एलजीको इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटरलाई ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ द एयर’ अवार्ड
काठमाडौं । विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटरलाई डिभाइट वर्ल्ड २०१७ लिडरसिप अर्वाडले ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ द एयर’को अवार्ड प्रदान गरेको छ । एलजी डोर इन डोर रेफ्रिजेरेटर जुनपहिले पनि पुरस्कृत भएको थियो, एकचोटी फेरी इनोभेटिभ रेफ्रिजेरेटरको रुपमा चिनिएको छ । नेपाली बजारमा इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटर उपलब्ध छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।
रेनो एक्सपेरियन्स मेला पुस २२ गतेसम्म, १ लाख सम्मको एक्स्चेन्ज बोनस अफर
काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)को जारी रेनो एक्सपेरियन्स मेला पुस २२ गतेसम्म हुने भएको छ । ‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई १ लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ । रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।
एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस पारित, संचालकमा बालकृष्ण श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ । बैंकले आ.व. २०७३/७४ मा २ अर्ब ३३ करोड रुपैयाँ संचालन मुनाफा र १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।
बैंकले मागेपछि राष्ट्र बैंकले बिहीबार १० अर्ब बजारमा पठाउदै, लगानीयोग्य पुँजीको अभाव अब अन्त्य होला ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बढी रकम मागेपछि नेपाल राष्ट्र बैंकले बिहीबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । लगानीयोग्य पुँजी अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले बुधबार २२ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ मागेपछि केन्द्रीय बैंकले पुनः बजारमा पैसा पठाएर समस्या समधान गर्न पहल थालेको हो । लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो । यो समेत गरी एक सातामा मात्रै राष्ट्र बैंकले बजारमा २५ अर्ब रुपैयाँ पठाउने छ । बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ । अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्टै देखिएको छ । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार थप रकम पठाएको हो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४१ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।
नयाँ श्रम नियमावलीको लागि परिसंघको सुझाव
काठमाडौं। नयाँ श्रम नियमावलीको लागि नेपाल उद्योग परिसंघले सरकारलाई सुझाब दिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरसँग भेट गरी श्रम ऐन पश्चात आउन लागेको श्रम नियामावलीमा समावेश गर्नु पर्ने विषयगत सुझाव पेश गरेका छन् । संघले श्रम नियमावली असल श्रम सम्बन्ध, अन्तर्राष्ट्रिय मूल्यमान्यता र देशको स्थानीय वास्तविकताको धरातलमा रहेर व्यवहारिक बनाउन पर्नेमा जोड दिएको छ । श्रम नियमावली २०७४ मा रोजगारदाताकोतर्फबाट परिसंघले सुझाव दिएको हो । संघले सञ्चयकोष,उपदान,उपचार, बीमा र सामाजिक सुरक्षाकोषमा रकम हस्तान्तरणको सम्बन्धमा उद्योग व्यवसायको नगद प्रवाह(क्याँस फ्लो) नकरात्मक प्रभाव नपर्ने ढङ्गले समसमाहिक हुनेगरी तोक्नुपर्ने सुझाव दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिको गठनमा संघ समेतको सहभागिताको स्पष्ट किटान हुनु पर्ने, विनियमावलीको व्यवस्थामा उल्लेख गर्न पर्ने लगातका सुझाव प्रस्तुत गरेको छ । त्यस्तै श्रम मन्त्री मंसुरले सरकारले विगत लामो समयदेखि थातिरहेको ‘श्रम ऐन २०७४’ र ‘योगदानमा आधारित सामाजिक सुरक्षाकोष ऐन २०७४’ सार्वजनिक गरी लागू गरिसकेको बताए । सो परिप्रेक्षमा यसका सफल कार्यान्वयनको लागि आवश्यक नियमावलीमा संघको सुझावलाई सकारात्मक रुपमा लिँदै रोजगारदाताबीचको छलफल, सम्वाद र निष्कर्षपछि सरकारले नियमावली सार्वजनिक गर्ने उनले जानकारी दिए ।
गोल्डस्टार जुत्ताले पायो ‘बेस्ट पर्फर्मेन्स अफ द इभेन्ट’ अवार्ड, उत्कृष्ट ब्रान्ड बन्न सफल
काठमाडौं । गत पुस १३ देखि १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औँ फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा गोल्डस्टार जुत्ताले “बेस्ट पर्फर्मेन्स अफ द इभेन्ट” अवार्ड पाएकाे छ । एक हप्तासम्म आयोजना गरिएको यो कार्यक्रममा गोल्डस्टारले सबैभन्दा बढी ग्राहक तथा दर्शकहरूको ध्यानाकर्षण गरी, सबैभन्दा बढी विक्री-वितरण तथा आफ्नो उत्कृष्ट स्टलबाट विभिन्न प्रकारका गोल्डस्टार जुत्ताहरू ग्राहकसमक्ष प्रस्तुत गरी कार्यक्रमको सर्वोत्कृष्ट ब्रान्डको पुरस्कार जितेको हो । किरण सुज म्यानुफ्याक्चरर्सका बजार व्यवस्थापक तथा प्रदर्शनीमा गोल्डस्टार जुत्ताको प्रतिनिधित्व गरेका इरज श्रेष्ठले भने, “गोल्डस्टार जुत्ताको माग तथा आकर्षण नेपाली प्रयोगकर्ताहरूमा चरममा रहेको अनुभव हामीलाई भयो । नेपालीहरूको यो माया र विश्वासले नै हामी सबैभन्दा रुचाइएको जुत्ता भएका छौँ र यो प्रदर्शनीमा पनि उत्कृष्ट ठहरिएका हौँ ।”
लगानी गर्न पैसा नभएपछि बैंकले मागे २२ अर्ब ६८ करोड, राष्ट्र बैंकले दियो १० अर्ब मात्र
काठमाडौं । लगानीयोग्य पुँजी अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकसंग २२ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ मागेका छन् । लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले आज बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले यो रकम मागेका हुन् । बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ । अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्ट देखिएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा पुनः रकम पठाएको हो । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न थप रकम पठाउन लागेको हो । राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४१ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।
गुराँस लाइफ इन्स्योरेन्सद्धारा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिनको आधारभूत तालिममा २७ जना सहभागीहरुको उपस्थिति रहेको थियो । आधारभूत तालिम संस्थाका क्षेत्रीय संयोजक रामचन्द्र भण्डारीले दिएका थिए । बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भुमिकाको बारेमा क्षेत्रीय संयोजक भण्डारीले तालिममा सहभागीहरुलाई स्पष्ट पार्नुहुदै सफल बीमा अभिकर्ता भइ कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरेका छन् । तालिमको औपचारीक समापन गर्दै शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनिहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएका छन् ।