विकासन्युज

पोखरा र चितवनमा टिभिएसकोे पहिलो जुपिटर क्लासिक सार्वजनिक

काठमाडौं । नेपालको लागि टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गर्ने भएको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली युवाहरुमाझ स्थापित भइसकेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी दुई जना बस्न मिल्ने सिट लगायतका सुबिधाहरु राखिएको छ । सडकमा आर्कषक देखिने उक्त टिभिएस जुपिटरले चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने कम्पनीको दावी छ । उक्त टिभिएस जुपिटर क्लासिक पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाटमा उपलब्ध हुनेछ । जसकारण सुपेरियर एक्सीलेरेशन, फियुल इफिसेन्सी तथा उच्चतम शक्ति प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा स्कुटरको इन्धन बचतमा सहयोग पुग्नेछ । क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर आयुष्मान जोशी, प्रियंका कार्कीले र नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धी मध्येका एक सुरज थापाकाले संयुक्त रुपमा गरेको बताइएको छ ।  

ललितपुरको बागडोलमा टाटा मोटर्सले खोल्यो नयाँ सर्भिस सेन्टर

काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकवर्गसँग अझ बढि नजिकिने प्रयासको रुपमा २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ । बागडोलमा अवस्थित नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन बिहान ७ बजे देखि साँझ साढे ५ बजेसम्म सेवा प्राप्त गर्न सक्नेछ । कम्पनीको अनुसार उक्त सर्भिस सेन्टर ७ हजार ७५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार सर्भिस सेन्टरबाट सुक्ष्म रुपमा बिक्रीपछिको सेवा पूर्ण रुपले उपलब्ध गराइनेछ । उक्त सर्भिस सेन्टर उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले गाडीको व्यापारमा सेवा एकदमै महत्वपूर्ण तथा शक्तिशाली हुने बताए । ‘त्यसलाई ध्यानमा गरेर हामीले कम्पनीलेप्रदान गर्दै आएको उत्कृष्ट सेवाले नेपाली ग्राहकवर्गको मन जित्न सफल भएका छौं,’ उनले भने ‘ हाम्रो ब्राण्डलाई विश्वास गरिदिनु भएकोमा ग्राहकवर्ग तथा हाम्रो सहकर्मी सिप्रदी टे«डिङ प्रालिप्रति आभार प्रकट गर्न चाहन्छौंं ।’ ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधासहित बिक्रीपछिको सेवालाई महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्न सहयोग पुगेको उनको भनाइ छ । सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मानित ब्राण्ड टाटा मोटर्ससँग हातमा हात मिलाएर अघि बढ्न पाएकोमा खुसी व्यक्त गरे ।

शुक्रबारदेखि संघीय नेपालमा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा संघीय नेपलामा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्मेलन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानको आयोजना हुन लागेको हो । हिसानले बुधबार पत्रकार सम्मेलन गरी उक्त शैक्षिक सम्मेलनको बारेमा जानकरी दिएका थिए । आयोजकको अनुसार सम्मेलनमा बेलायत, चीन, क्यानडा, थाईल्याण्ड लगायत विश्वका विभिन्न विश्वविद्यालयका प्राज्ञहरु सहभागि हुनेछन् । त्यस्तै नेपालका ९ वटै विश्वविद्यालयका पदाधिकारी, शिक्षाविद लगायतले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने छन् । आयोजकको अनुसार शिक्षा प्रणालीलाई संघीय संरचना अनुसार अघि बढाउन, समयानुकूल सुधार र परिमार्जन गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने छ । सम्मेलन नेपालको लागि कोशेढुङ्गा सावित हुने आयोजकको दावी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सरकारले ४ संस्थानलाई दियो २ अर्ब १ करोड ऋण, सबैभन्दा बढी साना किसान विकास बैंकलाई

काठमाडौं । सरकारले विभिन्न ४ सार्वजनिक संस्थानलाई २ अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको छ । गोरखकाली रवर उद्योग लिमिटेड, साना किसान विकास बैक, नेपाल विद्युत प्राधिकरण र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई गरी २ अर्ब १ करोड १६ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । जसअनुसार गोरखकालीलाई २ करोड, साना किसानलाई १ अर्ब, विद्युत प्राधिकरणलाई ९२ करोड १६ लाख र जनक शिक्षालाई ७ करोड रुपैयाँ ऋण तमसुक गरेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै बिउविजन कार्यक्रमका लागि साना किसानलाई ८० करोड र प्रसारणलाइन पुर्वाधार निर्माण र वितरण क्षमता बढाउन विद्युत प्राधिकरणलाई १५ अर्ब रुपैयाँका लागि सहायक ऋण सम्झौता भएको छ । अर्थकाअनुसार यी दुई संस्थाका लागि १५ अर्ब ८० करोड रुपैयाँ ऋण सम्झौता भएको हो । विद्युत प्राधिकरणको प्रसारणलाइन पुर्वाधारका लागि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट प्राप्त हुने साढे ५१ अर्ब रुपैयाँबाट प्रदान गर्न लागेको हो । अर्थ मन्त्रालयले २७ प्रतिशत वेरुजु रकम फच्छौट गरेको छ । चालु आर्थिक वर्षको प्रारम्भमा अर्थको कुल बेरूजु रकम ४३ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा ११ अर्ब ९२ करोड रुपैयाँ फच्छौट भएको छ । वेरुजु फच्छौटमा २७ प्रतिशत प्रगति हासिल भएको अर्थले जानकारी दिएको छ ।  

६ महिनामा वैदेशिक सहायता ९४ अर्ब ८८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न दातृनिकायबाट गरी ९४ अर्ब ८८ करोड रुपैयाँको सहयोग प्रतिवद्धता प्राप्त गरेको छ । जसअनुसार अनुदानवापत ६१ अर्ब १९ करोड र ऋण वापत ३२ अर्ब ९९ करोड रुपैयाँ सहयाताको प्रतिवद्धता प्राप्त गरेको छ । चालु आवमा सरकारले ७२ अर्ब १६ करोड रुपैयाँ अनुदान र २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । यसअवधिमा एसियाली विकास बैंक (एडीबी) विश्व बैंक, भारत, चीनलगायत अन्य युरोपेली मुलुकबाट सहायताको प्रतिवद्धता प्राप्त गरेको छ । चालु आवमा सरकारले २ खर्ब ८६ अर्ब रुपैयाँ वैदेशिक सहायता परिचालन गर्ने लक्ष्य लिएको छ ।

सिभिल बैंकले ल्यायो सगरमाथा बचतखाता, विभिन्न सेवामा निशुल्क तथा विशेष छुट

काठमडौं । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले उक्त बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ । न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकहरुका लागि निशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवाको व्यवस्था गरेको बताइएको छ । त्यस्तै बैंकको अनुसार लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुटका साथै रू ५ लाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निशुल्क बीमाको ब्यवस्था गरिने छ । विद्यमान अवस्थामा सर्वोच्च ब्याजदरका साथै अन्य बैंकिङ सेवामा निशुल्क/बिशेष छुटसहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बैंकको प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले विश्वास लिएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप विभिन्न आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने समेत उनको भनाइ छ ।

ज्योति लाइफले एनएमबी क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गर्यो, ६६ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । ६ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्नका बिक्री प्रवन्धक नियुक्त गरेको छ । ज्योतिले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासनका लागि ज्योतिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री र एनएमबी क्यापिटलका सीईओ श्रीजेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेपछि बिक्री प्रवन्धक नियुक्त गरिएको हो ।

रघुविर र कल्याणीलाई मन्त्री बनाउन दबाव

काठमाडौं । केपी नेतृत्वको सरकार गठन भएसँगै मन्त्री बन्ने दौडधुप पनि सुरु भएको छ । तुलनात्मक रुपमा २ नम्बर प्रदेशमा कमजोर देखिएको एमालेले सोही प्रदेशका लागि २ जनालाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ । पार्टी कामलाई चुस्त दुरुस्त बनाउन र विकास निर्माणको काम गर्न पनि २ नम्बर प्रदेशबाट २ जनालाई मन्त्री बनाउन कार्यकर्ताले दबाव दिएका हुन् । बागमति वारी र पारीको सेन्टिमेन्ट समेत मिलाउन धनुषाका रघुविर महासेठ र रौतहटकी कल्याणी खड्कालाई मन्त्री बनाउन लबिङ सुरु भएको हो । महासेठ एमालेका पोलिटब्युरो सदस्य हुन भने खड्का दोश्रो कार्यकाल एमाले केन्द्रिय कमिटीमा छिन् । रघुविरलाई मन्त्री बनाउन दबाव दिनेहरु केपी समक्ष पुगेका छन भने खड्कालाई मन्त्री बनाउन माधव नेपालसम्म दबाव पुगेको छ । महासेठ ओलीका विश्वास पात्र हुन भने खड्का माधव नेपाल समुहकी खास नेतृ हुन् ।