विकासन्युज

सनराइज बैंकको नाफा ९ करोड बढेर ९४ कराेड पुग्याे

काठमाडौं । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेर ५७ अर्ब कर्जा लगानी गरेको छ । ८ अर्ब १५ करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकले पछिल्लो तीन महिनामा २ अर्ब क्षिेप वृद्धि गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड छ भने ब्याज खर्च ३ अर्ब ४६ करोेड रहेको छ । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकले ४१ करोड प्रोभिजन गरेको छ भने राइट ब्याकबाट ४१ करोड रुपैंयाँ नै प्राप्त गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ ।

गण्डकी विकास बैंकको नाफा ३४ करोड, खराब कर्जा घट्यो

  काठमाडौं । गण्डकी विकास बैंकले ३ महिनामा खुदनाफा १४ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३४ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकले २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको ९ महिनामा बैंकले २७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा कर्जा लगानी, निक्षेप परिचालन र नाफामा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.८४, निक्षेप लागत ९, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.३८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.३० र आधार ब्याजदर १२.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले ७० करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर २० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी बढेर १८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड, ३ महिनामा नाफा ५० करोड बढायो

  काठमाडौं । ग्लोबल आईएमई बैंकले ३ महिनामा खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म १ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफामा सामान्य गिरावाट आएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२९, निक्षेप लागत ८.२२, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.२९ आधार ब्याजदर ११.६८ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले २ अबै ६५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले समीक्षा अवधिमा ३५ करोड ६१ लाख राइट ब्याक गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन १ खर्ब २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ छ । बैंकको संचित कोष बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बैंकको नाफा २५६ करोड, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ ।बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा प्रतिकुल अवस्थामा पनि बैंकको वित्तीय अवस्था सकरात्मक रहेको जानकारी दिएको छ । बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ६.९३ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा छ । बैंकले ९ महिनामा ६ अर्ब ६० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत पुसमा ४ अर्ब २४ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै साढे २ अर्ब रुपैयाँ बढेको छ ।

कुमारी बैंकले बैशाख २८ देखि १ अर्ब १९ करोडको हकप्रद निष्कासन गर्दै

काठमाडौं । कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।बैंकले चुक्तापुँजी बढाउन २० प्रतिशत अर्थात १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बन्द जेठ ३१ गते हुने छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ ।

सप्रोस नेपालको मुलुकलाई हरियो बनाउने कार्यक्रम जारी

काठमाडौं । नेपाललाई हरियाली बनाउँ भन्ने अवधारणा निर्माण गरी हरियो नेपाल, समृद्ध नेपाल’ भन्ने नाराका साथ यसै बुधबार र बिहीबार गोष्ठी हुने भएको छ । नेपाललाई हरियो बनाउने उद्देश्यले  सप्रोस–नेपालले उक्त गोष्ठी गर्न लागेको हो । गोष्ठीको बारेमा जानकारी गराउन राजधानीमा आइतबार गरिएकाे कार्यक्रममा सप्रोस–नेपालका उपाध्यक्ष श्रीकृष्ण उपाध्यायले नेपाललाई हरियो बनाउने अभियान अन्तर्गतको गोष्ठी हुने बताए । उक्त कार्यक्रमको उद्देश्य दिगो विकास लक्ष्यलाई गुणात्मक प्रतिफल दिन सक्ने बनाउने रहेको उनको भनाइ छ । ‘कार्यक्रममा साझेदारहरुले सहकार्य गरी जैविक खेती प्रणाली, नवीकरणीय उर्जाको उत्पादन, आधुनिक सञ्चार र सूचना प्रविधिको उपयोग, पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्ने गरी दिगो विकासको लक्ष्य पुरा गर्नेतर्फ अगाडी बढ्छ,’ उनले भने । सप्रोस नेपालका अनुसार दिगो विकासको लक्ष्यमा विद्यमान गरीबीका सबै स्वरुप समाप्त गर्ने, दिगो कृषि प्रवद्र्धन, भोकमरी समस्या अन्त्य, खाद्य सुरक्षण तथा पौष्टिक आहार सुधार, लैङ्गीक समानता लगायत रहेका छन् । त्यसै अनुरुप कार्यक्रम अघि बढ्ने संस्थाका उपाध्यक्ष उपाध्यायले जानकारी दिए । कार्यक्रममा वातवारण, कृषि लगायत क्षेत्रका राष्ट्र अन्तराष्ट्रिय विज्ञहरुले आफ्नो धारणा राखेका थिए । संस्थाले राष्ट्र/अन्तर्राष्ट्रिय संघ/संस्थाहरुको सहयोगमा दुई वर्षअघि  नेपाललाई हरियाली बनाउँ भन्ने अवधारणा निर्माण गरी विभिन्न गोष्ठीहरु सञ्चालन गरेको जानकारी गराएको छ । सो कार्यक्रमहरुमा जैविक कृषि, नविकरणीय उर्जा, सूचना प्रविधि, पर्यावरणीय पर्यटन लगायत रहेका थिए ।

एनबीआईद्धारा बैंकिग डिजीटाइजेशनबीच सम्झौता, परामर्श सेवा प्रदान गर्ने

काठमाडौं । नेशनल बैंकिङग इन्स्टिच्यूट(एनबीआई)द्धारा बैंकिग डिजीटाइजेशनका विज्ञ राहुल जोशीसंग हालसालै नयाँ सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुरूप एनबीआईले यहाँका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले डिजीटाइजेशनलाई एक प्रकारको व्यापारिक रणनीतिको रूपमा लिएर अगाडि बढी निकै प्रभावकारी ढंगले ग्राहक तथा व्यापार व्यवसायलाई अभिवृद्धि गर्न सक्षम हुनेछन् । यसरी एनबीआईले आगामी दिनमा सर्टिफिकेशन कोर्स संचालन गर्नुका साथै डिजीटाइजेशन सम्बन्धि परामर्श सेवाको थालनी गर्ने भएको छ ।    

गुहेश्वरी मर्चेण्टको शाखा जनकपुरको धनुषामा, चितवनमा थप्ने तयारी

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो नवौँ शाखा जनकपुरको धनुषामा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त स्थानका ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा दिने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । प्रधान कार्यालय ललितपुरमा रहेको यस कम्पनीले हालसम्म काठमाडौंको चावहिल, चुच्चेपाटी, कान्ती राजपथ, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुरमा सञ्चालन गरिसकेको छ । बैकिङ्ग सेवा अन्तर्गत बैंकले एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशनको सुविधा तथा डिपी सेवा र सिआश्वा सेवा दिँदै आएको छ । साथै, बैंकले चाडै नै चितवनको नारायणघाटमा थप शाखा विस्तार गर्दै छ ।