श्वेत पत्रको आसमा हरियाली सेयर बजार, के ल्याउँछन् विज्ञ अर्थमन्त्रीले ?
काठमाडौं । सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको छ । सोमबार ह्वात्तै घटेको बजार मंगलबार बढ्नुको कारण भने सरकाले ल्याउने भनिएको श्वेत पत्र रहेको लगानी कर्ता नै बताउँछन् । ‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ, श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार बढेको हो’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले विकासन्युजसँग भने । सरकारले शुक्रबार भित्रै श्वेतपत्र ल्याउने तयारी गरिरहेको छ । सोही श्वेतपत्र मार्फत सेयर बजारका लागि केहि राहतका कार्यक्रम आउने आसमा लगानी कर्ता उत्साहित भएका हुन् । अर्का तर्फ मंगलबार नै राष्ट्रिय सभामा सेयर बजारबारे आवाज समेत उठेको छ । जनप्रतिनिधीले संसदमै सेयर बजार घट्नुको कारण सरकारसँग मागेपछि लगानी कर्ता थप उत्साहित भएका हुन् । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सदस्य राधेश्याम अधिकारीले अर्थमन्त्रीका अभिव्यक्तिका कारण सेयर बजार घटेको आरोप लगाएका थिए । उनले सेयर बजारलाई अनुत्पादक भनेर अर्थमन्त्रीले जनताको खर्बाै लगानीमाथी खेलबाड गरेको बताएका थिए । ‘सेयर बजारबारे संसदमै कुरा उठेपछि आफ्ना मागको सुनुवाई हुने अपेक्षामा लगानी कर्ता हौसिएका हुन्, अब आफ्ना प्रतिनिधीले आफ्नो हितको रक्षा गर्ने लगानी कर्ताको आस छ’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने ।
एनएमबि बैंक र आइसीएफसीबीच ऋण सम्झौता, तरलताको समस्यामा सहयोग पुग्ने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिश्व बैकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स करपोरेसन(आइसीएफसी)सँग ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले उक्त सम्झैतापत्र हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झौताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।
संसद पस्यो सेयर बजार, राधेश्याम अधिकारीले भने-जनताको लगानी डुब्नु भएन
काठमाडौं । राष्ट्रिय सभामा सेयर बजारबारे कुरा उठेको छ । काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका राधेश्याम अधिकारीले सेयर बजारमा गरिएको जनताको लगानी डुब्न नहुने धारणा राखेका हुन् । राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीकोे अभिव्यक्तिका कारण सेयर बजार ओरालो लागेर जनताको खर्बाै लगानी डुबेको आरोप पनि लगाए । उनले भने–सेयर बजारमा जनताको पनि लगानी छ, अर्थमन्त्रीको अभिव्यक्तिका कारण बजार घेटेको हो, जिम्मेवार व्यक्तिका अभिव्यक्तिहरु पनि जिम्मेवार नै हुनुपर्छ । सेयर बजारलाई अर्थमन्त्रीले अनुत्पादक भनेपछि लगानी कर्तामा त्रास फैलिएको आरोप पनि अधिकारीले लगाएका थिए ।
नेपालमा पहिलो पटक भेन्डिङ उपकरणको प्रयोग हुँदै, फोहोर राखेर पैसा लिन सकिने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो । पछिल्लो समय प्लाष्टिकजन्य फोहरबाट शहर प्रदूषित भएकाले आगामी दिनदेखि त्यसलाई नियन्त्रण गर्न निश्चित स्थानमा फोहर संकलन गर्ने भाँडो राखी शहरलाई व्यवस्थित गर्न लागिएको कामपाका निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् । उनले भने, “भेन्डिङ उपकरण त्यो हो जुन निश्चित स्थानमा राखिन्छ र त्यसमा नागरिकले प्लाष्टिकजन्य फोहर राखेर आफ्नो परिचय खुलाएपछि सामग्रीको अनुपातका आधारमा सोही व्यक्तिको मोबाइलमा ब्यालेन्स प्लस हुन्छ ।” उक्त उपकरणलाई एटिएम प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ । उक्त उपकरणको प्रयोगबाट शहर सफा हुनाका साथै सर्वसाधारणले फोहर निश्चित स्थानमा राखेबापत केही रकम पाउनेछन् । त्यसरी जम्मा गरिएको फोहरलाई पुनः प्रयोग गरिनेछ । भेन्डिङ उपकरण पुनः प्रयोग गर्न सकिने प्लाष्टिकजन्य फोहर संकलन गर्ने भाँडो हो जस्मा पानी, कोक, चिजबल, चाउचाउको प्याकेटलाई राख्न सकिन्छ जुन प्लाष्टिक पुनः प्रयोग गर्न सकिन्छ । यस किसिमको अभ्यास अन्तर्राष्ट्रियस्तरमा लामो समयदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा भने पहिलो हो । शुरुवात्को समय भएकाले हाल अन्तर्राष्ट्रिय विमानस्थल, न्यूरोड, दरबारमार्गलगायत मानिसको बढी आवतजावत हुने सात स्थानमा यस्ता उपकरण राखिने योजना कामपाको छ । रासस
अपडेटः सेयर बजारमा हरियाली, परिसूचक ३२ अंकले उकालो
काठमाडौं । मंगलबार दिउँसो २ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ३२ अंकले उकालो लागेर १२०१ अंकमा पुगेको छ । कारोबार शूरु भएको करिब साढे २ घण्टा सम्म लगातार ओरालो लागेको बजार त्यसपछि भने दोहोरो अंकले उकालो लागेको छ । सो अवधिसम्म १६१ कम्पनीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बीमा समूह १६९ अंकले उकालो लागेको छ । त्यस्तै, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक राताम्मे छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले उक्लेका छन् ।
प्रि-बुकिङ गर्ने ग्राहकलाई ग्यालेक्सी एसनाइन/एसनाइन प्लस वितरण, रिटेल बिक्री शुरु
काठमाडौं । नेपालको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड सामसङले, चैत ९ गतेदेखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एसनाइन/एसनाइन प्लसको वितरण शुरु गरेको छ । ग्यालक्सी एसनाइन/एसनाइन प्लस क्रमशः ९२ हजार ९०० रुपैयाँ र १ लाख ४ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । प्रयोगकर्ताहरूले ५ हजार रुपैयाँको क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य ८७ हजार ९०० रुपैयाँ र ९९ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् । ग्यालेक्सी एसनाइन/एसनाइन प्लस संसारको सर्वाेत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषता सहित निर्माण गरिएको हो । “ग्यालेक्सी एसनाइन/एसनाइन प्लस एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनेछन् । सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,” सामसङ मोबाइल फोनका प्रमुख प्रणय रत्न स्थापितले भने । लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् । सामसङले १२ हप्ताको लागि १२ हजार जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर बीमाको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ । साथै, एसनाइन/एसनाइन प्लस सजिलो ईएमआई मा उपलब्ध गराउन सामसङले ग्लोबल आई एम ई, नबिल, नेपाल इन्भेष्टमेन्ट बैँक, लक्ष्मी बैँक, मेगा बैँक र कुमारी बैँक जस्ता विभिन्न बैँकहरूसँग साझेदारी गरेको छ ।
चार कम्पनीको ४ करोड ७१ लाख कित्ता बोनस सेयर सूचिकृत
काठमाडौं । मंगलबार विभिन्न चार कम्पनीको ४ करोड ७१ लाख ९२ हजार ८९३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक लि., माछापुच्छ्रे बैंक लि., एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ५७ हजार १५३ कित्ता र माछापुच्छ्रे बैंकको ६६ लाख ५१ हजार ४९० कित्ता बोनस थपिएको छ । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय कित्ता र एनएमबी माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
स्थानीय तहलाई करारमा कर्मचारी भर्ती गर्ने बाटो खुला, नमुना कार्यविधि पारित
काठमाडौं । स्थानीय तहमा करारमा कर्मचारी राख्न बाटो खुल्ला भएको छ । स्थानीय तहमा प्रविधिक जनशक्तिको कमी भएपछि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन कार्यविधि २०५४ (नमुना कार्यविधि) स्वीकृत भएको हो । कार्यविधी अनुसार स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारीको विवरण खुलाई विज्ञापन गर्नुपर्ने छ । विज्ञापन पछि प्रमुख प्रशासकिय अधिकृतको रहोबरमा आवेदन संकलन गर्नु पर्नेछ । आवेदन मर्फतबाट उम्मेदवारको योग्यता र क्षमताको आधारमा कर्मचारीको छनोट हुनेछ । कर्मचारी छनोट गर्दा पारिश्रमिक समेतको व्यवस्था गर्नुपर्नेछ ।