सेन्ट्रल फाइनान्सको १०० रुपैयाँको हकप्रद सेयर संस्थापकले किनेनन्, १० लाख ८५ हजार कित्ता लिलामी हुदै
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका संस्थापक सेयरधनीले नै हकप्रद सेयर किन्न चासो देखाएनन् । संस्थापक लगानीकर्ताबाटै हकप्रद सेयरका लागि पर्याप्त आवेदन नपरेपछि फाइनान्सले १० लाख ८५ हाजर ९३९ कित्ता लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकको ९ लाख ८१ हजार ७०८ र सर्वसाधारणको १ लाख ४ हजार २३० कित्ता हकप्रद सेयर लिलामी हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बैशाख २० गतेदेखि खरिदका लागि शिलवन्दी बोलपत्र पेश खुला भई २७ गतेसम्म तोकिएको छ । प्रतिसेयर न्युनतम मूल्य १०० रुपैयाँ बढी प्रस्ताव गर्नुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्युनतम १०० कित्ता र बढीमा जति पनि आवेदन दिन सकिने छ । फाइनान्सले चुक्तापुँजी बढाउन गत पुस २३ देखि फागुन १३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो ।
बीपीसीले सहायक कम्पनीबाट पायो ५५ करोड १० लाख नगद लाभांश
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो । ३ कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो । यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको छ । बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले बढी हो । ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट ३ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो । चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद र सोही बराबर बोनस सेयर प्राप्त गरेको छ । परामर्शदाता हाइड्रो कन्सल्टले १ करोड १४ लाख खुदनाफा गरेकोमा बोनस र नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको छ । यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले ९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको छ । उ बाट बीपीसीले ३५ लाख नगद लाभांश र ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको छ । यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।
इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको लाेगो बनाउनेलाई ५० हजार पुरस्कार, भाडामा घर खोज्दै
काठमाडौं । नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले उत्कृष्ठ लोगो बनाउने डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर बैंकको लोगो निर्माणका लागि आव्हान गरेको हो । बैंकले छनौट गरेको उत्कृष्ठा लोगोका डिजाइनरलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने जनाएको छ । बैंकले लोगोमा लगानी, पुर्वाधार तथा आर्थिक विकास र यसको अन्तरसम्बन्ध उजागर हुनुपर्ने जनाएको छ । त्यस्तै, बैंकले कार्यालय प्रयोजनका लागि घर भाडामा समेत आव्हान गरेको छ । बानेश्वर, पुतलीसडक, थापाथली, नक्साल, बबरमहल, लैनचौर, कमलादी वा सो क्षेत्र वरपर रहेका भवनहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ । आरसीसी ढलान गरिएको ५००० वर्गफिटमा फैलिएको भवन हुनुपर्ने पनि बैंकले जनाएको छ । इन्फास्ट्रक्चर बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिईसकेको छ । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंकमा सरकारले २ अर्ब रुपैयाँ लगानी गर्नेछ । बाँकी बैंक तथा वित्तिय संस्था, व्यवसायीक घरना र कम्पनीहरुको लगानी रहनेछ । बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोजनामा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने बैंक स्थापनाको नेतृत्व गरिरहेका बिनोद आत्रेयले जानकारी दिए ।
९ महिनामा जनता बैंकको नाफा ५७ करोड ५७ लाख, खराब कर्जा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जनता बैंकले नाफा बढाएको छ । गत चैतसम्म बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेपछि समग्र नाफामा बढेत्तरी आएको हो । गत चैतसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकको खराब कर्जा घटेर १.९५ प्रतिशतमा झरेको छ । गत पुसमा यस्तो कर्जा २.६५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ७.८७, निक्षेप र कर्जा अनुपात ७९, आधार ब्याजदर ११.६६, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । समीक्षा अवधिमा बैंकले ५४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
९ महिनामा बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक
काठमाडौं । बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो । चालु आर्थिक बर्षको नौ महिनामा बैंकको ७३ अर्ब निक्षेप संकलन गरेर ६७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड पुुगेको छ जुन तीन महिना अघि एक अर्ब ३० करोड मात्रै थियो । १.८२ प्रतिशत खराब कर्जा रहेको बैंकले १० करोड राइट ब्याकबाट प्राप्त गरेको छ भने २८ करोेड प्रोभिजन गरेको छ । बैंकले १०.७८ प्रतिशत आधार ब्याजदर कायम गरेको छ भने स्प्रेड दर ४.०४ प्रतितश रहेको छ । बिओकेको सिसिडी रेसियो ७७.२४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ ।
एनएमबी बैंकको नाफा बढेर १४१ करोड पुग्यो, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ
काठमाडौं । एनएमबी बैंकले ३ महिनामा नाफा ४१ करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले यसको सरकात्मक प्रभाव नाफामा परेको बैंकले जनाएको छ । गत चैतमा बैंकले २ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ ब्याजबाट आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ३४ करोड ९६ लाख रुपैयाँ असुल गरेको छ । बैंकको निष्क्रिय कर्जा घटेर १.१० प्रतिशतमा झरेको छ । गत पुसमा १.२४ प्रतिशत थियो । यस्तै निक्षेप लागथत ७.४७, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७५.३३, आधार ब्याजदर १०.९२, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३.१६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । संचित कोष विस्तार भई ५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ८५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड, ३ महिनामा थपियो ५० करोड
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा ब्याज आम्दानी बढेपछि नाफामा सकरात्मक प्रभाव परेको जानकारी दिएको छ । चैतमा बैंकले २ अर्ब २३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले ४५ करोड ८० लाख रुपैयाँ निष्क्रिय कर्जा असुली गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य वृद्धि भई ०.२१ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा ०.१७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ३.८, आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । बैंकको संचित कोषको आकार बढेर ५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निक्षेप परिचालन ६ अर्ब रुपैयाँ घटेर बैंकले ६१ अर्ब रुपैयाँमा सीमित भएको छ । गत पुसमा निक्षेप परिचालन ६६ अर्ब रुपैयाँ थियो । यस्तै ४६ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ४२ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको थियो ।
ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई आगामी ४ वर्षको लागि बैंकको सीईओमा नियुक्त गरेको हो । सीईओ कृष्णबहादुर कुँबरले राजीनामा गरेपछि उनले कार्यवाहक सीईओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । नव नियुक्त सिईओ ज्ञवालीको करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव रहेको छ । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।