्माण जिम्मेवारी पाएको यो खण्डको इन्द्रायणी र सलम्बुटार क्षेत्रमासमेत सडकको सीमा विवाद छ । विद्युत् र टेलिफोनका पोल एवं तार यो क्षेत्रमा हट्न सकेको छैन । लामा÷समानान्तर जेभीले निर्माण गरिरहेको करिब एक किमी साँखु क्षेत्रका केही घरमासमेत अन्तरिम आदेश जारी भएको छ । अन्तिम खण्डको ६०० मिटर क्षेत्रमा बिस्तारका कुनै काम गर्न नदिने भनी स्थानीयवासीले अवरोध गरेका छन् । साँखु क्षेत्रमा पनि विद्युत् र टेलिफोनका पोल एवं तार हटेका छैनन् । स्थानीय हरिराम श्रेष्ठ उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सर्वोच्चमा मुद्दा दिइएको बताउनुहुन्छ । १२.५० किमी सडक बिस्तार गर्न वर्षौं लाग्ने भएको छ । केही खण्डको समय सकेर एक वर्ष थप गरिएको आयोजनाले जनाएको छ । सर्वोच्च अदालतले गत असोज १३ गते सडक विस्तार सम्बन्धमा परेका मुद्दाको पैसला गरे पनि पूर्णपाठ नआउँदा पनि काममा ढिलाइ भएको छ । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थी केही महिनामै पूर्णपाठ दिइने बताए ।रासस