विकासन्युज

बैंकहरु कर्जा विस्तारमा आक्रमक : निक्षेप संकलन भन्दा ९६ अर्ब बढी लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप भन्दा झण्डै ९६ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्था कर्जा लगानीमा झनै आक्रमक हुदा बढेको हो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ८ महिनामा निक्षेप भन्दै ९५ अर्ब ६९ करोड रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । बैंकले आफनो स्रोत भन्दा बढी लगानी गरेको राष्ट्र बैंकको भनाई छ । क्षमता भन्दा बढी कर्जा विस्तार गरेपछि अहिले बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अुनपात (सीसीडी) ७८ माथि रहेको छ । अधिकाँश बैंक थप कर्जा लगानी गर्न नसक्ने अवस्थमा पुगेका छन् । लगानीयोग्य पुँजी नभएपछि बैंकले ८ देखि ११ प्रतिशत ब्याजमा निक्षेप उठाएका छन् । बढी ब्याजको योजना ल्याउदा पनि निक्षेप परिचालन सोचेअनुसार बढ्न सकेको छैन् । वार्षिक बिन्दुगत आधारमा गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १७.३ प्रतिशतले बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी ४ प्रतिशत बढी छ । फागुनसम्म बैंक तथा वित्ती संस्थाको निक्षेप बढेर २५ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानीमा पनि विस्तार भई २२ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत निक्षेपको अंश ३६.५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.० प्रतिशत छ । अघिल्लो वर्ष यस्तो निक्षेपको अंश ४८.४ प्रतिशत रहेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.९, विकास बैंकको २१.२ र वित्त कम्पनीहरुको ६.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ र १४.५ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६५.७ प्रतिशत बढेर ४२ अर्ब ३९ करोड वृद्धि भई१ खबै ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशत बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ८.८ तथा ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । रियल स्टेटकर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.३ प्रतिशतले बढेको छ । उत्पादनशील क्षेत्रतर्पफ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । फागुन मसान्तमा १२ अर्ब ९४ करोड रुपैयाँ प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । २०७४ फागुन मसान्तसम्ममा सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ५३२ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब ६१ करोड २८ लाख कर्जा बक्यौता छ । ३८ करोड २० लाख ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

६४ ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्दै सडक विभाग

काठमाडौं । डिभिजन सडक कार्यालय हेटौंडाले ६४ वटा कम्पनीलाई कालो सूचिमा राख्ने भएको छ । सडक निर्माण जिम्मा लिएर समयमै काम नसक्ने कम्पनीहरुलाई कार्यालयले कालो सूचिमा राख्न लागेको हो । डिभिजन सडक कार्यालय अन्तर्गत सडक तथा पुल निर्माणको जिम्मा लिएर निर्माण सम्पन्न गरेको प्रमाणपत्र पटक-पटक बुझाउन आग्रह गर्दा पनि कम्पनीहरुले वेवस्था गरेपछि कम्पनीहरु कालो सूचिमा पर्न लागेका हुन् । कार्यालयले निर्माणा सम्पन्नको प्रमाणपत्र बुझाउन अब ७ दिनको समय दिएको छ । समय अवधीभित्र विवरण नबुझाए सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का तोड्ने र कालो सूचिमा राखिने कार्यालयले जनाएको छ । समयमै विवरण नबुझाउने कम्पनीहरुमा मनिस कन्स्ट्रक्सन आशिया कन्स्ट्रक्सन, शिव निर्मण कम्पनी सेवा लगायत ६४ कम्पनी रहेका छन् ।

सेयर ब्रोकर कम्पनीसंग भ्याट उठाउन महालेखाको पुनः निर्देशन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सेयर ब्रोकरबाट मूल्य अभिवृद्धि कर (भ्याट) उठाउन निर्देशन दिएको छ ।सेयर कारोबारमा भ्याट लगाउने चर्चा चलिरहेका बेला संवैधानिक अंग महालेखाले सेयर कारोबारमा भ्याट छुटको व्यवस्था नभएको स्पष्टपारेको छ । महालेखाले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा धितोपत्र मध्यस्तकर्ता सेवा प्रदान गर्ने करदाताले सेवा उपलब्ध गराए वापत प्राप्त गर्ने दलाली कमिशनमा अनुसुचिले भ्याट छुट नदिएको जानकारी गराएको छ । महालेखाले सेयर कारोबार गर्ने २५ ब्रोकर कम्पनीबाट लाग्ने १६ करोड ६२ लाख भ्याट असुल नभएको भन्दै उठाउन भनेको छ । महालेखाले धितोपत्र व्यवसायी कमिसनमा भ्याट लाग्ने स्पष्ट पारेको छ । ब्रोकर व्यवसायी भ्याट लागु गरेपछि लागत बढ्ने बताउदै आएका छन् । हाल सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर मात्र असुल भएको छ । भ्याट लगाएमा सेयर बजारमा असर गर्ने र लागु गर्न नुहुने दवाव बढेपछि सरकारले अहिले अघि बढाएको छैन् ।  

नविल ब्यालेन्स फण्ड खारेज, लगानीकर्तालाई रकम फिर्ता दिने

काठमाडौं । नविल बैंकले प्रवद्र्धन गरेको नविल व्यालेन्स फण्ड १ खारेज हुने भएको छ । ब्यालेन्स फण्ड शुक्रबार परिपक्व भई सामूहिक लगानी कोषअनुसार खारेजीमा लैजान लागेको हो । शुक्रबारदेखि नविल व्यालेन्स फण्डका इकाईको कारोबार नहुने योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । योजना खारेज भएपछि इकाईधनीलाई लगानी फिर्ता भुक्तानी दिने बैंकले जनाएको छ । ब्यालेन्स फण्डले इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिएको छ ।

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त, वाणिज्य बैंकमा पहिलो महिला सीईओ

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस नियुक्ती सँगै खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो प्रमुख कार्यकारी अधिकृतको इतिहास र पहिचाहन बनाएकी छिन् । २७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेली सोही बैंकमा विगत ५ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् । तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम शुरु गरेकी खुञ्जेलीले सोही बैंकमा १३ वर्ष, त्यसपछि नविल बैंकमा ६ वर्ष काम गरेकी थिइन् । उनले एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् । उनले लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बताइन् । विकासन्युजसँग कुरा गर्दै उनले भनिन्–‘नियामक निकाय, लगानी, उपभोक्ता, कर्मचारी र समाज बैंकका स्टेक होल्डर हुन्, उनीहरु सबैलाई मेगा बैंकसँग खुशी बनाउदै लगानीकर्तालाई अधिकतम लाभांश दिने मेरो प्रयास हुनेछ ।’ हाल यस बैंकको पुँजी ८ अर्ब रुपैयाँ छ । निक्षेप ४१ अर्ब ५० करोड, कर्जा ४१ अर्ब रुपैयाँ छ । बैंकको शाखा ४७ वटा छ भने कर्मचारी ५६० जना छन् । बढीमा दुई महिनाभित्र मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने, त्यसपछि बैंकको पुँजी १० अर्ब हुने, शाखा १०२ हुने, कर्मचारी १ हजार जनाभन्दा बढी हुने उनले बताइन् ।

मन्त्री थापाद्धारा नेपाल रेडक्रस सोसाइटीको ४७ औं महाधिवेशन उद्घाटन

काडमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औं महाधिवेशनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बुधबार बिराटनगरमा एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरेकी थिइन् । दुई दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशन उद्घाटन कार्यक्रमा मन्त्री थापाले गरिन् । मानव जीवन र प्रतिष्ठाको विश्वव्यापी संरक्षणको लागि मानवीय सेवामा अहोरात्र खटिरहेका रेडक्रस तथा रेडक्रिसेण्ट अभियानका स्वयंसेवकप्रति हार्दिक सम्मान व्यक्त गरेको जनाइएको छ । उनले महिला समावेशीकरणको विषयलाई मुलुकले प्राथमिकता दिएकोले सवैपक्षलाई त्यसतर्फ थप ध्यान दिन समेत आग्रह गरेकी थिइन् । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले संस्थाका बिभिन्न तहबाट प्राप्त व्यवहारिक सुझावहरुलाई कार्यान्यनमा ल्याइ रेडक्रसलाई सबल बनाउने बताए । अल्पकालीन मध्यकालीन र दीर्घकालीन विकास र क्षमता अभिबृद्धिका लागि र मानवीय सेवा अझ प्रभावकारी बनाउन रेडक्रस प्रयत्नशील रहेको उनको भनाइ छ । मुलुक संघीयतातर्फ अगाडि बढिरहको सन्दर्भमा नेपाल रेडक्रसको संगठनात्मक संरचना पनि विधानत सोहीअनुरुप अनुकुल बनाउने उद्देश्यका साथ महाधिवेशनले छलफल गर्ने उनले जानकारी दिए । सोही अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले जस्तो सुकै विपत्तिमा पनि सेवाको लागि तत्पर रहने रेडक्रस अभियानको विश्वव्यापी स्वाभिमान र पहिचानलाई नेपाल रेडक्रसले कायम राख्दै आएकोमा प्रशंशा गरे । रक्त परीक्षण तथा ल्याब खर्चमा सहयोग गर्ने र गरीव जनतालाई सहुलियतमा रक्तसेवा उपलव्ध गराउन विराटनगर महानगरपालिका र नगरपालिकाहरु सकारात्मक रहेको महानगरका मेयर भीम पराजुलीले बताए । देशका ७५ वटा जिल्लाबाट रेडक्रसका तीन–तीन जना प्रतिनिधिहरू, केन्द्रीय कार्यसमिति र मनोनित सभासद्हरू गरी २७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । संस्थाको अभिन्न अङ्गको रूपमा रहेको जुनियर, युवा रेडक्रससाथै शिक्षक नायकको प्रतिनिधिहरु पनि महाधिवेशन पर्यवेक्षकको रूपमा भागलिइरहेका छन् । यसका अलावा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको स्वयंसेवक स्मृति भवनको नेरेसोका अध्यक्ष थापालेनै उद्घाटन गरेका थिए । उक्त शाखा  केही दिनअघि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमामा स्थापना गरिएको जनाइएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा इकाइमा २० लाख रुपैया बराबरको ब्लड कम्पोनेन्ट सेपरेशन मेशिनको शुरुवात पनि गरिएकाे बताइएकाे छ ।  

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा कालिकोटको रास्कोट र पोखराको लेखनाथमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं. ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं. १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२२ वटा शाखा, १२८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको जनाइएकाे छ ।

भाजपाका बरिष्ठ नेता बिजयजोलीद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता बीजयजोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक स्थानमा स्थापित परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाइएको छ ।