विकासन्युज

प्रभु बैंक लिमिटेडद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आइरहेको छ । बुधबार एक कार्यक्रमवीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंककोतर्फबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले विभिन्न क्रियाकलापअन्तर्गत भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागीता जनाउँदै आएको जानकारी गराएको छ ।

भक्तपुरमा महिन्द्रा टुह्वीलरको सर्भिस नेटवर्क

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क भक्तपुरको जगातिमा विस्तार गरेको छ । विकाश मोटरसाईकल वर्कसपको रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरबाट भक्तपुर आसपासका सम्पूर्ण ग्राहकहरुले महिन्द्रा टुह्वीलरको सरल र सुविधायुक्त सर्भिस लिन सक्ने जनाइएको छ । सेनटरबाट सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध गराइनेछ । नेटवर्क सञ्चालनपछि सर्वसुलभ तरिकाबाट सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराउने, कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने जनाइएको छ । कम्पनीले सवारी विक्री गर्न मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ विशेष ध्यान केन्द्र्रित रहेको बताएको छ ।

यस्तो बन्दैछ राष्ट्र बैंकको नयाँ भवन, बैंककाे बजेटमा सबै काम भवन निर्माण विभागले गर्ने

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्र बैंकको दुई भवनको पुनर्निर्माण सुरु हुने भएको छ । बैंकले भूकम्प गएको ३ वर्षपछि भवन निर्माण सुरु गर्न लागेको हो । भवनकाे रेखाङ्कन गर्ने, अनुमानित लागत तय गर्ने, निर्माण गर्ने सबै कामकाे  जिम्मेवारी राष्ट्र बैंकले शहरी विकास तथा भवन निर्माण विभागलार्इ दिएकाे गभर्नर डा चिरञ्जीवि नेपालले जानकारी  दिए । भवन विभागले तयार गरेकाे  राष्ट्र बैंकको प्रस्तावित भवनको रेखाङ्कन माथिकाे भवन बाबालुवाटारमा बन्नेछ भने तलकाे भवन थापाथलिमा बन्ने छ । सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर तपेन्द्र खड्काका अनुसार भवन पुरानै ढाँचामा निर्माण हुने भएको हो । भवन निर्माणको सबै तयारी सकिसकेको इन्जिनियर खड्काले बताए । ‘भवन पहिले जस्तो छ तैस्तै बन्ने हो, भवनको उचाई आकार रंग रोगन सबै पुरानै ढाँचाको हुन्छ’ खड्काले विकासन्युजसँग भने । राष्ट्र बैंकको पूरानो भवन भवनको लागत कति लाग्ने भन्ने कुरा छलफल भैरहेको छ । भवन पुरानै शैलीमा निर्माण गर्न  पुनर्निमार्ण प्राधिकरण र पुरातत्व विभागले स्वीकृति दिइसकेका छन् । सहरी विकासको तथ्यांक अनुसार अहिले देशभर २५३ वटा सार्वजनिक भवनहरु निर्माण भैरहेका छन् । त्यस मध्ये ६ वटा भवन निर्माण सम्पन्न भैसकेका छन् । त्यसैगरी १२० वटा भवनको प्रवलीकरण गरिएको छ । राष्ट्र बैंक सहित रेडियो नेपाल, लोकसेवा आयोग, महान्याधिवक्ताको कार्यालय, राणाकालिन भवन लगायत २५३ वटै भवन पुरानै शैलिमा निर्माण हुन लागेका छन् ।

ओपोद्वारा एआई ब्यूटी प्रविधिसहितको सेल्फी एक्स्पर्ट एफसेवेन सार्वजनिक

काठमाडौं । ओपोले नेपालमा एफसेवेन सार्वजनिक गरेको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने उद्देश्य अनुरुप उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । सेल्फी फोटोग्राफीका लागि एफसेवेनले परिस्कृत एआई प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गरेको छ । सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको फोन प्रयोगकर्तालाई उत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । बुधबार सार्वजनिक गरिएका सो फोनमा ६४ जीबी स्टोरेज, ४ जीबी र्याम रहेको जनाइएको छ । सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध गरिएको छ । एफसेवेनमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सर सहितको २५ एमपी फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । एफसेवेनबाट खिचिएका तस्विर राम्रो गुणस्तर भएका डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुने कम्पनीको भनाइ छ । विभिन्न उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन ईफेक्ट प्रदान गर्ने एआई ब्युटी २.० सहितका एचडीआर तस्विरले सेल्फी प्रेमीहरुको मन जित्ने बताइएको छ । परिमार्जित १९ः९ एस्पेक्ट रेसियो सहितको एफसेवेन पहिलो मध्यको एक रहेको जनाइएको छ । त्यसले गर्दा लोकप्रिय रोल प्लेइङ तथा स्ट्र्याटिजी गेममा रहेका ईफेक्टको मज्जा लिन पर्याप्त एरिया हुन्छ । यसका लागि फोनमा फ्रण्ट क्यामेरा, नयाँ एन्टिना र लाइट सेन्सर सहितको विशेष नट्च्चको ब्यवस्था गरिएको छ । कम्पनीको अनुसार फोनमा एण्ड्रोइड ८.१ मा आधारित कलर ओएस ५.० मा उत्कृष्ट प्रणाली ब्यवस्थापनका लागि एआई ब्यूल्टईन सफ्टवेयर जडान गरिएको छ । नयाँ फोनमा कम्पनीले कलर ओएस ५.० एआई पावर म्यानेजरको प्रयोग गरेको छ । यसले एपका आधारमा आवश्यकता अनुसार उर्जा विभाजन गरी फोनलाई उत्कृष्ट अवस्थामा राख्न सघाउँछ । त्यसैगरी एफसेवेनले पछिल्लो फोन एफफाइभका तुलनमा धेरै एप एकै साथ चलाउनुपर्दा ८० प्रतिशत तिब्र कार्य सम्पादन क्षमता राख्ने कम्पनीले बताएको छ ।

‘सक्षम’ र ‘नेरुडे’ बीच वित्तीय साक्षरता कार्यक्रम सुरु गर्ने सम्झौता

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस(इन्टरप्राइजेज डेभलपमेन्ट एण्ड डिजिटलाइजेशन अफ माइक्रोफाइनान्स सर्भिस) नामक कार्यक्रमको साझेदारीमा हस्ताक्षर भएको छ । नेरुडेको तर्फबाट प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याल र सक्षम परियोजनाकोतर्फबाट डेपूटि टिम लिडर निर्मल दाहालले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यस अन्तरगत नेरुडेको सुनसरी, झापा, इलाम, सर्लाही, रुपन्देही र अर्घाखाँची जिल्लामा रहेका १६ वटा कार्यालयहरुमार्फत उद्यम विकास कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम र ट्यावलेट बैंकिङ्ग कार्यक्रम सञ्चालन गर्ने छ । तीन वर्षको अवधिमा ३४४२ ग्राहक सदस्यलाई उद्यमी बनाउने र २९१२० जनालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने उद्देश्य राखेको छ । कार्यक्रममा सक्षम परियोजनाका डेपूटि टिम लिडर निर्मल दाहालले नेपालमै पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाउने कार्यलाई सफल तुल्याउन “बज नेरुडे” नामक घुमन्ते गाडीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी ग्रामीण क्षेत्रमा रहेका जनसमुदायलाई लक्षित गरि स्थानीय स्तरमै वित्तीय साक्षरता दिने उद्देश्यका साथ सडक नाटक, भिडियो प्रर्दशनी, घुमन्ते गाडी, लगायतका कार्यक्रमहरु गर्न लागिएको नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले जानकरी दिए ।  

२ लाख बिगो जरिवाना सहित इन्जिनियर छबिन्द्र विक्रम खाँण र प्रदिपकुमार वानियाँ विरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला शिक्षा कार्यालय, काश्कीमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव(इन्जिनियर प्रदीपकुमार वानियाँ विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख बिगो असुली दाबी सहित मद्दा दायर गरेको हो । काश्की जिल्ला, मादी गाउँपालिका वडा नं ८ स्थित श्री प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट योगको कार्यालय पोखराको गएको टोलीले १ लाख समेत बरामद गरेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ग बमोजिम जरिवाना र कैद सजायको लागि अदालतमा दायर गरिएको छ।

महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टको साथ

काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टले साथ दिने भएको छ । महाविर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि सहकार्य गर्ने भएका छन् । पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिद्धारा महावीर पुनद्धारा किर्तीपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यको लागि वृज सिमेन्टद्धारा उत्पादित ओपिसि/पिपिसि सिमेन्ट उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको पुष्पतारा केडिया फाउन्डेशन, वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि तथा राष्ट्रिय आविष्कार केन्द्रबीच सम्पन्न भएको हो । अनुसन्धानकै कामलाई सघाउन राष्ट्रिय आविष्कार केन्द्रले एउटा ल्याब खोल्ने उद्देश्य लिएको छ । यसैका लागि केही समयमै टेन्डर आहवान गरिदै छ, करिब एक करोडको लागतमा बत्रे ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने कम्पनीले जनाउको छ । मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अधि बढीरहेको छ । जहाँ सृजनात्मक समान विचारधारा भएका व्यक्तित्वहरु भेला हुने र विभिन्न योजनाहरु पाइलट स्केलको रुपमा अध्ययन अनुसन्धान तथा प्रयोगहरु गर्न सकिने छ । त्यस्तै, कुनै योजना सफल भएमा यसलाई व्यापारिकरण गरिने तथा अध्ययन अनुसन्धानमा लाग्नेहरुलाई आर्थिक सहयोग गराई लगानी तथा बजारसम्म पुर्याउन मदत गरिने मेकर स्पेसको उद्देश्य हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन वृज सुपर प्रिमियम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसेडर समेत रहेका छन् । वृज सिमेन्ट पुन जस्ता देशका उर्जासँग हातेमालो गरि अगाडि बढिरहेको छ । वृज सिमेन्टको छनौटमा रहेका उर्जावान व्यक्तित्वहरु आगामी दिनमा समेत हातेमालोको यो शृङ्खला रही रहनेछ कम्पनीका प्रबन्ध र्निदेशक मनोज केडियाले बताए ।

राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ७ अर्ब ९० करोड, बिहीबार १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ७ अर्ब ९० करोड रुपैयाँ मात्र उठाएका छन् ।  बैंकिङ प्रणालीमा तरलताको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार रिपो वित्तीय उपकरणमार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउदा ९ बैंकले मात्र सो रकम मात्र उठाएका हुन् । जसमा २ विकास बैंक र ७ वाणिज्य बैंक रहेका छन् । रिपोमार्फत केन्द्रीय बैंकले बिहीबार पुनः बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । रिपोको अवधि २ साताको हो । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।