विकासन्युज

कलैयामा यामाहाको नयाँ शोरुम, थ्रि एसको सुविधा

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले मोटर्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । कम्पनीले यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरेको हो । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि तथा कलैया उममहानगरपलिकाका मेयर राजेश राय यादवले गरेका थिए । श्री मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ श्री मोटर्सका अध्यक्ष सोनालालप्रसाद केशरीले भने, ‘यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’ यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

भूकम्पपीडितलाई बैंकले अनुदान रकम दिएन

काठमाडौं । भूकम्पबाट घरको क्षति बेहोरेका नुवाकोटका पीडितलाई अझै रकम पाएका छैनन् ।विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम नदिएको हो । सो बैंकले रकम वितरणको जिम्मा पाएको जिलिङ, खङभञ्याङ, गोस्र्याङ र विदुरनगरपालिका– ७ का प्रभावितले आवास निर्माणको प्रक्रिया पूरा गरी दोस्रो र तेस्रो किस्ताको रकम खातामा आएको एक महिना हुँदा पनि बैंकले रकम रोकेर दुःख दिएको लाभग्राहीले गुनासो गरेका छन् । बैंकले पछि आउनुभन्दै पटक÷पटक फर्काउने गरेको पीडितले गुनासो गरेका छन् । प्रभावितले आवास निर्माण अनुदानको दोस्रो किस्ताको रकम आएको एक महिना भइसकेको र बैंकले रकम दिने तालिका सार्वजनिक गरी तोकिएको मितिमा आउँदा रकम अभावको कारण देखाउँदै फर्काएर पीडितलाई दुःख दिएको तार्केश्वर गाउँपालिका–४ वडासचिव चन्द्रनिधि घिमिरेले बताए । “बैंकसँगको समन्वयमा लाभग्राहीलाई रकम लिन पठाउँदा बैंकले रकम दिन नमानेपछि पीडत अहिले वडाकार्यालयप्रति आक्रोशित बनेका छन्,” उनले भने,– “बैंकले अन्य सेवाग्राहीलाई नगद दिँदै आए पनि भूकम्पपीडितलाई भने दिएको छैन ।” तीन पटकसम्म पुग्दा पनि रकम नदिएको बेलकोटगढी नगरपालिका–९ बाखखोरका सूर्यबहादुर तामाङले बताए । “वडा कार्यालयले खातामा रकम आइसकेको भनेपछि निकाल्न जाँदा रकम छैन भनेर फिर्ता पठायो,” उनले भने, “लाभग्राहीले बैंक घेरेपछि काठमाडौँको चेक दिएर पठायो, अब निकाल्न जाँदा खर्च पनि बढी, निकालेको पैसा कसरी बचाएर ल्याउने भन्ने चिन्ता छ ।” लुम्बिनी विकास बैंक देवीघाट शाखाका प्रबन्धक अनिल ढकालले यहाँका बैंकमा रकम अभाव भएकाले उपलब्ध गराउन नसकेको बताए । रकम अभावको अवस्था सुधार हुँदै आएकाले चैतमा उपलब्ध गराउन सकिने ढकाल बताउछन् । सरकारले समयसीमा निर्धारण गरी प्रभावितलाई तोकिएको समयभित्रै घर बनाउन दबाब दिँदै आए पनि अनुदानको रकम समयमै नपाउँदा पुनःनिर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भएको भूकम्पपीडितले बताएका छन् ।-रासस

जगदम्बा स्टील्सद्धारा इटहरी र विराटनगरमा टेक्निकल मिट सम्पन्न

काठमाडौं । शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टील्सले पुनः इटहरी र विराटनगरमा टेक्निकल मिटको आयोजना गरि सम्पन्न गरेको छ । संस्थाले हालै उक्त स्थानमा एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको सम्पन्न गरेको हो । एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको संस्थाले जनाएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ । यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पियजोखिम तथा सम्भावनायुक्त नेपालका लागि उपयुक्त रहेको छ । यसले भुकम्पीय जोखिमयुक्त स्थानमा भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ । इटहरीको टेक्निकलमा नेपाल इन्जिनियर्स एशोसिएसनका इं मोहन कार्की र विराटनगरमा टेक्निकल मिटमा इं उमा शंकर शाहको आतिथ्यतामा सम्पन्न भएको हो । राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीकाविक्रि केन्द्र मार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएमतथा ४० एमएमआकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सघाव मिल्छ । उपभोक्ताले कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्छन् ।  

बोक्सीको आरोपमा कुटपिटमा परेकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आज उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री (बैद्य)को काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी सहायक निरीक्षक दिनेश विष्टले त्यस दिन गाउँमा अचानक छ/सातजना युवतीमा बेहोस् हुने समस्या देखिएकोमा तीमध्ये दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउनु परेको बताए । रामबहादुरले बेहोस् भएकीमध्ये राधा चौधरीलाई झारफूक गरी निको पार्ने भन्दै झारफूकका क्रममा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित युवतीले बताएकी छन् । राधाको अवस्था खतारमुक्त रहेको छ ।-रासस

सुजुकीको पहिलो रिटेल मिट सम्पन्न, १४० वटा आधिकारिक आउटलेटहरुकाे सहभागी

काठमाडौं । सिजी मोटोकर्पको नेपालकालागि आधिकारीक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ । रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणागर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन्धी आफूलाई लागेको जिज्ञासा राखेका थिए । सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टसका ग्राहकहरुमा सरल तरिकावाट उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोग र त्यसका फाइदाबारे जानकारी गराएका थिए । देशभर छरिएका सुजुकिका रिटेलरकै कारण उपभोक्ताले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाउन सकेको उनले बताए ।

हिमालय एअरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्स (एच९) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । एअरलाइन्सले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा गत मार्च ९,२०१८(अर्थात फागुन २५ गते)मा आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेकोे हो । विगतका दुई वर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरु सहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन् र दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित हुन सफल भएको छ । यो उत्सवलाई मनाउने क्रममा मार्च ९, २०१८ मा यस एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरिएका छ, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहने कम्पनीले जनाएको छ । सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनिगन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान/आग्रह गरिएको छ । प्रतियोगिता मार्च १९,२०१८(अर्थात चैत ५ गते)सम्म मात्र रहने छ । त्यसैगरी, हिमालय एअरलाइन्समा सोही दिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रा गर्ने सम्पूर्ण यात्रुहरुसँग पनि जहाज भित्रै रेड भेल्भेटकपकेक वितरण गरेको थियो । हिमालय एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला बढाउने तत्वको रुपमा पहिचान गरेको छ, त्यसैले हामीे संस्थाको प्रभावकारी सुरक्षा अभ्यासका लागि उपयुक्त स्रोत–साधन उपलब्ध गराउन पूर्णरुपले प्रतिबद्घ छौँ । विश्वव्यापी सुरक्षा मापदण्डहरूको अवलम्बन गर्ने तथा त्यसलाई कायम राख्ने हाम्रो यस सत्प्रयासलाई आइकाओ, जिएसिए, सिएएसी रसिएएबी जस्ता विभिन्ननागरिक उड्डयन संस्थाले पनिसन् २०१७ मागरिएका अडिटहरुकाक्रममा अनुमोदन गरिसकेको छ । आइकाओले सन् २०१३ मा उठाएका महत्वपूर्ण सुरक्षा चासोलाई मध्यनजर गर्दै नेपालमा नागरिक उड्डयन प्राधिकरणद्वारा नेपालमा कायम गरिएको उड्डयन सुरक्षा मापदण्डको नमुना सुनिश्चितताका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आइसीभिएम अडिटको निरन्तरताका क्रममा नेपालका केही वायुसेवाहरू मध्येबाट यस वायुुसेवालाई छानेको थियो ।

केपी ओलीलाई माधव नेपालको सुझाव-कान चिरेको जोगी नबन्नुस्, गणेश प्रवृत्तिबाट बच्नुस्

काठमाडौं । एमाले बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कान चिरेको जोगी नबन्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । ‘जनताले जुन जोगी आएपनि कानै चिरेको भन्ने गरेका छन्, अब प्रधानमन्त्री ओली त्यस्तो जोगी नबन्नुस, यो देश बनाउने अन्तिम अवसर हो’, नेता नेपालले भने । ओलीलाई विश्वासको मत दिन आग्रह गर्दै नेता नेपालले ओलीलाई आफ्ना वरिपरि घुम्ने गणेश प्रवृत्तिलाई त्यागेर राम्रा मान्छेलाई अघि सार्न पनि सुझाव दिएका हुन् । उनले देशलाई बनाउने अन्तिम अवसर ओलीको काँधमा आएकाले उचित सदुपयोग गरेर देश बनाउन आग्रह पनि गरे । उनले फोहर मैला व्यवस्थापनलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताए । शिक्षा, स्वास्थ्य, पुर्वाधार र नागरिकको चेतनास्तर बढाउन पनि सरकारले काम गर्नुपर्ने बताए । ओलीसँग चुस्त दुरुस्त राम्रो टिम रहेकाले देश निर्माण नै हुने अपेक्षा पनि व्यक्त गरे ।

गोकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द, पर्यटन र व्यापारमा घाटा

दार्चुला । गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् । विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् । दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन । रातिराति टिकट काटिन्थ्यो त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को टुइनेटर विमानले साप्ताहिक रुपमा यहाँबाट महेन्द्रनगर हुँदै नेपालगञ्जको उडान भर्दथ्यो । “सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातिराति लाइन बसेर टिकट लिनुपथ्र्यो,” गोकुलेश्वरका बासिन्दा मानबहादुर भण्डारीले भनेका छन् । आरएनएसीसँग थप विमान नभएकाले त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान सञ्चालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने थियो भन्छन् । विसं २०५० देखि विमान सञ्चालन बन्द भयो । विसं २०५५ मा दुईजना नायब सुब्बालाई कर्मचारीका रुपमा खटाइयो । नायब सुब्बा गणेश सिंह र भीमदत्त पन्तले २०६० सालसम्म यहाँ काम गर्नुभयो । पछि द्वन्द्वका कारण उनीहरुले अन्तै सरुवा मिलाए । पर्यटन र व्यापारमा घाटा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ । विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरु यहाँ आउन मान्दैनन् । “हवाई उडान शुरु भए यी सबै समस्या समाधान भएर जान्छन्,” सहायक वन अधिकृत अमरसिंह धामीले भने । टिकटका लागि राति लाइनमा लाग्नुपर्ने बेला सम्झिदै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना अहिले त दिनमै दुई दुई विमानले उडान भर्न मिल्ने यात्रु पाउने अवस्था रहेको बताउँछन् । जडीबुटी व्यापार गर्न निकै सहज हुने उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको उक्त विमानस्थल सञ्चालन गर्न दक्षिणतर्फ रहेका घर तथा चमेलिया नदीमाथि बनेको पुल बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्ट उक्त समस्यालाई समाधान गर्न सकिने बताउँछन्। रासस