गोलभेडा बिग्रिएर हैरान हुनुहुन्छ ? यसरी जोगाउन सकिन्छ बारीदेखि बजारसम्म
काठमाडौं । खेतबारीदेखि थोक बजारसम्म गोलभेडा आइपुग्दा दरफर्याउने, खुम्चिने र चर्किने वा फुट्ने समस्या हुन्छ । खुद्रा बजारमा पनि गोलभेडा कुहेर गुणस्तर ह्रास आउँछ । गोलभेडाको गूणस्तर (स्वरुप-रङ्ग, स्वाद, बासना र पौष्टिकता) कायम राख्न, भण्डारण अवधि बढाउन र उपभोक्ताहरुको हितका लागि यसको उचित ढंगले आपूर्ति गर्नु आवश्यक छ । पानीको उच्च मात्रा हुने र कमलो प्रकृतिका कारण अन्य ताजा तरकारीझैं हिउँदे गोलभेडा पनि छिटो नाश हुने गर्दछ । उपयुक्त परिपक्व अवस्थामा गोलभेडा टिपिएन र टिपेदेखि बिक्रीसम्मको आपूर्ति श्रङ्खलामा उचित ढंगले व्यवस्थापन नगर्दा गुणात्मक तथा परिणात्मक दुवै क्षति हुन्छ । नेपाली भान्छाघरमा अति लोकप्रिय तरकारीहरुमध्ये गोलभेडा एक हो । चराचुरुङ्गीको आक्रमणबाट फलहरुलाई जोगाउन जाली प्रयोग गरी संरक्षित खेती अन्तर्गत हिउँद महिनामा यसको खेती गरिन्छ । भिटामिन सी, पोटासियम, फोलिक एसिड र लाइकोपिन तथा क्यारोटिन जस्ता भिटामिन ए को असल स्रोत भएको गोलभेडाले स्थानीय आहार तथा मानव स्वास्थ्यमा योगदान दिने विज्ञहरु बताउँछन् । संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्क राष्ट्रहरुमा खेतबारीदेखि बजारसम्म (पोष्ट-हार्भेष्ट) गोलभेडाको क्षति न्यूनिकरणका लागि नौलो अभ्यास गरेको थियो । पोष्ट-हार्भेष्ट क्षति न्यूनिकरण अन्तर्गत परम्परागत गोलभेडा आपूर्ति शृङखलामा सरोकारवालाहरुसँग मिलेर बङ्गलादेशमा विभिन्न सुभारिएका परिक्षण गरिएका थिए । यसरी परिक्षण गर्दा खेतबारीदेखि खुद्रा बजारसम्म गोलभेडाको क्षतिलाई ३६.९ प्रतिशतबाट झारेर २.१ प्रतिशत पुर्याइएको थियो । त्यस्तै थोक बजारमा १६.७ प्रतिशत क्षति हुने गरेको गोलभेडामा उक्त परिक्षणपछि कुनै क्षति देखिएको थिएन । त्यसपछि ती दिनको खुद्रा बिक्री अवधिमा नयाँ अभ्यासको प्रयोग गरी भण्डारण गरिएङ्को गोलभेडाको दानाको गुणस्तर तथा भण्डारण अवधि परम्परागत अभ्यास भन्दा राम्रो र गूणस्तरीय छ । गोलभेडा आपूर्तिमा ह्न्डलिङ गर्ने उचित तरिका टिप्ने : परम्परागत अभ्यासमा टिपिएका गोलभेडा राख्न कागजको पत्र सहितको बाँसको टोकरी प्रयोग गरिन्छ । तर यसलाई प्लाष्टिकका बाल्टिन र संकलनका लागि प्लाष्टिक क्रेटको प्रयोग गर्नुपर्छ । छाँटकाँट गर्ने : सामान्यतया गोलभेडाको डाँठको छाँटकाँट नगरी टिप्ने गरिन्छ । तर कैंचीले फलको फेद नजिकैसम्मको गोलभेडाको डाँठ काट्नुपर्छ । सफा गर्ने : खुद्रा बजारसम्म गोलभेडालाई सफा नगरी ल्याउँदा फल कुहिने सम्भावना हुन्छ । यसलाई १५० पीपीएम क्लोरिनेटेड पानीले धुनुपर्छ । प्याकेजिङ : गोलभेडाको आपूर्ति गर्दा यसको प्याकेजिङमा पनि सावधानी अपनाउनुपर्छ । यसलाई बोरामा खाद्ने गलती नगर्नुहोला । कम्तीमा ५० किलो अटाउने चारैतिर अखबारको पत्र सहितको प्लाष्टिक क्रेट प्रयोग गर्नुपर्छ । यसले दरफर्याउने, खुम्चिने र चर्किने वा फुट्ने समस्यालाई न्यूनिकरण गर्छ ।
फुकोट कर्णालीमा एचआईडीसीएलको १ अर्ब २६ करोड लगानी हुने
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले फुकोट कर्णाली जलविद्युत आयोजनामा १ अर्ब २६ करोड रुपैयाँ स्वपुँजी (इक्यिुटी) लगानी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४२६ मेगावाट क्षमताको आयोजनामा इक्विटीका रुपमा लगानी गर्ने निर्णय गरिएको हो । आयोजनामा एचआईडीसीएलले १० प्रतिशत सेयर लगानी गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छबिराज पोखरेलले बताए ।एचआईडीसीएलको निर्णयसंगै आयोजनामा अघि बढाउन सहज हुने भएको छ । एनईए इन्जिनियरिङ कम्पनी लिमिटड (एनईसी) ले आयोजनाको अध्ययन गर्नेछ । नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । विद्युत प्राधिकरण अन्र्तगतको विद्युत उत्पादन कम्पनी लिमिटेडमार्फत फुलकोट कर्णाली आयोजना निर्माण हुन लागेको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७÷१७ प्रतिशत हुने छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ । कालीकोटमा पहिचान भएको यो आयोजना सेना, प्रहरी तथा निजामति कर्मचारीको लगानीमा निर्माण गर्ने विषयमा ऊर्जा मन्त्रालयले गत जेठ ८ मा निर्णय गरेको थियो । मन्त्रालयले गत साउन २ गते विद्युत उत्पादन कम्पनीलाई आयोजनाको अध्ययन अनुमतिपत्र दिएको थियो ।
माछापुच्छ्रे बैंकको खुदनाफा बढेर २८ करोड पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा माछापुच्छ्रे बैंकले खुदनाफा ४ करोड रुपैयाँ बढाएको छ । अधिकाँश बैंकको नाफा घटिरहेका बेला माछापुच्छ्रेको नाफा बढेको छ । चालु आवको ३ महिनामा बैंकले २८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २४ करोड ६९ लाख रुपैयाँ गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको वित्तीय विरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस २४ रुपैयाँ थियो । पुँजी बढेपछि बैंकको इीपीएस घटेको हो । बैंकको खराब कर्जा ०.४९, पुँजीगत लागत ७.१७, कर्जा निक्षेप अनुपात ७९.५३, आधार ब्याज दर १०.४८ र कर्जा निक्षेपबीचको ब्याज अन्तर ३.९० प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप करिव २ अर्ब रुपैयाँ बढेर ६० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असारमा निक्षेप ५८ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ५१ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब २२ करोड रुपैयाँ छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ ।
सिंहदरबार नै मान्दैन कानुन, सहसचिव सहित ५२१ कर्मचारी कारबाहीमा
काठमाडौं । सरकारी जागिरमा ‘हाजिरीबापत तलब/पेन्सन र काम गरे घूस’ भन्ने उखान छ । देशको प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीहरु समयभन्दा ढिला कार्यालय आउने र तोकिएको पोशाक नलगाई तलबभत्ता लिनेगरेको पाइएको छ । गत विहिबार राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका चारैवटा प्रवेशद्वारहरु अनुगमन गर्दा उच्च अहोदाका कर्मचारीहरु पनि समयमा अफिस नआउने गरेको र तोकिएको पोशाक नलगाई कार्यालय प्रवेश गरेको भेटिएको हो । केन्द्रले गरेको अनुगमनका क्रममा तोकिएको पोशाक नलगाउने र समयमा कार्यालय नआउने ५२१ कर्मचारी फेला पारेको थियो । ती कर्मचारीलाई केन्द्रले सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गरेको छ । कर्मचारीहरुले सरकारबाट वार्षिक साढे सात हजार रुपैयाँ पोशाक भत्ता तर नलगाउने र ढिला आएर पनि तलब लिने गरेपछि सामान्य प्रशासन मन्त्रालयले कार्यालय समय अबधिभर अनिवार्य रुपमा पोशाक लगाउन र समयमा हाजिर हुन निर्देशन दिएको थियो । त्यो पनि पालना नभएपछि सहसचिवको नेतृत्वमा अनुगमन टोली खटाएर कर्मचारीहरुले पोशाक लगाए-नलगाएको र समय पालना गरे-नगरेको अनुगमन गरेको थियो । केन्द्रले बिहान साढे ९ बजेदेखि ११ बजेसम्म सिंहदरबारको प्रवेशद्वारमा अनुगमन गरेको थियो । निजामती कर्मचारीलाई १०-४ बजेसम्म अफिस आउन र नियमित तोकिएको पोशाक लगाउन अनिवार्य छ । कार्यालयमा ढिला प्रवेश गर्ने कर्मचारीले हाजिर गर्न नपाउने नियम छ । सतर्कता केन्द्रका सहसचिव विष्णूराज लामिछानेका अनुसार सवा १० भित्र कार्यालय प्रवेश गर्ने कर्मचारी महिनामा तीनपटकसम्म हाजिर गर्नमिल्ने छुट दिइएको छ । यद्दपी सतर्कताले सवा १० बजेपछि प्रवेश गर्ने कर्मचारीमाथी छड्के गरेको उनले जानकारी दिए । संसदिय समिति, गृह, अर्थ र परराष्ट्र मन्त्रालयका धेरै केन्द्रका अनुसार अनुगमनका क्रममा सबैभन्दा बढी संसदीय समिति, गृह, अर्थ र परराष्ट्र मन्त्रालयमा कार्यरत कर्मचारीले तोकिएको पोशाक नलगाउने गरेको पाइएको छ । संसद समितिका ४० जना कर्मचारीले कार्यालय प्रवेश गर्दा तोकिएको पोशाक नलगाएका थिएनन् । प्रधानमन्त्री कार्यालयका १२ जना कर्मचारीले पोशाक लगाएका थिएनन् भने ३ जना कर्मचारी ढिला कार्यालय पुगेका थिए । केन्द्रले गरेको अनुगमन निजामती तहका उच्च अधिकारी पनि समयमा कार्यालय नआउने र तोकिएको पोशाक नलगाउने गरेको पाइएको छ । विभिन्न मन्त्रालयका १६ सहसचिव तथा २५ उपसचिव पनि मन्त्रालयमा ढिला हाजिर भएका थिए । त्यस्तै ढिला हाजिर हुनेमा गृह, अर्थ, संघिय मामिला, भौतिक पूर्वाधार र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी पनि रहेका छन् । केन्द्रका सहसचिव लामिछानेले भने, ‘हामीले सम्बन्धित मन्त्रालयमा नाम पठाइसकेका छौं । अब विभागिय कारबाही गर्ने जिम्मेवारी मन्त्रालयहरुको हो ।’
चिनी उद्योगीको बार्गेनिङ : माग पुरा नभए स्थानीय उखु नकिन्ने
काठमाडौं । कृषि विकास मन्त्रालयले चिनीको भन्सार महसुल बढाउन आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको छ । आयातित चिनीमा भन्सार नबढाए उद्योगले किसानको उखु खरिद नगर्ने चेतावनी दिएपछि कृषि विकास मन्त्रालयको सचिवस्तरको निर्णयले आपूर्तिलाई सिफारिस गरेको हो । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले उखु कृषकको हितलाई मध्य नजर गर्दै मन्त्रालयले सोही अनुसार निर्णय गरेको बताए । ’उखुको उत्पादन बढ्दै गइरहेको छ । भोली चिनी उद्योगले उखु खरिद गर्न बन्द गरेपछि किसान नै मर्कामा पर्ने भएकाले यस्तो निर्णय गरेका छौं ।’ चालु आर्थिक वर्षमा नेपालमा उखुको उत्पादन करीब २५ प्रतिशतले बढ्ने मन्त्रालयको अनुमान छ । आयातित चिनी सस्तिएकै कारणले स्थानीय चिनी उद्योगहरुले उखु कृषकहरुबाट चिनी नकिन्ने सम्भावना रहेको कार्कीले बताए । आयातित चिनीको भन्सार महसुल पनि ३५ प्रतिशतले बढाउन चिनी उद्योग संघको माग छ । हाल १५ प्रतिशतसम्म रहेको भन्सार महसुललाई बढाएर ५० प्रतिशत पुर्याउनु पर्ने उनीहरुले प्रस्ताव गरेका थिए । भन्सार महसुल बढाउँदा स्वभाविकरुपमा चिनीको मूल्य बढ्छ । उद्योगीले सरकारलाई चौतर्फी दवाब दिएर चिनीमा एकाधिकार जमाउन खोजेको कृषि विकासका एक उच्च अधिकारीले बताए । ’अन्तिममा उपभोक्ता वा कृषक नै मारमा पर्ने देखिएको छ,’उनले भने, ’आयातित चिनीमा भन्सार बढाउँदा उपभोक्ता मर्कामा पर्छन, नबढाउँ त कृषकको लगानी डुब्ने खतरा छ ।’ दुई महिनादेखि उद्योगीले भारतबाट उखु ल्याउनका लागि मन्त्रालयलाई दबाव समेत दिइरहेको ती अधिकारीले बताए । उनका अनुसार स्थानीय उत्पादनले नपुग्ने भन्दै भारतबाटै उखु ल्याउन दिन जोडदार माग गरेका थिए । मन्त्रालयको छलफलमा कृषकले उद्योगीलाई आवश्यकताअनुसार प्रशस्त उखु दिने प्रतिबद्धता दिएपछि भारतबाट उखु ल्याउने कुरा सेलाएको थियो । ’यसमा उद्योगीको ठुलो स्वार्थ लुकेको छ, ’ती अधिकारीले भने, ’१५ दिन अघि मात्र वाणिज्य मन्त्रालयले स्थानीय कृषकको हितलाई मध्य नजर गर्दै भारतबाट उखु ल्याउन नदिने भएपछि उनीहरु आयातित चिनीलाई निषेध गराउन लबिङ गरिरहेको बुझिन्छ ।’ विदेशबाट आयात गरिएको चिनीको मूल्य सस्तो भएको भन्दै आयातित चिनीमा भन्सार महसुल बढाउनूपर्ने माग गर्दै उखु खरिद नगर्ने बताएका थिए । विदेशबाट चिनी आयात रोक्न समेत चिनी उद्योगीले आपूर्ति मन्त्रालयलाई दबाव दिएका थिए । साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने चिनी सिमावर्ती क्षेत्र अन्तर्गत वीरगञ्जमा प्रतिकिलो ७९ रुपैयाँ छ भने उपत्यकामा ८२.५ रुपैयाँमा बिक्री गरिरहेको छ । नेपालमा चिनीको लागत नै ७४.०२ रुपैयाँ प्रतिकिलो पर्ने र ९० रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा चिनी तुलनात्मक रुपमा सस्तो भएकाले आयातित चिनीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको भनाई छ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ ११० रुपैयाँबाट घटेर १०३ पुगेको र चिनीको मूल्य पनि १८० अमेरिकी डलरले घटेको उद्योगीले जानकारी दिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चिनीको उत्पादन १ लाख २९ टन चिनी उत्पादन भएको थियो । यद्दपी देशभरको वार्षिक माग साढे दुई लाख टन छ ।
टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाल विजयी, ५ वटा अवार्ड जित्न सफल
काठमाडौं । नेपालले टोस्टमास्टर्स इन्टरनेशनल डिस्टिक्ट लेभेलको वक्तृत्व प्रतियोगितामा अवार्डहरु हात पार्न सफल भएको छ । नयाँ दिल्लीमा भएको दुबै क्षेत्रहरु मध्य नेपालले डिभिजन तहको मनोरन्जनात्मक र मूल्यांकन वक्तृत्व प्रतियोगिताको ६ मध्य ५ वटा अवार्ड जितेको छ । ११ मध्य ५ प्रतियोगिहरुले दुई क्षेत्रमा नेपालको तर्फबाट मनोरन्जनात्मक र मूल्यांकन प्रतियोगितामा ट्रफि हात पारेको छ । मनोरन्जनात्मक वक्तृत्वको प्रथम स्थानको बिजयी टोस्टमास्टर सिमा गोल्छा र मूल्यांकन प्रतियोगिताको प्रथम स्थानमा बिजयी टोस्टमास्टर दिप्ती आचार्य डिस्ट्रिक्ट तहको प्रतियोगिताका लागि छनौट भएका थिए, जसमा डिस्ट्रिक्ट अवार्डको लागि भारतभरबाट १२ डिभिजन प्रतिस्पर्धीहरु थिए । अन्तिम चरणमा, सिमा गोल्छा दोस्रो भए र रजत ट्रफि हात पार्न सफल भएका छन् । ‘नेपालमा टोस्टमास्टर्सको गतिबिधिको इतिहासमा पहिलो पटक प्रतिस्पर्धीहरुले कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर सम्झन योग्य प्रभाव छोडेका छन्,’ प्रतियोगिहरुको नतिजा आएपछि एरिया डाइरेक्टर सुमन शाक्यले भने । नेपालबाट अन्य एरिया डाइरेक्टर रन्जित आचार्यले भने, ‘डिभिजन वानमा ६ मध्य ५ अवार्ड जितेपछि, डिस्ट्रिक्ट तहमा हुनु निकै ठूलो उपलब्धि थियो र अझ त्यसमाथि पनि मनोरन्जनात्मक वक्तृत्व प्रतियोगितामा दोस्रो स्थानको उपाधि प्राप्त गर्नु नेपालको लागि गर्व गर्न लायक छ, हामी सबै निकै खुशी छौं कि नेपालले पनि टोस्टमास्टर्स इन्टरनेशनल एरेनाको बाटोमा पाईला चालेको छ ।’
देवःविकास बैंकद्धारा बृद्धाश्रमलाई आर्थिक सहयोग
काठमाडौं । देवःविकास बैंक लिमिटेडले देवघाटको रोटरी करुणाल बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आश्रमलाई एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । सोमबार आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष शरद गोपाल न्याछ्योलाई बैंकका सहायक महाप्रबन्धक एवं क्षेत्रीय प्रमुख विष्णु रेग्मीले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले स्वार्थ भन्दामाथी सेवा हो भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै चितवनका प्रतिष्ठित रोटरीयनहरुको पहलमा स्थापना भएको उक्त आश्रमलाई सो मात्राको रकम सहयोग गरेको बताएको छ । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामि दिनहरुमा पनि बैंकले आफ्नो सहयोगलाई निरन्तरता प्रदान गरी रहने बताएको छ ।
उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा-राष्ट्रपति ट्रम्प
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती रहेको बताएका छन् । उनले भने-दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो र यसले कुनै एक देश विशेषलाई मात्र हानी गर्छ भन्ने होइन । विश्वको सभ्यताको मात्र होइन कि यो विश्व शान्तिका लागि पनि चुनौती हो– उनले भने । उत्तर कोरियाको आणविक कार्यक्रमले विश्वमा त्रास र अस्थिरता मात्र बढाउने गरेको उनको भनाई थियो । राष्ट्रपति ट्रम्प हाल जापानमा छन् । उनी एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका हुन् । उनले जापानमा सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् । पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो । यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ । रासस/एएफपी