विकासन्युज

नबिल बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । नबिल बैंकले वित्तिय साक्षरताको बारेमा जानकारी गराउने र आर्थिक समावेशिकरणलाई अभिवृद्धि गर्ने हेतुले राष्ट्र ब्यापी रुपमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको छ । बैंकको ३३ औं वार्षिकोत्सवको अवसर पारेर यो अभियानलाई लम्जुङको बेसिशहरबाट आर्थिक साक्षरता सम्बन्धी सचेतना र्याली, सडक नाटक तथा स्थानिय तहमा सफल भएका साना ब्यवसायीहरुका बिचमा अन्तरक्रिया कार्यक्रम जस्ता तिनवटा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरी शुरू गरिएकाे छ । उक्त कार्यक्रमहरु फिनलिट नेपाल सँगको सहकार्यमा गरिएको थियो । बैंकका बेसिशहर शाखाका शाखा प्रवन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले यी कार्यक्रमहरुको संयोजन गरेका थिए । विभिन्न सरकारी निकायका कर्मचारीहरु, सुरक्षाकर्मि, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरु समेतको सहभागितामा बैकिङ विषयमा सचेतना फैलाउने सन्देश राखिएका प्लेकार्डहरु प्रदर्शन गरी आयोजना गरिएको र्यालीलाई प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उद्घाटन गरेका थिए । उक्त र्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंक सम्म पुगेको थियो । त्यसपछी नोट वा सिक्काहरुलाई कसरी सफा राख्ने, बैकिड्ड कारोवार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के के हुन, अनावश्यक रकम खर्चगर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो । त्यस पश्चात नबिल बैंकबाट कर्जा लिएर छोटो समयमा आफ्नो व्यवसायलाई धेरै गुणा विस्तार गर्न सफल भएका एक सफल स्थानिय व्यवसायी मनमोहन अधिकारीले व्यवसाय विस्तारमा बैंकको भूमिका र सहयोगको बारेमा आफ्नो अनुभवलाई सहभागिहरु समक्ष बाँडेका थिए ।

सिप्रदी ट्रेडिङ्द्धारा ‘टाटा मार्कोपोलो अल्ट्रा’ बसको उद्घाटन, भोलिदेखि नै संचालनमा

काठमाडौं । नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले टाटा मोटर्स् लि.द्वारा उत्पादित ‘मार्कोपोलो अल्ट्रा एलपीओ’ बसको औपचारिक संचालन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै कम्पनीले ‘मार्कोपोलो अल्ट्रा एलपीओ ७.५टी ३४ एस’ का १० थान बसहरु सिप्रदी ट्रेडिङ्को ईटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रा.लि. लाई औपचारिक साँचो हस्तान्तरण गरि उद्घाटन गरेको छ । नेपाल अधिराज्यभर व्यवसायी तथा सर्वसाधरण यात्रु वर्गबाट अत्यन्तै रुचाइएको लोकप्रिय एलपीहओ अल्ट्रा मार्कोपोलो बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा संचालित छ । यो गाडी साउन ६ गतेदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्का अध्यक्ष मनोज कुमार प्रधानका अनुसार यस गाडीमा सिसी टिभी क्यामेरा, डेष्टिनेशन बोर्ड, एलईडी टिभी, यूपीएसका साथै अन्य सुविधाहरु रहेको बताएका छन् । अहिलेको प्रतिस्पर्धी समय र यात्रुवर्गको इच्छा चाहनालाई मध्यनजर गर्दै निश्चित एवं तोकिएको समयमा गन्तव्य सम्म पुर्याइने र यात्रुवर्गलाई शिष्ट र मर्यादित व्यवहार गरिने उनले बताए । उक्त साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिओओराजेश प्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभई बिक्री पछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टी हाँसिल गर्नु रहेको बताए । त्यस्तै, उनले गाडीहरुलाई कुनै पनि बेला अफ रोड हुन नदिन र छिटो भन्दा छिटो गाडीको मर्मत गरि संचालन गराउनु रहेको छ बताए । साथै उनले गाडीलाई चाहिने आवश्यक स्पेयर पार्टस्हरु सधैं सर्वत्र उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको रहेको बताए ।

आरएसडिसी लघुवित्तलाई २०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त वित्तिय संस्थालाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

दोश्रो जिम्मेवार व्यवसाय सम्मेलन साउन १९ गतेदेखि हुने

काठमाडौं । नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्नका लागि यही साउन १९ र २० गते दोश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइहरको छ । आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यज्योतिले सम्मेलनको घोषणा गर्दै भने “दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्नेछन् । यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास लिएका छौं ।” नेपाल सरकारले नयाँ औद्योगिक व्यवासाय ऐन २०७३ र नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति अन्तर्गत तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने उद्योग व्यवसाय र वित्तिय संस्थाहरुमा व्यवसायिक सामाजिक उत्तरदायित्वलाई बाध्यकारी बनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ । सम्मेलनमा समेटिएका ट्रयाक र तिनका उद्देश्यहरु निम्न बमोजिम रहेका छन् : क) व्यवसाय सञ्चालनलाई संस्थागत एवं पद्धतिबद्ध गर्न “आन्तरिक व्यवसायिक अभ्यास” ख) व्यवसायका निकटतम सरोकारवालाहरुको आवश्यकताको व्यवस्थापन गर्न “सरोकारावाला परिचालन” ग) व्यवसायिक वातावरण सुधार गर्न “सबल साझेदारी” घ) भविष्यका लागि जिम्मेवार व्यवसाय प्रवद्र्धनको खाका तयार गर्न “प्राध्यापन तथा नियमन” प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र एक नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन् । सम्मेलनमा सहभागि हुने अन्तर्राष्ट्रिय वक्ताहरुमा भुटान उर्जा कर्पाेरेशन लिमिटेडका व्यवस्थापकिय निर्देशक जिम छिरिंग, संयुक्त राष्ट संघ अन्तर्गत ग्लोबल कम्प्याक्ट एशिया प्रमुख मेंग लुई, भारतीय कर्पाेरेट मामिला संस्थानको संस्थागत साझेदारी एवं सञ्चार प्रमुख अतुल देव शर्मा, सोल एनालाइटिक्सका संस्थापक एवं नोकिया कर्पाेरेशनका मध्य पूर्व क्षेत्रका पूर्व बजार प्रबन्धक सुधिर नायर, सिंगापुर राष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा सिराम रामाकृष्ण र विश्व विश्वविद्यालय संघका पूर्वअध्यक्ष प्रा डा ड्जुल लगायत रहेका छन् । राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, वैद्य समूह, पञ्चकन्या समूह, गोल्छा समूह, नेपाल उद्योग वाणिज्य महासंघ आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विद्युत प्राधिकरण रहेका छन् भने नागरिक समाज तर्फ श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।

सडक विस्तारमा घर भत्किँदैछ ? चिन्ता नमान्नुस अब क्षतिपुर्ति बढ्दैछ

काठमाडौं । के काठमाडौं उपत्यका भित्र सडक विस्तारका क्रममा आफ्नो घर भत्किने चिन्ताले तपाईलाई सताईरहेको छ ? यदि त्यसो हो भने चिन्ता हटाइदिनुस, किनकी अब भत्किएका घरहरुको क्षतिपुर्ति रकम वृद्धि हुँदैछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तारका क्रममा भत्काईने घरहरुको पुननिर्माणका लागि पुग्ने गरि क्षतिपुर्ति वृद्धि गर्न तयारी अघि बढाएको छ । साउन मसान्तभित्र क्षतिपुर्तिको नयाँ दर लागु गर्ने तयारी भैरहेको प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बताए ।‘भत्किएका घरहरुको पुननिर्माण गर्न पुग्ने गरि क्षतिपुर्तिको दर बनाउने गृहकार्य अघि बढेको छ, साउन मसान्त अघि नै नयाँ दर कार्यान्वयनमा ल्याउँछौं’, प्राधिकरणका विकास आयुक्त तिवारीले विकासन्युजसँग भने । हाल प्राधिकरणले प्रति वर्ग फुट २६ सय रुपैंयाँ क्षतिपुर्ति दिँदै आएको छ ।‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि दर बढाउने अभियानमा लागेका हौं’, तिवारीले भने । उनले क्षतिपुर्ति रकम कति वृद्ध हुन्छ भन्ने चाँही एकिन नभएको स्पष्ट पारे । काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिँदै तिवारीले भने–जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ । तिवारीका अनुसार हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ । सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ । हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।  

बिहीबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट

काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव आएको छ । कारोबार खुल्दा १६३७ अंकमा रहेको परिसूचक करिब साँढे एक घण्टामा १६४० अंकमा पुगेको थियो । त्यसपछि घट्दै बढ्दै करिब २ बजे १६३३ अंकमा पुगेको थियो । अन्त्यमा बजार बन्द हुँदा नेप्से १६३५ अंकमा पुगेको छ । समग्रमा: बिहीबारको नेप्से परिसूचक बुधबारको तुलनामा एक दशमलब ५२ अंकले घटेर १६३५ अंकमा पुगेको छ । बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २२ करोड रुपैयाँ घटि हो । बिहीबार १५५ कम्पनीको १७ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार समूहको परिसूचक हरिया भएका छन् भने बाँकी चार समूहको परिसूचक रात्ताम्मे भएका छन् । होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक क्रमशः १६, ११, ५ र ३ अंकले ओरालो लागेका छन् । त्यस्तै, बीमा, उत्पादनमूलक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ७७, १३, १ र ०.५८ अंकले उकालो लागेका छन् ।

बृहत् खानेपानी आयोजनाको निर्माण शुरु, १५ करोड ५० लाख रुपैयाँको लागत

भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित स्विटी खोलामा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । विन्दवासिनी बृहत् लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको आयोजनाको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलान्यास गरेका छन् । खानेपानीको चर्को अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिका-९ ताथलीका बासिन्दालाई पर्याप्त खानेपानी वितरण गर्न आयोजना सुरु गरिएको संस्थाका अध्यक्ष नकुल राउतले बताए । अध्यक्ष राउतले भने – “खानेपानी आयोजनाअन्तर्गत १० लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिनेछ । आगामी दुई वर्षभित्र आयोजना पूरा गरी पानी वितरण गर्छौं ।” पहिलो चरणमा एक हजार दुईसय घरधुरीलाई पानी वितरण गर्ने र दोस्रो चरणमा थप ३०० घरधुरीलाई समेट्न आयोजनाको लक्ष्य छ । रासस

नेशनल लाइफ इन्स्योरेन्सको साउन ८ गतेदेखि २० दिन बुक क्लोज, किन हुँदै छ ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साउन ८ गतेदेखि २० दिन बुक क्लोज हुने भएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन ८ गतेदेखि २७ गतेसम्म (२० दिन) कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । कम्पनी साउन २७ गते आफ्नो २९औँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम २७ प्रतिशत बोनस सेयर र उक्त बोनस पश्चात ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । (यो पनि पढ्नुहोस् )