प्रथम महिला मुख्य मन्त्रीको इतिहास लेख्दै अष्टलक्ष्मी शाक्य
काठमाडौं । रणनीतिक महत्वको ३ नम्बरको मुख्य मन्त्री पद यतिबेला सर्वाधिक चर्चाको बिषय बनेको छ । यो प्रदेशमा कुल ६४ सदस्य छन् । जसमा एमालेले एक्लै ४३ सिट जितेको छ भने माओवादीको १४, काँग्रेसको ६ र नयाँ शक्ति पार्टी नेपालको १ सिट रहेको छ । प्रदेश नम्बर ३ मा एमालेले एक्लै सरकार बनाउन सक्ने नजिता निकालेको छ । तर बाम गठबन्धनका कारण संयुक्त सरकार निर्माण हुनेछ । स्वभाविक रुपमा ३ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा(एमाले)ले नै पाउनेछ । एमालेबाट पार्टी उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौँलागाई, अरुण नेपाल, राजेन्द्र पाण्डेले मुख्य मन्त्रीको दावी गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशब स्थापित पनि मुख्य मन्त्रीको दौडमा थपिएका छन् । यीनै पाँच जनामध्ये एक जनाले प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको बागडोर सम्हाल्ने निश्चित जस्तै देखिन्छ । यीमध्ये शाक्य, चौँलागाई, नेपाल र पाण्डे एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर हुन । स्थापित भने बामदेव गौतम पक्षधर हुन् । स्थापितले आफुलाई केपी ओलीको समेत समर्थन रहेको बताउँदै आएका छन् । बरिष्ठताका आधारमा अष्ट लक्ष्मी शाक्यले नै मुख्य मन्त्री बन्ने सम्भावना रहेको एमाले नेताहरुले नै बताउँदै आएका छन् । ३ नम्बर प्रदेशको मुख्य मन्त्री को बन्छन भन्ने प्रश्नको जवाफमा एमालेका एक नेताले भने–‘अष्ट लक्ष्मी शाक्य बाहेक को होला र ? बरिष्ठताका आधारमा पनि उहाँको विकल्प छैन, महिला मुख्य मन्त्री बनाएर इतिहास पनि लेख्ने कुरा छ ।’ अष्टलाई मुख्य मन्त्री बनाउने निर्णय गर्दा चौँलागाई, नेपाल र पाण्डेले बिरोध नगर्ने बताइन्छ । तर शाक्यलाई छाडेर चौँलागाई, नेपाल वा पाण्डेमध्ये एक जनालाई मुख्य मन्त्री बनाउन थाल्दा अन्यले अस्विकार गर्ने अवस्था देखिन्छ । त्यस्तो अवस्थामा सबैका लागि साझा उम्मेदवारका रुपमा अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्य मन्त्री बन्ने अवसर प्राप्त गर्नेछिन् । उनलाई पहिलो महिला मुख्य मन्त्री बनाएर नयाँ इतिहास लेखाउने तयारीमा पनि एमाले लागिपरेको नेताहरुले नै बताउँदै आएका छन् ।
प्राइम कमर्सियल बैंकको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस ५ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ ।
चिनीरहित डाबर “च्यवन प्रकाश” बजारमा, मोटो तथा कोलस्ट्रोलको समस्या हुनेलाई उपयुक्त
काठमाडौं । डाबर नेपालले नेपाली बजारमा डाबर “च्यवन प्रकाश” ल्याएको छ । चिनी बिनाको उक्त च्यवन प्रकाश क्यालोरीका बारेमा सचेत रहने ग्राहकहरूका लागि लक्षित गरी बजारमा प्रस्तुत गरिएको हो । शरीर मोटो हुने तथा कोलस्ट्रोलको समस्या भएका ग्राहकहरूका लागि यो उत्पादन उपयुक्त हुने कुरा कम्पनीले जनाएको छ । “डाबर च्यवन प्रकाशमा पनि च्यवन प्राशकै गुण रहेको छ । तर यसमा चिनी नभएका कारण स्वास्थ्यप्रति सचेत रहिरहने ग्राहक तथा डाइबिटिज लागेका बिरामीहरूलाई यो उचित छ”, डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोरखालीले भने । साथै, ४० भन्दा बढी प्राकृतिक तत्वहरूको समिश्रणले बनेको यस च्यवन प्रकाशले रूघा–खोकी जस्ता बिमारीहरूबाट बचाई शक्ति र स्टेमिना बढाउँने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बजारमा ५०० ग्रामको उक्त डाबर च्यवन प्रकाशलाई २७५ रुपैयाँ तथा ९०० ग्रामको ४८५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
८० प्रतिशत हकप्रद पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।
भारतीय मिडियाले लेख्यो-ओली सरकार भारतका लागि खतराको घण्टी !
काठमाडौं । भारतको एक चर्चित सञ्चारमाध्यमले केपी ओली नेतृत्वको सरकार भारतका लागि खतराको घण्टी बन्ने दाबी गरेको छ । टाइम्स अफ इन्डियाले अब बन्ने बामगठबन्धनको सरकार भारतका लागि चुनौती बन्ने भन्दै समाचार लेखेको छ । गुजरात विधानसभा चुनावमा भारत सरकार पाकिस्तानलाई हवाला दिनमा व्यस्त रह्यो । यसैबीच भारतलाई नेपालबाट तनाव बढेको छ । पछिल्लो केही समयमा भारतका छिमेकी मुलुकहरुसँग मिल्नका लागि नेपाल चुनौतीका रुपमा प्रस्तुत भएको छ । नेपालमा कम्युनिस्ट पार्टीको सरकार बन्नु र केपी शर्मा ओलीको हातमा सत्ताको चाबी भारतका लागि खतराको घण्टी भएको छ । ओलीले खुलारुपमा चीनप्रति आफ्नो झुकाव प्रस्तुत गर्छन् । ओली लेफ्ट पार्टिहरुको साझा सरकारमा वरिष्ठ सहयोगीको रुपमा चाडै नै शपथ लिने छन् । पछिल्लो वर्ष जब ओलीलाई सत्ता छोड्नु पर्दा भारतलाई नै जिम्मेवार ठहर गरका थिए । माओवादिद्वारा समर्थन फिर्ता लिनुको कारण ओलीको सत्ता गएको थियो । ओलीले त्यहीबेला नेपालमा राजनीतिक अस्थिरताका लागप भारतलाई जिम्मेदार ठहर गरेका थिए । ओलीका अनुसार भारत सरकार नेपालमा रिमोट कन्ट्रोलबाट चल्ने किसिमको सरकार चाहन्छ । केपी ओलीले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी संयुक्त राष्ट्रसंघको बडापत्र, अर्न्तराष्ट्रिय सन्धी सम्झौता र स्वयं भारतसँगको वर्षौं पुरानो सम्बन्धको विरुद्धमा रहेको बताएका थिए । उनले भारतको अघोषित नाकाबन्दीले सबै किसिमका सन्धी र सम्झौताको अवमूल्यन भएको भन्दै विरोध गरेका थिए ।
प्रत्यक्षमा एमालेलाई झण्डै बहुमत, समानुपातिकमा पनि अग्रता
काठमाडौं । १६५ सदस्यीय प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा नेकपा(एमाले) बहुमत नजिक पुगेको छ । एमाले एक्लैले प्रतिनिधी सभाको ८० सिटमा विजय हासिल गरेको छ । यो संख्या भनेको प्रतिनिधी सभाको प्रत्यक्ष तफको ४८.४८ प्रतिशत हुन आउँछ । माओवादीले ३६ सिट जितेर प्रत्यक्ष तर्फ दोश्रो दलको हैसियत बनाएको छ । उसले १६५ मध्ये ३६ सिट जितेर २१.८१ प्रतिसत सिट सुरक्षित गरेको हो । २२ सित जितेको काँग्रेसले एक सिटमा अग्रता लिईरहेको छ । सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजय कुमार गच्छद्धारले अग्रता कायम गरेका छन र त्यहाँ उनी विजयी हुने सम्भावना बढिरहेको छ । गच्छद्धारले जितेमा काँग्रेसले १३.९३ प्रतिशत सिट सुरक्षित गर्नेछ । उता, मधेशवादी दलहरुमध्ये राजपाले ११ र संघिय फोरमले १० सिट जितेका छन् । नयाँ शक्ति, राजमो, नेमकिपा र राप्रपाले एक एक सिट जितेका छन भने एक जना स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । उता समानुपातिक तर्फको मत गणनामा पनि एमालेले करिब एक लाख बढि मतसहित अग्रता कायम गरिरहेको छ । बिहान ११ बजेसम्मको मत गणना अनुसार एमालेले १९ लाख ४२ हजार ९ सय ७४ मत ल्याएको छ भने काँग्रेसले १८ लाख ५१ हजार १ सय २६ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले ७ लाख ४७ हजार ८ सय ८१ मत ल्याएको छ ।
चर्चित छ जना पात्रहरू जसले चुनावी प्रचारमा सबैलार्इ जिते तर नतिजामा हारे
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो । विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत समेत भएका प्राडा गोविन्दराज पोखरेल प्यूठानबाट पराजित भए । भारतका लागि नेपाली राजदूतसमेत भएका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा खगेन्द्र अधिकारी पराजित भए । राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित हुनुभएको हो । यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजक समेत भएका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित भए । यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुपर्रयो । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नं ५ पुगेका डा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । ओलीले ५७ हजार १३९ मत प्राप्त गरेपछि अधिकारी हारे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका प्राडा पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित भए । पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्राडा पोखरेलले ३१ हजार २८६ मत ल्याए । निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर राजनीतिक मैदानमा अाएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रेका उपाध्यायले २८ हजार ८५३ मत ल्याए भने सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गरे । जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताए । मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको बताए । सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरे । उता फरक पृष्ठभूमिबाट राजनीतिमा अाइका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहेका काँग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गरे । सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गरे । रासस
नेपालकाे सीमा क्षेत्रमा बस सेवा विस्तार गर्ने भारतीय प्रस्ताव, सीमा क्षेत्रका सडक निर्माण तत्काल थालिने
काठमाडौं । नेपाल र चीनबीच सडक र रेलमार्ग निर्माणबारे अध्ययन, सर्भे र छलफल बढ्दै गर्दा छिमेकी भारतले पनि नेपाल जाेड्ने मार्ग र सवारी सुविधामा सुधार चाहेकाे देखिएकाे छ । भारतको सडक यातायत मन्त्रालयले नेपालसँग सीमा जोडिएका भारतका तीन राज्यहरु विहार, उत्तरखण्ड र उत्तर प्रदेशबाट नेपालसम्म सीधा बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । तीन राज्यका नागरिकलाई नेपाल आवत जावत गर्न सजिलो हुने र यातायत खर्च पनि कम हुने गरी सस्तो खालको बस सेवा सञ्चालन गर्न नेपालसँग सहमतिको लागि प्रस्ताव गर्न लागेको हो । उक्त प्रस्तावमा नेपाल सरकारको सहमति लिन भारतको सडक यातायात मन्त्रालयले विदेश मन्त्रालयलाई आग्रह गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतको विदेश मन्त्रालयले उक्त प्रस्ताव दुई देशबीचको संयुक्त कार्यदलको बैठकमा छलफलमा ल्याउने भएको छ । हाल काठमाडौं–नयाँ दिल्ली चल्ले ‘नेपाल–भारत मैत्री बस सेवा’ सञ्चालनमा छ । उक्त बस सेवा उच्च सुविधा सम्पन्न (लक्जरीयस्) र महँगो भएको, उक्त बस सेवा पर्यटकहरुको लागि मात्र लक्षित भएको भन्दै सर्वसाधारणलाई सुविधा हुने बस सेवा सञ्चालन गर्न भारतले चाहेको जनाइएको छ । ‘ठूलो संख्यामा भारतीय नागरिकहरु नेपाल वा सीमा क्षेत्रमा जाँदा र फर्कदा रेल वा बस प्रयोग गर्छन् । उनीहरु महँगो र सुविधाजनक नभएको सेवा प्रयोग गर्न बाध्य छन् । उक्त क्षेत्रमा ठूला संख्यामा दुई देशका मानिसहरुले सामान्य बस सेवा चाहेका छन् । यस्तो सेवा सञ्चालनमा ल्याउने हो भने दुबै देशका मानिसहरुलाई आवतजावत सजिलो हुन्छ र दुई देशबीच नागरिक स्तरमा सम्बन्ध बलियो हुन्छ’ भारतका उच्च अधिकारीको भनाई उदृत गर्दै समाचारमा लेखिएको छ । त्यसैगरी, नयाँ दिल्लीले भारत र नेपालबीच सडक सञ्जालको स्तरवृद्धि र नयाँ परियोजना निर्माणबारे नियमित छलफल चलाईरहेको छ । ‘नेपाल भारत सडक जोड्ने मेची नदी पुल परियोजना कार्यान्वयन भईरहेको छ । यो योजनामा छिट्टै ठेक्का लगाईदैछ र सन् २०१८ को फेब्रुअरी देखि निर्माणको काम थालिने छ’ भारत सरकारको भनाई छ । त्यस्सैगरी, भारतको नेशलन हाईवे अथुरीटीले पिपराकोठी देखि रक्सौल सडक स्तारोन्नतीको जिम्मा पाएको छ । उक्त योजनामा यहि डिसेम्बर भित्र नै ठेक्का लाग्ने बताईएको छ ।