विकासन्युज

आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा आवश्यक: विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूकाबीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघिय संरचना कार्यान्वयन गरिएको बताउँदै उनले प्रदेश सरकारहरूले यहि सोंचका साथकाम शुरू गर्न आग्रह गरेका छन् । ‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ति राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो’ अध्यक्ष चौधरीले भने, ‘हाम्रा मुख्य मन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तब्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नयाँ उत्साह आउने विश्वास मैले लिएको छु ।’ साथै, उनले अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानूनी पक्षहरूका बारेमा अलमल नगरि विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउन जोड दिएका छन् । उनले रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरि जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताएका छन् । प्रदेश नम्बर २ लाई व्यवसायिक कृषी उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उनले जोड दिए । ‘प्रदेश नम्बर २ को कृषी उपज प्रत्येक नेपालीको भान्सामा पुर्याउने नीतिका साथ काम गर्नु आवश्यक छ’, अध्यक्ष चौधरीले भने, ‘यहा“को उर्वर भूमीबाट कृषी क्रान्तिको नयाँ अध्याय शुरू गर्न सकिन्छ ।’ ‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ रहेका छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आईसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने, ‘यस प्रदेशले आफ्नो सामर्थ्य समयमै चिन्न सकेमाआर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’ अध्यक्ष चौधरीले अहिले यो प्रदेशमा अहिले पनिकरिब ३० प्रतिशत गरिवी छ तर, पाँच बर्षमा यि सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काममार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका छन् ।  

एनआईसी एशियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ बन्द हुँदै, चैत २ गतेसम्म मात्र खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले हाल सञ्चालन गरिरहेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना बन्द हुने भएको छ । बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो । बैंकले नेपाल बैंकर्स संघसँग सहमति गरेपछि उक्त अधिकतम ब्याज दिने योजना बन्द गर्न लागेको हो । बैंकले धनवर्षा मुद्दती खातामा वार्षिक १२ प्रतिशत ब्याज र समुन्नतिप्लस बचत खातामा १० प्रतिशत ब्याज दिँदै आएको थियो । मंगलबार बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको थियो । तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीले हामीले यो योजना शुक्रबारदेखि बन्द गर्दै छौं ।’ साथै, समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गर्दै जाने बैंकले जनाएको छ । त्यस्तै, जनउत्तरदायीएवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाबीच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले उक्त निर्णय गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लालबाबु पण्डितको कमाल: तारे होटलले सुरु गर्यो ईआइए

काठमाडौं । जनसंख्या तथा वातारण मन्त्री लालबाबु पण्डितले वातावरण प्रभाव मूल्यांकन (ईआइए) नगर्ने होटलमाथी कारवाहि गर्ने चेतावनी दिएपछि होटलहरुले ईआइए प्रक्रिया सुरु गरेका छन् ।   ईआइएका लागि काठमाडौं महानगरपालिका वडा नं ३ लाजिपाटस्थीत रहेको होटल सांग्रीलाले सूचना जारी गरेको हो । होटलले ३२ वर्ष अघि नै गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङकन अहिले गर्न लागेको हो । होटलका अनुसार वातावरण संरक्षण नियामावली २०५४ बमोजिम सो प्रस्तावको कार्यन्वयनबाट जैविक, भौतिक, सांकसतिक वातावरणबिचको अन्तरसम्बन्ध र प्रभाव विश्लेसण गर्न लागिएको हो । चैत १४ गतेसम्म सम्बन्धित कार्यालयमा आइपुग्ने गरी लिखित राय तथा सुझाव दिन सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई होटलले आग्रह गरेको छ । नेपालम ३२ वर्षअघि देखि सुरु भएको होटल साांग्रिला ५ तारे स्ट्यान्डरको होटल हो । यस होटल १६९ बेड क्षमताको रहेको छ ।

मापसे र नो हर्नपछि अब उपत्यकामा ‘स्पिड लिमिट’, ३० किलोमिटर तोक्ने तयारी

काठमाडौं । मादक पदार्थ सेवन(मापसे) र नो हर्न अभियानको सफलतासँगै अब उपत्यकामा ‘स्पिड लिमिट’ कायम गरिने भएको छ । ट्राफिक प्रहरी, सडक विभाग र वातावरण मन्त्रालयले संयुक्त रुपमा ‘स्पिड लिमिट’ तोक्न लागेको हो । ‘उपत्यकाको वातावरण प्रदुषण रोक्न र सवारी साधनको दुर्घटना समेत कम गर्न सवारी साधनहरुको स्पिड लिमिट तोक्नुपर्ने आवश्यकता औँल्याएका छौं, सडक विभाग, ट्राफिकसँग छलफल भैरहेको छ’, वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले भने । महानगरिय ट्राफिक महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले पनि उपत्यका भित्र गुड्ने सवारी साधनहरुको स्पिड लिमिट तोक्नेबारे छलफल भैरहेको बताए । उपत्यकाका सडक, सवारी साधनको संख्याका आधारमा स्पिड लिमिट ३० किलोमिटर तोकिनु उपयुक्त हुने उनले बताए । ‘उपत्यकामा तिब्रगतिका सवारी साधन दुर्घटना हुँदा अधिकांशमा ज्यान गएको देखिन्छ, त्यसकारण स्पिड लिमिट कायम गरिनु आवश्यक छ’, ट्राफिक महाशाखका सहायक प्रवक्ता मरासिनीले भने । माघ मसान्तसम्ममा ३५७० वटा दुर्घटनामध्ये १७ वटा उच्च गतिका कारण भएका छन् र अधिकांशमा ज्यान गएको पनि उनले बताए । सडक विभागका प्रवक्ता मुक्ति गौतमले पनि उपत्यका भित्र सवारी साधनको गति तोक्न सकिने बताए । ‘शहरी सडकमा स्पिड लिमिट तोकिएको हुन्न । तर अन्यत्र भन्दा कम चाँही हुन्छ, उपत्यकामा ३० किलोमिटर उपयुक्त हुन सक्छ’, विभागका प्रवक्ता गौतमले भने । उनले गति तोक्नुका साथै ठुला सवारी साधनहरुको उपयोगमा पनि प्रोत्साहन गरिनुपर्ने धारणा पनि राखे । वातावरण मन्त्रालयले ठुला सवारी साधनलाई प्रोत्साहन गर्ने, युरो ४ मापदण्डका सवारी मात्रै आयात गर्ने लगायतका अवधारणा पनि अघि सारेको छ । उपत्यका भित्र ठमेललाई सवारी साधन मुक्त बनाईसकिएको छ । त्यस्तै उपत्यकामा नो हर्न अभियान पनि सफल भैसकेको छ भने मापसे अभियानले दुर्घटना कम गर्न महत्वपुर्ण भूमिका खेलेको छ ।

१५ दिन भित्र बक्यौता तिर्न कर कार्यालयको उर्दी, नतिरे के हुन्छ ?

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता सेवा कार्यालय पुतली सडक, नयाँसडक लगायत कार्यालयले बक्यौता रकम उठाउन ताकेता सुरु गरेका छन्। विभिन्न शिर्षकमा कर नतिर्ने व्यक्ति तथा संस्थामाथी कार्यालयले १५ दिने अल्टिमेटम दिएको हो । अर्थमन्त्री युवराज खतिवाडाले राजस्व चुहावटमा कडाई गर्ने निती लिएसँगै कर कार्यालयहरुले कर असुलीका लागि ताकेता सुरु गरेका हुन् । करदाता सेवा कार्यालयले पटक-पटक टेलिफोन सम्पर्क र चिठ्ठीपत्र काट्दा पनि कर तिर्न कुनै प्रतिक्रिया नआपछि मंगलबार मात्रै १ सय ९१ व्यक्ति तथा संस्थामाथी ताकेता सुरु गरेको छ । करदाता सेवा कार्यालय नयाँसडकले मूल्य अभिवृद्धि कर नतिर्ने ६९ व्यक्ति तथा संस्थामाथी ताकेता थालेको हो । कार्यालयका अनुसार आजको (मंगलबार) १५ दिनभित्र कर दाखिला गर्न नआए आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूअकर ऐन २०५२ को दफा २१(१) बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ । करदाता सेवा कार्यलय, पुतलीसडकको पनि ताकेता करदाता सेवा कार्यालय, पुतलीसडकले पनि आयकर र मूल्य अभिवृद्धि करको बक्यौता रकम उठाउन ताकेता सरु गरेको छ । कार्यालयका अनुसार १२२ व्यक्ति तथा संस्थामाथी ताकेता सुरु गरेको हो । कार्यालयले काष्ठपमण्डप बजार प्राइभेट लिमिटेड, हरिहर निर्माण सेवा लगायत १२२ व्यक्ति तथा संस्थामाथी ताकेता गरेको छ । यदि समयमै कर दाखिला गर्न नआएमा कानूनी प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ । यसअघि महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यवसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको थियो ।

नेपालको उच्च शिक्षा समयको वर्वादी मात्रै हो

भीम उपाध्याय, पूर्वसचिव काठमाडौं । नेपालमा उच्च शिक्षा हासिल गर्न समय विताउनु  मात्र हाे, कलेज जानु भनेको वेरोजगारहरूलाई केही वर्ष अल्मलाउनुको मात्र हो । तिनका ९५ प्रतिशत शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जीवन वर्वादी हो । विद्यार्थी दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । रोजगारी पाईन्छ भन्ने पनि छैन । पाए विदेश जाने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन । कठै, न चरित्र न ज्ञान न सीप न कला न साहित्य न भाषा न ईतिहास न भूगोल न अध्यात्म न विज्ञान प्रविधि न खगोल न मानवताको ज्ञानमा दख्खल । यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ त ।

बैशाखदेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै, घट्ला त बजार मूल्य ?

काठमाडौं । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले आउदो बैशाखदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने भएको छ । आउदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने भएको हो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो । होङसीले बैशाखदेखि औपचारिक रुपमा सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । उनले पुर्वाधारलगायत सबै प्रक्रिया चैतमा पुरा गरी नयाँ वर्षदेखि सिमेन्ट उत्पादन थाल्ने बताए । उनीहरुले अप्रिलसम्म सिमेन्ट उत्पादन गर्ने जानकारी गराएको अधिकारीको भनाई छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो ।उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम सुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ ।कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ ।    

ग्रीनहिल सिटीले ९० लाखमा घडेरी र २ करोडमा घर दिने

काठमाडौं । तपाइ नयाँ घर किन्दै हुनुहुन्छ ? जग्गा किनेर घर बनाउने सोच बनाउनु भएको छ ? अब ग्रीनहिल सिटी प्राइभेट लिमिटेडले तपाईको सपना पुरा गर्नेछ । कम्पनीले राजधानीमा ९० लाखमा घडेरी र २ करोडमा घर दिने योजना ल्याएको छ । ग्रीनहिलले ५ औ फेज राजधानीको मुलपानीमा ल्याएको छ । जग्गा खरिद गरेर आफैले घर बनाउन पनि सकिने र निर्माण भएको भवन पनि खरिद गर्न सकिने ग्रीनहिल सिटीले जनाएको छ । कित्ता काट भइसकेको, ३४० रोपनीमा ८ सय घर, २५० बसोबास गरिरहेको र तुरुन्त लालापुर्जा पाइने ग्रीनहिलले जनाएको छ । गौशला र मित्रपार्कबाट १० मिनेटको दुरीमा रहेको छ । ग्रीनहिलले बालकोटमा रोजभिलेज, इमाडोल र धुम्बराहीमा आवास योजना बनाई वितरण गरिसकेको छ ।