यस्ता छन् इञ्जिनियरका देश बनाउने ६ सुत्र
प्रकाशभक्त उपाध्याय, सिनियर डिभिजनल इञ्जिनियर काठमाडौं । १) देशलाई समृद्ध बनाउन पहिलो कडि भनेको निकासी बृद्धि हो । त्यसका लागि राज्यको ब्राण्ड नाम राखौ, त्यो हो ‘हिमालय’ । र, राज्यबाट गुणस्तर सुनिश्चित गर्नका लागि प्रयोगशालाहरू निर्माण गरिनुपर्छ । तब, हिमालयको मह, हिमालयको ट्राउट, हिमालयको पानी, हिमालयको कुखुरा अनि हिमालयको किवी उत्पादन गरेर संसारभर हिमालय ब्राण्डमा निर्यात गरौं । त्यस्ता उत्पादनहरुलाई मिठो, रूचीकर र प्रख्यात बनाऔं । । २) ढुङगां बेचौँः विगतमा बेचेको तालले हैन ढुगांको औद्योगिक तरीकाले उत्पादन गरौँ । ढुंगाका आकार र प्रकार अनुसार ढाँचा तयार पारौं । त्यसै गरी समग्रतामा पत्थरहरुको निर्यात योजना बनाऔं । आकर्षक प्याकिङ गरौँ । प्याकमा हिमालयबाट आयातित पत्थर भनेर लेखौं । एलएए, एआइभी, एसीभी लगायतका एग्रिग्रेटका फिजिकल प्रपर्टीहरु समेत लेखौं र राम्रो मूल्यमा बेचौं । ३) शक्ति (इनर्जी) को उत्पादन र बिक्रि व्यबस्थापन गरौँ । सोभियत सत्ता र विद्युतिकरणलाई समाजवाद भनिन्थ्योे भ्लादिमिर इल्यिच लेनिनका पालामा । प्रविधिको बिकास हुँदै जाँदा हाम्रो नेपालमा २ प्रकारका शक्ति प्रसस्त देखिन्छन् । विद्युतिय र आणविक शक्ति !!! यसकारण, विद्युत परियोजनाहरुको विकास गरौँ र प्रसस्त उत्पादन गरौँ । यूरेनियम प्रसोधनको लागि आवश्यक कार्यहरुको विकास गरौँ । ४) डिजाइन, परामर्श र परियोजना कार्यान्वयन संस्थाको जिम्मेवारी बाढ्न सकिन्छ । कन्ट्रोल प्रणालीलाई दह्रिलो बनाऔं । परियोजना कार्यान्वयन क्षेत्रमा कुनै समस्या आएमा संकटकाल लगाउन सक्ने व्यवस्था गरौं । ५) मध्य पहाडी लोकमार्गको निर्माण सम्पन्न गरी मध्यपहाडी लोकमार्ग देखी पूर्व पश्चिम लोकमार्ग सम्मका सवै सडकहरुलाई कम्तीमा २ लेनको सडकको रुपमा विस्तार गरौ । मध्यपहाडी लोकमार्ग देखी उत्तर तर्फ चिनको नाका जोडीने सडकहरू पनि २ लेनको बनाऔँ । मध्यपहाडी बिद्युतिय तथा संचार मार्गको विकास गरौँ । मध्य पहाडमा १० बटा शहरको स्थापना गरौँ । ६) जमिनको उपयोगिता अनुरूपको बाँडफाँड गरौँ । अनधिकृ प्लटीङ बन्द गरौँ । अतः देशको उत्पादन बढ्ने छ र विकासको पथमा लम्कनेछ ।
वैज्ञानिक स्टेफन हकिङसको ७६ वर्षकाे उमेरमा निधन
काठमाडौं । बेलायती वैज्ञानिक स्टेफन हकिङसको निधन भएको छ । ७६ बर्षको उमेरमा हकिङस्को निधन भएको बीबीसीले जनाएको छ । उनी ब्याक होल र रिलेटिभीटी सिद्धान्तका लागि संसारभर प्रख्यात छन् । उनी २२ वर्षको उमेरमै मोटोर न्यूरोनी नमक रोगबाट पीडित भएका थिए । हकिङसको मृत्युबारे उनका छोरा लुसी रोर्बटले ‘एउटा ठुला वैज्ञानि उनका महान काम सयौं वर्ष बाँच्न सक्छ’ भनेका छन् । पारिवारिक स्रोतका अनुसार हकिङसको घरमै निधन भएको हो । उनको घर क्याम्ब्रिज विश्वविद्यालयबाट केहि मात्रै टाढा रहेको छ । उनी सन् १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका हुन् । उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम इन १९८८’ एक करोड प्रति बिक्री भएको थियो । उनले बढ्दो प्रदुषणका कारण पृथ्वीको आयु छोटिँदै गएको बताउँदै आएका थिए ।
गोरखकाली टायर उद्योगको भविष्य खोज्दै सरकार, ब्युझिँएला त इतिहास
काठमाडौं । कुनै समय मुलुकलाई गौरवको रुपमा चिनाउने गोरखकाली रबर उद्योग लिमिटेड सञ्चालनको लागि अध्ययन सुरु गरिएको छ । गोरखास्थित मजुवा देउरालीमा अवस्थित उक्त उद्योग सञ्चालन सम्भावनाको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालले एक अध्ययन समिति गठन गरी अध्ययनकार्य सुरु गरेको हो । मन्त्रालयको सह–सचिव ऋषिराज कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । माघ अन्तिममा बसेको अर्थ र उद्योग मन्त्रालयको उच्च स्तरिय वैठकले सो उद्योग सञ्चालनको लागि अध्ययन गर्ने निर्णय गरेअनुसार समिति गठन भएको समितिका संयोजक ऋषिराज कोइरालाले बताए । अध्ययन समितिले उद्योग सञ्चालन गर्दा कस्तो उपलब्धि हासिल हुनेछ भन्ने उजागर गर्नेछ । हामीले उद्योगको भविष्य खोज्न लागेका हौं, सञ्चालन गर्दा उपलब्धि के हुन्छ भनेर एकिन तथ्य पत्ता लगाएर सिफरिस गर्नेछौं’, समितिका संयोजक ऋषिराज कोइरालाले भने । उनका अनुसार त्यसपछि लगत्तै समिति गठन भएको र हप्तादिन अघि मत्रै समितिको पहिलो वैठक बसेको छ । उक्त वैैठकले केही हप्तभित्रै उद्योग रहेको स्थानमा स्थलगत अध्ययनको लागि टोलि जाने निर्णय गरेको छ । ‘समितिले अध्ययनको काम सुरु गरिसकेको छ,’ उनले भने ‘अबको ४५ दिनभित्र अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाउने छौं ।’ उद्योगलाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ? हालको उद्योग तथा कर्मचरीको अवस्था कस्तो छ ? बन्दको स्थिति, कर्मचारीको तलब भत्ता लगायत सम्पूर्ण विषयहरुमा अध्ययन गरिने उनको भनाइ छ । उद्योगको लागि उक्त अध्ययन निर्णायक हुने उनको दावी छ । गएको साउन चौथो साता उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सो उद्योग सम्बन्धी राखेको वैठकमा गोरखकाली रबर उद्योग सञ्चालनको सम्बन्धमा टुङ्गो लगाउन नसक्दा बार्षिक १२ करोड रुपैँया विना उपलब्धी खर्च भइरहेको उद्योगका प्रबन्ध निर्देशक दिनेश बर्तौलाले बताएका थिए । त्यसबेला उनले विगत २ वर्षदेखि उद्योग बन्द रहेको बताएका थिए । हाल उद्योगमा करिब २४७ कर्मचारीहरु कार्यरत रहेको उनको भनाइ थियो । ती सबै स्थायी कर्मचारीको तलब भत्ताको लागि कम्पनी बन्द रहेको अवस्थामा पनि मासिक १ करोड रुपैयाँ खर्च भइरहेको उनको भनाइ थियो । सरोकार वलाहरुको अनुसार स्थापनाकालदेखिनै चालु पुँजीको अभावको कारणले कम्पनीले नोक्सानीमा बेहोर्न परेको थियो । सरकारी स्तरबाट उद्योग बचाउन चासो दिइएको थिएन । अस्थिर राजनीति तथा समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्न नसक्दा विदेशी उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग धरासायी हुन पुगेको हो ।
गण्डकी विकास बैंकको साढे ३ लाख कित्ता हकप्रद लिलामीमा
काठमाडौं । गण्डकी विकास बैकको हकप्रद सेयर बिक्री नभएपछि लिलामी हुने भएको छ । बैंकको सर्वसाधारण र संस्थापक समूह गरी ३ लाख ५२ हजार ९०१ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको हो । सेयर खरिदको बोलपत्र पेश गर्ने अन्तिम दिन चैत ८ गते तोकिएको छ । बैंकको संस्थापक तर्फ १ लाख ३० हजार ७१६ र संस्थापकतर्फको २ लाख २२ हजार १८४ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । बैंकले चुक्तपुँजी बढाउन निष्कासन गरेको हकप्रद पुरै बिक्री नभएपछि लिलामीमा राखिएको हो ।
राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ बजे हुने
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको हो । राष्ट्रपतिलाई प्रधानन्यायाधीसद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । रासस
दुई वर्षमा नेपाली अर्थतन्त्रको आकार ३६ खर्ब हुने, आर्थिक वृद्धिदर आशा भन्दा आधा हुने
काठमाडौं । दुई वर्षपछि नेपालको कुल ग्राहस्थ (जीडीपी) उत्पादन ३६ खर्ब १६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । मंगलबार विश्व बैंकले सार्वजनिक गरेको ‘सिस्टमेटिक कन्ट्री डाइनोस्टिक’ प्रतिवेदनमा सन् २०१७ मा २५ खर्ब ९९ अर्ब रहेको जीडीपी सन् २०१८ र २०१९ मा क्रमशः २८ खर्ब ८४ अर्ब र ३२ खर्ब ४० अर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । उक्त प्रतिवेदनमा आर्थिक वृद्धि दर सन् २०१८, १९ र २० मा क्रमशः ४.६, ४.५ र ४.२ मात्र हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले गरेको प्रक्षेपण नेपालीले गरेको अपेक्षाको झण्डै आधा मात्र हो । स्थीर सरकार बनेको, केन्द्र, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार बनेको बेलामा आर्थिक वृद्धि दुई अंकको हुने सक्ने आशा नेपालीमा पलाईरहेको बेला विश्व बैंकले आशा गरेको भन्दा आधा दरको वृद्धि हुने प्रक्षेपण गरेको छ ।
फक्सवागनले ल्यायो स्प्रिङ एक्स्चेञ्ज अफर, फ्री समानदेखि फाइनान्ससम्मकाे सुविधा
काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले स्प्रिङ एक्स्चेञ्ज अफर ल्याएको छ । सवारी साधान पारखीहरुलाई ध्यानमा राखेर कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले जर्मन प्रविधिको मास्टरपिस गाडीहरु प्रस्तुत गरेकोछ । त्यस्तै कम्पीको एक्स्चेन्ज अफरअन्तर्गत फ्री सामान, नगद छुट, फाइनान्स सुविधा तथा दुई वर्षसम्मको लागि असीमित किलोमिटरको वारेन्टी लगायत उपलब्ध गराएको छ । उक्त एक्स्चेञ्ज अफर १४ मार्च (बुधबार) देखि २० मार्च सम्म संचालनमा आउने जनाइएको छ । बसन्तऋतुको आगमनले खुशीयाली र उमङ्ग बोकेर आएजसरी नै ग्राहकहरुलाई खुशी प्रदान गरेर वहाँहरुलाई अनुपम अनुभूती दिलाउनको हामीले उक्त अफर ल्याएका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विवेक बिजुक्छेले भने । फक्सवागनका कम्प्याक्ट, एसयुभि, साना र मझौलाखा किसिमका यात्रुवाहक कारहरु विभिन्न साइजका बजारमा उपलब्ध छन् ।
अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब पठाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपोमार्फत थप रकम पठाउने गर्छ । बैंकिङ प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । रिपोका ब्याजदर ५ प्रतिशत रहेको छ । दुई सातका लागि ल्याइएको रिपो आउदो फागुन १४ गते परिपक्व हुनेछ । केही महिनाअघि अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले पटकपटक रिपोमार्फत बजारमा अर्बौ रुपैयाँ पैसा पठाएको थियो । ब्याजदर करिडोर अन्तर्गत १४ दिने रिपो बोलकबोलमार्फत ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत बजारबाट केन्द्रीय बैंकले पैसा उठाउछ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।