करोडौं कर नतिर्ने ३०१ ठेकेदार कम्पनीको खाता बन्द, कर नतिरे जग्गा समेत लिलामी हुने
काठमाडौं । करोडौं कर नर्तिने ३०१ ठेकेदार कम्पनीलाई करदाता सेवा कार्यलय बत्तिसपुतलीले १५ दिनभित्र कर तिर्न चेतावनी दिएको छ । कर तिर्न कार्यलयले पटक–पटक ‘ताकेता गर्दा पनि कम्पनीले वेवास्था गरेपछि कार्यलयले १५ दिनको अल्टिमेटम दिएको हो । कर तिर्न आउन कार्यलयले टेलिफोन, चिठ्ठी पठाउदा समेत कुनै प्रतिक्रिया नआएपछि अल्टिमेटम दिएको करदाता सेवा कार्यलय बत्तिसपुतलीका कर अधिकृत ढुण्डीराज दाहालले बताए । ‘आयकर तर्फ ५० हजार र मूल्य अभिवृद्धि कर तर्फ १ लाख भन्दा बढी भनिए पनि ठेकेदार कम्पनीको बक्यौता कर करोड नागिसकेको छ, नियम अनुसार नचल्ने केहि ठेकेदार कम्पनीको खाता समेत बन्द गरिसकेका छौं,’ अधिकृत दाहालले विकासन्यूजसँग भने । कम्पनीहरुले २०६९/०७० देखि हालसम्म बक्यौत कर तिरेका छैनन् । यसरी नतिरेको रकममा बर्षेनी सरकारी नियम अनुसार ब्याज समेत थपिदै जाने अधिकृत दाहालले जानकारी दिए । समयसिमा दिएको मितीभित्र कम्पनीले बक्यौता कर नतिरेमा आयकर २०५८ परिच्छेद २० तथा मूल्य अभिवृद्धि कर ऐन २०५१ को दफा २१ बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ । यदि कमपनीले कर तिर्न नपर्ने भएमा सोको प्रमाणपत्र समेत कर कार्यलयमा बुझाउनु पर्नेछ । सुरुमा राजस्व कार्यलयले ठेकेदार कम्पनीको खाता बन्द गरेको छ । यसबाट पनि कर असुली गर्न नसकिएको खण्डमा कम्पनीको नाममा रहेका जिन्सी सामाग्री तथा जग्गा समेत लिलामी हुनेछ । कर नतिर्ने ठेकेदार कम्पनीहरुमा सिचौनडांफे सुनौला खिम्ती, कान्छाराम देब एण्ड सायर जेभी लगायत ३ सय १ वटा कम्पनी रहेका छन् । यसैगरी आन्तरिक राजस्व कार्यलय दाङले पनि बक्यौता कर नतिर्ने विभिन्न ४१ वटा ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
सफलताको कथा ३२ वर्षमै करोडपति बने मनाङका कान्छा गुरुङ
मनाङ । नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा आफूले अँगालेको पुख्र्यौली पेशा नै उचित भएको उनी बताउँछन् । ११ वर्षदेखि चौरी गोठमा बस्दै आएका कान्छा गुरुङले शुरुमा जम्मा १० वटा चौरीबाट यो पेशाको थालनी गरेको बताए । अहिले ६० वटा चौरी र १५ वटा भाले याक रहेका छन् । उनी चौरीको दूध दुहुने, मोही पार्ने र दूधदहीबाट विभिन्न परिकार, चिज, नौनी, घ्यु र छुर्पी बनाउछन् । अहिले एक केजी नौनीको रु २५ सय पर्छ भने एक पालामा करिव १० केजी नौनी हुन्छ । उनले उत्पादन गरेका यी परिकारहरु मनाङका होटललगायत काठमाडौ पोखरा र बाहिरी मुलुकमा समेत पुग्ने गरेका छन् । त्यस्तै, एउटा याकको मूल्य अहिले रु एक लाख २० देखि ३० हजार सम्म पर्छ । कान्छा गुरुङले वर्षमा चार÷पाँचवटा याक बेच्ने गरेको र एक वर्षमा १० देखि १२ लाखसम्म आम्दानी गर्ने गरेको बताए । कान्छा भन्छन्, “अहिले आफूसँग भएका सबै चौरी र याकको मुल्य चार÷पाँच करोड पुग्छ ।” शुरु शुरुमा त रमाईलो नै भयो बीचमा आफ्ना साथीहरु विदेश गएको देखेर आफूलाई पनि सबै छाडेर विदेशिने रहर जागेको र घरको समस्याले गर्दा गोठमै थन्किनु पर्दा नरमाइलो लागेको बताए । अहिले विदेशिएका साथीहरुको अवस्था देख्दा आफूले गरेको कामप्रति सन्तुष्टि मिलेको उनी बताउँछन् । उनी भन्छन्, “काम भनेको सानो ठूलो हुँदैन, जे गरे पनि हुन्छ । आफूले जति मिहेनत ग¥यो उत्तिनै फल पाइन्छ ।” हिमालको काखमा हिउँसँग चिप्लँदै चाँैरीको पछि लाग्न कहाँ सजिलो छ र रु तैपनि रमाउँदै रमाउँदै यिनै चाँैरीको पछि लागेको छु जसले मलाई सबथोक पुर्याएको छ । हिमालको काखमा चिसो हिउँसँगै आफू जोगिएर हिउँ चितुवासँग चौँरी जोगाएर आफ्नो परिवारसँग रमाउन पाएकोमा उनी गर्व गर्छन् । अहिले उनको घरमा उनकी श्रीमती र एक छोरी मात्र छन् । कान्छा भन्छन्, “आजकलका युवाहरुमा विदेशिने मोह जागेको छ जसले युवालाई आफू र आफ्नोपन के हो भन्ने थाहै छैन ।” घरजग्गा बन्धक राखेर विदेशिएका युवा साथीहरु ऋण तिर्न नसकेर रोएका छन् त कोही अलपत्र परेका छन् । यस्तो अवस्था देख्दा आफूले अँगालेको पेशामा गर्व लागेको बताउँछन् । गर्नसके आफ्नो ठाउँमा नै सबथोक छ । पैसा कमाउन पराइको गुलाम बन्नु पर्दैन । जे गरे पनि हुन्छ । शुरुमा १० वटा चौँरीबाट शुरु गरेका कान्छा गुरुङ अहिले करोडपति बनीसकेका छन् ।-रासस
सांग्रिला बैंक र एपोलो हस्पीटलबीच संझौता, बैंकका सेयरधनी, ग्राहक र कर्मचारीलाई १० प्रतिशत छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल ईन्डीयाबीच सेवा आदान प्रदान बिषयमा संझौता भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पीटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका छन् । यो सम्झौता पछि एपोलो हस्पीटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी कर्मचारी र तिनका परिवारले सेबा लिदाँ उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गरिने द्विपक्षिय सहमति भएको हो । सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहकहरु, १५ हजार भन्दा बढी शेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन । उक्त सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनु पर्नेछ । एपोलो हस्पीटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पीटलको काठमाडौं स्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पीटलसँग सिधैं समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट हस्पीटल वा होटल सम्मको यातायातको सुविधा हस्पीटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ । नेपालका धेरै उच्च पदस्थ व्यक्तिहरुले एपोलो हस्पीटलबाट सेवा लिईसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईले बताए । कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए ।
विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने २ लाख थान पंखा हटाउदै, नयाँ उपकरणका लागि प्रक्रिया सुरु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने पंखा र पानीतान्ने पम्प प्रतिस्थापन गर्ने भएको छ । प्राधिकरणले ऊर्जा दक्षता बढाइ माग व्यवस्थापन गर्ने नीतिअनुसार ग्राहकको घर र कार्यालयमा कम बिजुली खपत गर्ने सिलिङ पंखा र पानी तान्ने पम्प जडान गर्न लागेको हो । प्राधिकरणले कम ऊर्जा खपत गर्ने पंखा र पम्प खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले कम बिजुली खपत गर्ने पंखा र पानी तान्ने उपकरण बिक्रीका लागि निजी व्यवसायीबाट प्रस्ताव आब्हान गरेको छ । यस्ता उपकरणका लागि प्राधिकरणले डिजाइन गरी वितरण केन्द्र समेत तोक्ने भएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन चैत १५ गतेलाई तोकेको छ विद्युत प्राधिकरणले पंखा र पानी तान्ने पम्म बिक्री वितरणका लागि देशभर बेग्लै बिक्री केन्द्रको व्यवस्था गरिदिने भएको छ । प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय एमएम साइजको २ लाख थान सिलिङ पंखा र २ एचपी रेटिङ भएको १ हजार थान पानीतान्ने पम्प वितरण गर्ने योजना रहेको जानकारी दिएको छ । उर्जा दक्षता योजनाअन्र्तगत प्राधिरकणले देशभर रहेका बढी बिजुली खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा विस्थापन गरी कम ऊर्जा खपत गर्ने पंखा जडानको तयारी गरेको हो । १८ लाख २८ हजार १६ ग्राहसंग औसत ३ वटा पंखा भएको अनुमान गरिएको छ । हाल सञ्चालनमा रहेका अधिकाँश पंखाले ८० वाटका छन् । विस्थापनपछि ४० वाटको पंखा जडान गर्ने तयारी प्राधिकरणको छ । पंखा बढीमा ६ महिनासम्म सञ्चालनमा हने गरेको छ । गर्मिका बेला तराईमा बढी पंखा चल्ने गरेको छ । पंखा विस्थापन गरेपछि साँझमा बिजुलीको माग ९पिक लोड० २०६ मेगावाट कमी आउने अनुमान प्राधिकरणको छ ।योजना तथा प्राविधिक सेवा विभागका निर्देशक बज्रभुषण चौद्यरीले बताए । पंखाबाट मात्र ६ महिनामा साढे ६७ करोड युनिट बिजुली बचत हुने उनले जानकारी दिए । उनका अनुसार ऊर्जा दक्षता भएको पंखा जडान भएपछि ६ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ वार्षिक वचत हुने अनुमान गरिएको चौधरीको भनाई छ । पंखा प्रतिस्थापनबाट २०६ मेगावाटको पिकिङ जलविद्युत आयोजना बनाउन सक्ने अनुमान गरिएको छ । दक्ष र स्मार्ट पंखा र एयर कण्डिसन र ऊर्जा दक्षता भएको मोटर चलाउन व्यापक प्रचारप्रसार गर्ने तयारी प्राधिकरणको छ । यसका लागि प्राधिकरणले वितरण प्रणालीमा इलेक्ट्रिक मिटरिङ सिस्टम र स्मार्ट मिटेरिङ प्रयोग कार्यक्रम लागु गर्ने भएको छ । यस्तै यो योजनाअन्र्तगत विद्युत प्राधिरकरणले विद्युत खपत कम गर्ने र ऊर्जाको वचत गर्नका लागि ठुलो २ करोड थान एलईडी चिम ल्याउने भने पनि विवादित बनेपछि आयात रद्ध भएको छ ।
रसुवाका सांसद मोहन आचार्यले व्यक्तिगत लगानीमा ४ किलोमिटर सडक बनाए
काठमाडौं । सासंद मोहन आचार्यले रसुवाको कालिका गाउँपालिका अन्तरगत चित्रेपानी गाँउमा आफ्नो व्यक्तिगत लगानीमा सडक निर्माण गरेका छन् । एक महिनाअघि जिल्लाको दुर्गम गाउँमा सडक निर्माण गर्न १ करोड ७० लाख रुपैयाँ पर्ने स्क्याभेटर र डोजर सहयोग गरेका आचार्यले पुनः आफनै लगानीमा सडक निर्माण गरेका हुन् । बर्षौदेखी सडकको पर्खाईमा रहेका चित्रेपानीबासीको आफ्नै घर अगाडी मोटर गुडेको हेर्ने चाहाना सासंद आचार्यको विजय सगै पुरा भएको छ । अब दोश्रो चरणमा पासाङलामु राजमार्गको पराङक्षेबाट पात्ले जोड्ने सडक खन्ने काम शुरु हुने भएको छ । यो सडकको लम्बाई करिब २ किलोमिटर छ । सांसद आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियानको शुभारम्भ माघ २७ गते स्काभेटर र डोजर जिल्लालाई उपलव्ध गराएर शुरु गरेका थिए । सो अभियानबाट लाभान्वित हुने चित्रेपानी बासिहरु पहिलो बन्न पुगेका छन् । अभियानअन्तर्गत पहिलो चरणमा रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाट चित्रेपानी सम्मको करिव ४ किलोमिटर ग्रामिण सडक निर्माण सम्पन्न भएको छ । रसुवाका सबै गाँउमा ग्रामिण सडक सञ्जाल पुर्याउन योजना सार्वजनिक गरेका छन् । जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।घर अगाडी मोटर बाटो आईपुग्दा भुकम्पबाट पीडितहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानिय बासिहरुको भनाई छ ।
उदयपुर सिमेन्टले ६० करोड कर तिर्न बाँकी, १५ दिन भित्र नतिरे कार्वाही गर्ने ठूला करदाता कार्यालयकाे चेतावनी
काठमाडौं । सरकार स्वामित्वको संस्थानले समेत करोडौ रुपैयाँ कर बुझाउन बाँकी रहेको पाइएको छ । लामो समयदेखि कर नबुझाएपछि ठूला करदाता कार्यालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई कर तिराउन ताकेता गरेको छ । कर कार्यालयले १५ दिनभित्र कर तिर्न उद्योगलाई सयम (अल्टिमेटम) दिएको छ । तोकिएको समयभित्र कर नबुझाए आयकर ऐनअनुसार कार्वाही अघि बढाउने कर कार्यालयले चेतावनी दिएको छ । उद्योगले आर्थिक वर्ष ०५९/०५९ देखि हालसम्म कर नतिरेको कार्यालयले जानकारी दिएको छ । १६ वर्षको करको साँवा र ब्याज गरी ६० करोड ३० लाख २८ हजार रुपैयाँ कर तिर्न बाँकी रहेको कर कार्यलयले जनाएको छ । कर कार्यालयले फागुन १५ गतेसम्मको कर चुक्ता गर्न उद्योगलाई भनेको छ । कार्यालयकाअनुसार आयकर अग्रिम कट्टी र अन्तशुल्क समेत गरी ३२ करोड ९ लाख रुपैयाँ वक्यौता र सोको व्याज २८ करोड रुपैयाँ बढी छ ।
संस्थापकले समेत सिभिल बैंकको हकप्रद सेयर किनेनन्, ४२ लाख ३८ हजार कित्ता लिलामीमा
काठमाडौं । सिभिल बैंकका संस्थापक सेयरधनीले हकप्रद सेयर खरिद गरेनन् । ठुलो संख्यामा हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन । बिक्र भएको हकप्रद गत सोमबार नै बाँडफाँट भएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १ गते राखिएको छ । फागुन २३ गतेदेखि हकप्रद खरिदको बोलपत्र खुला हुने छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । बैंकले मंसिर २२ देखि पुस २७ सम्म हकप्रद बिक्री खुला गरेको थियो । बिक्री नभएपछि बैंकले माघ १२ गतेसम्म समय थप गरिएको थियो । पछिल्लो समयमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर बिक्री हुन छाडेको छ ।
जाली नेपाली नोटसहित छ जना पक्राउ
काठमाडौ । प्रहरीले पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट ५ सय रुपैयाँको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् ।धनुषा शर्षा नगरपालिका–९ घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर खावा–९ घर भई हाल नख्खीपोट बस्ने निगम राईले गत फागुन १२ गते कार्की फामेर्सीमा औषधि खरिद गरी ५ सयको नोट दिएकामा औषधि पसलले शंका लागि प्रहरीलाई खबर गरेपछि सो गिरोहबारे खुलेको हो । औषधि पसलेले खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी वृत्त, कालीमाटीको प्रहरी टोलीले ठकुरी र राईलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठकुरीको साथबाट ५०० दरको थप दुई थान नोट बरामद गरेको थियो । उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा सो नक्कली नोट ललितपुर गोदावरी नगरपालिका–४ घर भई हाल ललितपुरको ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी बस्ने मनोज केसीबाट लिएको बताएपश्चात् फागुन १३ गते वर्कसपबाट केसीलाई प्रहरीले पक्राउ गरेको थियो । केसीको शरीर तलासी गर्दा उनसको साथबाट समेत एक थान ५०० को नक्कली नोट बरामद भएपश्चात् सोधपुछ गर्दा उनले सो नोट सोलुखुम्बु, तिम्ला घर भई हाल काठमाडौँ, कपन बस्ने भेषकुमार थापा मगरबाट लिएको बताएपछि मगरलाई समेत प्रहरीले पक्राउ गरेको थियो । मगरका साथबाट २१ थान ५ सयको नक्कली नोट बरामद भएपछि आफूलाई रामेछाप, नागदह घर भई हाल गोठाटार बस्ने नेमा तामाङको साथबाट १ हजारको नक्कली नोट बरामद भएको थियो । तामाङले आफूले सो रकम आशीष माझीलाई पनि दिएको माझीलाई पक्राउ गर्दा उनको साथबाट समेत ५०० को नक्कली नोट बरामद भएको थियो । अनुसन्धानका क्रममा ती नक्कली नोटहरु नेमा तामाङले वीरजगन्जबाट ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । रासस