विकासन्युज

मोबाइल र फेसबुकले बालविवाह बढायो, बैतडीमा घर छोडेर भाग्ने केटीहरु विकराल समस्यामा

बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन् । अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन् । सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन् “पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।” अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन् । बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनले बताइन् । बैतडीको सीमा—नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ । सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो । बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीवृत्त, प्रतिष्ठित धामीसमूह, पत्रकारलगायत सरोकारवालाले बालविवाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । बैतडीमा किशोरी सञ्जाल, किशोरी समूह, किशोरी वृत गठन गरी बालविवाह न्यूनीकरण गर्नका लागि किशोरी सक्रिय रहेका छन् ।

चुनावको मौका छोपी नक्कली नोट: पर्वत, बाग्लुङ र म्याग्दीमा हजार रूपैयाँकाे नाेट नक्कली

पर्वत । यस जिल्लाका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट भेटिएकोमा अहिले पर्वतमा पसल र वित्तीय संस्थामा जम्मा गर्न ल्याइएकामध्ये केहीमा नक्कली नोट भेटिन थालेका छन् । कुश्मामा नक्कली नोट भेटिने क्रममा गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा एक लाखको मुठोमा एउटा हजारको नक्कली नोट फेला परेको थियो भने ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन बैंकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको थियो । गण्डकी विकास बैंकमा केही दिनपहिले गुरुङ थरका ग्राहकले रकम जम्मा गर्न ल्याउने क्रममा उक्त नोट भेटिएको थियो भने ग्रीन बैंकमा स्थानीय सुदीप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा पनि एक हजार रुपैयाँको नक्कली नोट फेला परेको बताइएको छ । नक्कली नोटमा कलम लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको बैंकका अधिकारीको अनुभव छ । म्याग्दी र बाग्लुङमा जस्तै पर्वत पातीचौरमा पनि नक्कली नोट भेटिएको थियो । चुनावको मुखमा यसरी नक्कली नोट भेटिनुले मतदातालाई प्रभावित पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । मतदान अगाडि जनतालाई आफ्नो पक्षमा पार्नका लागि मतदातालाई पैसा दिने गरेका आशंका सर्वत्र गरिएका बेला नक्कली नोट भेटिन थालेपछि त्यही प्रयोजनका लागि यस्ता नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । पर्वतका वित्तीय क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले यस्तो समयमा नचिनेका मानिसहरूले दिएको रकम पहिचान नगरी नबुझ्न आग्रह गरेका छन् । नक्कली नोट फेला परेमा ग्राहकलाई मुलुकी ऐन अनुसार जाली नोटमा जेल सजाय समेत हुन्छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिप घिमिरेका अनुसार जाली नोट कारोबारमा राष्ट्र बैंकले पनि कारबाही गर्छ भने मुलुकी ऐनअनुसार जेल सजायसमेत हुन्छ । चलनचल्तीकै जस्ता देखिने नोट सामान्य मानिसहरूले पहिचान गर्न नसक्ने भएकाले पनि त्यस्ता ठाउँमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बजारमा भेटिएका नक्कली नोटको बीचमा रहेको स्टीकरमा एनआरबी नलेखिएको र हिमालको नजिकै रहेको गोलाकारभित्र अंकित तस्बिर नभएको जनाइएको छ । यस्ता नोटहरू बजारमा आउँदा अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भएकाले यस्तो गतिविधिमा संलग्नहरूलाई कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूबाट कारोवार नगरी सिधै हुने भएकाले यस्ता नोटहरूको चलखेल हुन सक्ने भन्दै नक्कली नोटका कारोवारीहरू यहीबेला सल्वलाउन सक्ने भएकाले छानविन प्रक्रिया अगाडि बढाउनुपर्ने सरोवारवालाले माग गरेका छन् । (काराेबार दैनिकबाट)

नबिल बैंकले एकै दिन थप १० शाखाहरु विस्तार गर्यो

काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हालै खोलिएका १० नयाँ शाखाहरु सहित नबिल बैंकले ६२ वटा शाखाहरु तथा २ एक्स्टेन्शन काउन्टर सहितको बृहत सञ्जाल, १०० वटा एटिएमहरु र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र वैदेशि अवस्थित अन्य धेरै बैंकिङ एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गरि आएकाे नविलले जनाएको छ ।

पाँंच दिने नेपाल चेम्वर एक्स्पो सकियो, पाँंच करोड भन्दा बढीको कारोबार

काठमाडौ । पाँंचदिने नेपाल चेम्वर एक्स्पो २०७४ सोमबार सम्पन्न भएको छ । ५० हजार भन्दा बढीले अवलोकन गरेकाे उक्त एक्स्पोमा पाँंच करोड भन्दा बढीको कारोबार भएको छ । एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामाग्रीका रुपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरुको अर्डर वढी देखिएको संयोजक चाकुवजीले जनाए । मेलामा सर्वसाधारणहरु विशेष रुपमा झुमिएका थिए । उनीहरु विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेट लगायतका लुगाफाटा खरिद गर्नेमा बढी भीड देखिएको थियो । एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फलोरिंग एण्ड फर्निसिंग, होम अप्लाइन्स, फेशन वेयर, मोवाइललगायतका दुई सय २५ वटा स्टलहरु राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको थियो । चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको थियो ।

श्री इन्भेष्टमेन्टलाई ८३ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीलाई ८३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई सोमबार(आज) १० बराबर ८.३ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २८ करोड ६७ लाख रुपैयाँ बराबरको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६३ करोड रुपैयाँ नाघ्ने छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि बुक क्लोज, ८०% हकप्रद जारी गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २७ गतेदेखि पुस ४ गते सम्म बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको पुँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ ।

कांग्रेसलाई बहुमत नदिए पाँच वर्ष खेर जानेछ: विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित भव्य चुनावी सभाहरुलाई सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणका लागि नेपाली कांग्रेसलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् । मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवं सामाजिक विकासको बाटोमा प्रवेश गराउने वा अर्को पाँच बर्ष यो एजेण्डालाई थाती राखेर देशमा राजनीतिक सौदावाजी मात्रै गरिरहने भन्ने फैसला गर्नुपर्ने भन्दै विकासका लागि कांग्रेसको विकल्प नरहेकोमा जोड दिए । भोट हालिसकेपछि पछुताउनुको अर्थ रहदैन । अब पनि हामी आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेनौं भने त्योभन्दा ठूलो पश्चाताप केही हुने छैन । नेता चौधरीले प्रष्ट पार्दै भने, उदार अर्थव्यवस्थामा मात्रै आर्थिक विकासलाई अगाडि बढाउन सम्भव हुनेछ । त्यसका लागि नेपाली कांग्रेसको बहुमतको सरकार आवस्यक छ । नेता चौधरीले निर्वाचनपछि बन्ने सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरुलाई दिशा निर्देश गर्नु हुनेछ भन्दै चुनावी तयारीसँगै कांग्रेसको आगामी पाँच बर्षको विकासको खाका समेत कोरिसकेको बताए । कांग्रेस पार्टीभित्र आर्थिक विकासको एजेण्डाको तयारी एवं कार्यान्वयनको समेत जिम्मेवारी पाएका चौधरीले तत्काल दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न विकासका महत्वाकांक्षी परियोजनाहरु संचालनमा ल्याउने र हजारौंको संख्यामा रोजगारी श्रृजना गर्ने गरि सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरिसकेका छन् । नेपाललाई हेडक्वार्टर बनाएर विश्वभर लगानी विस्तार गर्न सम्भव छ भन्ने मान्यतालाई सफल कार्यान्वयन गरिरहेका नेता चौधरीले आगामी पाँच बर्षभित्र आम नेपालीको जीवनमा सार्थक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास लिएका छन् । नेपालको लगानीको वातावरणमा आमूल सुधार गर्दै आन्तरिक र बह्य लगानीकर्ताका लागि नेपाललाई आकर्षक गन्तब्यमा रुपान्तरण गर्ने र लगानी अभिबृद्धि गर्दै विकसित मुलुकको हैसियतमा पु¥याउने सोंच चौधरीले लिएका छन् । आफ्नो व्यवसायिक सफलतापछि नेता चौधरीले आम नेपाली जनतालाई समृद्ध देशका नागरिक बनाउन सहज सम्भव छ भन्ने लक्ष्यका साथ राजनीतिमा होमिएका छन् । पछिल्लो एक महिनामा देशब्यापी चुनावी अभियानमा संलग्न भएका नेता चौधरीले देशका प्रत्येक क्षेत्रहरुमा आकर्षक अवसरहरु रहेको र ति अवसरको कार्यान्वयनबाट सहज रुपमा समृद्ध नेपाल निर्माण गर्न सम्भव रहेको भन्दै क्षेत्रगत रुपमा समेत विकासका खाकाहरु कोरिरहेका छन् । प्रत्येक दिन कम्तिमा तीनवटा ठूला चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका चौधरीले पूर्वका पहाडी गाउँहरुदेखि सूदुर पश्चिम कैलालीका गाउँहरुसम्म पुगेर विकास सम्भव छ भन्ने कुरा मतदाताहरुलाई बुझाउने प्रयास गरे । विनोद चौधरीको व्यवसायिक सफलताबाट प्रभावित आम नागरिकले देशलाई समृद्ध बनाउन पनि उनको महत्वपूर्ण योगदान रहने विश्वास देखाएका छन् । चुनावी सभाहरुमा उनले कांग्रेसले बहुमत हासिल गरेपछि २०४८ सालपछि देशमा आर्थिक विकासमा आएको नीतिगत परिवर्तन र सोही परिवर्तनका लागि देश राजनीतिक संकटमा पर्दा समेत अर्थतन्त्र संकटग्रस्त बन्नबाट जोगिएको कुरा पनि बुझाउने कोशिस गरिरहेका छन् ।  

अदालतको पेशी अगावै माल्याले भने, ‘सबै आरोप मनगढन्ते हुन्’

नयाँ दिल्ली । रक्सी व्यापारी विजय माल्याले आफूमाथी लगाइएको सबै आरोप झुठो भएको बयान दिएका छन् । सोमबार लण्डनको वेस्ट मिन्स्टर अदालतमा पेशीभन्दा अगाडी आफूमाथी लगाइएको सबै आरोप मनगढन्ते भएको दाबी गरेका हुन् । उनका अनुसार उनीमाथीका सबै आरोप आधारहीन छन् । माल्याले भने, ‘मैले बारम्बार भनेको छु – सबै आरोप झूठा, मनगढन्ते र आधारहीन छन्। मलाई यसबारेमा भन्नु केही छैन। कोर्टमा पेश गरिएका प्रमाण नै पर्याप्त हुनेछ ।’ माल्याले यसबारे अरु कुरा भन्नलाई मानेनन् । उनले भने , ‘म निर्णय लिन्न र अदालतको कारवाहीको सामना गर्नेछु ।’ अचम्म के छ भने माल्यामाथी भारतका १७  बैंकका ९ हजार करोड रुपैयाँ कर्जा नतिरेको आरोप छ, जुन माल्याले आफ्नो बन्द  भइसकेको  किंगफिशर एयरलाइन्सका लागि लिएका थिए । यती मात्र होइन माल्यामाथी फर्जी तरीकाबाट ऋण लिएको पनि आरोप छ । ‍ यो पनि पढ्नुहोस् : भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई