विकासन्युज

सिजी मोबाइलको नयाँ मोडल ‘एस्ट्रो टी१८’ नेपाली बजारमा

काठमाडौं । सिजी मोबाइलस् कम्पनीले आफ्नो नयाँ मोडल एस्ट्रो टी१८ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले हालै भित्र्याएको उक्त मोबाइल धेरै फिचरका साथै सस्तो मूल्यमा पाइने छ । ग्राहकको चाहना अनुसार बजारमा ल्याइएको उक्त मोबाइलमा १.८ स्क्रिन, डिजिटल क्यामेरा, एमएम, टर्च लाइट, जीपीआरएस, एमपीथ्री/एमपीफोर, १००० एमएयच ब्याट्री रहेको छ । यसमा ८ जीबी मेमाेरी थप्न सकिने कम्पनीले जनाएको छ । यो मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको कम्पनीले बताएको छ । यस मोडल नेपाली बजारमा १ हजार ९९ रुपैयाँमा पाइने छ । यो मोबाइल तीन आकर्षक रङ (कालो र निलो, कालो र सुन्तला, कालो र रातो) मा उपलब्ध छन् । सिजी मोबाइलस्काे सर्भिस सेन्टरहरु नेपालभर रहेको छ ।

माछापुच्छ्रे बैंकले कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले सक्षम एक्सेस् टु फाईनान्स परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने भएको छ । बैंकले मंगलबार यूकेएडद्धारा संचालित उक्त परियोजना अन्तर्गत धितो बिना नै कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो । उक्त सम्झौता पछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्थामार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवन स्तरमा सुधार ल्याउने बैंकले जनाएको छ । हालसम्म बैंकले आफना् ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा दिइरहेको छ ।

समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छः बिनोद चौधरी

नवलपरासी। दुईसाता अघि नेपाली काग्रेसमा प्रबेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताएका छन् । नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसबाट सकृय राजनीतिको बिधिवत शुरुवात गरेको बताए । ‘राजनितिमा चासो राख्दै आएपनि सकृय थिइन ’उनले भने ‘ आजैदेखि मेरो जिवन कांग्रेसको सकृय राजनितिमा सर्मपर्ण गर्दछु । ’ २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भैरहेको बताउदै समृद्ध आर्थिक नितिले मात्र लोकतन्त्र बलियो हुने बताए । काँग्रेसले आफनो समेत सल्लाहमा त्यतिखेर लिएको गतिलो आर्थिक नितिका कारण २०४८ देखि २०५० साल सम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृश्टान्त दिए । उनले औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० सम्मको २ वर्ष नेपालको स्वर्ण बर्ष भएको बताए । नेपाली कांग्रेसले दिएको आर्थिक समृद्धि र बिकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारीलाई आफुले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चौधरीले नेपाली काँग्रेसले लिने आर्थिक निति र सम्पन्नताको खाका कोर्ने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । ‘म बिदेश भ्रमणमा रहदा मेरो ब्यक्तिगत प्रगतिको प्रशंसा गर्नेहरुले देशको आर्थिक अबस्थाका बारेमा सोध्दा आफुसंग जवाफ नै नहुने गरेको स्मरण गर्दै उनले अब काँग्रेसले समात्ने आर्थिक नितिको बोटो नै भबिश्यमा त्यसको उत्तर हुने’ चर्चा गरेका छन् । उनले देशमा संमृद्धिको पहिलो आधार स्थिर सरकार आबस्यक रहेको औल्याउँदै १ सय ५४ स्थानमा एक्लै (प्रतिनिधि सभामा) उम्मेदवारी दिएको कांग्रेसले बहुमत ल्याउन आबस्यक रहेको बताए । चौधरीले कांग्रेसको बहुमतको सरकार र त्यसले समात्ने आर्थिक बिकासको नीतिले देश समृद्धि तर्फ जाने ठोकुवा गरे । उनले कांग्रेसले लिने आर्थिक नितिको भारी बोक्न आफु तैयार रहेका चर्चा गरे । मतदाता धेरै सचेत भैसकेको चर्चा गदै उद्योगपति तथा नेपाली काँग्रेसवाट समानुपातिका तर्फका सभासद समेत रहेका चौधरीले ५ वर्षभित्रमा गर्न सकिने योजनाहरुको खाका खाफुसंग रहेको र त्यो पार्टीलाई सुम्पिने बताए । नेपाली काँग्रेसमा प्रबेश गरेको दुइसातापछि पहिलोपटक नवलपरासीको क्षेत्र नम्बर १ को अमरापुरीमा आयोजित चुनाबी कार्यक्रममा २० मिनेट बोलेका चौधरीले काँग्रेसको आर्थिक नीतिका बारेमा चर्चा गरेका थिए । उनी बोल्दा त्यहाँ उपस्थितहरुले पटक पटक तालि बजाएका थिए । शशांकलाई जिताउन अपिल चौधरीले त्यहाका उम्मेदवार शशांका कोइरालाको प्रशंसा गर्दै ब्यक्तिगत लोभ लालच नभएका , इतिहास र अन्तराष्टिय छबि बोकेका कोइरालाई जिताउन मतदातालाई अपिल गरेका थिए । ‘नेपालको भबिस्यको स्पष्ट खाका भएका , सुनौलो इतिहास बोक्नु भएका कोइराला वाट देशले समृद्धिमा फडको मार्ने बेला आएको भन्दै उनले कोइरालाई जिताएर देशलाई आर्थिक गोरेटोमा लैजान सकिने बताए । बिनोद चौधरीको कांधमा आर्थिक योजनाः डा शशांक कोइराला बिनोद चौधरी बोलेपछि कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस महामन्त्री शशांका कोइरालाले बोल्दै बिनोद चौधरीको कांधमा चढेर आर्थिक बिकासको योजना बनाउने धोको रहेको बताए । कोइरालाले त्यसो बताउदा कार्यकर्ताले निकै बेर ताली बजाएका थिए । कोइरालाले अगाडि बोल्दै बिनोद चौधरी सफल ब्यक्ती भएका कारण उनको योजनामा काँग्रेसले देश बिकासको मोडल तैयार गर्ने आफनो सोचाइ रहेको बताए । कोइरालाले चौधरीको प्रशंसा गर्दै चौधरीका योजना र सपनासंग कांग्रेसले सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । सोमवार नेपाली कांग्रेसले आयोजना गरेको बिभिन्न चुनाबी सभामा बिनोद चौधरी कोइरालाको पक्षमा जनमत बटुल्न हिडेका छन् ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, सबै समूह हरिया

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिनको परिसूचक २५.१४ अंकले उकालो लागेर १५१६.०२ अंकमा पुगेको छ । बजारमा ७५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम अघिल्लो दिन(सोमबार)को तुलनामा ४ करोड रुपैयाँ बढी हो । सोमबारको सेयर बजारमा ७१ करोडको सेयर किनबेच भएका थिए । त्यस्तै, मंगलबार कारोबारमा आएका १० वटै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स ५८, उत्पादनमूलक ५६, हाइड्रोपावर ५५, विकास बैंक २७, बैंकिङ २१ र होटल समूह १० अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८४ रुपैयाँ रहेको छ । सो दिन विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । इन्स्योरेन्सले यस वर्ष कत्ति पनि लाभांश नदिने घोषणा गरेपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

गाडी धुने पूर्ण स्वचालित प्रविधि नेपाली बजारमा, ५ मिनेटमै एउटा गाडी धोइसक्ने

ललितपुर । उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधि नेपाली बजारमा भित्र्याएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले उक्त नयाँ प्रविधिको शुरु गरेका हुन् । नयाँ प्रविधील केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य मुलुकमा यो प्रविधि सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधिको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुरु गरेको उनले जानकारी दिएका छन् । आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधि बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले बताए । यो प्रविधिबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।

सानिमा इक्विटी फण्डले एक अर्ब २० को म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । सानिमा इक्विटी फण्डले एक अर्ब २० कराेड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । याे फण्डले सानिमा क्यापिटलले निष्काशन गर्न लागेकाे हाे ।

हरित जलवायु कोषको रकम नेपाल इन्भेष्टमेन्ट बैंक र नगर विकासले पाउने

काठमाडौं । हरित जलवायु कोष (जीसीएफ) को रकम उपयोग गर्न नेपालबाट दुई संस्था छनौट भएका छन् ।जीसीएफको रकम उपयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंक र नगर विकास कोष छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालले राष्ट्रिय अनुकूलन योजना तर्जुमा गर्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धिअन्तर्गतको जीसीएफ मार्फत रकम पाउने रकम परिचालन गर्न नगर विकास कोष र इन्भेष्टमेन्ट बैंकलाई छनौट गरेको हो । मन्त्रालयले प्रमाणिकरणका लागि दुई संस्थालाई कोषमा पठाउने भएको छ । कोषबाट पास भएपछि इन्भेष्टमेन्ट बैंक र नगर विकास कोषले रकम पाउने छन् । यसअघि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल प्रकृति संरक्षण कोष छनौट भएका थिए । कोषमा १० अर्ब डलरको ग्लोबल फन्डका लागि प्रतिवद्धता प्राप्त भएको छ । यही फन्डबाट बैंकले कोषको रकम पाउने भएका हुन् । जलवायु अनुकुलन र न्युनिकरणमा काम गर्नका लागि ग्लोबल फन्डबाट रकम उपलब्ध हुने छ । कोषको रकम संयुक्त राष्ट्रसंघका सदस्य मुलुक, विश्व बैंक, एसियाली विकास बैंक (एडीबी)मार्फत पनि उपयोग भइरहेको छ । कोषले लैगिंक समानता, पारदर्शीता, हरितगृह ग्यास न्युनिकरण, कार्यशैलीलगायत, हरितगृह ग्यास न्युनिकरणमा गर्ने योगदान र प्रस्तुत योजना हेरेर रकम उपलब्ध गराउने छ । नेपाल पनि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिको साझेदार भएकाले प्रक्रिया सुरु गरेको हो । नेपालले यसमा हस्ताक्षर गरिसकेको छ । पेरिस घोषणापत्र अन्र्तगत यो कोष खडा भएको हो । जलवायु परिवर्तनले पारेको र पार्न सक्ने असर न्यून गर्न नेपालले अनुुकूलन कार्यक्रम आवश्यक पर्ने भन्दै त्यसका लागि कार्यक्रमको खाका तर्जुमा सुरु गरेको थियो । खाका बनाउन र भावी कार्यक्रमका लागि मन्त्रालयले अर्थमार्फत जीसीएफसमक्ष सहयोगको प्रस्ताव गरेको थियो । जीसीएफको कार्यालय कोरियामा छ । नेपालले आगामी दिनमा साना, मझौला र ठूला आयोजना सञ्चालनका लागि जीसीएफबाट सहयोग पाउन सक्छ । विकसित मुलुकहरूले सन् २०२० देखि प्रतिवर्ष १ खर्ब अमेरिकी डलर अति कम विकसित मुलुकहरूका लागि उपलब्ध गराउने घोषणा गरेको छ । अहिले अति कम विकसित मुलुकहरूले पाउनुपर्ने रकम राष्ट्रसंघीय र विभिन्न संस्थामार्फत अर्थात् घुमाउरो बाटोबाट मात्र प्राप्त हुँदै आएको छ । कम विकसित मुलुकले त्यो बाटो झन्झटिलो भएको भन्दै सरकारलाई नै सिधै प्राप्त हुनुपर्ने माग गर्दै आएका छन् ।  

एसीसी यू-१९ एसिया कपः नेपालद्धारा मलेसिया आठ विकेटले पराजित

काठमाडौं मलेसियामा जारी एसिसी यू-१९ युथ एसिया कपअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए । यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए । मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस